PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • सात हजार मतदान केन्द्रको मतपेटिका संकलन, बाँकी साँझसम्म संकलन गरिने

    सात हजार मतदान केन्द्रको मतपेटिका संकलन, बाँकी साँझसम्म संकलन गरिने

    काठमाडौं: बिहीबार सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपेटिका संकलन कार्य जारी रहेको। निर्वाचन आयोगका अनुसार अहिले सम्म ७ हजार मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट टाढा रहेका मतपेटिका संकलनमा कठिनाई भएको हो। अहिलेसम्म संकलन गरिएका मतपेटिका निर्वाचन कार्यलय नजिकैका हुन्। निर्वाचन आयोगका प्रवत्ता नवराज ढकालले भौगोलिक विकटता र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट टाढा रहेका…

    विस्तृतमा पढ्नुस्

  • पर्वतमा दिउँसो एक बजेदेखि मतगणना हुने  

    पर्वतमा दिउँसो एक बजेदेखि मतगणना हुने  

    पोखरा :  पर्वतमा दिउँसो एक बजेदेखि मतगणना हुने भएको छ। मुख्य निर्वाचन अधिकृत ध्रुबप्रसाद सापकोटाका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याइसकिएकाले ११ बजे सर्वदलीय बैठक बसेर दिउँसो एक बजेपछि मतगणना हुनेछ। मतगणनास्थल जिल्ला अदालतमा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ। नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले सुरक्षा दिइरहेको छ। तीन स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ। दुई कोठामा प्रत्यक्षतर्फ…

    विस्तृतमा पढ्नुस्

  • ४५ मध्ये ३४ जिल्लाको मतपेटिका संकलन सम्पन्न, ११ जिल्लामा अव कहाँ कहाँ संकलन बाँकी?

    ४५ मध्ये ३४ जिल्लाको मतपेटिका संकलन सम्पन्न, ११ जिल्लामा अव कहाँ कहाँ संकलन बाँकी?

    काठमाडौंः दोस्रो चरणमा बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपेटिका संकलन जारी छ। निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्रमा बिहान १० बजेसम्म प्राप्त विवरण अनुसार पहाडी जिल्लामा आधाभन्दा बढी मतदान केन्द्रका मतपेटिका संकलन बाँकी नै छ। आयोगका अनुसार तेह्रथुममा ५७ मध्ये २०, सिन्धुलीमा १३७ मध्ये १८, काभ्रेपलाञ्चोकमा १८९ मध्ये ३, नवलपरासी पूर्वमा ११२ मध्ये १३ मतदानस्थलको मतपेटिका संकलन गर्न बाँकी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं १ को मत गन्न सुरु

    काठमाडौं १ को मत गन्न सुरु

    काठमाडौं : काठमाडौँको मतगणना सुरु भएको छ। राष्ट्रिय सभागृहमा काठमाडौँ क्षेत्र नम्बर एकको मतगणना बाकस खुलेर मतगणना सुरु भइसकेको छ। यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनतर्फबाट नेपाली कांग्रेस नेता प्रकाशमान सिंह उम्मेदवार छन्। त्यस्तै वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका अनिल शर्मा प्रतिस्पर्धामा छन्। यही क्षेत्रबाट विवेकशील साझाका रवीन्द्र मिश्र पनि प्रतिस्पर्धामा छन्।  काठमाडौं क्षेत्र नम्बर १ को परिणाम भोलिसम्म आइसक्ने मुख्य निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • डब्लुसिएल : टस जितेर युएई विरुद्व फिल्डिङ गर्दै नेपाल

    डब्लुसिएल : टस जितेर युएई विरुद्व फिल्डिङ गर्दै नेपाल

    काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत अन्तिम चरणको अन्तिम खेलमा नेपालले अहिले युएईसँग खेलिरहेको छ। टस जितेपछि नेपालले फिल्डिङ रोज्दै युएईलाई पहिले ब्याटिङको निम्तो दिएको छ। बुधबार भएको खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित भएको थियो।  

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको मतगणना सुरु, निर्वाचन क्षेत्र १ र ४ को बन्द बाकस खुल्यो

    काठमाडौंको मतगणना सुरु, निर्वाचन क्षेत्र १ र ४ को बन्द बाकस खुल्यो

    काठमाडौं: बिहीबार सम्पन्न दोस्रो तथा अन्तिम चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको काठमाडौँका २ निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ। राष्ट्रिय सभागृहमा काठमाडौँ क्षेत्र नम्बर १ र ४ को मतगणना सुरु गरिएको छ।  काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनका अनिल शर्मा र विवेकशील साझाका रवीन्द्र मिश्रलाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ। काठमाडौं ४ मा कांग्रेसका गगन थापा र एमालेका राजन…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्सका २७ लाख नागरिक भोकमरीको चपेटामा

    फिलिपिन्सका २७ लाख नागरिक भोकमरीको चपेटामा

    फिलिपिन्स : फिलिपिन्समा करिब २७ लाख फिलिपिनी परिवार अर्थात् ११.८ प्रतिशत जनसङ्ख्याले भोकमरीको समस्या झेल्न वाध्य रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ।  सर्वेक्षण कम्पनी ‘सोसल वेदर स्टेसन’(एसडब्लयुएस) ले सेप्टेम्बर २३ देखि सेप्टेम्बर २७ सम्म राष्ट्रका सम्पूर्ण भागलाई समेटेर एक हजार ५०० जना वयस्क नागरिकमा गरेको सर्वेक्षणमा यस अघिका तीन महिनामा गरिएको अध्ययन सर्भेक्षण तथ्याङ्क ९.५ मा २.३ प्रतिशत वृद्धि भएको बताइएको…

    विस्तृतमा पढ्नुस्

  • गोर्खामा फराकिलो अन्तर बनाउँदै बाबुराम

    गोर्खामा फराकिलो अन्तर बनाउँदै बाबुराम

    पेचिलो राजनीतिक दृश्य देखिएको गोर्खा क्षेत्र नम्बर २ को निर्वाचनको प्रारम्भिक नतिजाले बाम गठबन्धनका नारायणकाजी श्रेष्ठलाई असजिलो अवस्थातिर धकेलेको छ।  नयाँ शक्ति नेपालका संयोजक र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पछिल्लो अपडेट अनुसार ७ हजार ५ सय २० मतले अग्रता लिइरहेका छन्। उनलाई पछ्याइरहेका नेकपा माओवादीका शीर्ष नेता नारायणकाजी श्रेष्ठले ६ हजार ३ सय ४ मत ल्याएका छन्।  जारी मत गणनामा…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: एउटा नयाँ र केही पुराना फिल्म पर्दामा

    फ्राइडे रिलिज: एउटा नयाँ र केही पुराना फिल्म पर्दामा

    काठमाडौं: प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको असर दर्शक फ्लोमा देखिन सक्ने डरले नयाँ नेपाली फिल्म पर्दामा आउन सकेन। दुईसाता यता मल्टिप्लेक्स केन्द्रित फिल्म रिलिज भएनन्। सिंगल स्क्रिन रिलिज फिक्का र कन्फ्युज टिकेनन्। यस्तोमा फिल्म 'दिपज्योती' रिलिज भएको छ। त्रिकोणात्मक सम्बन्ध फिल्मको मुख्य विषय हो। जसको कथा हरिष पन्तले लेखेका हुन् भने संवाद तथा पटकथा लेखन शिव घिमिरेको रहेको छ। नारायण मैनाली…

    विस्तृतमा पढ्नुस्

  • डोल्पाको प्रदेशसभा क मा एमालेका बुढा निर्वाचित

    डोल्पाको प्रदेशसभा क मा एमालेका बुढा निर्वाचित

    डोल्पा : डोल्पाको प्रदेशसभा (क) मा वाम गठबन्धनबाट उम्मेदवार रहेका एमालेका नन्दसिंह बुढा पाँच हजार ४ सय ९० मत ल्याएर विजयी भएका छन्। निर्वाचन कार्यालय डोल्पाका अनुसार उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेगमसिंह ठकुरीले एक हजार २ सय १३ मत पाएका छन्।   उक्त निर्वाचन क्षेत्रमा जम्मा मतादाता आठ हजार २ सय ४३ मध्ये कुल खसेको छ हजार ७ सय ८६…

    विस्तृतमा पढ्नुस्

  • पहिलो चरणका ३७ निर्वाचन क्षेत्र, कांग्रेसको ३ स्थानमा मात्र अग्रता

    पहिलो चरणका ३७ निर्वाचन क्षेत्र, कांग्रेसको ३ स्थानमा मात्र अग्रता

    काठमाडौँ: पहिला चरणमा ३२ जिल्लामा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म प्रतिनिधिसभाको तीन क्षेत्रको मतपरिणाम आइसकेको छ। जसमा मनाङ र मुस्ताङमा एमाले विजयी भएको छ। मनाङमा एमालेका पोल्देन छोपाङ गुरुङ र मुस्ताङमा प्रेम प्रसाद तुलाचन विजयी भएका छन्। रुकुम पूर्वमा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन्। अहिले एमालेले १९, माओवादी केन्द्र १२ र कांग्रेसले तीन स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • एक वर्षपछि 'सेतो सूर्य' पुन: नेपाली पर्दामा

    एक वर्षपछि 'सेतो सूर्य' पुन: नेपाली पर्दामा

    काठमाडौं: फिल्म 'सेतो सूर्य'को शुक्रबारबाट पुन: रिलिज भएको छ। अस्करको विदेशी भाषातर्फ उत्कृष्ट फिल्मको लागि प्रतिस्पर्धा गरिरहेको फिल्मले काठमाडौंका मल्टिप्लेक्सहरुमा सो पाएको छ। सेतो सूर्य ७० भन्दा बढी फिल्म महोत्सवहरुमा प्रदर्शन भैसकेको छ। साथै 'सेतो सूर्य' स्याटेलाइट अवार्डको अन्तर्राष्ट्रिय विधाका लागि पनि मनोनित भएको छ। अस्कर नजिकिंदै गर्दा निर्देशक दीपक रौनियार लगायत फिल्म युनिटले देश, विदेशमा पनि प्रचार प्रसार तिब्र…

    विस्तृतमा पढ्नुस्

  • गोरखा २ मा बाबुराम भट्टराईले बढाए १५ सय मतको अन्तर

    गोरखा २ मा बाबुराम भट्टराईले बढाए १५ सय मतको अन्तर

    काठमाडौं : सबैको ध्यान खिचिरहेको गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचनमा बाबुराम भट्टराईले निकटतम प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठलेभन्दा १ हजार ५ सय ७६ मतको अग्रता लिएका छन्। चुनावको इपिसेन्टरमा रहेको गोरखा दुईमा प्रतिस्पर्धा गरिरहेका दुवै एकसाथ माओवादीमा संलग्न थिए। कुनै समय  माओवादीको शीर्ष तहमा रहेकाले यहाँको चुनावलाई धेरैले निहालिरहेका छन्। पछिल्लो मत परिणाम अनुसार बाबुराम भट्टराई ८ हजार ७…

    विस्तृतमा पढ्नुस्

  • पहिलो चरणका ३७ निर्वाचन क्षेत्रमध्ये ३१ मा वाम गठबन्धनको लिड

    पहिलो चरणका ३७ निर्वाचन क्षेत्रमध्ये ३१ मा वाम गठबन्धनको लिड

    काठमाडौं : मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये वाम गठबन्धन सबैभन्दा अग्रस्थानमा देखिएको छ। अहिलेसम्म वाम गठबन्धनले ३१ स्थानमा अग्रता कायम गरेको छ। नेपाली कांग्रेसले एक स्थानमा मात्र आफुलाई अग्रस्थानमा राख्न सफल भएको छ। कांग्रेसले रसुवामा मात्र अग्रता लिएको हो। भोजपुर, ताप्लेजुङ, ओखलढुङगा, सिन्धुपाल्चोक, नुवाकोट, लमजुङ, बाग्लुङ लगायतका जिल्लामा…

    विस्तृतमा पढ्नुस्

  • अघिअघि प्रकाशमान, पछ्याउँदै रवीन्द्र, वाम गठबन्धनका अनिल तेस्रो

    अघिअघि प्रकाशमान, पछ्याउँदै रवीन्द्र, वाम गठबन्धनका अनिल तेस्रो

    काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ को मतपरिणाम आउन शुरु भएको छ। सुरुवाती मतगणनाअनुसार क्षेत्र नम्बर एकमा नेपाली कांग्रेसका उम्मेद्वार प्रकासमान सिंह अगाडि देखिएका छन्। उनले ९ सय ४० मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै विवेकशील साझा पार्टीका उम्मेद्वार रवीन्द्र मिश्रले ६ सय ७० मत ल्याएका छन्। वाम गठबन्धनका उम्मेद्वार अनिल शर्माले २ सय ६८ मत प्राप्त गरेका छन्। बिहान साढे…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जामा कांग्रेस र वाम गठबन्धनबीच बुथकव्जाको आरोपप्रत्यारोप, मतगणना अनिश्चित    

    स्याङ्जामा कांग्रेस र वाम गठबन्धनबीच बुथकव्जाको आरोपप्रत्यारोप, मतगणना अनिश्चित    

    पोखरा :  स्याङ्जा क्षेत्र नम्बर दुईमा कांग्रेस र एमालेबीच बुथकब्जाको विषयलाई लिएर विवाद चुलिएपछि मतगणना अनिश्चित भएकोछ।  कांग्रेसबाट चापाकोट नगरपालिकाको सेखामका दुई मतदान केन्द्र र मल्यानकोटका दुई मतदान केन्द्रमा बुथकब्जा भएको भन्दै एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ। कांग्रेसबाट जनसक्रिय प्रावि, चितापोखरी, कालिका आधारभूत स्कूल तिनपिप्ले र मल्याकोटको राममन्दिर मतदान केन्द्र क र ख मतदान स्थलमा बुथकब्जा गरेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं ५ : प्रारम्भमै ईश्वरलाई अग्रता, प्रकाशशरणलाई धक्का

    काठमाडौं ५ : प्रारम्भमै ईश्वरलाई अग्रता, प्रकाशशरणलाई धक्का

    काठमाडौं : प्रतिनिधि सभाका लागि काठमाडौं क्षेत्र नम्बर ५ मा वाम गठबन्धनतर्फका उम्मेदवार ईश्वर पोखरेलले अग्रता लिएका छन्। नेकपा एमालेका महासचिवसमेत रहेका पोखरेले प्रारम्भिक मत परिणाममा अग्रता लिँदै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रकाशशरण महतलाई पछि पारेका हुन्। प्रारम्भिक मत परिणामअनुसार पोखरेलले ६ सय ८० मत ल्याएका छन्। उनलाई पछ्याउने क्रममा रहेका महतले २ सय ९८ मत ल्याएका छन्। पोखरेल यसअघिको निर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • बाजुरा 'क'मा एमालेका बलदेव विजयी

    बाजुरा 'क'मा एमालेका बलदेव विजयी

    काठमाडौं : प्रदेश ७ को बाजुरामा प्रदेशसभा क तर्फ नेकपा एमालेका बलदेव रेग्मी बिजयी भएका छन्। उनले ९ हजार ८ सय ४० मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले ८ हजार ३०१ मत प्राप्त गरेका छन्। प्रदेश क मा कुल २५ हजार ३२७ मतादाता मध्ये १८ हजार ९६३ मत खसेको थियो। जसमा १८ हजार ३८० मत…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं ४ मा गगनलाई सुरुवाती धक्का, राजनले लिए अग्रता

    काठमाडौं ४ मा गगनलाई सुरुवाती धक्का, राजनले लिए अग्रता

    काठमाडौः काठमाडौं क्षेत्र नम्बर ४ को मतपरिणाम आउन शुरु भएको छ। पहिलो चरणको मतगणना अनुसार क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेद्वार राजन भट्टराई पहिलो स्थानमा छन्। भट्टराईले १ हजार २ सय ३९ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली काग्रेसका उम्मेद्वार गगन कुमार थापाले १ हजार ४० मत पाएका छन्।

    विस्तृतमा पढ्नुस्

  • हिजोको बालकोट घटनालाई लिएर भक्तपुर दुईमा विवाद, मतगणना अनिश्चित

    हिजोको बालकोट घटनालाई लिएर भक्तपुर दुईमा विवाद, मतगणना अनिश्चित

    भक्तपुर :  भक्तपुर क्षेत्र नम्बर दुईमा विवादका कारण मतगणना अनिश्चित बनेको छ। बिहान १० बजे सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि मतगणना अनिश्चित बनेको हो।  डेढ घण्टा लामो सर्वदलीय बैठकपछि नेपाली कांग्रेसका प्रतिनिधि निशान ढुंगेलले बालकोट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, घाइतेको उपचार हुनुपर्ने र घरमा भएका क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग राखेको बताए।  उनले भने,‘बालकोट घटनाको निष्पक्ष छानबिन हुनुपर्यो, घाइतेको उपचार हुनुपर्यो, घटनाको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell