PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

  • युवराज सिंहले चिनेनन् आफ्नै जर्सी, वेष्टइन्डिज विरुद्ध च्याम्पियन्स ट्रफीको जर्सी लगाएपछि आलोचना

    युवराज सिंहले चिनेनन् आफ्नै जर्सी, वेष्टइन्डिज विरुद्ध च्याम्पियन्स ट्रफीको जर्सी लगाएपछि आलोचना

    वेष्टइन्डिज विरुद्धको दोस्रो वान डे क्रिकेटमा पाहुना टोली भारतले १ सय ५ रनको फराकिलो जित हात पार्दै ३ खेलको सिरिजमा १-० को अग्रता बनायो। उक्त खेलमा ओपनर अज्नका रहानेले १ सय ३ रन बनाए भने यसै सिरिजमार्फत वान डे मा डेब्यु गरेका कुलदीप यादवले ३ विकेट लिए। तर खेलको नतिजाले भन्दा पनि भारतीय टीमका खेलाडी युवराज सिंहले लगाएको जर्सीका कारण…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा हत्या र डकैतीमा संलग्न २ जना पक्राउ 

    चितवनमा हत्या र डकैतीमा संलग्न २ जना पक्राउ 

    चितवनः प्रहरीले चितवनमा हत्या र डकैतीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका वडा नंं २५ दिव्यनगर चितहीका गंगासागर महतोको घरमा  डकैती गर्ने नवलपरासी मध्यबिन्दुका २१ वर्षीय लक्ष्मण परियार र नारायण विकलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। उनीहरुले जेठ चार गते महतो परिवारलाई नियन्त्रणमा लिइ घरका सामान लुटपाट गर्नुका साथै गंगासागरलाई गोली…

    विस्तृतमा पढ्नुस्

  • खुल्ला कराते प्रतियोगितामा सरस्वती स्कूल विजयी

    खुल्ला कराते प्रतियोगितामा सरस्वती स्कूल विजयी

    काठमाडौं: ट्रेडिसनल कराते कल्बद्वारा आयोजित खुल्ला कराते प्रतियोगितामा सरस्वती डोजो टिमले जित हात पारेको छ। शनिबार मनकामना उच्च माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा ८ स्वर्ण, ७ रजत, ९ कास्य सहित सरस्वती डोजोको टिमले प्रथम स्थान हात पारेको हो। त्यस्तै ७ स्वर्ण, ६ रजत र ५ कास्य सहित मनकामना दोश्रो स्थान हासिल गर्न सफल भएको छ। प्रतियोगितामा बाल श्रृजनालय स्कूल अनुशासित टिम…

    विस्तृतमा पढ्नुस्

  • एउटै स्टेजमा हुने भयो तीन प्रतियोगिता

    काठमाडौं: एक्सपोज नेपालको आयोजनामा एउटै मञ्चमा एकसाथ तीन सौदर्य प्रतियोगीता आयोजना हुने भएको छ। एक्सपोज नेपालले ‘मिस राजधानी २०१७’, ‘मिस्टर राजधानी २०१७’ र ‘मिसेज राजधानी २०१७’ नामक तीन फरक प्रतियोगीता एकसाथ गर्ने भएको हो। एक्सपोजका यी तीन प्रतियोगीतामा युवायुवती देखि विवाहित महिलासम्मले भाग लिन पाउनेछन् । तीनमध्य ‘मिस राजधानी’मा १५ देखि १९ वर्षसम्म उमेरका युवती, ‘मिस्टर राजधानीमा’ १५ वर्षदेखि १९…

    विस्तृतमा पढ्नुस्

  • अन्तरएयरलायन्स टेबलटेनिसमा रञ्जना च्याम्पियन

    अन्तरएयरलायन्स टेबलटेनिसमा रञ्जना च्याम्पियन

    काठमाडौं : आयोजक नेपाल वायु सेवा निगमकी रञ्जना पोखरेल अन्तरएयरलायन्स टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ च्याम्पियन बनेकी छिन्। चार खेलाडी सहभागी महिला सिंगल्सको राउन्ड रोविन लिगमा रञ्जनाले शत प्रतिशत जित निकाल्दै उपाधि जित्न सफल भएकी हुन्। रञ्जनाले प्रतिद्वन्द्वीत्रय उषा सिम्खडा, निमा डोमा शेर्पा र अन्जु शाहलाई समान २–० ले हराइन्। पराजित तीनै प्रतिस्पर्धी पनि आयोजक निगमकै हुन्। अन्जु शाह र निमालाई…

    विस्तृतमा पढ्नुस्

  • १७ वर्ष जापान बसाइपछि नेपालमा बाख्रापालन, भन्छन् : नेपालमा नै केही गरौं

    १७ वर्ष जापान बसाइपछि नेपालमा बाख्रापालन, भन्छन् : नेपालमा नै केही गरौं

    चन्द्रकान्त खनाल रुपन्देहीः  धेरैको सपनाको देश हो जापान, जो कोहीकोपनि जापान गएपछि नेपाल फर्कने मन बिरलै हुन्छ। तर, रुपन्देहीका सागर खनाल १७ वर्षसम्म जापान बसी नेपाल फर्किएर बाख्रा पालनमा रमाएका छन्। शुद्धोधन गाउँपालिका–५ मानपकडीमा बाख्रापालन गरेका छन्।  करिव २० लाख रुपैयाँ लगानीमा उनले गाउँमै नमूना बाख्रापालन फार्म स्थापना गरेका हुन्।  करिव डेढ अघि सागर बाख्रा फार्म सुरु गरेका खनालले जापनमा…

    विस्तृतमा पढ्नुस्

  • चितवन राष्ट्रिय निकुञ्जमा जुधेर पोथी गैंडाको मृत्यु

    चितवन राष्ट्रिय निकुञ्जमा जुधेर पोथी गैंडाको मृत्यु

    चितवनः चितवनमा एक सुत्केरी माउ गैंडा मरेको छ। चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टरमा पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनको कंक्रिट टावर नजिक आज विहान गैंडा मृत अवस्थामा फेला परेको हो। मृत भेटिएको गैंडा भाले लाग्न खोज्दा मरेको अनुमान गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवंम् सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए। ३० वर्षको पोथी गैंडाको पोष्टमार्टम गर्दा गर्धनमा दुई गैंडा…

    विस्तृतमा पढ्नुस्

  • एसीपिएल : अफगानिस्तान बुल्सको दोस्रो जित

    एसीपिएल : अफगानिस्तान बुल्सको दोस्रो जित

    काठमाडौं : अफगानिस्तान बुल्सले एसियन क्लब प्रिमियर लिग (एसीपिएल) क्रिकेट प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ। सोमबार भएको दोस्रो खेलको निकै नाटकिय अन्तिम ओभरमा २२ रन प्रहार गर्दै अफगानिस्तानले दुबई वारियर्सलाई  ४ विकेटले हराएको हो। जितपछि अफगानिस्तान बुल्सले ४ खेलबाट ४ अंक नै जोडेको छ। यता दुबई वारियर्सको ३ खेलमा यो दोस्रो हार हो। १ सय ६२ रनको लक्ष्य अफगानिस्तान बुल्सले…

    विस्तृतमा पढ्नुस्

  • इद मेलमिलाप, सद्भाव र भाइचाराको प्रवर्दन: राष्ट्रपति भण्डारी

    इद मेलमिलाप, सद्भाव र भाइचाराको प्रवर्दन: राष्ट्रपति भण्डारी

    काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र)का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन्। शुभकामना सन्देश जारी गर्दै धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने इदुल फित्रजस्ता विशेष पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तान तेल ट्याङ्कर आगलागीमा मृत्यु हुनेको संख्या १४० पुग्यो

    पाकिस्तान तेल ट्याङ्कर आगलागीमा मृत्यु हुनेको संख्या १४० पुग्यो

    इस्लामावाद: पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनामा परेपछि भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या १४० पुगेको पाकिस्तानी पूर्वी प्रान्त पञ्जावको एक अस्पतालले जानकारी दिएको छ। बहालपुर जिल्लामा भएको घटनामा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १४० पुगेको र घाइतेमध्ये अझै केही जनाको अवस्था गम्भीर रहेकाले मृतक सङ्ख्या अझै केही बढ्न सक्ने बताइएको छ। यसअघि भिक्टोरिया सरकारी अस्पतालका चिकित्सक…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियामा अमेरिकाविरुद्ध विशाल प्रदर्शन

    उत्तर कोरियामा अमेरिकाविरुद्ध विशाल प्रदर्शन

    प्योङयाङ: उत्तर कोरियाले अमेरिकाविरुद्ध सङ्घर्ष सुरु भएको दिनको स्मरणमा आइतबार एक विशाल जुलुसको आयोजना गरेको बताइएको छ। जुलुसमा सत्ताधारी वकर्स पार्टीका उच्च पदाधिकारी, उच्च पदस्थ सरकारी अधिकारीसमेत सहभागी भएका थिए। जुलुसमा सबै क्षेत्रमा कोरियाली नागरिकको सहभागिता भएको थियो। सहभागीले कोरियाली प्रायद्वीपमा युद्ध सुरु भएको दिन जुन २५, १९५० लाई अमेरिकालाई दोषी ठहर्‍याएको  कोरियाली केन्द्रीय समाचार संस्था (केएनसीए)ले जनाएको छ। जुलुसमा सहभागी कोरियालीले…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे उम्मेदवारी रद्द

    निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे उम्मेदवारी रद्द

    काठमाडौँ: स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मौन अवधि आइतबार मध्यरातदेखि सुरु भएको छ। मनोनयन दर्तापछि एक साता निरन्तर प्रचारप्रसार व्यस्त उम्मेदवारको चुनाव प्रचारप्रसार रोकिएको छ। आइतबार सवै उम्मेदवार अन्तिम पटक मतदातामाझ सार्वजनिक कार्यक्रम गरे। आजदेखि निर्वाचन आचारसंहिताका कारण सवै प्रचारका कार्यक्रम रोकिएको छन्। मौन अवधिमा राजनीतिक दलहरुले मतदाताबीच सार्वजनिक कार्यक्रममात्र हैन सामाजिक सञ्जालमा पनि प्रचार गर्न पाइने छैन। मौन अवधिको आचारसंहिता…

    विस्तृतमा पढ्नुस्

  • आदिवासी जनजाति फिल्म महोत्सव हुने

    आदिवासी जनजाति फिल्म महोत्सव हुने

    काठमाडौं: आदिवासी जनजाति फिल्म महोत्सव हुने भएको छ। पहिलो पटक जनजाति फिल्म अवार्ड तथा महोत्सव हुन लागेको जनजाति फिल्म महासंघले जानकारी दिएको छ। महोत्सव तथा अवार्ड कार्यक्रम असार १७ गतेबाट सुरु हुने बताइएको छ। महोत्सवमा १८ फिल्म प्रदर्शन हुने बताइएको छ। महोत्सवमा फिल्म प्रतियोगिता समेत हुनेछ। महोत्सवमा नागा, कल्की, च्याग, टाढाको माया, गुठ, बन्थी, फेके, दखल, पेरोसामा, जितिया, लोम्बा, ब्यासा,…

    विस्तृतमा पढ्नुस्

  • बक्स अफिस फिल्म फेयर अवार्डको मनोनयन सार्वजनिक

    बक्स अफिस फिल्म फेयर अवार्डको मनोनयन सार्वजनिक

    काठमाडौं: बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ का लागि ३२ विधाको मनोनयन सार्वजनिक भएको छ। असार १७ गते लण्डनमा हुने अवार्ड घोषणाबारे आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गरी जानकारी दिइएको हो। लण्डनको थर्ड आइ टिम र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त आयोजनामा हुने अवार्डको यो १० औं संस्करण हो। २०७३ को बैशाखबाट चैत मसान्तसम्म सार्वजनिक फिल्महरु मनोनित भएका छन्। आयोजक विकास देवकोटाले…

    विस्तृतमा पढ्नुस्

  • निर्धक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह

    निर्धक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह

    तुलसीपुर: गृहमन्त्री जनार्दन शर्माले स्थानीयतहको निर्वाचनमा जनता निकै उत्साहित रहेको र राजनीतिक दलहरुबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण देखिएको बताएका छन्। गृहमन्त्री शर्माले शान्ति सुरक्षाको दृष्टिकोणले कुनै कमीकमजोरी नरहेकाले निर्धक्क भएर निर्वाचनमा भाग लिन सबैलाई आग्रह गरे। उनले पहिलो चरणको निर्वाचनमा एकाध घटनाबाहेक पूर्णत शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण रुपमा हुने विश्वास व्यक्त गरे। गृहमन्त्री शर्माले शान्ति सुरक्षाका…

    विस्तृतमा पढ्नुस्

  • उपचार नपाएपछि सडकमै मृत्यु

    उपचार नपाएपछि सडकमै मृत्यु

    गाईघाट: केही दिनयतादेखि बिरामी हुँदै आएका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ स्थित बिपी चोक बस्ने ४४ वर्षीय हरि राई आज बिहान गाईघाटस्थित मुख्य चोकको जिके पुस्तक पसल अगाडिको सडकमा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार राईको घरको आर्थिक स्थिति कमजोर रहेको र अन्य आफन्तले समेत रेखदेख नगरेपछि उनी बिरामी भए पनि सडकतिर नै डुल्ने र रात बिताउने गर्दै आएका…

    विस्तृतमा पढ्नुस्

  • नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द

    नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द

    विराटनगर: नेपाल–भारतको सीमा नाका आज बिहानदेखि तीन दिनका लागि बन्द गरिएको छ। असार १४ गते हुन गइरहेको स्थानीय निर्वाचनलाई लक्षित गरी भारतको सुपौंलमा नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा पदाधिकारीबीच छलफल गरी तीन दिनका लागि सीमा नाका बन्द गरिएको र असार १५ गतेदेखि पूर्ववत् रुपमा सीमा नाका सुचारु हुने प्रजिअ यज्ञराज कोइरालाले जानकारी दिए। शान्ति सुरक्षालाई मध्य नजर गरी आपराधिक घटना हुन नदिने…

    विस्तृतमा पढ्नुस्

  • कन्फेडेरेसन कप : जर्मनी र चिली अन्तिम चारमा, सेमिफाइनल समिकरण पूरा

    कन्फेडेरेसन कप : जर्मनी र चिली अन्तिम चारमा, सेमिफाइनल समिकरण पूरा

    विश्व विजेता जर्मनी र दक्षिण अमेरिकी च्याम्पियन चिलीले अन्तिम चारमा स्थान बनाएसँगै रसियामा भइरहेको कन्फेडेरेसन कपको सेमिफाइनल समिकरण पूरा भएको छ। प्रतियोगिता अन्तर्गत आइतबार भएको समूह बीका अन्तिम खेलमा जर्मनीले क्यामरुनलाई ३-१ ले पराजित गर्दै समूह विजेता बनेको हो। अर्को खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै चिलीले अष्ट्रेलियासँग १-१ गोलको बराबरी खेल्दै समूह उपविजेता बनेको हो। तीन खेलबाट जर्मनीले…

    विस्तृतमा पढ्नुस्

  • मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

    मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

    रत्ननगर: चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरोका कारण गएराति ९ बजेदेखि यातायात आवागमन अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित उक्त सडकको चार किलो, दुई किलो, खहरे र कालीखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको हो। चितवनका प्रहरी उपरीक्षक दीपक थापाले पहिरो खस्ने क्रम जारी रहेकाले राति पन्छाउन नसकेपछि आज बिहान ४ बजेबाट…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह चुनाव: धनकुटामा छ दर्जन अपाङ्गमैत्री मतदान केन्द्र

    स्थानीय तह चुनाव: धनकुटामा छ दर्जन अपाङ्गमैत्री मतदान केन्द्र

    धनकुटा: स्थानीय तहको चुनावमा अपाङ्गता भएकाहरुका लागि सहज मतदान गर्न जिल्लाका ६७ अपाङ्गमैत्री मतदान केन्द्र स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। धनकुटा जिल्लाका कुल १४३ वटा मतदान केन्द्रमा ६७ केन्द्र अपाङ्गमैत्री बनाइएको छ। जिल्लामा तोकिएका अधिकांश मतदानकेन्द्र विद्यालय र पुराना गाविसका भवनमा रहेका कारण कठिनाइ भएको जनाइएको छ। स्थानीय तहको निर्वाचनमा धनकुटा नगरपालिकामा थप दुई अपाङ्गमैत्री मतदान केन्द्र निर्माण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell