इटालियन पाउलो माल्दिनी लेजेण्ड फुटबल खेलाडी हुन्। यसका बारेमा सबै जानकार नै छन्। उनलाई पार गरेर गोल गर्न जो कोही स्ट्राइकरलाई पनि हम्मे हम्मे पर्थ्यो। तर ४९ वर्षको उमेरमा प्रो टेनिसमा डेब्यु गरेका माल्दिनीको टेनिसको सुरुवात भने पराजयबाट भएको छ। मिलानमा भएको 'एस्प्रिय टेनिस कप'को पहिलो खेलमै माल्दिनी र स्टेफानो लान्डोनिओको जोडी पराजित भएका हुन्। पोल्याण्डका थोमस बेन्डनरेक र डच…
काठमाडौं : निकै प्रतिक्षा गरिएको अभिनेता अनमोल केसीको नयाँ फिल्म 'कृ' को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। फिल्म कृ ले बुधबार फेसबुकमा अभिनेता अनमोल मात्र रहेको दुई पोस्टर आउट गरेको हो। दुवै पोस्टरमा अनमोललाई लामो कपालमा देख्न सकिन्छ। यही लामो कपाल बनाउनका लागि अनमोल धेरै समय बाहिर निस्केका थिएनन्। यसअघिका फिल्ममा लभरब्वायको भूमिकामा देखिदै आएका अनमोललाई एकै स्टाइलको अभिनय…
काठमाडौं: गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको एकल प्रस्तुति हुने भएको छ। 'सुरेन्द्र श्रेष्ठ एकल साँझ' मार्फत उनले आफ्ना गीतहरु प्रस्तुत गर्ने भएका हुन्। आउँदो असार २४ गते ठमेलको थर्ड आई थिएटरमा श्रेष्ठले नयाँ तथा पुराना गायकका गीतहरु सुनाउने छन्। दुई दशक भन्दा लामो समय संगीत क्षेत्रमा क्रियाशिल श्रेष्ठको स्वरमा तीन दर्जन गीतहरु सार्वजनिक छ। गायक तथा संगीतकार श्रेष्ठको यो पहिलो…
काठमाडौंः स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत आज भइरहेको मतदानमा दिउँसो साढे १ बजेसम्म ५३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। प्रदेश नम्वर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ। निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो विवरण अनुसार, सवैभन्दा बढी उदयपुर र…
मलेसियाकी एक युवती जसको शरीर भर कोठी छन् उनले मिस युनिभर्समा सहभागिता जनाउने भएकी छिन्। एभिता डेल्मुन्दो २० वर्षकी भइन्। उनको अनुहार, घाँटी र शरीर भर जन्मजात नै काला कोठीहरु थिए। जसका कारण उनी स्कूलका साथीहरुबाट अपहेलित हुन्थिन्। एभितालाई स्कूलका साथीहरुले 'मोन्सटर' वा 'चकलेट चिप्स'को संज्ञा दिन्थे। उनी लजाएर बस्न बाहेक केहि गर्न सक्दिन थिइन्। अपरेशन गरेर कोठीहरु हटाउने सल्लाह…
काठमाडौँः स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत आज प्रदेश नम्वर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा भइरहेको मतदानमा अपरान्ह ३ बजेसम्म करिव ६२ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो विवरण अनुसार, सवैभन्दा बढी धनकुटा र रुकुममा ७० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। त्यसैगरी, ताप्लेजुङ, खोटाङ, डडेल्धुरा,…
काठमाडौं: मिस नेपाल २०१७ नीकिता चाण्डकले प्रतियोगितामा मोरङ जिल्लाको प्रतिनिधित्व गरिन्। तर प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन भईरहँदा मोरङकी नीकिता चाण्डक भने काठमाडौंमै छिन्। मिस नेपाल आयोजक हिडन टिजरले दिएको जानकारी अनुसार उनी स्थानीय तहको निर्वाचनमा सहभागी भइनन्। मोरङ उर्लाबारी ६ की चाण्डकको मतदाता नामावलीमा नाम छैन। राधिका माध्यमिक विद्यालय मतदान केन्द्र रहेको वडा नम्बर…
रुपन्देहीः रुपन्देहीमा आज भएको मतदानमा ७० प्रतिशत भन्दा बढी मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले अहिलेसम्मको तथ्यांक अनुसार ७० प्रतिशत भन्दा बढी मत खसेको जानकारी दिए । उनले पाँच बजेपछिसम्म पनि लाइनमा लागेका मतदाताले मतदान गरेकाले यकिन तथ्यांक आउन केही समय लाग्ने बताए। रुपन्देहीमा कुल मतदाताको संख्या ४ लाख ६० हजार छ।
काठमाडौं : निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन शान्तिपूर्वक रुपमा सम्पन्न भएको जनाएको छ। आयोगले आज पत्रकार सम्मेलन गरी शान्तिपूर्वक रुपमा निर्वाचन भएको र ७०.५ प्रतिशत मत खसेको जानकारी गराएको हो। बझाङको जयपृथ्वी नगरपालिकाको वडा नम्बर ३ मा रहेको माण्डू माविस्थित मतदान केन्द्र 'क' र 'ख' मा मात्रै मतदान स्थगित भएको आयोगले जनाएको छ। नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसै महिना तीन प्रतियोगिता आयोजना गर्ने भएको छ। यही असार महिनाको २२ देखि ३१ गतेसम्म विद्यालय र विश्विवद्यालय स्तरका गरी ३ प्रतियोगता राखेपले गर्न लागेको हो। तर वर्षातको मौसम र दश दिन भित्रै ३ खालका प्रतियोगिता गर्ने राखेको महत्कांक्षी योजनाले कस्ता खालको प्रतियोगिता सम्भव होला हेर्न बाँकी छ। राखेपका अनुसार असार २२ देखि…
काठमाडौं : इन्डियन स्टार्सले काठमाडौंमा भइरहेको एसियन क्लब प्रिमियर लिग (एसीपिएल) क्रिकेट प्रतियोगितामा सान्त्वना जित हासिल गरेको छ। बुधबार भएको आफ्नो अन्तिम लिग खेलमा इन्डियन स्टार्सले दुबई वारियर्सलाई २० रनले पराजित गर्दै सुदख अन्त्य गरेको हो। तर ५ खेलबाट २ अंक मात्र जोडेको इन्डियन स्टार्स यसअघि नै लिग बाटै बाहिरिसकेको छ। यता हारपछि ४ खेलबाट २ अंक मात्र रहेको दुबई…
बैतडी असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि बैतडीमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा बसेको बैठकमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन आयोगले खटाएको अनुगमन समितिका संयोजक, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो। बैठकमा चुनावको सुरक्षा व्यवस्था पूर्ण तयार भएको जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। यस्तै, मौन…
राजविराज: पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा सोमबार भएका छुट्टाछुट्टै दुर्घटनामा परी एक दर्जन व्यक्ति घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २ ख २७४१ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८६६८ नम्बरको माइक्रोबस एकापसमा ठोक्किँदा नौजना घाइते भएका छन्। घाइते नौजनाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै, सोही ठाउँमा सोमबारै भएको दुर्घटनामा परी तिनजना…
धनगढी: धनगढी उपमहानगरपालिका–४ को खानेपानी कार्यालय जाने सडकमा गएराति बम विष्फोट गराउने क्रममा विप्लव नेतृत्वको नेकपाका एकजना कार्यकर्ताको मृत्यु भएको छ। सोमबार राति करिब १० बजेतिर वम विष्फोट गराउने क्रममा आफैँले बोकेको बम पड्किँदा धनगढी उपमहानगरपालिका–१२ जुगेडा घर भएका ‘सनराइज‘ भनेर चिनिने २९ वर्षीय चन्द्रबहादुर सिंहको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए। घटनालगत्तै उपचारका लागि सेती अञ्चल…
चितवन: मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोला नजिक साढे दुईकिलो भन्ने स्थानमा पहिरो गएपछि आज बिहान ७:३० बजेदेखि अवरुद्ध भएको सडक केही समय अगाडि खुलेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार गत शुक्रबार बिहान पहिरो खसेको ठाउँमा पुनः पहिरो गएको थियो। उक्त ठाउँमा गत शुक्रबार बिहान १ः०५ बजेको समयमा पहिरो खसेर प्रहरीको भ्यानसहित चार प्रहरीलाई पुरेको थियो। तीन प्रहरीको…
काठमाडौँ: पर्यटकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ। कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकीय महत्व भएका सम्पदामा निःशुल्क इन्टरनेटको सुविधा राख्ने र प्रवेश शुल्कमा तिरेको पैसाले नै उक्त सुविधा उनीहरुले प्रयोग गर्न पाउनेछन्। तत्कालका लागि इन्टरनेट राख्ने स्थानमा स्वयम्भू, हनुमानढोका क्षेत्र, पशुपतिनाथ मन्दिर वरपर राखिने तयारी भएको छ। त्यसको लागि महानगरले छिट्टै…
काठमाडौँ: भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतगणनाका क्रममा च्यातिएका मतपत्र सर्वोच्च अदालतमा पुर्याइएको छ। मंगलबार बिहान बुद्ध एयरको ८ः१५ को नियमित उडानबाट मतपत्र काठमाडौँ ल्याइएको थियो। बिहान १० बजे च्यातिएको मतपत्रको पोको सर्वोच्च अदालतमा पुर्याइएको छ। सर्वोच्चका प्रवक्ता महेन्द्र उपाध्यायले मतपत्रसहितको माग अनुसारका कागजात अदालतमा पेस गरिएको बताए। मतपत्र भोलि इजलासमा पेस हुनेछ। सुरक्षाकर्मीको रोहबरमा काठमाडौँ ल्याइएको मतपत्र अन्तराृष्ट्रिय विमानस्थलमा…
काठमाडौं: अहिले बिमा बजार एक खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। २०२४ साल फागुनबाट सुरु भएको बिमा बजारको गति भने तुलनात्मक रुपमा कमजोर नै छ। बिमा बजार यहाँसम्म आइपुग्दा पहिलो बिमा पोलिसी कसले खरीद गरेको थियो भन्ने कमैलाई थाहा होला। पहिलो बिमा कम्पनीका रुपमा खुलेको सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थानमा पहिलो बिमा गाडीको भएको थियो। त्यो पनि चानचुने ब्यक्तिको होइन। पञ्चायति…
कास्कीः अविरल वर्षापछि पहिरो जाँदा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २४ कास्कीकोटमा पहिरोले एउटा घर पुरिएको छ। मध्यराति गएको पहिरोले कास्कीकोटको वनपालेका डिल्लीराम सुवेदीको घर पुरिएको हो। अकस्मात पहिरो गएपछि घरमा सुतिरहेका ४ जना मध्ये डिल्लीराम सुवेदी घाइते भएका छन्। श्रीमती, छोरा र छोरी भने घाइते भएका छन्। पहिरो आएपछि सुवेदी र उनको परिवारले भागेर ज्यान जोगाएका थिए। घाइते सुवेदीलाई…
काठमाडौंः निर्वाचन आयोगले मतदानका लागि मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजातलाई पनि मान्यता दिने निर्णय गरेको छ। मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न यस्तो निर्णय लिएको आयोगले जनाएको छ। मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रका अतिरिक्त नेपाली नागरिकताको…