PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

  • कांग्रेसको आरोप : एमालेले गर्‍यो 'बुथ क्याप्चर'

    कांग्रेसको आरोप : एमालेले गर्‍यो 'बुथ क्याप्चर'

    काठमाडौं : नेपाली कांग्रेसले सात नम्बर प्रदेशकका दुई जिल्लाहरु बझाङ र अछाममा नेकपा एमालेका कार्यकर्ताले बुथ क्याप्चर गरेको आरोप लगाएको छ।  जयपृथ्वी नगरपालिका वडा नं. ७ को सुलिपिपल चौर उच्च मावि केन्द्रमा एमाले कार्यकर्ता र उसको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरुले नेपाली कांग्रेसका प्रतिनिधिहरुलाई मतदान स्थलमा बस्न नदिएको दावी गरेको छ। प्रतिनिधि बस्न नदिएर एकलौटी मतदान गरेको कांग्रेसको आरोप छ।  त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • सिड्नी, मेलबोर्न र एडिलेड यात्रामा नेपथ्यको कन्सर्ट

    सिड्नी, मेलबोर्न र एडिलेड यात्रामा नेपथ्यको कन्सर्ट

    काठमाडौं: नेपथ्यले यस वर्ष फेरि श्रृंखलावद्ध प्रस्तुती लिएर अष्ट्रेलियाको सांगीतिक यात्रा गर्नेभएको छ। नेपालका विद्यार्थीहरुको अध्ययन गर्ने मुख्य गन्तव्य बनेको अस्ट्रेलियामा केही समय यता नेपथ्यले निरन्तर प्रस्तुती दिंदै आएको छ। यो पटक तीन मुख्य शहर सिड्नी, मेलबोर्न र एडिलेडमा सांगीतिक प्रस्तुती हुने भएको हो। यो वर्षको पहिलो नेपथ्य कन्सर्ट भिक्टोरीयाको मेलबोर्न सहरमा आयोजित हुने बताइएको छ। यती एफसीको आयोजनामा जुलाइ…

    विस्तृतमा पढ्नुस्

  • २० अर्ब कर छुट दिएको आरोपमा समातिएका चुडामणिसँग मागियो तीन अर्ब धरौटी

    २० अर्ब कर छुट दिएको आरोपमा समातिएका चुडामणिसँग मागियो तीन अर्ब धरौटी

    काठमाडौं : कर फर्छ्यौंट आयोगमार्फत् जथाभावी राजश्व मिनाहा दिएको आरोपमा पक्राउ परेका चुडामणि शर्मासँग अख्तियार दूरुपयोग अनुसन्धान आयोगले तीन अर्ब रुपैयाँ धरौटी माग गरेको छ। अनुसन्धानमा खुलेको रकमका आधारमा धरौटी तोकिएको हो। 'गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको र अनुसन्धानका क्रममा ठूलो रकम हिनामिना गरेको भेटिएकाले देश छाडेर भाग्न नमिल्ने गरी धरौटी रकम मागिएको हो,' स्रोतले भन्यो। गत जेठ १९ गते…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीको सैनामैना–९ मा एमाले विजयी

    रुपन्देहीको सैनामैना–९ मा एमाले विजयी

    रुपन्देहीः रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ९ मा नेकपा एमाले विजयी भएको छ।  सैनामैना ९ को वडा अध्यक्षमा एमालेका डोलराज भण्डारीको प्यानल विजयी भएको हो। भण्डारी ७५३ मत प्राप्त गरी विजयी भएका हुन्। महिला सदस्यमा सीता पौड्याल, दलित महिला सदस्य बन्दना विक, सदस्यहरु खेमबहादुर मगर र कमला चौधरी विजयी भएका छन्।   

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीको क्रिमसन अस्पतालमा क्याथ ल्याव सेवा सुरु

    रुपन्देहीको क्रिमसन अस्पतालमा क्याथ ल्याव सेवा सुरु

    रुपन्देहीः रुपन्देहीको तिलोत्तमा–५, मणिग्रामस्थित क्रिमसन अस्पतालमा क्याथ ल्याव सेवा सुरु गरिएको छ।  मुटु रोगको उपचारलाई थप प्रभावकारी गराउन अस्पतालले क्याथ ल्याव सञ्चालनमा ल्याएको हो। अस्पतालले सुरु गरेको क्याथ ल्यावमा पहिलो पटक रुद्रपुरका बुद्धिराम थारुको एन्जियोग्राम गरिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लक्ष्मण दुवेले जानकारी दिए। मुटुको उपचारपछि थारु बिहीबार अस्पतालबाट डिष्चार्ज भएका छन्। झण्डै ८ करोड रुपैयाँको लगानीमा क्याथ ल्याव सेवा…

    विस्तृतमा पढ्नुस्

  • एसियन युथ बक्सिङ च्याम्पियनसिपमा सहभागि हुन नेपाली खेलाडी थाइल्यान्ड प्रस्थान

    एसियन युथ बक्सिङ च्याम्पियनसिपमा सहभागि हुन नेपाली खेलाडी थाइल्यान्ड प्रस्थान

    काठमाडौं : थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने एसियन युथ बक्सिङ च्याम्पियनसिपमा नेपालबाट ३ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। एसियन बक्सिङ कन्फिडेरेसनको आयोजनामा जुलाई १ देखि ८ तारिखसम्म सञ्चालन हुने  च्याम्पियनसिपमा नेपालबाट निञ्मा ग्याल्जेन शेर्पा, सुरेन्द्र राई र विशाल श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्। च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली बिहीबार थाइल्यान्ड प्रस्थान गरेका छन्। यस्तै नेपाली टोलीको प्रशिक्षकहरु डम्बरबहादुर लिम्बू र दीपक…

    विस्तृतमा पढ्नुस्

  • २० वर्षको प्रतीक्षा: दोस्रो चरणको निर्वाचन आज, १५ हजार ३८ जनप्रतिनिधि छानिँदै

    २० वर्षको प्रतीक्षा: दोस्रो चरणको निर्वाचन आज, १५ हजार ३८ जनप्रतिनिधि छानिँदै

    काठमाडौँ: स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत आज तीन प्रदेशका ३५ जिल्लामा निर्वाचन हुँदैछ। प्रदेश नम्बर १, ५ र ७ मा का ३३४ स्थानीय तहमा आज निर्वाचन हुँदैछ। निर्वाचन आयोगले बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ। २० वर्षपछि पहिलो चरणमा गत वैशाख ३१ गते तीन प्रदेशमा निर्वाचन भएको थियो। दोस्रो चरणमा आज थप तीन प्रदेशमा निर्वाचन हुँदैछ। ३३४…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह दोस्रो चरणको निर्वाचन, मतदान सुरु

    स्थानीय तह दोस्रो चरणको निर्वाचन, मतदान सुरु

    काठमाडौँ: स्थानीय तह दोस्रो चरणको निर्वाचन सुरु भएको छ। निर्वाचन आयोगले केही स्थानबाहेक ३५ जिल्लामा नै मतदान सुरु भएको जनाएको छ। मतदानका लागि मतदाताहरु लामबद्ध भइसकेका छन्। मतदानका लागि बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मको समय तोकिएको छ। प्रदेश १, ५ र ७ का ३५ जिल्लामा आज निर्वाचन हुँदैछ। तीन प्रदेशमा आठ हजार ३६४ मतदान केन्द्र तोकिएका छन्। दोस्रो चरणको निर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • दोलखाको लाकुरीडाँडामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु, तीनजना बेपत्ता

    दोलखाको लाकुरीडाँडामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु, तीनजना बेपत्ता

    गोकर्णप्रसाद भण्डारी चरिकोट: भीमेश्वर नगरपालिका–९ लाकुरीडाँडाको कुतकुतेमा गएराति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन्। गएराति डेढ बजे डाँडाबाट पहरो खस्दा दुईवटा घर पुरिएको छ। मृत्यु हुनेमा ३५ वर्षीया शान्ति थामी रहेकी छिन्। पहिरोले घर बगाएपछि शान्तिकी १२ वर्षीया छोरी रोशनी र १० वर्षीया छोरी सन्तोषी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले…

    विस्तृतमा पढ्नुस्

  • झापामा मतदानका लागि लाइनमा बसेका एक मतदाताको मृत्यु

    झापामा मतदानका लागि लाइनमा बसेका एक मतदाताको मृत्यु

    विराटनगरः झापाको दमकस्थित सरस्वती मावि मतदानस्थलमा मतदान गर्न गएका ८२ वर्षीय नगेन्द्र भण्डारीको मृत्यु भएको छ। दमक नगरपालिका वडा नं. ९ का भण्डारीको मतदानका लागि लाइनमा बसेका बेला मृत्यु भएको हो। भण्डारी मुटु रोगी भएको बुझिएको छ।  प्रहरीका अनुसार उनी लाइन लागेका बेला नै अकस्मात भुईंमा लडेका थिए। यसपछि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो ।  

    विस्तृतमा पढ्नुस्

  • सुदुर पश्चिमका पहाडमा रातभर झरी, चुनावको बिहानै घाम

    सुदुर पश्चिमका पहाडमा रातभर झरी, चुनावको बिहानै घाम

    काठमाडौं : दोस्रो चरणको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा सुदुर पश्चिमका पहाडी जिल्लामा रातभर पानी परे पनि आज बिहान भने घाम लागेको छ। घाम लागेसँगै मतदाताले सहज महसुस गरेका छन्। अछाम, बझाङ, दार्चुला लगायतका पहाडी जिल्लामा राति पानी परे पनि बिहान भने घाम लागेको छ। यी जिल्लाहरुमा बिहानैदेखि मानिसहरु मतदानका लागि पङ्तिवद्ध भएर बसेका छन्। बझाङका केही बुथमा भने लाइन व्यवस्थित हुन…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगले भन्यो: बिहान १० बजेसम्म २५ प्रतिशत मतदान

    निर्वाचन आयोगले भन्यो: बिहान १० बजेसम्म २५ प्रतिशत मतदान

    काठमाडौँ: बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनमा बिहान १० बजेसम्म २५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा निर्वाचन भइरहेको छ। तीन प्रदेशका ३३४ स्थानीय तहका कूल ८ हजार ३६४ मतदान केन्द्रमध्ये वर्षातका कारण केही स्थानमा ढिला मतदान सुरु भएको थियो। आयोगले शान्तिपूर्ण रुपमा…

    विस्तृतमा पढ्नुस्

  • तुलसीपुरको आधारभूत विद्यालय मतदान केन्द्र नजिक बम विष्फोट

    तुलसीपुरको आधारभूत विद्यालय मतदान केन्द्र नजिक बम विष्फोट

    दाङः दाङको तुलसीपुरमा मतदातालाई त्रसित बनाउने उद्देश्यले मतदान केन्द्र नजिक बम विष्फोट गराइएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका १ को अम्बासस्थित आधारभूत विद्यालय मतदान केन्द्र नजिक बम विष्फोट भएको हो। मतदान केन्द्र नजिक बम विष्फोट भएपनि मतदान भने जारी रहेको प्रहरीले जनाएको छ।      

    विस्तृतमा पढ्नुस्

  • जयपृथ्वी नगरपालिका ३ मा एमाले-कांग्रेस कार्यकर्ताबीच भिडन्त, मतदान स्थगित

    जयपृथ्वी नगरपालिका ३ मा एमाले-कांग्रेस कार्यकर्ताबीच भिडन्त, मतदान स्थगित

    बझाङ : सुदुर पश्चिमको विकट पहाडी जिल्ला बझाङको जयपृथ्वी नगरपालिकाको वडा नम्बर ३ मा रहेको माण्डू माविमा निर्वाचन अवरुद्ध भएको छ। नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि नगरपालिकाको ३ नम्बर वडाको निर्वाचन प्रभावित भएको हो।  झडपमा परी नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर खड्काको टाउको फुटेको छ भने भोट हाल्न पुगेका राजेन्द्र विष्टको हात भाचिएको छ। भोट…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा हुने नृत्य प्रतियोगितामा केकी अधिकारी निर्णायक

    अमेरिकामा हुने नृत्य प्रतियोगितामा केकी अधिकारी निर्णायक

    काठमाडौं: अमेरिकामा आयोजना हुने नेपाली नृत्य प्रतियोगितामा अभिनेत्री केकी अधिकारी पनि निर्णायक रहने भएकी छिन्। 'मेरो डान्स कप युएस २०१७' को दोस्रो संस्करणमा केकी अधिकारी लगायत डिबी गुरुङ र मञ्जु भुजेल रहेका छन्। यसअघि केकी अधिकारीको ठाउँमा दिलिप रायमाझी निर्णायक रहेका थिए। आयोजक एजेड स्टूडियोले दिएको जानकारी अनुसार दिलिप रायमाझी नेपालमा रहेका कारण यस संस्करणमा उनी अनुपस्थित रहने भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • यूएईमा भानुजयन्ती मनाइने

    यूएईमा भानुजयन्ती मनाइने

    काठमाडौः यूएईमा नेपाली समुदायले २०४ औं भानुजयन्ती मनाउने भएका छन्।  राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा नेपाली समुदाय यूएई साहित्यिक कला संसारको आयोजना तथा कायाकल्पको सहकार्यमा २०४ औं भानुजयन्ती मनाइने भएको हो। असार ३० गते यूएईको बर दुबईस्थित सिन्ध पंजाव होटलमा विशेष कार्यक्रम गर्न लागिएको नेपाली समुदाय कला तथा साहित्य संसार यूएईका संयोजक कृष्ण पारसले जानकारी दिए। २०१२ को…

    विस्तृतमा पढ्नुस्

  • इलाममा मतदान केन्द्र नजिक बम बिस्फोट, लगत्तै मतदान सुचारु

    इलाममा मतदान केन्द्र नजिक बम बिस्फोट, लगत्तै मतदान सुचारु

    इलाम: इलाम नगरपालिकास्थित आदर्श आधारभूत विद्यालय मतदान केन्द्रमा बम विस्फोट लगत्तै मतदान सुचारु भएको छ। बिहान सवा १० बजे एक ब्यक्तिले सकेट बम फ्याँकेर भागे लगत्तै पड्किएको स्थानीयबासीले बताए। घटना लगत्तै प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललगायत सुरक्षा निकायका प्रमुखहरु घटनास्थल पुगेका थिए। इलाम बजारमै रहेको उक्त केन्द्रमा सुरक्षा चुनौती नरहेको विश्लेषण प्रशासनको थियो। सोही कारण सुरक्षामा २ जना जनपद र तीन…

    विस्तृतमा पढ्नुस्

  • उदयपुरमा मतदान केन्द्रमा बमसहित तीनजना पक्राउ

    उदयपुरमा मतदान केन्द्रमा बमसहित तीनजना पक्राउ

    उदयपुरः उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचीस्थित मुर्कुची उच्च मावि मतदान केन्द्रमा बमसहित तीन जना पक्राउ परेका छन्। मतदान स्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा त्रियुगा नगरपालिका–१५ बस्ने ४० वर्षीय भरत बस्नेत, रौतामाई गाउँपालिका–७ बस्ने ३२ वर्षीय तिलक तामाङ र सोही ठाउँ बस्ने ४५ वर्षीय ध्रुव खड्कालाई बमसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले  सुतली बम २ थान, गैती…

    विस्तृतमा पढ्नुस्

  • 'स्टारडम बाहेक जे पनि दिन सक्छु'- शाहरुख खान

    'स्टारडम बाहेक जे पनि दिन सक्छु'- शाहरुख खान

    बलिउड स्टार शाहरुख खानले नयाँ पुस्ताका कलाकारहरुलाई स्टारडम बाहेक जे पनि दिन सक्ने बताए। बिबिसी हिन्दीले जनाए अनुसार उनले इद विशेष पत्रकार सम्मेलनमा आफ्नो स्टा।डम कसैलाई दिने बारे सोच्न पनि नसक्ने बताएका हुन्। शाहरुखले मिडियासँग भने,'बलिउडका नयाँ कलाकारहरुले मबाट जे पनि लिन सक्छन् तर स्टारडम लिने, दिने बारे सोच्च समेत सकिन्न।' उनले नयाँ कलाकारहरु प्रतिभावान भएको बताउँदै भने,'प्रतिभावान हरेकले आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • बिहान ११ बजेसम्म ३३ प्रतिशत भोट खस्यो

    बिहान ११ बजेसम्म ३३ प्रतिशत भोट खस्यो

    काठमाडौं : स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत आज हुँदै गरेको निर्वाचनमा साढे ११ बजेसम्म ३३ प्रतिशत मत खसिसकोको छ । प्रदेश नम्बर  १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ। निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार हालसम्म सोलुखुम्बुमा ६० प्रतिशत, भोजपुरमा ५० प्रतिशत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell