PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

  • चीनले भन्यो : भारतीय सेना चिनियाँ भूमिबाट फर्कियो

    चीनले भन्यो : भारतीय सेना चिनियाँ भूमिबाट फर्कियो

    काठमाडौं : चीनले भारतीय सेना दोक्लमबाट घर फर्केको पुष्टि गरेको छ। चिनियाँ समाचार संस्था सिन्हवाले ट्विट गर्दै चीन सरकारले भारतीय सेना चिनियाँ भूमिबाट फर्केको जनाएको छ। यसअघि भारतको विदेश मन्त्रालयले कुटनीतिक छलफलपछि दुवै देशका सेना क्रमश: दोक्लमबाट पछि हट्ने जनाएको थियो। भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको एक घन्टा वित्न नपाउँदै चिनियाँ एजेन्सीले सरकारी आधिकारिक धारणा सार्वजनिक गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • नेपाली युवा गुणराज प्याकुरेल अमेरिकामा सम्मानित

    नेपाली युवा गुणराज प्याकुरेल अमेरिकामा सम्मानित

    वासिङ्टन डिसी :  नेपाली युवा गुणराज प्याकुरेललाई अमेरिकास्थित ‘युथ ह्युमन इन्टरनेशनल’ले प्राकृतिक विपत्तिका बेलामा मानवीय उद्धारका क्षेत्रमा उल्लेखनीय कार्य गरेको भनी मानव अधिकारसम्बन्धी ‘हिरो अवार्ड २०१७’ प्रदान गरेको छ।  युथ फर ह्युमन राइटस् इन्टरनेशनलका अध्यक्ष मेरी सेटलवर्थले प्याकुरेललाई अवार्ड प्रदान गरिन्। राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित एक समारोहबीच प्याकुरेललाई १४औंं अन्तर्राष्ट्रिय वार्षिक सम्मेलनका अवसरमा उक्त अवार्ड प्रदान गरिएको हो। प्याकुरेल युथ फर ह्युमन…

    विस्तृतमा पढ्नुस्

  • राम रहिम अर्थात् 'बलात्कारी बाबा'लाई १० वर्ष जेल सजाय

    राम रहिम अर्थात् 'बलात्कारी बाबा'लाई १० वर्ष जेल सजाय

    धर्मगुरुका रुपमा स्थापित राम रहेम सिंहलाई बलात्कारको मुद्दामा १० वर्षे जेल सजायको फैसला भएको छ। हरियानाको विशेष अदालतले उनलाई शुक्रबार दोषी ठहर गरेको थियो भने आज फैसलाको सजाय सुनाउँदै १० वर्षका लागि जेल हाल्न आदेश दिएको हो। धार्मिक गुरुका नामा ठूलो इम्पायर खडा गरेका गुरुमित राम रहिम सिंहको विशेष अदालतले जेलभित्रै सुनुवाई गरेको थियो। बलात्कार र हत्याका अभियोगमा पक्राउ परेपछि…

    विस्तृतमा पढ्नुस्

  • विज्ञापनका कुशाग्र अब म्युजिक भिडियोमा

    विज्ञापनका कुशाग्र अब म्युजिक भिडियोमा

    काठमाडौं: बाल कलाकार कुशाग्र भट्टराईको फिचरिङ रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। यसअघि फिल्म तथा विज्ञापनहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरेका कुशाग्र अभिनित 'हाँस भने' बोलको गीत युट्युबमार्फत सार्वजिनक भएको हो। गीतकार अम्बिका गुरुङद्को शब्द रहेको गीतमा गायिका जुना प्रसाईंको स्वर छ। त्यस्तै प्रकाश लेप्चाको संगीत तथा संगीत संयोजन रहेको छ। गीतकार गुरुङका एकल शब्दहरुको एल्बम ‘भावसागर’ मा समावेश…

    विस्तृतमा पढ्नुस्

  • 'छक्कापञ्जा २'को नयाँ गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर

    'छक्कापञ्जा २'को नयाँ गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर

    काठमाडौं: फिल्म ‘छक्का पञ्जा २’को दोश्रो गीत सार्वजनिक भएको छ। सोमबार कार्यक्रम आयोजना गरी फिल्म युनिटले 'झ्याम्म झ्याम्म' बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको हो। लोक भाकाको प्रयोग गरिएको गीतलाई उत्तम संजेलले लेखेका हुन्। किरण कंडेलको संगीत रहेको गीतमा हरिवश आचार्य र आस्था राउतको स्वर रहेको छ। गीतको भिडियोमा दिपकराज गिरी, प्रियंका कार्की, विल्सन विक्रम राई र बुद्धि तामाङको फिचरिङ रहेको…

    विस्तृतमा पढ्नुस्

  • बीपी साहित्य सम्मान साहित्यकार डा. अभि सुवेदीलाई 

    बीपी साहित्य सम्मान साहित्यकार डा. अभि सुवेदीलाई 

    काठमाडौंः यसवर्षको बीपी साहित्य सम्मान वरिष्ठ साहित्यकार प्रा.डा. अभि सुवेदीलाई प्रदान गरिने भएको छ। जननायक बीपी कोइराला स्मृति ट्रष्टको सिफारिस समितिको बैठकले सुवेदीलाई सम्मान प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ रहेको छ।  त्यस्तै,  ट्रष्टले यसवर्षको सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पुर्याउने दाङका  तीर्थराज चैतुलाई दिने निर्णय गरेको छ। पुरस्कार भदौ २४…

    विस्तृतमा पढ्नुस्

  • छिमेकी देशले पछिल्लो राजनीतिक घटनाबारे जिज्ञासा राख्नुलाई नाजायज भन्न मिल्दैन : प्रधानमन्त्री

    छिमेकी देशले पछिल्लो राजनीतिक घटनाबारे जिज्ञासा राख्नुलाई नाजायज भन्न मिल्दैन : प्रधानमन्त्री

    काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनमा कसैको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्। छिमेकी मुलुक भारतको पाँच दिने राजकीय भ्रमण पूरा गरी हिजो मात्र स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले संसद्‍मा आफ्नो भ्रमणबारे जानकारी दिँदै यस्तो बताएका हुन्।  संसदमा प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणका विषयमा केही राजनीतिक दल र मिडियाले गरेका टिप्पणीप्रति ध्यानाकर्षण भएको बताए।  'मेरो भ्रमणको मुख्य उद्धेश्य…

    विस्तृतमा पढ्नुस्

  • गंगालाई लिएर डाक्टर बाबुरामको नयाँ शक्ति छिर्‍यो संसद

    गंगालाई लिएर डाक्टर बाबुरामको नयाँ शक्ति छिर्‍यो संसद

    काठमाडौं : संविधान जारी भएपछि एकाएक सांसद पद छाडेर नयाँ शक्ति गठन गरेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल पुनः संसद् प्रवेश गरेको छ। तराई मधेशमा आधारित राजनीतिक दल थरुहट तराई पार्टी लोकतान्त्रिकसँगको एकीकरणपछि नयाँ शक्ति संसद् प्रवेश गरेको हो। २०५२ सालमा ४० बुँदे माग प्रधानमन्त्री समक्ष राखेर संसद छाडेका भट्टराई दोस्रो जन आन्दोलनपछि नेकपा माओवादीबाट ८३ सिट सहित…

    विस्तृतमा पढ्नुस्

  • दीपाश्री निरौला भावुक हुँदा चुम्बन गरेर व्यक्त गरिन् खुसी

    दीपाश्री निरौला भावुक हुँदा चुम्बन गरेर व्यक्त गरिन् खुसी

    काठमाडौं: फिल्म 'छक्कापञ्जा २' रिलिजको तयारीमा छ। फिल्मको दोस्रो गीत सावजनिक गर्नका लागि फिल्म युनिटले कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा दिपाश्री निरौलाले गिरीलाई चुम्बन गरिन्। दीपकराज गिरीले निर्माण युनिटको तर्फबाट कास्ट र क्रुलाई धन्यवाद व्यक्त गर्दै थिए। उनले युनिटका कलाकारहरुलाई धन्यवाद ज्ञापन गरेपछि दीपाश्री निरौलाको लगनशिलता र निर्देशकिय पक्ष बारे बोल्दै थिए। गिरीको कुरा सुन्दै गरेकी दीपाश्री अलिकति अगाडी सरिन्…

    विस्तृतमा पढ्नुस्

  • चीनले भन्यो : भारतीय सेना चिनियाँ भूमिबाट फर्कियो

    चीनले भन्यो : भारतीय सेना चिनियाँ भूमिबाट फर्कियो

    काठमाडौं : चीनले भारतीय सेना दोक्लमबाट घर फर्केको पुष्टि गरेको छ। चिनियाँ समाचार संस्था सिन्हवाले ट्विट गर्दै चीन सरकारले भारतीय सेना चिनियाँ भूमिबाट फर्केको जनाएको छ। यसअघि भारतको विदेश मन्त्रालयले कुटनीतिक छलफलपछि दुवै देशका सेना क्रमश: दोक्लमबाट पछि हट्ने जनाएको थियो। भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको एक घन्टा वित्न नपाउँदै चिनियाँ एजेन्सीले सरकारी आधिकारिक धारणा सार्वजनिक गरेको हो। View…

    विस्तृतमा पढ्नुस्

  • दुई राप्रपाबीच संसदमै वाकयुद्ध

    दुई राप्रपाबीच संसदमै वाकयुद्ध

    काठमाडौं : भर्खरै फुटेर दुई टुक्रा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई समूह संसदमै वाकयुद्धमा उत्रिएका छन्। एकताको ८ महिनामा विभाजित भएको राप्रपाको फूटको वैधानिकतामा राप्रपा महामन्त्री दीलनाथ गिरीले प्रश्न उठाए। उनले निर्वाचन आयोगको निर्णयमा प्रश्न उठाउँदै गलत ढंगले राप्रपा प्रजातान्त्रिकलाई मान्यता दिएको आरोप लगाए।  'सभामुख महोदय, राजनीतिक दलसम्बन्धि ऐनले दल विभाजन हुन संसदीय दलको ४० प्रतिशत र केन्द्रीय समितिको ४०…

    विस्तृतमा पढ्नुस्

  • मौनतामा अल्झिरहेको… ओमविक्रम बिष्टको जीवन 

    मौनतामा अल्झिरहेको… ओमविक्रम बिष्टको जीवन 

    काठमाडौं : नेपालको पप साम्राटका रुपमा परिचित ओमविक्रम बिष्ट यतिखेर जीवनको कठिन अवस्थाबाट गुज्रिरहेका छन्। कुनै बेला गीत संगीतका लागि कल्पनामा रमाइरहने बिष्ट यतिखेर आफ्नो ज्यान जोगाउने कसरी भन्दैछन्। किड्नी फेलियर भएका कारण जीवनसँगको संघर्षमा छन् बिष्ट। फेसबुकमा आज उनले एउटा लामो पोस्ट गरे जसमा किड्नी फेलियर भएपछि सहयोग गर्नेप्रति सुभेच्छा र धन्यवाद प्रकट गरिएको छ। अमेरिकामा रहेका उनी अहिले…

    विस्तृतमा पढ्नुस्

  • लेखा समितिका सभापति भन्छन्– राजनीतिक नेतृत्वको संरक्षणमा भ्रष्टाचार

    लेखा समितिका सभापति भन्छन्– राजनीतिक नेतृत्वको संरक्षणमा भ्रष्टाचार

    चन्द्रकान्त खनाल बुटवलः  व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन रानीतिक नेतृत्वनै सच्चिनुपर्ने बताएका छन्।  बुटवलमा आज आयोजित साक्षात्कारमा सभापति उपाध्यायले सानादेखि ठूला विकास आयोजनामा कुनै न कुनै किसिमले राजनीतिक दलका शीर्ष नेतृत्वको संलग्नता हुने गरेकाले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन राजनीतिक नेतृत्व नै सच्चिनुपर्ने बताए। उपाध्यायले राजनीतिक तथा कर्मचारी संयन्त्रको पुरानो नेतृत्व विस्थापन नगरेसम्म भ्रष्टाचार नियन्त्रण हुन…

    विस्तृतमा पढ्नुस्

  • स्पोर्ट्स अवार्डलाई साहस स्पोर्ट्सको साथ, ३ लाख बराबरको किट्स प्रदान गर्ने

    स्पोर्ट्स अवार्डलाई साहस स्पोर्ट्सको साथ, ३ लाख बराबरको किट्स प्रदान गर्ने

    काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डलाई खेल पोशाक उत्पादक कम्पनी साहस स्पोर्टसले सह प्रायोजन गरेको छ। सोमबार एक कार्यक्रमका बीच एनएसजेएफका अध्यक्ष महेश आचार्य र साहस स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपानेले सोमबार प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका छन्। प्रायोजनपछि साहस स्पोर्ट्सले टिसर्ट, क्याप र अवार्डको मनोनयनमा पर्ने खेलाडी, खेलकर्मीलाई ट्रयाकसुट गरि ३ लाख रुपैयाँ बराबरको…

    विस्तृतमा पढ्नुस्

  • गुन्डा नाइके साजन पक्राउ

    गुन्डा नाइके साजन पक्राउ

    काठमाडौं : कुनै समय सामाखुसी क्षेत्रमा गुन्डागर्दी गर्दै आएका साजन महर्जनलाई प्रहरीले पक्रेको छ। ब्यापारीलाई धम्काएको अभियोगमा साजनलाई सोमवार दिउँसो समातिएको हो। राजनीतिक दलको आश्रयमा गुन्डागर्दीमा सक्रिय हुने गरेका महर्जन केही समयदेखि भने निष्कृय रहेका छन्। महर्जन बालुवा, गिट्टी लगायत निर्माण सामग्रीको कारोबार पनि गर्थे। महानगरीय प्रहरी परिसरको प्रमुख भएर एसएसपी रविन्द्र धानुक आएको तेस्रो दिनमा नै गुन्डा नाइके चक्रे मिलन…

    विस्तृतमा पढ्नुस्

  • फ्रुटीको फ्याक्ट्रीमा प्रहरीको छापा

    फ्रुटीको फ्याक्ट्रीमा प्रहरीको छापा

    काठमाडौः दुगड फ्रुट एण्ड वेभरेज प्रालिको संतुगलस्थित कम्पनीमा प्रहरीले छापा मारेको छ। महानगरीय अपराध महाशाखाको टोलीले कम्पनिमा सोमवार दिउँसो छापा मारेको हो।  कम्पनीले उत्पादन गर्ने फ्रुटी बनाउन प्रयोग गर्ने कच्चा पदार्थ डेट एक्सपायर भेटिएको महाशाखा प्रमुख एसएसपी दिपेश लोहनीले बताए। अनुगमनको क्रममा फुट्री बनाउने पदार्थमा मिति गुज्रिएको भेटिएको छ। हामीले कम्पनी सिल गरेका छौं।  कम्पनी सिलसँगै प्रहरीले केही कर्मचारीलाई नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • भारतमा उपचार गराइरहेकी क्यान्सरपीडित प्रियालाई नेपालबाट ५ लाख ८५ हजार सहयोग

    भारतमा उपचार गराइरहेकी क्यान्सरपीडित प्रियालाई नेपालबाट ५ लाख ८५ हजार सहयोग

    काठमाडौं : विगत छ महिनादेखी भारतको राजिव गान्धि क्यान्सर अस्पतालमा उपचारत आरुघाट–२ मान्वु गोरखाकी प्रिया गुरुङलाई ५ लाख ८५ हजार नगद सहयोग प्रदान गरिएको छ। आर्थिक संकलन अभियानकी नेतृत्वकर्ता आरुघाट–२ मान्वु गोरखाकी बविता गुरुङले क्यान्सर पीडित प्रियाकी आमा कन्या कुमारी गुरुङलाई आइतबार पोखरामा संकलित रकम हस्तान्तरण गरिएको हो।  आरुघाट-२ मान्वु गोरखा घर भएकी १९ वर्षिय प्रिया पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : आर्सनलको पोष्टमा लिभरपुलको ४ गोल, टोटनहम बराबरीमा रोकियो

    प्रिमियर लिग : आर्सनलको पोष्टमा लिभरपुलको ४ गोल, टोटनहम बराबरीमा रोकियो

    लिभरपुलले आर्सनललाई ४-० ले पराजित गर्दै प्रिमियर लिगमा दोस्रो जित हासिल गरेकव छ। आइतबार भएको खेलमा लिभरपुलले घरेलु मैदानमा शानदार जित निकालेको हो। लिभरपुलको जितमा रोबर्टो फिर्मिन्हो, साडियो माने, मोहम्मद सलाह र ड्यानिएल स्टुरिजले गोल गरे। लिभरपुलले ३ खेलमा अपराजित रहदै दोस्रो जित हात पार्दा लण्डन क्लब आर्सनलको भने यो लगाता दोस्रो पराजय हो। पहिलो खेलमा लेस्टरलाई पराजित गरेको आर्सनल…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : असेन्सिओको दुई गोलले पनि जिताउन सकेन रियललाई, भ्यालेन्सियासँग बराबरीमा रोकियो

    ला लिगा : असेन्सिओको दुई गोलले पनि जिताउन सकेन रियललाई, भ्यालेन्सियासँग बराबरीमा रोकियो

    मार्को असेन्सिओले दुई गोल गर्नुका बावजुत पनि साविक विजेता रियल मड्रिड ला लिगमा बराबरीमा रोकिएको छ। गएराती भएको दोस्रो चरणको खेलमा रियल भ्यालेन्सियासँग २-२ गोलको बराबरीमा रोकियो। गत सिजन ला लिगा च्याम्पियन बनेको रियललाई भ्यालेन्सिया विरुद्ध खेल हुनु अघि ट्रफी प्रदान गरिएको थियो। गत मे २१ मा मालागालाई २-० हराएपछि रियल ला लगा च्याम्पियन बनेको थियो। त्यसको ९८ दिनपछि रियलका खेलाडी…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : वैकल्पिक खेलाडीको गोलमा म्यानचेष्टर युनाइटेडको लगातार तेस्रो जित, लुकाकु पेनाल्टीमा चुके

    प्रिमियर लिग : वैकल्पिक खेलाडीको गोलमा म्यानचेष्टर युनाइटेडको लगातार तेस्रो जित, लुकाकु पेनाल्टीमा चुके

    रोमेलुल लुकाकु पेनाल्टीमा गोल गर्न चुकेपनि म्यानचेष्टु युनाइटेडले प्रिमियर लिगमा लगातार तेस्रो जित हासिल गरेको छ। वैकल्पिक खेलाडीको दुई गोल मद्दतमा शनिबार भएको खेलमा युनाइटेडले लेस्टर सिटीलाई २-० ले हरायो। युनाइटेडको जितमा मार्कुस रासफोर्ड र माराउने फेलाइनीले एक-एक गोल गरे। त्यसअघि ५३ औँ मिनेटमा पेनाल्टी अवसर प्राप्त गरेपनि लुकाकुको पेनालटी प्रहार लेस्टरका किपर क्यास्पर सेमिकलले सेभ गरेका थिए। तर ६७…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell