PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

  • ‘चलिए पोखरा ’अभियानको टोली भारत प्रस्थान

    पोखरा : भारतीय पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल सङ्घको ‘चलिए पोखरा’ अभियानको एक टोली आज भारत प्रस्थान गरेको छ।  टोलीमा पोखरा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका अधिकारी र सञ्चारकर्मी गरी ३० जनाको सहभागिता छ ।  विनाशकारी भूकम्प, नाकाबन्दी र तराई–मधेश आन्दोलनले प्रभावित गरेको पर्यटनलाई उकास्न अभियानले सघाउने विश्वास लिइएको छ ।  टोलीले लखनउ, कानपुर, वनारस, गोरखपुर, इलाहावाद,…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले

    विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले

    विराटनगरः विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। पछिल्लो मतपरिणाम अनुसार मेयरमा नेपाली कांग्रेसका भीम पराजुलीले ३६५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका विनोद ढकालको २९३ मत छ । संघीय समाजवादी फोरमका उमेश यादवले ४० मत पाएका छन् । त्यसैगरी, उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीको २९३, नेपाल लोकतान्त्रिक फोरमकी सुची चौधरीको १२८ र माओवादी केन्द्रकी नमिता न्यौपानेको ७६ मत…

    विस्तृतमा पढ्नुस्

  • मुसहर बस्तिमै मनाइन् सुन्तलीले जन्मदिन

    मुसहर बस्तिमै मनाइन् सुन्तलीले जन्मदिन

    काठमाडौं: हास्यकलाकार कुञ्जना घिमिरे 'सुन्तली' ले मुसहर बस्तीका बालबालिकासँग आफ्नो जन्मदिन मनाएकी छिन्। महोत्तरी बर्दिबासमा रहेका मुसहर बालबालिकालाई टिफिन बक्स वितरण गरेर जन्मदिन मनाएकी हुन्। मुसहर बस्तीका बालबालिकाका चेतना, शिक्षा र स्वास्थ्यमा परिवर्तन धुर्मुस सुन्तलीको लक्ष्य थियो। सुन्तली भन्छिन्,'यी मुसहर बालबालिकामा आएको परिर्वतन देखेर हामी खुसी छौं र भावुक पनि भएका छौं।' अपेक्षा गरेको कुरा पाउँदाको आनन्द शब्दमा व्यक्त गर्न…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचन दोस्रो चरण: एमालेले नै लियो अग्रता

    स्थानीय तह निर्वाचन दोस्रो चरण: एमालेले नै लियो अग्रता

    काठमाडौंः दोस्रो चरणको स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम आउन सुरु गरेको छ। सुरुवाती चरणमा नेकपा एमाले अग्रस्थानमै देखिएको छ।  पहिलो चरणको स्थानीय तह निर्वाचनमा पहिलो स्थानमा आएको एमाले दोस्रो चरणको प्रारम्भिक नतिजामा पनि अगाडि देखिएको हो।  प्राप्त मतपरिणाम अनुसार नेकपा एमालेले १० स्थानमा जित हासिल गरेको छ भने नेपाली कांग्रेसले सात स्थानमा मात्र जित हासिल गरेको छ। तेस्रो स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो वीर गणेशमान बक्सिङ प्रतियोगिता असार ३१ देखि

    दोस्रो वीर गणेशमान बक्सिङ प्रतियोगिता असार ३१ देखि

    काठमाडौं : दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय स्तरको महिला तथा पुरुष खुल्ला प्रतियोगिता यही असारको अन्तिममा सुरु हुने भएको छ। आयोजक योङ स्टार क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता ३१ देखि साउन ४ गतेसम्म हुने जानकारी गराएको हो। ५ दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित टेबलटेनिसको हलमा हुनेछ। प्रतियोगितामा २६ जिल्लाबाट विभिन्न क्लब र विभागीय क्लका ३ सय भन्दा बढी…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्री र कतारी राजदूतबीच सहयोग आदानप्रदानका विषयमा कुराकानी

    गृहमन्त्री र कतारी राजदूतबीच सहयोग आदानप्रदानका विषयमा कुराकानी

    काठमाडौंः गृहमन्त्री जनार्दन शर्मासँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहमद अल हेलले भेटवार्ता गरेका छन्।  आज गृह मन्त्रालयमा भएको भेटमा कतार र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध तथा आपसी समझदारीबारे उनीहरुबीच कुराकानी भएको थियो।   भेटमा गृहमन्त्री शर्माले कतारको विकासमा नेपाली श्रमिकहरुको पनि लगानी भएकाले कतारको समृद्धिमा नेपाल पनि सन्तुष्ट रहेको बताए। त्यसैगरी गृहमन्त्रीले दुई देशबीच आपसी सहयोग आदान प्रदान गर्न आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • एसीपिएल : बंगलादेश टाइगर्सलाई हराएपछि श्रीलंकन लायन्स प्लेअफमा

    एसीपिएल : बंगलादेश टाइगर्सलाई हराएपछि श्रीलंकन लायन्स प्लेअफमा

    काठमाडौं : एसियन क्लब प्रिमियर लिग (एसीपिएल)को प्लेअफ समिकरण पूरा भएको छ। शुक्रबार भएको अन्तिम लिग चरणको खेलमा बंगलादेश टाइगर्सलाई हराउदै श्रीलंकन लायन्स नकआउट राउण्ड पुग्ने चौथो तथा अन्तिम टोली बनेको हो। कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा लायन्सले टाइगर्सलाई ३३ रनले हरायो। पहिले ब्याटिङ गरेको लायन्सले निर्धारित २० ओभरमा १ सय ३९ रन बनाएको थियो। लायन्सका लागि आकाश गौटेलले सर्वाधिक…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भोट हालेको डडेलधुराको गन्यापधुरामा कांग्रेसको जित

    प्रधानमन्त्रीले भोट हालेको डडेलधुराको गन्यापधुरामा कांग्रेसको जित

    काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले भोट हालेको डडेलधुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गन्यापधुरामा कांग्रेसका नवलबहादुर मल्ल निर्वाचित भएका हुन्। प्रधानमन्त्री देउवा जन्मिएको र उनले भोट खसालेको स्थान आसिग्राम गन्यापधुरा गाउँपालिकको वडा नम्बर एकमा पर्छ।  गन्यापधुराको अध्यक्षमा निर्वाचित मल्लसँगै उनकै प्यानलकी नेपाली कांग्रेसकी उम्मेदवार कमला ठगुन्ना निर्वाचित भएकी छन्।  प्रमुखमा निर्वाचित मल्लले ३३ सय ६९ मत प्राप्त गरेका छन्…

    विस्तृतमा पढ्नुस्

  • मार्सल आर्ट अर्गनाइजेसनलाई नगद सहयोग प्रदान

    मार्सल आर्ट अर्गनाइजेसनलाई नगद सहयोग प्रदान

    काठमाडौं : गत जेठ अन्तिम साता भएको प्रथम राष्ट्रव्यापी खुला जुनियर उसु प्रतियोगिताको आयोजक मार्सल आर्ट अर्गनाइजेसन, नेपाललाई शुक्रबार आर्थिक सहयोग उपलब्ध गराइएको छ। हाल अमेरिकामा रहेका उसुका पूर्व मुख्य प्रशिक्षक चन्द्र लामाको पहलमा संकलित १ लाख ११ हजार ७ सय रुपैयाँ अर्गनाइजेसनलाई हस्तान्तरण गरिएको हो। लामाले विभिन्न देशमा रहेका नेपालीहरुबाट सहयोग रकम जुटाएको बताइएको छ।  पूर्व उसु खेलाडीद्वय बेल्जियममा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रब्यापी शारिरीक सुगठन असोज पहिलो साता

    काठमाडौं : हिमालयन किङ्गडम नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ एन्ड फिटनेशको आयोजनमा 'दोश्रो राष्ट्रव्यापी एचकेएनएफबिएफ शारिरीक सुगठन च्याम्पियनसिप' असोज ६ र ७ गते हुने भएको छ। यस अघि बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप बैशाख ३१ गते स्थानिय चुनाव भएका कारण च्याम्पियनसिप तयारीका लागि पर्याप्त समय अभाव हुने भएकाले संघको बैठकले प्रतियोगितालाई जेष्ठमा गर्ने निर्णय गरेको थियो। पुनः नेपाल सरकारले…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह नसकिँदै आयोगको ताकेता : असोजमा प्रदेश र मंसिरमा केन्द्रको निर्वाचन

    स्थानीय तह नसकिँदै आयोगको ताकेता : असोजमा प्रदेश र मंसिरमा केन्द्रको निर्वाचन

    काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको मत परिणा नआउँदै प्रदेश र संघीय चुनावको मिति प्रस्ताव गरेको छ। आयोग पदाधिकारीको टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी बाँकी चुनावको मिति प्रस्ताव गरेको हो। '२०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्नका लागि २०७४ असोजको अन्तिम हप्तामा प्रदेश सभाको निर्वाचन, २०७४ कात्तिक दोस्रो हप्तामा राष्ट्रिय सभाको निर्वाचन र २०७४ मंसिरको…

    विस्तृतमा पढ्नुस्

  • गाल्लेमा जिम्वावेको ऐतिहासिक जित, श्रीलंकामा वान डे क्रिकेटमा ३ सय रन चेज गर्ने पहिलो टिम

    गाल्लेमा जिम्वावेको ऐतिहासिक जित, श्रीलंकामा वान डे क्रिकेटमा ३ सय रन चेज गर्ने पहिलो टिम

    सोलोमन मिरेले करियरकै पहिलो वान डे शतक प्रहार गरेपछि जिम्वावेले फस्ट वान डे क्रिकेटमा श्रीलंकालाई उसैको भूमिमा ६ विकेटले पराजित गरेको छ। ३ सय १७ रनको लक्ष्य पाहुना टोली जिम्वावेले १४ बल अगावै ४ विकेट गुमाएर पूरा गर्‍यो। श्रीलंकन भूमिमा जिम्वावेले श्रीलंकालाई हराएको यो कुनै पनि फर्म्याटमा पहिलो हो। यस्तै श्रीलंकामा भएको वान डे क्रिकेटमा ३ सय भन्दा माथिको रन…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रियकरण बन्दै कर्पोरेट ब्याडमिन्टन, पाँच राष्ट्रका खेलाडी सहभागि हुने

    अन्तर्राष्ट्रियकरण बन्दै कर्पोरेट ब्याडमिन्टन, पाँच राष्ट्रका खेलाडी सहभागि हुने

    काठमाडौं : अन्नपूर्ण पोस्ट इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टनको चौथो संस्करण शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ। प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको कभर्डहलमा असार १७ देखि २१ गतेसम्म सञ्चालन हुनेछ। तेस्रो संस्करणसम्म राष्ट्रिय स्तरमा सञ्चालित अन्नपूर्ण पोस्ट कर्पोरेट ब्याडमिन्टनले यसपटकदेखि अन्तर्राष्ट्रिय स्तरमा हुन लागेको हो। प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका र भुटान गरी पाँच राष्ट्रका स्तरीय खेलाडीको सहभागिता रहनेछ। अन्नपूर्ण मिडिया नेटवर्कले…

    विस्तृतमा पढ्नुस्

  • आर्चरी च्याम्पियनसिप : प्रेमप्रसाद र रोशन फाइनलमा

    आर्चरी च्याम्पियनसिप : प्रेमप्रसाद र रोशन फाइनलमा

    काठमाडौं : बाह्रौं दक्षिण एसियाली खेलकुदका कास्य विजेता स्वयम्भुका प्रेमप्रसाद पुन र नेपाल आर्मी क्लबका रोशन नगरकोटी राजधानी आर्चरी च्याम्पियनसिपको पुरुष रिकर्भमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा प्रेमले कास्कीका अशिम शेरचन तथा रोशनले स्वयम्भुका रमेश भट्टचनलाई समान ६–२ को नतिजामा पराजित गरे। प्रतियोगिताको पुरुष कम्पाउन्डमा द बेस्ट आर्चरीका प्रजित अग्रवालले राजधानीका विवेकसेन…

    विस्तृतमा पढ्नुस्

  • आवरण विवादबिच 'माङ्गेना' बिमोचन आज

    आवरण विवादबिच 'माङ्गेना' बिमोचन आज

    काठमाडौं: चर्किएको भित्ता। सो भित्ता छोप्न प्रयोग नेपालको झण्डा। प्रयोग झण्डा पनि च्यातिएको अवस्थामा। देशको झण्डा च्यातिएको अवस्थामा कुनै नेपालीले मन दुखाउनु असामान्य नहोला। तर कसैले टिप्पणी गर्छ- 'यसरी झण्डाको दुरुपयोग गर्नेलाई टुँडिखेलको बिचमा राखेर यसको शरीर यसैगरी च्यातचुत गर्न मिल्दैन?' सनिबार युग पाठकको किताब 'माङ्गेना' सार्वजनिक हुँदैछ। किताब बिमोचनको मिति नजिकिंदै गर्दा प्रकाशक फाइन प्रिन्ट र लेखक स्वयंम पनि…

    विस्तृतमा पढ्नुस्

  • एसीपिएल : नेपाल स्ट्रोमलाई हराउँदै दुबई वारियर्स सेमिफाइनलमा

    एसीपिएल : नेपाल स्ट्रोमलाई हराउँदै दुबई वारियर्स सेमिफाइनलमा

    काठमाडौं : यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाल स्ट्रोमलाई पराजित गर्दै दुबई वारियर्सले एसियन क्लब प्रिमियर लिग (एसीपिएल) क्रिकेटको अन्तिम चारमा स्थान बनाएको छ। बिहिबार भएको खेलमा दुबई वारियर्सले नेपला स्ट्रोमलाई ७ विकेटले हरायो। जितपछि ५ खेलबाट २ खेल जित्दै ४ अंक जोडेको वारियर्स शीर्ष चारमा पर्ने पक्का छ। यसअघि नै ४ खेल जितेर ८ अंक जोडेको स्ट्रोम सेमिफाइनलमा छनोट भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • राजधानी आर्चरी च्याम्पियनसिप भोलिदेखि

    राजधानी आर्चरी च्याम्पियनसिप भोलिदेखि

    काठमाडौं : राजधानी आर्चरी च्याम्पियनसिप भोलीबाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा सञ्चालन हुने प्रतियोगिता शुक्रबार र शनिबार दुई दिन चल्नेछ। राजधानी न्युज पब्लिकेशनको १७औं बार्षिकोत्सवको अवसरमा हुन लागेको प्रतियोगितालाई नेपाल आर्चरी संघले प्राविधिक सहयोग गर्नेछ। प्रतियोगितामा ट्रेडिस्नल एन्ड स्ट्यान्डर्ड बो, रिकर्भ र कम्पाउन्ड विधामा महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। प्रत्येक इभेन्टका महिला तथा पुरुष स्वर्ण पदक…

    विस्तृतमा पढ्नुस्

  • हराएका वृद्ध तीन दिनपछि जङ्गलमा मृत भेटिए

    हराएका वृद्ध तीन दिनपछि जङ्गलमा मृत भेटिए

    रत्ननगर: चितवनको भरतपुरमा तीन दिनदेखि बेपत्ता भएका एक वृद्ध बुधबार जङ्गलमा मृत फेला परेका छन्। भरतपुरको नवजागृति सामुदायिक वनभित्र बुधबार अपराह्न ४ बजेतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। भरतपुर महानगरपालिका–११ प्रसिद्धि टोलका स्थानीयवासी ६० वर्षीय शेरबहादुर कुमाल यही असार ११ गतेदेखि बेपत्ता भएका थिए। स्थानीयवासीले दिएको सूचनाका आधारमा खोजी गर्दै जाँदा…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचनः अधिकांश जिल्लामा मतगणना सुरु

    स्थानीय तह निर्वाचनः अधिकांश जिल्लामा मतगणना सुरु

    काठमाडौँ: बुधबार सम्पन्न स्थानीय तह दोस्रो चरणको निर्वाचनमा अधिकांश जिल्लामा मतगणना सुरु भएको छ। ३५ जिल्लाका ३३४ स्थानीय तहमा सम्पन्न निर्वाचनमा ७०.५ प्रतिशत मतदान भएको छ। बझाङ दुई मतदान केन्द्रमा झडपका कारण मतदान स्थगित भएको हो।  उच्च पहाडी क्षेत्रहरुमा मतपेटिका संकलन कार्य जारी छ। अन्य जिल्लाहरुमा मतपेटिका संकलन गरी मतगणना बुधबार रातिदेखि नै सुरु भइसकेको छ। कतिपय स्थानमा दलीय संयन्त्रको…

    विस्तृतमा पढ्नुस्

  • आज चौधौँ राष्ट्रिय धान दिवस, उत्सवका रुपमा मनाउन प्रधानमन्त्रीको शुभकामना

    आज चौधौँ राष्ट्रिय धान दिवस, उत्सवका रुपमा मनाउन प्रधानमन्त्रीको शुभकामना

    काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले धान दिवसका अवसरमा नेपाली नागरिक तथा कृषकमा शुभकामना व्यक्त गरेका छन्। कृषि विकास मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवाले शुभकामना सन्देश जारी गर्दै यस महोत्सवलाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई नेपालमा धान संस्कृतिको जगेर्नामा हातेमालो गर्नु सबैमा अनुरोध गरेका छन्। धानबालीका विभिन्न पक्षलाई उजागर गर्दै यस वर्ष ‘दुई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ मूल नाराका साथ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell