पोखरा : पहिलो चरण अन्तर्गत निर्वाचन भएको बाग्लुङ जिल्लामा वाम गठबन्धनका उम्मेदवारहरुले फराकिलो अग्रता लिएका छन्। दुई वटा प्रतिनिधि सभा सदस्य र चार वटा प्रदेश सभा सदस्य रहेको जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा क्षेत्र नम्वर १ बाट एमालेका सुर्य प्रसाद पाठकले २१ हजार २ सय ३७ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी कांग्रेसका चम्पादेवी खड्काले १३ हजार ३ सय ९८…
चितवन : चितवन क्षेत्र नम्बर एकको मतगणना रोकिएको छ। मतपत्रमा मधुरो लागेको स्वतिक छापलाई निर्वाचन अधिकृतले सदर गरेको भन्दै कांग्रेस उम्मेदवार राजेन्द्र बुर्लाकोटीले विवाद गरेपछि मतगणना रोकिएको हो। बुर्लाकोटीले ती मत बदर हुनुपर्ने माग गरेका छन्। मधुरो स्वस्तिक छाप लागेका मत वाम गठबन्धनका उम्मेदवारका थिए।
काठमाडौं: फिल्म ‘मट्टिमाला’को छायांकन सकिएको छ। तिन महिना लामो छायांकनको इन्डक्ल्याप सिन्धुली गढीमा भएको हो। फिल्मको एक गीतको भिडियो सिन्धुलीमा खिचिएको हो। फिल्मको ७० प्रतिशत छायांकन काठमाडौंमा र बाँकी काभ्रे, सिन्धुलीगढी, कुलेखानी लगायतका ठाउँहरुमा छायांकन भएको निर्देशक टेके पौरखी राईले जानकारी दिए। गाउँ र शहरको फरक जीवनकथा फिल्मको मुख्य विषय हो। फिल्ममा बुद्धि तामाङ र रजनी गुरुङको मुख्य भुमिका रहेको…
काठमाडौं : प्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरिएको छ। मतगणनाको लागि केही बेरमा बैठक सुरु हुँदैछ। बैठकमा भएको सहमतिअनुसार मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत डा रमेश प्रसाद रिजालले जनकारी दिए। डडेल्धुराको परशुराम नगरपालिका र आलेताल गाउँपालिकाको सीमामा मतपेटिका राखिएको गाडीलाई लक्षित गरी अज्ञात समूहले बम बिस्फोट गराएपछि मतपेटिका…
गाजा : गाजापट्टिमा रहेको एक सैनिक चौकीमा इजरायली सैनिकले गोलाबारी गरेका छन्। गोलाबारीका कारण भएको क्षतिको बारेमा भने इजरायली र प्यालेस्टाइनीतर्फबाट केही बताएको छैन। गाजापट्टिको मध्य भागमा रहेको अल मुघाजी शरणार्थी शिविरमासमेत बिहीबार बिहान सबेरै रकेट प्रहार गरिएको थियो। प्यालेस्टिनीहरूको लागि स्वतन्त्र राज्य माग गरिरहेका प्यालेस्टिनी इस्लामवादीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमसम्बन्धी निर्णयको विरोधमा आन्दोलन सुरु गरेका छन्। ट्रम्पले अमेरिकी राजदूतावासलाई तेल अभिभबाट…
धनगढी : कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभाको प्रारम्भिक मत परिणामअनुसार वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले सुरुवाती अग्रता लिएका छन्। निर्वाचन क्षेत्र ५ को प्रतिनिधिसभाका लागि खसेको मतमध्ये अपराह्न ४ बजेसम्म एक हजार ४१४ मत गणना हुँदा नेकपा एमालेका रानाले ६२४, राष्ट्रिय जनता पार्टीका लक्ष्मण थारुले ३६० र नेपाली कांग्रेसका डा आरजु देउवाले ३११ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको…
पोखरा : लमजुङमा प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन्। प्रतिनिधि सभातर्फ वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका देवप्रसाद गुरुङले अग्रता लिएका छन्। गुरुङले १४ हजार ९ सय ३२ मत ल्याउँदा कांग्रेस उम्मेद्वार दिलबहादुर घर्तीले ११ हजार २ सय ९२ मतले पच्छ्याईरहेका छन्। यस्तै प्रदेशसभा क र ख दुवैतर्फ वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन्। प्रदेशसभा क मा…
हेटौँडा : मकवानपुर क्षेत्र नम्बर एकमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कमल थापा अग्रस्थानमा छन्। थापाले एक हजार ३३८ मत प्राप्त गरेका छन्। उनलाई वाम गठबन्धनका कृष्णप्रसाद दाहालले एक हजार ११६ मतले पछ्याइरहेका छन्। त्यसैगरी क्षेत्र नम्बर २ मा वाम गठबन्धनका विरोध खतिवडाले ५९४ मत प्राप्त गरेका छन् भने उनलाई २७० मतका साथ नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्यायले पछ्याइरहेकी छन्।रासस
राजविराज : सप्तरी क्षेत्र नम्बर दुईमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एक हजार ४१५ मत प्राप्त गरी अग्रता लिएका छन्। वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उमेश यादवले ९७५ मत प्राप्त गरेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ७६२ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ। यसैबीच क्षेत्र नं १, ३ र ४ को पनि मतगणना सुरु भइसकेको प्रजिअ भागिरथ…
काठमाडौं : प्रतिनिधि सभा निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रममा साँझ ६ बजेसम्म नेकपा एमालेले जित र अग्रतामा अर्ध शतक पार गरेको छ। वाम गठबन्धनले चुनावी सफलता चुमिरहँदा त्यसको सबैभन्दा नेतृत्वदायी दलको रुपमा रहेको एमालेले जितमासमेत अग्रता हासिल गरेको हो। नेकपा एमालेका ५ उम्मेदवारले प्रतिनिधि सभाका लागि आफूलाई सुरक्षित पारिसकेका छन्। एक सिटमा माओवादीले पनि जित हासिल गरिसकेको छ। २०७०…
सोलुखुम्बु : प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार पूर्वलडाकु एवं नेकपा माओवादी केन्द्रका नेता हेमकुमार राईले १२ हजार ३९२ मतसहित अग्रता लिएका छन्। तीनपटक मन्त्री बनिसकेका नेपाली कांग्रेसका बलबहादुर केसीले आठ हजार ५११ मत प्राप्त गरेका छन्। केसी २०६४ को संविधानसभाको निर्वाचनबाहेक कुनैपनि निर्वाचनमा पराजय भएका छैनन् भने राईले पहिलो पटक निर्वाचनमा भाग लिएका हुन्। यस्तै प्रदेशसभा क मा वाम गठबन्धनका उत्तमकुमार…
काठमाडौं : गोरखा क्षेत्र नम्बर दुईको प्रतिनिधि सभा निर्वाचनको मतगणना रोकिएको छ। गोरखा मुच्चोकको चतुरमाला मावि केन्द्रको पेटिकामा ४४ मत पत्र बढी भेटिएपछि मत गणना रोकिएको हो। यस केन्द्रमा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठ पक्षधरको मत बढी भएको मानिन्छ। खसेको मत भन्दा बढी मतपत्र फेला परेपछि विवाद उत्पन्न भएको हो। अहिले मत गणनाको विषयमा छलफल भइरहेको छ।
झापाः झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मत परिणाम आएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेद्वार रहेको क्षेत्रमा ओली अगाडि देखिएका छन्। अध्यक्ष ओलीले १ हजार ५ सय ६५ मत प्राप्त गरेका छन्। त्यस्तै उनका प्रतिद्वन्द्वी डाक्टर खगेन्द्र अधिकारीले १ हजार १ सय ६६ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर ५ को मतपरिणामलाई सबैले चासोको रुपमा लिएका छन्।
काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको अन्तिम चरणको अन्तिम खेलमा पनि नेपाल युएईसँग पराजित भएको छ। बलिङमा राम्रो प्रदर्शन गरेपनि ब्याटिङ चल्न नसक्दा नेपालले १९६ रनको लक्ष्य समेत भेट्टाउन सकेन र ६३ रनले पराजित भयो। बलिङमा नेपालका सोमपाल कामीले ५ विकेट लिएपछि युएई १९५ रनमा अलआउट भएको थियो। तर जवाफमा नेपाल पनि पूरै ओभर ब्याटिङमा टिक्न सकेन। नेपाल…
काठमाडौं : हुम्लाको प्रदेश ख मा नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी भएका छन्। शाही ४ हजार ५१९ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बिज भण्डारीले तीन हजार ९९३ मत प्राप्त गरेका छन्।
काठमाडौं : भारतको नागाल्याण्डमा बिहीबार भएको नागाल्याण्ड माउन्टेन बाइक फेस्टिभल-२०१७ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले शीर्ष तीन स्थान हात पारेका छन्। क्रसकन्ट्री २५ किमि साईक्लिङ प्रतियोगितामा नेपाली खेलाडीहरु प्रथम, दोश्रो र तेश्रो स्थानमा रहे। त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा प्रथम, ओकेश बज्राचार्य द्धितिय र दिपक भण्डारी तृतिय भएका थिए। सो प्रतियोगितामा नेपाल, भारत तथा भुटानका…
काठमाडौं : हुवाइ इम्प्याक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताअन्तर्गत पुरुष-महिला सिंगल्सको सुपर लिगका खेलहरु शुक्रबार सम्पन्न भएका छन्। पुरुष सिंगल्सको सुपर लिगमा राष्ट्रिय च्याम्पियन प्रहरीका श्यान्टु श्रेष्ठ पहिलो, एपीएफका पुरुषोत्तम वज्राचार्य दोश्रो, एपीएफकै शिवसुन्दर गोथे तेश्रो र प्रहरीका दीप साउन चौथो भए। १२ खेलाडी सहभागी प्रतिस्पर्धामा श्यान्टुले सबै प्रतिद्वन्द्वीलाई पराजित गरे। अन्तिम दिन उनले ५ खेलमा प्रतिस्पर्धा गरे र सबैमा जित…
काठमाडौं : प्रदेश ७ मा पर्ने बाजुरामा प्रदेशसभा ख मा नेकपा एमालेका प्रकाशबहादुर शाह विजयी भएका छन्। शाह ३ हजार २०९ मत अन्तरले विजयी भएका हुन्। शाहले १८ हजार १८६ मत पाएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी पदमबहादुर शाहले १४ हजार ९७७ मत प्राप्त गरेका छन्। बाजुराको प्रदेश सभा क बाट एमालेका बलदेव रेग्मी विजयी भएका छन्।
काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएल खेल्ने टोली चितवन टाइगर्सले विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलको स्थानमा अनिल मण्डललाई टिममा राख्ने भएको छ। अक्सनमा चितवन टाइगर्सले सुवासलाई खरिद गरेपनि उनको फ्याक्चर भएको हात पूर्ण रुपमा ठिक नहुँदा डाक्टर, आयोजक र टिमसँगको सल्लाहपछि अनिललाई टिममा राखिएको चितवन टाइगर्सले विज्ञप्तीमार्फत जनाएको छ। यस्तै चितवनमा गरिएको ट्यालेन्ट हन्टबाट टाइगर्सले आकाश थापा र गौतम केसीलाई छनोट…
काठमाडौं : प्रतिनिधि सभा निर्वाचन मत परिणाममा ७ जनाले जित हासिल गर्दा झन्डै सय जन उम्मेदवार मत गणनामा अग्रतासहित आफ्नो जनमत परीक्षामा सहभागी भइरहेका छन्। नेकपा एमालेका ५, एक माओवादी र एक स्वतन्त्र उम्मेदवारले प्रतिनिधि सभाका लागि आफ्नो सिट पक्का गरिसकेका छन्। लिड गरिरहेका अरु सय उम्मेदवारहरु पनि आफ्नो सिट सुरक्षित हुने अपेक्षामा छन्। थोरै ठाउँमा मात्र मतान्तर ज्यादै निकट…