काठमाडौं: नेपालकी रन्जना धामीले तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक हात पारेकी छिन्। कोरियाको छुनछुन शहरमा भएको च्याम्पियनसिपको ४९ केजी तौलसमुह अन्तर्गत के–५५ विधामा रन्जनाले कास्य पदक हात पारेको पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरले बताए। रन्जना सेमिफाइनमा मंगोलियाकी खुरेलबातर इन्खतुयासँग १४–६ ले पराजित भएपछि कास्य पदकमै सिमित भइन्। खुरेलबातर उक्त विधामा स्वर्ण जित्नुका साथै च्याम्पियनसिपको बेस्ट फाइटर समेत चुनिएकी…
काठमाडौं : थाइल्यान्डको राजधानी बैंककमा भएको एएसबिसि युथ बक्सिङमा च्याम्पियनसिपमा नेपाली युवा बक्सर मिङमार ग्याल्जेन शेर्पा र विशाल श्रेष्ठ पराजित भएका छन्। शनिबार भएको च्याम्पियनसिपको ५२ केजी तौलसमुहमा ग्याल्जेन काजकिस्तानका खेलाडी एबेक डोसानोभसँत तेस्रो राउन्डमा पराजित भएका थिए। अर्का युवा बक्सर विशाल ७५ केजी तौल समुहमा काजकिस्तानकै खेलाडी यात मजियाभासँग पराजित भएको नेपाल बक्सिङ संघका सदस्य श्याम अवालेले जानकारी दिए।…
काठमाडौं: छायाँछवि डिसिने अवार्ड २०७४ अन्तर्गत ‘लाईफटाईम लिजेन्ड्री अवार्ड’बाट बरिष्ठ संगीतकार गायक शम्भुजित बास्कोटा सम्मानित हुने भएका छन्। चार दशकदेखि संगीत क्षेत्रमा लागेर नेपाली संगीतको संरक्षण, प्रवर्धन र विकाशमा योगदान पुर्याएकाले उनलाई सम्मानित गर्न लागेको बताइएको छ। बास्कोटाले एक दर्जन भन्दा बढी फिल्ममा कथा, तीन सय फिल्ममा संगीत, चार हजार भन्दा बढी गीतमा संगीत र शब्द र स्वर दिएका छन्।…
काठमाडौँ: बुधबार सम्पन्न स्थानीय तह दोस्रो चरणको निर्वाचनको मतगणना जारी छ। अधिकांश स्थानीय तहमा मतगणना सुरु भएको छ। ताप्लेजुङ र संखुवासभाका केही स्थानको मतपेटिका संकलनमा ढिलाई भएका कारण मतगणना सुरु भएको छैन। निर्वाचन स्थगित भएका दुई स्थानसहित २५ स्थानमा मतगणना सुरु भएको छैन। अन्य ३०७ स्थानीय तहमा भने मतगणना जारी छ। मतगणना जारीसँगै ६ स्थानीय तहको मतपरिणाम आइसकेको छ। कांग्रेस बझाङको…
इलाम: स्थानीय तह निर्वाचनको प्राप्त मतगणनाको नतिजाअनुसार इलाम नगरपालिका–१२ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ। मतगणनाको नतिजाअनुसार कांग्रेसका वडाध्यक्षका उम्मेदवार लाखमान लिम्बूले ७२४ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चक्रबहादुर लिङदमले ६७१ मत प्राप्त गरे। वडाको महिला सदस्यमा नेकाकी प्रमिला लिम्बूले ७६६, दलित महिला सदस्यमा कुमारी लुहागुनले ७८६, खुल्ला सदस्यमा नरसिंह एक्तेन र भानुभक्त…
विराटनगर: विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसले प्रारम्भिक अग्रता लिएको छ। यस महानगरपालिकाको बिहीबार साँझ ५ः३० बजेदेखि वडा नं १ को सुरु भएको मतगणनाको आज बिहान ६ बजेसम्ममा ३५० मतको गिन्ती सम्पन्न भएको छ। सो अनुसार महानगरको प्रमुख पदमा नेकाका भीम पराजुलीले १५२, नेकपा एमालेका विनोद ढकालले ९७, सङ्घीय समाजवादी फोरमका उमेश यादवले आठ र राप्रपाका प्रह्लाद साहले ६ मत प्राप्त गरेका…
विश्व विजेता जर्मनी र दक्षिण अमेरिकी च्याम्पियन चिली रसियामा भइरहेको कन्फेडेरेसन कपको उपाधिका लागि भिड्ने भएका छन्। बिहिबार भएको दोस्रो सेमिफाइनलमा जर्मनीले मेक्सिकोलाई ४-१ ले हराउँदै पहिलो पटक फाइनल यात्रा तय गरेको हो। यता चिली पोर्चुगललाई पराजित गर्दै फाइनल पुगेको हो। महादेशिय च्याम्पियनहरुको च्याम्पियन बन्ने होडमा चिली र जर्मनी दुवै पहिलो पटक फाइनल पुगेका हुन्। र जसले उपाधि जितेपनि कन्फेडेरेसन…
रुपन्देहीः बुटवल उपमहानगरपालिका वडा नं १ र २ मा नेकपा एमालेको प्यानल विजयी भएको छ। वडा नं १ मा महेन्द्र लिगलको प्यानलमा ४ एमाले र एक महिला सदस्यमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ। यस्तै, वडा नं. २ मा पनि एमालेका रमेश नेपालको टिम विजयी भएको छ। उपमहानगरको मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवारको अग्रता कायमै छ। यस्तै, सैनामैना नगरपालिकामा पनि…
स्पेन र जर्मनी शनिबार पहिलो पटक यू-२१ युरो च्याम्पियनसिपको उपाधिका लागि भिड्दैछन्। पोल्याण्ड भइरहेको यस संस्करणको प्रतियोगितामा जर्मनी इंगल्याण्डलाई पेनाल्टीसुटआउटमा र स्पेन इटलीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन्। सेमिफाइनलबाटै घर फर्केको इटलीले अहिलेसम्म सर्वाधिक ५ पटक यू-२१ को उपाधि जितेको छ। यस पटक स्पेनलाई उक्त कीर्तिमान बराबरी गर्ने मौका छ र त्यसका लागि फाइनलमा जर्मनीको चुनौती पन्छाउनुपर्नेछ। जर्मनी र…
काठमाडौं: फिल्म 'प्रेमगीत २' को पोस्टर सार्वजनिक भएको छ। साउन १३ गतेबाट प्रदर्शनमा आउने फिल्मले प्रचारका लागि अफिसियल पोस्टर रिलिज गरेको हो। पोस्टरहरु टौवा क्रिएसनले तयार गरेको हो। प्रदीप खड्का, अश्लेषा ठकुरी र सन्तोष सेनको मुख्य अभिनय रहेको फिल्मको पोस्टरले यीनै पात्र बिचको प्रेम र द्वन्द्व चित्रण गर्छ। टौवा क्रिएसनका डिजाइनर सान थापाले भने,'फिल्मको नामले नै प्रेमकथा चित्रण हुने कोणबाट…
विराटनगरः वडा नम्बर १ को मात्र मतगणना भइरहेको विराटनगर महानगरपालिकामा अब वडा नं. २ र ३ को पनि गणना सुरु गरिएको छ। मतगणना ढिलो भइरहेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला महानगरपालिकामा तीन ठाउँमा मतगणना सुरु गरिएको हो। अब मतगणना र परिणाम केही छिटो हुने अनुमान गरिएको छ । महानगरपालिकामा हालसम्म ४ सय ७१ मत गणना गरिएको छ । जसअनुसार मेयरमा…
काठमाडौं: अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषवाकर आज वैवाहिक जीवनमा बाँधिए। काठमाडौंको होटल अन्नपूर्णमा उनीहरुले हिन्दू परम्परा अनुसार लगन गाँठो कसे। ३ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन्। ब्रेकअपको हल्ला बीच उनीहरुले विवाहको खबर सार्वजनिक गर्दा नेपाली मिडियाले गसिपको राम्रो ठाउँ पायो। रिसेप्शन पार्टीको लागि शरद र नीशाको तर्फबाट दिइएको कार्ड समेत समाचार बन्यो। लगन गाँठोको…
काठमाडौ: यो साता फ्राइडे रिलिज अन्तर्गत फिल्म कारखाना सार्वजनिक भयो। फिल्मले सोलो रिलिजको फाइदा उठाएको छ। २०७३ को पुस २९ गतेबाट नै प्रदर्शनमा आउने भनिएको फिल्म ६ महिना ढिलामात्र सार्वजनिक भएको हो। सेरोगेन्सीको मुद्दा उठाएको फिल्मले मल्टिप्लेक्स र सिंगल स्क्रिन दुबैमा शो पाएको छ। फिल्ममा वर्षा राउत र सुशील श्रेष्ठको मुख्य अभिनय रहेको छ। अन्य कलाकार जेविका कार्की, मौसमी मल्ल,…
काठमाडौँ : स्थानीय तह निर्वाचनअन्तर्गत दोस्रो चरणको मतपरिणाम आउनेक्रम सुरु भएको छ। प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेसले चार स्थानमा जित हाँसिल गरेको छ भने नेकपा एमालेले तीन स्थानमा जितेको छ। माओवादीले पनि एक स्थानमा जित हाँसिल गर्दै खाता खोलेको छ। प्राप्त नतिजा अनुसार बझाङको काँडा गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र धामी विजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसकै कल्पना बोहोरा विजयी…
काठमाडौं : निर्वाचन आयोगले निर्वाचनको नतिजा छिटो ल्याउनका लागि निर्वाचन अधिकृतसहित आयोगको टोलीलाई सहयोग गर्न राजनीतिक दल, दलका उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई आह्वान गरेको छ। आयोगले आज विज्ञप्ति जारी गरी यसअघि नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई आग्रह गर्दै छिटो मतगणनाका लागि आग्रह गरेको हो। आयोगले यसअघि नै नतिजा छिटो सार्वजनिक गर्न राजनीतिक दल तथा उम्मेदवारहरूको समन्वयमा आवश्यक मतगणना…
काठमाडौं : निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई कडा निर्देशन जारी गरेको छ। आयोगले आज निर्देशन जारी गर्दै मतगणनामा सबै वा केही उम्मेदवार, उम्मेदवारको प्रतिनिधि उपस्थित नभएमा वा उपस्थित भएर पनि मुचुल्कामा सहिछाप नगरेमा पनि मतदना कार्य अघि बढाउन निर्देशन दिएको हो। मतगणना कार्यमा सबै वा केही उम्मेदवार वा निजको प्रतिनिधि उपस्थित नभएमा वा उपस्थित भएपनि मुचुल्कामा हस्ताक्षर…
काठमाडौं : दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले जित हासिल गरेको छ। सदरमुकामस्थित महाकाली नगरपालिकामा कांग्रेस उम्मेदवार हंशराज भट्टले ४ हजार ४३ मत प्राप्त गरी जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरसिंह चैसिरले ३ हजार ५ सय ८६ मत प्राप्त गरे। उपमेयरमा पनि कांग्रेसकै सुना बोहरा विजयी भइन्। ४ हजार एक सय ३२ मत प्राप्त गरेकी सुनाले निकटतम्…
विराटनगरः विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार मेयरमा नेपाली कांग्रेसका भीम पराजुलीले ३०६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका विनोद ढकालको २ सय २९ मत छ । त्यसैगरी, उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीको २ सय ५१, नेपाल लोकतान्त्रिक फोरमकी सुची चौधरीको १२६ र माओवादी केन्द्रकी नमिता न्यौपानेको १०१ मत छ । यसअघि वडा नम्बर…
अछामः अछाममा माओवादी केन्द्रको विजय जुलुसमाथि बिहीवार साँझ अज्ञात समुहले ढुंगामुडा प्रहार गरेको छ। रामारोशन गाउँपालिकाको वडा नम्बर १ मलातिकोटमा माओवादी केन्द्रले वडा अध्यक्षसहित पुरै प्यानलसहित विजयी भएपछि विजय जुलुसमा डाँडामाथिबाट ढुङ्गा प्रहार भएको प्रमुख जिल्ला अधिकारी शंकर विष्टले जानकारी दिएका छन्। ढुङगा लागि घाइते भएका तीन जनालाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।
काठमाडौः प्रहरीले ठमेलबाट एक करोड रुपैयाँ बराबरको बुद्धचित्तको मालासहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त सोहखुट्टेबाट खटिएको प्रहरी टोलीले हुईवाङ नाम गरेका चिनियाँ नागरिकलाई साढे ४८ किलो अवैध बुद्धचित्तको मालासहित पक्राउ गरेको हो। बरामद गरिएको बुद्धचित्तको बजार मूल्य एक करोड रुपैयाँ बराबर रहेको प्रहरीले जानकारी दिएको छ ।