काठमाडौंः काठमाडौं क्षेत्र नम्बर चारका नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले मतदान गरेका छन्। थापाले मैतीदेवी मतदान केन्द्रबाट मतदान गरेका हुन्।
झापा : झापा क्षेत्र–३ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले मतदान गरेका छन्। सिटौलाले क्षेत्र–१ को कलवलगुढी आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्।।
कलैया : बाराको कलैया उपमहानगरपालिका-१८ पतरास्थित पतौरामा अहिले ९:१५ बजेदेखि मतदान शुरु भएको छ। निर्वाचनपछि जिल्ला प्रशासन कार्यालयमार्फत निर्वाचन आयोगमा पथरालाई सच्याएर पतौरा लेख्न पठाउने सहमति भएपछि मतदान शुरु भएको हो। यसअघि बिहान ७ बजे मतदान सुरु हुन लागेको बेला पतरालाई निर्वाचन आयोगले पथरा लेखेर टोलको नाम बिगारेको भन्दै सिंचाई भवन मतदान केन्द्रका मतदाताले मतदान बहिस्कार गरेका छन्। यहाँ ३९८ जना…
काठमाडौँ: दोस्रो तथा अन्तिम चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन ४५ जिल्लामा बिहान ७ बजेबाट सुरु भएको छ। सर्वसाधारणसँगै राजनीतिक दलका नेता तथा उम्मेदवार मत हाल्न आफ्नो मतदान क्षेत्रमा पुगिसकेका छन्। दोस्रो चरणको निर्वाचनमा धेरै दलका शीर्ष नेताहरु चुनावी मैदानमा छन्। आम सर्वसाधरणबीच शीर्ष नेता र केही पपुलर उम्मेदवारबीचको प्रतिस्पर्धा चासोको बिषय बनेको छ। कहाँ कोसँग प्रतिस्पर्धा भइरहेको छ? प्रचण्ड भर्सेस…
चितवन : नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उमेद्वार पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं.५ स्थित भण्डारा हेल्थपोष्ट मतदानस्थलबाट मतदान गरेका हुन्। मतदानपछि पाण्डेले आफूले सहज जित हासिल गर्ने बताए। उनले कांग्रेसका कुनै नेताले यहाँ चुनाव लडन आँट गर्न नसकेर पुरानै प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नुपरेको संयोग मात्र भएको बताए।
झापा : झापामा उत्साहजनकरुपमा सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तीन पार्टीका शीर्ष उम्मेदवारले आफूले आफैँलाई मतदान गर्न पाएनन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीले आफूले आफैँलाई मतदान गर्न नपाएका हुन्। एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिटौलाको झापा गृहजिल्ला हो। तर, नेकपा एमालेका अध्यक्ष ओलीले मतदाता नामावली…
काठमाडौँ : आजको लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी पास छैन भने सवारी नचलाउनु होला। गृह मन्त्रालयले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै निर्वाचन हुने ४५ जिल्लामा अतिआवश्यक सवारी र पास बाहकबाहेक अन्यलाई सवारी चलाउन रोक लगाएको छ। पास नभएका सवारीलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ। महानगरी प्रहरी कार्यालयको अनुसार विहान ४ सय ५० सवारीलाई नियन्त्रणमा लिइसकिएको छ।
पाल्पा : पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन्। हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको आज बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै मतदान केन्द्रमा पुगेर मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रमा मतदान गरेका छन्। उनीलगायत १६ जना मलामीले बतासे मतदान केन्द्रबाट मतदान गरेका छन् भने रिब्दिकोट छहरा…
बुटवल : नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले मतदान गरेका छन्। अर्घाखाँचीबाट माओवादी केन्द्रका प्रतिनिधिसभाका उम्मेदवार रायमाझीले अर्खाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ९ को अर्घारजस्थलमावि मतदान केन्द्रबाट मतदान गरेका हुन।्
सप्तरी : सप्तरी जिल्लाको महदेवा गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदान कार्य अझै शुरु भएको छैन। डा सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ९६० मतदाता रहेका छन्। प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार सप्तरी क्षेत्र नं २ अन्तर्गत पर्ने महदेवा गाउँपालिका–२ स्थित यो मतदान केन्द्रमा धनेश्वर साह मतदान अधिकृत रहेका छ र यस केन्द्रमा अहिले कोही पनि मतदाता र राजनीतिक दलका…
स्पार्टा मस्कोलाई ७-० ले पराजित गर्दै लिभरपुल समूह ए को विजेताको हैसियतमा युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। घरेलु मैदानमा लिभरपुललाई शानदार जित दिलाउन फिलिप काउटिन्होले ह्याट्रिक गरे। यस्तै साडियो मानेले दुई तथा रोवर्टो फिर्मिन्हो र मोहमद शलाहले एक एक गोल गरे। जितपछि लिभरपुलले ६ खेलबाट १२ अंक जोडेर समूह विजेता बनेको हो। अर्को खेलमा मरिवोरसँग १-१…
काठमाडौँ: आज बिहान ७ बजेदेखि शुरू भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ जिल्लाका स्थानीयबासी नेताले विभिन्न मतदान केन्द्रबाट मतदान गरेका छन्। एमालेका महासचिव ईश्वर पोखरेलले बिहान ८ बजेर ५ मिनेटमा स्काइलार्क स्कुल धापासीबाट मतदान गरे। नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पकनाजोलस्थित नेपाल युवक माविबाट ८:४० मा मतदान गरेका छन्। एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले इचङ्गु पञ्चधारा मतदान केन्द्रबाट मतदान गरेकी छन्। रक्षामन्त्री…
काठमाडौँ : ४५ जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले देशभर शान्तिपूर्णरुपमा मतदान भइरहेको र हालसम्म कुनै पनि सुरक्षा चुनौती नदेखिएको जानकारी दिए। उनले भने,‘प्रहरीले मजबुतरुपमा शान्ति सुरक्षा मिलाएको छ। मतदानका लागि मतदाता ढुक्क भएर लाइनमा बस्नुभएको छ। कहीँकतै समस्या आए तत्काल प्रहरी पुग्छ। कुनै समस्या छैन।’ कहीँकतै समस्या परे तत्काल शान्ति सुरक्षाको प्रबन्ध मिलाउने गरी हेलिकप्टर…
काठमाडौँ: धनुषा प्रहरीले सिके राउतलाई पक्राउ गरेको छ। निर्वाचन विरोधी गतिविधिमा सक्रिय भएको भन्दै आज बिहान राउतलाई धनुषाको माछा बजारस्थित घरबाटै पक्राउ गरिएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रबहादुर सिंहले बताए। एसपी सिहले भने ‘निर्वाचन विरोधी गतिविधि गरेको देखिएपछि पक्राउ गरेका हौं।‘ राउतलाई पक्राउ गरेको विरोधमा कार्यकर्ताले विरोध गरिरहेका छन्। राउतको अगुवाईमा उनको गाउँमा मतदान सुरू भएको छैन।
काठमाडौं : दोस्रो चरणमा आज ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ क्षेत्रमा मतदान हुँदैछ। ४५ जिल्लामा ७ हजार ७५२ मतदानस्थलमा १५ हजार ३४४ मतदान केन्द्र तोकिएको छ। बिहान ७ बजे मतदान सुरु भइसकेपछि धेरै नेताहरुले मतदान गरिसकेका छन भने केही नेताहरुले मतदान गर्न बाँकी छ। यस चुनावलाई लिएर सामाजिक सञ्जालमा नेताहरुले विभिन्न टिक्का…
काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले चुनावपछि मुलुक विकास र सम्वृद्धिको युगमा प्रवेश गरेको बताए। टोखा नगरपालिका ६ धापासी स्थित स्काईलार्क स्कुलमा मतदान गर्दै उनले चुनावपछि मुलुकमा सम्वृद्धिको पुर्नजागरणको युग प्रारम्भ हुने प्रतिक्रिया दिए। ‘वैदेशिक लगानी र स्थानीय सरकार समेतको व्यापक परिचालनबाट आर्थिक एजेण्डालाई प्राथमिकता दिएर अबको ध्यान भौतिक पूर्वाधार विकासमा केन्द्रीत गर्छौं’ महासचिव पोखरेलले भने, ‘हाम्रो अबको ध्यान मुलुकको…
काठमाडौं : बिहीबार दोस्रो चरणको प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनअन्तर्गत आज मुलुकका ४५ जिल्लामा मतदान भइरहेको छ। मतदान गरेको प्रमाण स्वरुप औंलामा चिन्ह लगाउनु पर्छ। मतदान निर्देशिकामा उल्लेख गरे अनुसार मतदान गर्नुअघि मतदाताको औंलामा मार्करले चिन्ह लगाइन्छ। मतदाताको नाम रुजु भई तथ्याङ्क फाराममा महिला, पुरुष वा अन्य के हो जनाई सकेपछि उक्त चिन्ह लगाइने गरेको छ। मतदाताको तथ्याङ्क फाराम भर्न खटाइएको महिला…
काठमाडौँ: दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत ४५ जिल्लामा मतदान कार्य जारी छ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेसम्म २० प्रतिशत मतदान भएको छ। अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छैन। शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। आयोग प्रवक्ता नवराज ढकालले बिहान १० बजेसम्म २० प्रतिशत मतदान भएको जानकारी दिए। ढकालले भने ‘बिहान १० बजेसम्म २० प्रतिशत मत खसेको…
नवलपरासी । उद्योगपति एवं कांग्रेस समानुपातिकतर्फका उम्मेदवार विनोद चौधरीले मतदान गरेका छन्। चौधरीले नवलपरासी क्षेत्र नम्बर १ को दिव्य युवा समाज मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्। मतदानपछि उनले भने, ‘देश हाम्रै पालामा हाम्रै सत्प्रयासले समुन्नत र समृद्ध बन्नेछ।’
काठमाडौँ: धनुषा क्षेत्र नम्बर ३ का वाम गठबन्धनका उम्मेदवार तथा विना विभागीय राज्यमन्त्री रामसिंह यादवले आफुले राष्ट्रिय जनता पार्टीका उम्मेद्वार राजेन्द्र महत्तोलाई सहयोग नगरको बताएका छन्। निर्वाचनको लागि धनुषाको रेल स्टेशनको भन्सार कार्यालयभित्र रहेको मतदान केन्द्रमा पुगेका यादवले गठबन्धनले राजेन्द्र महतोले समर्थन गरेको भन्ने हल्लामात्र भएको बताएका छन्। उनले महतोले नै गलत प्रचार गरेको आरोप लगाएका छन्। यादवले महतोलाई गाली समेत…