PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

  • सीमा जोडिएका १३ नाका खोल्न चीनसँग नेपालको प्रस्ताव, बुधबार वार्ता हुने

    सीमा जोडिएका १३ नाका खोल्न चीनसँग नेपालको प्रस्ताव, बुधबार वार्ता हुने

    काठमाडौँः नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गरी सीमा जोडिएका १३ नाका खोल्न सरकारले चीनसँग प्रस्ताव गर्ने भएको छ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार मन्त्री वीरबहादुर बलायरले नेपालका लागि चिनियाँ राजदूतलगायत अधिकारीसमक्ष यस्तो प्रस्ताव गरेका हुन्।  नेपाल–चीन सडक यातायात सम्झौता कार्यान्वयन गर्ने दस्तावेज (प्रोटोकल) संशोधन गरी थप नाका खोल्ने तयारी भएको उनले जानकारी दिए।  विसं २०५१ मा भएको दुई देश…

    विस्तृतमा पढ्नुस्

  • एसीसी यू–१९ क्रिकेटः उपाधिका लागि नेपाल र हङकङ भिड्दै

    एसीसी यू–१९ क्रिकेटः उपाधिका लागि नेपाल र हङकङ भिड्दै

    काठमाडौं : एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र हङकङबीच खेल भइरहेको छ। मलेसियाको किन्नारा ओभलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ। नेपालले पहिलो ओभरमा नै सफलता पाएको छ।   १३ औँ ओभरको खेलसम्म नेपालले तीन विकेट लिएको छ। अनिलकुमार साह र साहव अलामले नेपालका लागि एक÷एक विकेट लिएका छन्।  यो समाचार तयार पार्दासम्म हङकङले १४…

    विस्तृतमा पढ्नुस्

  • विप्लवका कार्यकर्ताले नुवाकाेटमा वडा सदस्यलाई मोसो दले

    नुवाकोट: नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई गएराति मोसो दलेर दुव्र्यवहार गरेका छन्। नेपाली कांग्रेसको तर्फबाट निर्वाचित थापालाई पदीय जिम्मेवारी पूरा नगरेको र शक्तिको दुरुपयोग गरेको अभियोग लगाउँदै मोसो दलेर ‘जनकारबाही’ गरेको नेकपाका जिल्ला सेक्रेटरी सागर तिमिल्सिनाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। अवकाश प्राप्त हवल्दारसमेत रहेका थापालाई घरमा बसिरहेको समयमा सो पार्टीका कार्यकर्ताले…

    विस्तृतमा पढ्नुस्

  • जाजरकोटमा माओवादीले उम्मेद्वारको टुंगो लगायो, प्रतिनिधि सभामा पूर्व गृहमन्त्री बस्नेत

    जाजरकोटमा माओवादीले उम्मेद्वारको टुंगो लगायो, प्रतिनिधि सभामा पूर्व गृहमन्त्री बस्नेत

    जाजरकोट : नेकपा माओवादी केन्द्र जाजरकोटले प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको चुनावमा भाग लिनका लागि जाजरकोटबाट उम्मेद्वारको टुंगो लगाएको छ।  माओवादीले प्रदेश सभाका लागि जाजरकोट क्षेत्र नं १ बाट गणेशप्रसाद सिंह र क्षेत्र नं २ बाट नरबहादुर कार्कीलाई उम्मेद्वार बनाउने निर्णय भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य कालीबहादुर मल्लले बताए।  त्यस्तै प्रतिनिधि सभाका लागि पूर्व गृहमन्त्री तथा क्षेत्र नं…

    विस्तृतमा पढ्नुस्

  • इजिप्टका पूर्व राष्ट्रपति मोर्सीलाई आजीवन काराबासको सजाय

    इजिप्टका पूर्व राष्ट्रपति मोर्सीलाई आजीवन काराबासको सजाय

    काएरो : इजिप्टको अदालतले जनआन्दोलनबाट सत्ताच्युत गरिएका भूतपूर्व राष्ट्रपति मोहम्मद मोर्सीलार्इ आजीवन काराबास सम्बन्धी यसअघिको आदेश सदर गरेको छ। उच्च अदालतले (पुनरावेदन) पूर्व राष्ट्रपतिको पुनरावेदनलाई अस्वीकार गर्दै यो नै अन्तिम तथा पुनरावेदन गर्न नमिल्ने निर्णय भएको बताएको, यहाँको राज्य संचालित मेना न्युज एजेन्सीले जनाएको छ। मोर्सीलाई कतारसँग जासुसी गरेको अभियोग लगाई यसअघि काराबासको सजाय सुनाइएको थियो। अदालतको आदेशमाथि मोर्सीले पुनरावेदन गरेका थिए। इजिप्टको…

    विस्तृतमा पढ्नुस्

  • हङकङले दियो ७७ रनको लक्ष्य, सन्दीप र साहबले लिए तीन–तीन विकेट

    हङकङले दियो ७७ रनको लक्ष्य, सन्दीप र साहबले लिए तीन–तीन विकेट

    काठमाडौं : एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधिका लागि हङकङले नेपाललाई ७७ रनको चुनौती दिएकाे छ। मलेसियाको किन्नारा ओभलमा टस हारेर व्याटिङको निम्तो पाएको हङकङ ३२.१ ओभरमा अलआउट हुँदै ७६ रन बनाएको हो।  हङकङका लागि ओपनर हरप्रित सिंहले सर्वाधिक २० रन बनाए। मध्यक्रम र अन्तिमका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकसमेत बनाउन सकेनन्।  बलिङतर्फ नेपालका साहब अलाम र सन्दीप लामिछानेले तीन/तीन…

    विस्तृतमा पढ्नुस्

  • अब प्रदेश नम्बर १ मा पनि हर्न बजाउन निषेध

    अब प्रदेश नम्बर १ मा पनि हर्न बजाउन निषेध

    ताप्लेजुङ : प्रदेश नं १ मा पर्ने १४ जिल्लामा आजदेखि अनावश्यक सवारी साधनमा हर्न बजाउन नपाइने भएको छ। ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुरमा हर्न बजाउन नपाइने नियम आजदेखि लागू गरिएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। हर्न बजाउन नपाइने नियम लागू गर्न यसअघि पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले मातहतका ट्राफिक प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • नेपाल पाँचौँ पटक बन्यो एसीसी यू–१९ च्याम्पियन, हङकङ ५ विकेटले पराजित 

    नेपाल पाँचौँ पटक बन्यो एसीसी यू–१९ च्याम्पियन, हङकङ ५ विकेटले पराजित 

    काठमाडौं : एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटकाे उपाधि नेपालले जितेको छ। हङकङलाई ५ विकेटले पराजित गर्दै नेपाल पाँचौँ पटक च्याम्पियन बनेको हो। हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४.४ ओभरमा पूरा गरेको थियाे।  प्रनीत थापा मगरले १४ औँ ओभरमा लगातार दुई छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे।  नेपालको इनिङमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २२ रन बनाए। यस्तै, ओपनर सन्दीप सुनारले…

    विस्तृतमा पढ्नुस्

  • मतदाता परिचयपत्र नभए नागरिकताले पनि भोट दिन पाउने

    मतदाता परिचयपत्र नभए नागरिकताले पनि भोट दिन पाउने

    काठमाडौं : मतदातापत्रकाे नामावलीमा नाम समावेश छ तर, परिचयपत्र छैन भने चिन्ता नगर्नुहोस्। तपाईले फोटोसहितको कुनै पनि सरकारी परिचयपत्र देखाएर मतदान गर्न सक्नुहुनेछ। निर्वाचन आयोगले स्थानीय तहको तेस्रो चरणमा प्रदेश नम्बर २ मा सोमबार हुने निर्वाचनमा परिचयपत्र लिन नपाएकाले अन्य सरकारी कागजातलाई पनि मान्यता दिने व्यवस्था गरेको छ।  नागरिकताको प्रमाणपत्र, २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, कुनै पनि सरकारी कार्यालयबाट जारी…

    विस्तृतमा पढ्नुस्

  • मनाइयो विश्व मुटु दिवस 

    मनाइयो विश्व मुटु दिवस 

    काठमाडौं :  नेपाल हर्ट नेटवर्कले यस वर्षको विश्व मुटु आज मनाएको छ। असोज १३ गते परेको विश्व मुटु दिवस नवमीमा पर्ने भएकाले नेटवर्कले २ साता अघि नै मुटु दिवस मनाएको हो।  ‘स्वस्थ जीवनशैलीका अनुभव बाडौँ’ भन्ने नाराका साथ यस वर्ष विश्व मुटु दिवस मनाइएको हो। प्रत्येक वर्ष विश्वमा १ करोड ७३ लाखभन्दा बढी मानिसले मुटु रोगका कारण ज्यान गुमाइरहेका छन्।  नेपालको सहरी जनसंख्याको…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर महानगर आजदेखि जाममुक्त शहर घोषित

    ललितपुर महानगर आजदेखि जाममुक्त शहर घोषित

    काठमाडौं : ललितपुर महानगरपालिकालाई आजबाट ट्राफिक जाममुक्त शहर घोषणा गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरको पहलमा ट्राफिक जाममुक्त शहर घोषणा गरिएको हो। ‘ललितपुर महानगर–ट्राफिक जाममुक्त शहर’ भन्ने मुख्य नारासहित  आइतबार एक कार्यक्रम आयोजना गरी ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी सर्वेन्द्र खनालले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गर्दै जाममुक्त शहरको घोषणा गरेका हुन्। कार्यक्रममा मेयर महर्जनले…

    विस्तृतमा पढ्नुस्

  • हवाई क्षेत्रको उल्लङ्घन गरेको भन्दै म्यानमारलाई बङ्गलादेशको पत्राचार

    हवाई क्षेत्रको उल्लङ्घन गरेको भन्दै म्यानमारलाई बङ्गलादेशको पत्राचार

    म्यानमार : पश्चिमी म्यानमारको हिंसाले रोहिङ्ग्या मुसलमान भागेर बङ्गलादेश पुगेपछि हवाई क्षेत्र उल्लङ्घन गरेकाे भन्दै म्यानमारका राजदूतसँग सोधपुछ गरिएकाे छ।  म्यानमार राष्ट्रपतिका प्रवक्ताले आकाशमा हवाई क्षेत्रको कुनै किसिमले पनि अतिक्रमण भएको प्रमाण नमिलेको बताएका छन्। उनले बङ्गलादेशबाट सार्वजनिक रूपमा सूचना जारी गरेको विषयले चिन्तित बनाएको बताए।  म्यानमारमा पछिल्ला केही हप्ता यता भड्किएका हिंसाका कारण यहाँबाट पलायन भएर करिब चार लाख रोहिङ्ग्या…

    विस्तृतमा पढ्नुस्

  • ट्रान्समिटर मर्मत नहुँदा गुल्मीको मुसिकोटमा दुई महिनादेखि विद्युत् सेवा अवरुद्ध

    गुल्मी : दुई महिनादेखि अवरुद्ध रहेको परोपकार सहकारी जलविद्युत् परियोजनाको विद्युत् सेवा अझै सञ्चालन हुन सकेको छैन।  परोपकार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित परोपकार सहकारी जलविद्युत् परियोजनाअन्तर्गत रहेको मुसिकोट नगरपालिका–१ पौदीअमराईमा असार २९ गते जलेर अवरुद्ध बनेको ५० केभीको ट्रान्समिटर मर्मत नहुँदा समस्या भएको हो। विद्युत् सेवा अवरुद्ध भएसँगै करिब ३५० घर धुरीका उपभोक्ता दुई महिनादेखि प्रभावित भएका छन्। विद्युत्को ट्रान्समिटर…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलको ठक्करबाट तारकेश्वरमा पैदलयात्रीको मृत्यु

    मोटरसाइकलको ठक्करबाट तारकेश्वरमा पैदलयात्रीको मृत्यु

    काठमाडौं : काठमाडौंको तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली भेडीगोठ नजिक बा.५५ प ६६५० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ४४ वर्षीया खिममाया पुनलाई ठक्कर दिएको थियो।  ठक्करबाट गम्भीर घाइते भएकी पुनको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै

    सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै

    बैतडी : सुदूरपश्चिममा आज बूढी पोल्ने पर्व मनाइँदैछ। विजय उत्सवका रुपमा मनाइने यस पर्वमा बूढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ। पुराणअनुसार कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी गोठालाले पुतनाको शव दहन गरेको कथन रहेको पं दयाकृष्ण पन्तले बताए।  द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी पुतनालाई कृष्णले दूध चुसी मारेको र कृष्ण बाँचेको खुसीयालीमा असोज संक्रान्तिका दिन यो…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरको पाटन दरबार क्षेत्रमा सवारी साधन रोक लगाइने

    ललितपुरको पाटन दरबार क्षेत्रमा सवारी साधन रोक लगाइने

    काठमाडौं : ललितपुर महानगरपालिकाले विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा सवारी साधन चलाउन रोक लगाउने भएको छ।  पर्यटकलाई आवतजावतमा समस्या परेको र दरबार क्षेत्रमा सुन्दरता बिग्रेकाले सवारी साधन प्रवेशमा रोक लगाएको महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए।  महानगरलाई ट्राफिक जाम मुक्त शहर घोषणा कार्यक्रममा मेयर महर्जनले भने,‘पाटन दरबार क्षेत्रमा जथाभावी सवारी चलाउनाले यसको असर पर्यटकलाई परेको छ। सवारी निषेधकाे तयारीमा छौँ,…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर भक्तपुरमा एक जनाको मृत्यु

    करेन्ट लागेर भक्तपुरमा एक जनाको मृत्यु

    भक्तपुर : चाँगुनारायण नगरपालिका– ४ नारायणटारमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ।  करेन्ट लागेर ट्रसमा विद्युतीकरणको काम गर्दै गरेका सिन्धुपाल्चोक तौथली– ५ का १९ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको हो।  करेन्ट लागेर घाइते भएलगत्तै उपचारार्थ मध्यपुर अस्पताल लगिएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।रासस  

    विस्तृतमा पढ्नुस्

  • सहरी विकास मन्त्रीले भने -सबै तहको निर्वाचन सम्पन्न भएपछिमात्र संविधानको पूर्ण कार्यान्वयन

    सहरी विकास मन्त्रीले भने -सबै तहको निर्वाचन सम्पन्न भएपछिमात्र संविधानको पूर्ण कार्यान्वयन

    रौतहटः सहरी विकास मन्त्री प्रभु साहले सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्र संविधानको पूर्ण कार्यान्वयन हुने बताएका छन्।  गृहजिल्ला रौतहटमा मदतान गर्न आएका मन्त्री साहले स्थानीय तह, प्रदेश र संसदको निर्वाचन सम्पन्न भएपछि मात्र संविधानको पूर्ण कार्यान्वयन हुने बताए। सबै तहको निर्वाचन सम्पन्न गर्न राजनीतिक दल आपसमा मिल्नुको विकल्प नभएको भन्दै मन्त्री साहले उनले प्रदेश र संसदीय निर्वाचन तोकिएकै समयमा…

    विस्तृतमा पढ्नुस्

  • सेनाको हवाई आक्रमणमा यमनमा २० हुथी विद्रोहीको मृत्यु

    सेनाको हवाई आक्रमणमा यमनमा २० हुथी विद्रोहीको मृत्यु

    सानाः साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा यमनमा कम्तीमा २० जना हुथी विद्रोही लडाकूको मृत्यु भएको छ।  यमनको दक्षिणपश्चिमी सहर मेदीमा २४ घण्टामा भएको कारबाहीमा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन्।  सरकारी पक्षबाट जारी वक्तव्यमा अरु दश जना विद्रोही लडाकू घाइते भएको उल्लेख गरिएको छ।  गठबन्धन सेनाले सहरको रेड सी क्षेत्रमा विषेश चासोका साथ कारबाही…

    विस्तृतमा पढ्नुस्

  • मनाङमा स्याउ टिप्न शुरु, उत्पादन दश प्रतिशतले बढेको अनुमान

    मनाङमा स्याउ टिप्न शुरु, उत्पादन दश प्रतिशतले बढेको अनुमान

    पोखरा : मनाङका किसानले स्याउ टिप्न थालेका छन्। यसवर्ष जिल्लामा स्याउ उत्पादन १० प्रतिशतले बढ्ने अनुमान गरिएको छ।  अनुकूल मौसम, स्याउ खेतीका लागि बगैँचा विस्तार, मलजल र सिँचाइको व्यवस्थाबाट स्याउ उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयका प्राविधिक सहायक यौवनकुमार सुनुवार जानकारी दिए।  गतवर्ष ६६५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो। उत्पादित स्याउ बिक्रीबाट किसानले झण्डै एक करोड ८० लाख रुपैयाँ कमाइ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell