चीन : गुप्तचर रिपोर्टमा पाकिस्तानमा रहेका चिनियाँ विरुद्ध आक्रमण हुनसक्ने भन्दै चीनले आफ्ना नागरिकलाई सतर्क रहन आह्वान गरेको छ। इश्लामावादस्थित चिनियाँ राजदूतावासले शुक्रबार आफ्नो वेबसाइटमा चिनियाँ नागरिक तथा सङ्घसंस्था विरुद्ध ‘श्रृङ्खलावद्ध आतङ्ककारी आक्रमण’ को योजना रहेको सूचना पाएको भन्दै चिनियाँहरूलाई सतर्क रहन आह्वान गरेको हो। सूचनामा बिस्तृत विवरण नदिइकनै पाकिस्तानस्थित चिनियाँलाई भीडभाडमा नजान र यथासम्भव घरभित्र रहन आग्रह गरिएको छ। विदेशी…
काठमाडौं : धादिङ क्षेत्र नम्बर दुईअन्तर्गत प्रदेशसभा ख मा नेकपा माओवादी केन्द्रका जगत सिंखडा विजयी भएका छन्। राप्रपाका डम्बर तामाङलाई १,८३१ मतान्तरले हराउँदै उनी विजयी भएका निर्वाचन कार्यालय धादिङले जनाएको छ। सिंखडाले १७ हजार ६०७ मत ल्याए भने तामाङले १५ हजार ७७४ मत ल्याए।
काठमाडौं: फिल्म 'रियाल रिंगेट' युनिट यति बेला छायांकनको लागि फ्लोरमा छर पूर्वको विभिन्न स्थानमा फिल्म छायांकन भैरहेको हो। रियाल रिंगेटले वैदेशिक रोजगारका लागि खाडी मुलुक पुगेको युवाको जीवन कथा भन्छ। फिल्ममा यथार्थ घटना देखाइने छ। फिल्मलाई दीपक अधिकारीले निर्देशन गर्दैछन्। प्रमोद भारद्वाज र नीता ढुंगानाको मुख्य भूमिका रहने फिल्ममा छुल्ठिम गुरुङ, रामचन्द्र अधिकारी, रविन्द्र खड्का लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ।…
पोखरा : बागलुङमा वाम गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता लिएका छन्। दुई वटा प्रतिनिधि सभा सदस्य र चार वटा प्रदेशसभा सदस्य रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यका निर्वाचनमा क्षेत्र नम्बर १ बाट एमालेका सूर्यप्रसाद पाठकले २३ हजार ४४ मत ल्याएका छन् भने कांग्रेसकी चम्पादेवी खड्काले १४ हजार ९ सय ३४ मत ल्याएकी छन्। दुई बीचमा करिव ८ हजारको मतअन्तर छ।त्यसैगरी क्षेत्र नम्वर २ मा गठबन्धनका…
हेमराज उपाध्याय - काठमाडौं : प्रदेश ७ मा पर्ने बाजुरामा प्रतिनिधि र प्रदेश सभा सदस्यमा एमाले बिजयी भएको छ। प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका लाल बहादुर थापा ४ हजार ८ सय ८४ को मतान्तरले बिजयी भएका हुन्। उनले २८ हजार ६५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका कविराज पण्डितले २३ हजार १ सय ८६ मत पाएका थिए। प्रदेश सभा…
हेमराज उपाध्याय - बाजुरा : प्रदेश ७ मा पर्ने बाजुरामा प्रतिनिधि र प्रदेश सभा सदस्यमा एमाले बिजयी भएको छ। प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका लाल बहादुर थापा ४ हजार ८ सय ८४ को मतान्तरले बिजयी भएका हुन्। उनले २८ हजार ६५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका कविराज पण्डितले २३ हजार १ सय ८६ मत पाएका थिए। प्रदेश सभा क…
सुनसरी : सुनसरी क्षेत्र नम्बर तीनमा लोकतान्त्रिक गठवन्धनका उम्मेदवार विजयकुमार गच्छदारलाई नेकपा एमालेकी भगवती चौधरीले पछि पारेकी छन्। गच्छदारले १ हजार १ सय ९१ मत ल्याएका छन् भने चौधरीले १ हजार ६ सय ४८ मत ल्याएर अग्रता लिएकी छन्।
काठमाडौं : जुम्लाको प्रदेश क मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरेश भण्डारी विजयी भएका छन्। भण्डारी १२ हजार ५७४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुसिंह कठायतले ८ हजार ५३७ मत प्राप्त गरेका छन्।
काठमाडौं : धादिङ क्षेत्र नम्बर एकको प्रदेशसभा क मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे विजयी भएका छन्। पाण्डेले कांग्रेसका मधुकुमार श्रेष्ठलाई झन्डै दोब्बर मतान्तरले पराजित गरेका हुन्। पाण्डे २७ हजार ३सय ३१ मत प्राप्त गरी विजयी भएका हुन्। कांग्रेसका मधुकुमार श्रेष्ठले १३ हजार ६ सय ४७ मत प्राप्त गरेका छन्। पाण्डे एमाले पोलिटब्युरो सदस्य तथा निर्वाचन विभाग प्रमुख हुन्। उनी २०४८, २०५१, २०५६…
हरि लामिछाने काठमाडौँ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दोस्रो चरणमा आज मुलुकका ४५ जिल्लामा मतदान सुरु भएको छ। प्रतिनिधिसभा सदस्यका लागि १२८ र प्रदेशसभाका लागि २५६ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तवरले मतदान सुरु भएको हो। निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले तोकेको छ। दोस्रो चरणको यस निर्वाचनमा सात हजार ७५२ मतदानस्थल…
काठमाडौँः एमाले नेता एवं गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप ज्ञवालीले मतदान गरेका छन्। गुल्मीको रुरु गाउँपालिका ४ बम्घा निमाविज मतदान केन्द्र चौताराबाट ज्ञवालीले मतदान गरेका हुन्।
काठमाडौं : तनहुँ क्षेत्र नम्बर एकका नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरेका छन्। पौडेलले तनहुँको व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।
काठमाडौं: एमाले उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका लागि अछाम क्षेत्र नम्बर १ काम उम्मेदवार भीम रावलले मतदान गरेका छन्। अछामको साँफेबगर नगरपालिका ६ को चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँबाट मतदान गरेका हुन्। उनले बिहान ७ बजे मतदान गर्दै मतदानको सुरूवात गरेका थिए।
काठमाडौं: वाम गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नम्बर ३ मा उम्मेदवार रहेकी माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले मतदान गरेकी छिन। उनले ललितपुरको कुपण्डोलस्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गरेकी हुन्।
काभ्रे । काभ्रेको मादनकुँडारीकी १०३ वर्षीया दामो रानी तामाङले मतदान गरेकी छिन्। उनले मादन कुँडारी-७ (हाल चौरी देउराली गाउँपालिका) श्री स्वस्थानी मा वि. मतदान केन्द्रबाट मतदान गरेकी हुन्। तस्बिर: बिकु लामा
विराटनगर : मोरङ क्षेत्र नम्बर ६ का कांग्रेस उम्मेद्वार डा शेखर कोइरालाले मतदान गरेका छन्। कोइरालाले मोरङको आदर्श मावि मतदान केन्द्रबाट बिहान ७ः२० बजे मतदान गरेका हुन्।
काठमाडौं: नेकपा माओवादी केन्द्रकी नेतृ तथा कञ्चनपुर क्षेत्र नम्बर १ की उम्मेदवार विना मगरले मतदान गरेकी छन्। मगरले पुनर्वास ३ रामवस्तीस्थित गोरखा आधारभुत विद्यालय बाट मतदान गरेकी हुन्। पति प्रकाश दाहालको निधन लगत्तै विना चुनाव प्रचारप्रसारमा होमिएकी थिइन्।
काठमाडौं: काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेका छन्। सिंहले काठमाडौंको पक्नाजोलस्थित नेपाल युवक माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका हुन्।
बुटवल : रुपन्देही क्षेत्र नम्बर दुईका नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णु पौडेलले मतदान गरेका छन्। पौडेलले बुटवल उपमहानगरपालिका वडा नं. ८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालय नम्बर चारबाट मतदान गरेका हुन्।
पोखरा: एमाले युवन नेता एवं कास्की क्षेत्र नम्बर २ का उम्मेदवार रवीन्द्र अधिकारीले मतदान गरेका छन्। अधिकारीले पोखरा लेखनाथ महानगरपालिकाको शान्ति उदय माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन्।