PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

  • राजपाको मधेस बन्दमा सर्वसाधरण आक्रोशित

    राजपाको मधेस बन्दमा सर्वसाधरण आक्रोशित

    महेन्द्रनगर: संविधान संशोधन नभएसम्म मधेसमा निर्वाचन हुन नदिने अडानमा रहेको राष्ट्रिय जनता पार्टी नेपालको विरोध मधेसका आठ जिल्लामा मात्र सीमित भई अन्य तीनवटा प्रदेशमा निर्बाध रुपमा मतदान भइरहँदा धनुषासहित प्रदेश नं २ का जनताले भने बन्दको मार खेप्नुपर्दा आक्रोशित भएका छन्। प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा मतदान भइरहँदा राजपाले निर्वाचनको विरोधमा बुधबार मधेस बन्दको आह्वान गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • ३३४ स्थानीय तहमध्ये १६८ मा मतगणना जारी, ३ स्थानको परिणाम घोषणा

    ३३४ स्थानीय तहमध्ये १६८ मा मतगणना जारी, ३ स्थानको परिणाम घोषणा

    काठमाडौँ: बुधबार सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ। अधिकांश जिल्लामा मतपेटिका ढुवानी गर्ने क्रम सकिएको छ। दोस्रो चरणमा निर्वाचन भएका ३३४ स्थानीय तहमध्ये १६८ स्थानमा मतगणना भइरहेको छ। अन्य स्थानमा पनि मतगणना सुरु हुने क्रममा छ। आयोगका अनुसार ३३४ स्थानीय तहमध्ये अहिले बिहान ९ः३० बजेसम्म १६८ स्थानीय तहमा मतगणना शुरु भएको छ। प्रदेश १ का १३७ स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ मा मतपेटिका ढुवानी सकियो, १ र ७ का केही जिल्लामा बाँकी

    प्रदेश ५ मा मतपेटिका ढुवानी सकियो, १ र ७ का केही जिल्लामा बाँकी

    काठमाडौँ: दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका तीन प्रदेशका अधिकांश मतदान केन्द्रको मतपेटिका संकलन भइसकेको निर्वाचन आयोगले जनाएको छ। आयोगले मतदानमा प्रयोग भएका पाँच हजार ६५३ मध्ये पाँच हजार ५९३ मतपेटिका संकलन भइसकेको जनाएको छ। आयोगका अनुसार अधिकांश जिल्लामा मतपेटिका ढुवानी सम्पन्न भइसकेको छ। प्रदेश नम्बर १ का तीन हजार ७०७ मतपेटिकामध्ये तीन हजार ६४७ ढुवानी भएका छन्। प्रदेश नम्बर ५ का…

    विस्तृतमा पढ्नुस्

  • कन्फेडेरेसन कप : क्लाउडियो ब्राभोले तीन पेनाल्टी रोकेपछि चिली फाइनलमा

    कन्फेडेरेसन कप : क्लाउडियो ब्राभोले तीन पेनाल्टी रोकेपछि चिली फाइनलमा

    क्लाउडियो ब्राभोले पेनाल्टी सुटआउट पोर्चुगलका तीन खेलाडीको प्रहार रोकेपछि चिली कन्फेडेरेसन कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार रसियाको कजानमा भएको पहिलो सेमिफाइनलमा साउथ अमेरिकन च्याम्पियन चिली युरो च्याम्पियन पोर्चुगललाई पेनाल्टी सुटआउटमा ३-० ले हराउँदै पहिलो पटक फाइनल यात्रा तय गरेको हो। चिलीले अब उपाधिका लागि जर्मनी र मेक्सिको बीचको विजेतासँग खेल्नेछ। ब्राभोले पोर्चुगललका रिकार्डो क्वारेस्मा, जाओ माउटिन्हो र नानीको प्रहार रोकेका…

    विस्तृतमा पढ्नुस्

  • हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

    हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

    दमक: जङ्गली हात्तीको आक्रमणबाट झापाको कचनकवल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका–१ बस्ने ४० वर्षीय मनराज केरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। राति ११ बजेतिर चारकोसे जङ्गलबाट आएका दुईवटा हात्तीले घर भत्काउन थालेपछि हात्ती लखेट्ने क्रममा केरुङलाई आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका केरुङलाई उपचारका लागि मेची अञ्चल अस्पताल ल्याउने क्रममा बाटोमै…

    विस्तृतमा पढ्नुस्

  • मेसी र एन्तोनेलाको विवाहको लागि तयार रोसारियो शहर

    मेसी र एन्तोनेलाको विवाहको लागि तयार रोसारियो शहर

    वर्तमान विश्व फुटबलकै उत्कृष्ट खेलाडी लियोनल मेसीले भोली (जुन ३०) मा विवाह गर्दैछन्। अर्जेन्टाइन सुपर स्टार मेसीले आफ्नै बाल्यकालको 'स्वीटहार्ट' एन्तोलेना रोकुज्जोसँग विवाह गर्न लागेका हुन्। विवाहको लागि मेसीले आफू जन्मेको देश अर्जेन्टिनको रोसारियो शहर नै रोजेका छन्। उनीहरुको विवाहको लागि सिटी सेन्टर रोसारियो नामक फाइभ स्टार होटल पूर्ण रुपमा तयार पारिएको छ। त्यस्तै मेसीको विवाहको लागी सुरक्षा व्यवस्था पनि…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगले सच्यायो मतदान प्रतिशत, हिजोभन्दा आज तीन प्रतिशत बढ्यो

    निर्वाचन आयोगले सच्यायो मतदान प्रतिशत, हिजोभन्दा आज तीन प्रतिशत बढ्यो

    काठमाडौंः निर्वाचन आयोगले बुधबार सम्पन्न स्थानीय तह दोस्रो चरणको निर्वाचनमा ७३.६९ प्रतिशत मतदान भएको जनाएको छ। प्रारम्भिक रुपमा ७०.५ प्रतिशत मतदान भएको विवरण सार्वजनिक गरेको आयोगले बिहीबार बिहान नयाँ विवरण सार्वजनिक गरेको हो।  प्रदेश १, ५ र ७ मा बुधबार स्थानीय निर्वाचन सम्पन्न भएको थियो।  आयोगका अनुसार प्रदेश नम्बर १ मा ७२.४९ प्रतिशत, प्रदेश ५ मा ७५.३४ प्रतिशत र प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा सत्तापक्षको धाँधलीको प्रयास सेनाले विफल पारेको ईश्वर पोखरेलको दाबी

    निर्वाचनमा सत्तापक्षको धाँधलीको प्रयास सेनाले विफल पारेको  ईश्वर पोखरेलको दाबी

    पोखराः नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्तापक्षले स्थानीय निकायको निर्वाचनमा शक्ति र सत्ताको आडमा धाँधलीको प्रयास गरेको आरोप लगाएका छन्।  प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सत्तापक्षले कतिपय स्थानमा धाँधलीको प्रयासका बावजुतपनि दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए।  महासचिव पोखरेलले सत्तापक्षबाट अछाम, बझाङ, बाजुरा, डोटीलगायतका जिल्लामा धाँधलीको प्रयास गरेको तर सेना परिचालनपछि प्रयास असफल भएको…

    विस्तृतमा पढ्नुस्

  • 'अ लभ स्टोरी स्टारिङ शरद एण्ड नीशा', विवाहको कार्डमा फिल्म क्यामेरा

    'अ लभ स्टोरी स्टारिङ शरद एण्ड नीशा', विवाहको कार्डमा फिल्म क्यामेरा

    काठमाडौं: अभिनेत्री नीशा अधिकारी र क्रिकेटर शरद भेषवाकरको विवाहले फिल्म क्षेत्र मिडियामा गसिपको राम्रो ठाउँ पाएको। ब्रेकअपको हल्ला बिच सार्वजनिक विवाहको कार्डले सबैलाई चकित तुल्यायो। शरद भेषवाकरको तर्फबाट सार्वजनिक कार्डमा प्रयोग रचनात्मक शैलीले सबैको ध्यान खिच्यो। नेपालका उत्कृष्ट क्रिकेटर मानिएका शरदले बिहेको कार्डमा पनि बल, ब्याट र स्टम्प छुटाएनन्। बिहेको कार्डको बाहिरी कभरमा एउटा ब्याट, बल र स्टम्प देखियो। कस्तो होला…

    विस्तृतमा पढ्नुस्

  • अब नेपालमा पनि 'नेक्स्ट सुपर टप्स मोडल'

    अब नेपालमा पनि 'नेक्स्ट सुपर टप्स मोडल'

    काठमाडौँ: मोडल सङस नेपालले 'नेक्स्ट सुपर टप्स मोडल नेपाल' प्रतियोगिता आयोजना गर्ने भएको छl नेपालमा पहिलोपटक महिला तथा पुरुषहरुको लागि यो मोडलिङ प्रतियोगिता आयोना हुने भएको हो। प्रतियोगिताको यहि असार १७ गते शनिबारबाट द ग्रीन क्याफे तिनकुनेमा अडिशन सुरु हुने भएको छ। अन्तराष्ट्रिय स्तरका सौन्दर्य एवं मोडलिङ प्रतियोगिताहरुमा नेपालबाट प्रतिनिधित्व पठाउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागेको आयोजक मोडल सङस नेपाल…

    विस्तृतमा पढ्नुस्

  • धनगढी उपमहानगरपालिकामा मतगणना जारी, अहिलेसम्म २ सय मतगणना

    धनगढी उपमहानगरपालिकामा मतगणना जारी, अहिलेसम्म २ सय मतगणना

    धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना सुरु भएको छ। सर्वदलिय बैठकपछि विहान ९ बजेबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए। बुधवार भएको मतदानमा धनगढी उपमहानगरपालीकामा ७८ हजार ३ सय मतदाता रहेपनि ७० प्रतिशत मात्र मत खसेको छ। अहिलेसम्म २ सय मतपत्र गनिसकेको अधिकृत महाराले जानकारी दिए। एक साता भित्र मतगणना गरिसक्न निर्वाचन आयोगले कर्मचारीहरुलाई निर्देशन दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • रसिया विश्वकप सुरु हुन एक वर्ष बाँकी, के के हुँदैछ तयारी?

    रसिया विश्वकप सुरु हुन एक वर्ष बाँकी, के के हुँदैछ तयारी?

    २१ औं संस्करणको विश्वकप फुटलब आउन अब एक वर्ष भन्दा कम समय बाँकी छ। अहिले कन्फेडेरेसन (अन्तर महादेशीय) कप भइरहेको रसियामा २०१८ को विश्वकप फुटबल आयोजना हुँदैछ। आयोजक रसिया कन्फेडेरेसन कपको समूह चरणबाटै बाहिरिसकेको छ तर रसियाले विश्व फुटबलको महाकुम्भ आयोजना गर्नका लागि तयारीमा भने कुनै कसर बाँकी राखेको छैन।  रसियाले विश्वकप आयोजना गर्न लागेको यो पहिलो पटक हो। रसियामा…

    विस्तृतमा पढ्नुस्

  • गौरीगंगा नगरपालिकामा माओवादी केन्द्रको अग्रता

    गौरीगंगा नगरपालिकामा माओवादी केन्द्रको अग्रता

    कैलालीः कैलालीको गौरीगंगा नगरपालिकामा मत गणना भइरहेको छ । अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्र मेयरमा ३४ मत प्राप्त गरी अग्रस्थानमा छ। नेकपा एमालेले १७ र नेपाली कांग्रेसका उम्मेदवारले १२ मत प्राप्त गरेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीको समरीमाई–१ मा कांग्रेसको प्यानल विजयी

    रुपन्देहीको समरीमाई–१ मा कांग्रेसको प्यानल विजयी

    बुटवलः राष्ट्रिय जनता पार्टी नेपालको प्रभाब रहेको रुपन्देहीको मर्चवारस्थित समरीमाई गाउँपालिका वडा नम्बर एकमा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।  ७ सय ५६ मत प्राप्त गरी वडा अध्यक्षमा शिवकुमार यादवसहितको प्यानल विजयी भएको हो।  

    विस्तृतमा पढ्नुस्

  • सलमानलाई पनि सय करोड कमाउन सकस

    सलमानलाई पनि सय करोड कमाउन सकस

    दबंग अभिनेता सलमानको खानको पछिल्लो फिल्म 'ट्युबलाईट'ले समिक्षकहरुको राम्रो साथ पाएन। सलमानका फ्यानहरुले समेत फिल्मलाई उती सारो मन पराएनन्। तर त्यसका बावजुत पनि सलमान स्टारर फिल्मले बक्स अफिसमा सय करोड रुपैयाँ कमाउने सूचीमा परेको छ। फिल्मले अहिलेसम्म १०५.८६ करोड कमाएको कोइमोइले जनाएको छ। फिल्म सलमानसँगै सोहेल खान, ओम पूरी चिनिया अभिनेत्री झु झु र मार्टिन रे टान्गुको अभिनय रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • १५ फोटोमा हेर्नुस् असार पन्ध्रको रमझम

    १५ फोटोमा हेर्नुस् असार पन्ध्रको रमझम

    काठमाडौं : असार १५ १४औं धान दिवस आज मनाइयो। धानबालीका विभिन्न पक्षलाई उजागर गर्दै यस वर्ष ‘दुई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ मूल नाराका साथ धानलाई राष्ट्रिय अर्थतन्त्रको आधारस्तम्भ रुपमा चिनाउन विभिन्न सरोकारवालाको समन्वय तथा सहकार्यमा चौधौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७४ मनाएको हो।

    विस्तृतमा पढ्नुस्

  • कर विवादमा फसेको एनसेलले ९ अर्ब लाभांश लैजान खोज्दा राष्ट्र बैंकको साथ?

    कर विवादमा फसेको एनसेलले ९ अर्ब लाभांश लैजान खोज्दा राष्ट्र बैंकको साथ?

    काठमाडौं : गत भदौमा कर विवाद नसुल्टी लाभांश लैजान दिने निर्णय गरेको नेपाल राष्ट्र बैंकको 'ग्रीन सिग्नल' पाएपछि एनसेलले फेरि लाभांश लैजाने प्रकृया अघि बढाएको छ। राष्ट्र बैंकको ग्रीन सिग्नलपछि एनसेलले फाइल विदेशी विनिमय विभागमा पुगेको छ।  राष्ट्र बैंक उच्च स्रोतका अनुसार एनसेलले थप लाभांश लैजान ५ प्रतिशत कर कट्टीको कागजपत्रसहित साढे नौं अर्ब रुपैयाँ लाभांश स्वीकृतिका लागि फाइल पुर्याएको…

    विस्तृतमा पढ्नुस्

  • कति ठाउँमा भइरहेको छ मत गणना? अझै २२ बुथबाट मतपेटिका ल्याइँदै

    कति ठाउँमा भइरहेको छ मत गणना? अझै २२ बुथबाट मतपेटिका ल्याइँदै

    काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा बुधवार निर्वाचन सम्पन्न भएका ३ सय ३४ स्थानीय तहमध्ये २ सय २६ स्थानीय तहको मतगणना सुरु भएको छ।  निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार, हालसम्म प्रदेश नम्बर १ का ८०, प्रदेश नम्बर ५ का ८७ र प्रदेश नम्बर ७ का ५९ स्थानीय तहको मतगणना सुरु भएको…

    विस्तृतमा पढ्नुस्

  • चुनाव सकिएको २४ घन्टा हुनै लाग्दा पनि किन सुरु भएन विराटनगर महानगरको मत गणना?

    चुनाव सकिएको २४ घन्टा हुनै लाग्दा पनि किन सुरु भएन विराटनगर महानगरको मत गणना?

    विराटनगर : मतदान सकिएको २४ घण्टा भइसक्न लाग्दा पनि दोस्रो चरणमा निर्वाचनमा विराटनगर महानगरपालिका मतगणना हुन सकेको छैन।  राजनीतिक दलहरु बीच मतगणनामा प्रतिनिधि राख्ने विषयमा सहमति जुट्न नसक्दा मतगणना हुन सकेको हो। मतगणना सबै राजनितिक दलका उम्मेद्वारले एक जना गणना स्थलमा प्रतिनिधि राख्न पाउँछन्।  तर, मतगणना गर्ने स्थल सानो र प्रतिनिधिहरु धेरै हुने भएकाले मतगणना प्रभावित बनेको हो। एक राजनितिक…

    विस्तृतमा पढ्नुस्

  • पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र उपेन्द्र यादवको तालमेल शुद्धोधन गाउँ पालिकाको १ वडामा सफल 

    पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र उपेन्द्र यादवको तालमेल शुद्धोधन गाउँ पालिकाको १ वडामा सफल 

    रुपन्देही : रुपन्देहीको शुद्धोधन गाउँ पालिका वडा नं. १ को मत गणना सम्पन्न भएको छ। पूर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराईको नया शक्ति र संघीय समाजवादी फोरमको गठबन्धनका बाबुराम पाल सहित पुरै प्यानलले तीन सयभन्दा बढी मत ल्याएर विजयी भएका हुन्।   

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell