काठमाडौँ : झापाको भद्रपुरबाट प्लेन चढेर दिउँसो २ बजे काठमाडौँ झरेका अनिश लुइँटेल त्रिभुवन बिमानस्थलमा अलपत्र परे। एक हातमा सुटकेस अर्कोमा हाते झोला! विमानस्थलबाट कालिमाटीसम्म कसरी पुग्ने अनिश चिन्तित देखिन्थे। निर्वाचनका कारण उपत्यकामा सवारीसाधन नचल्ने थाहा पाएपछि उनी निराश बने। अनिसमात्रै होइन आज हवार्इयात्रा गर्दै काठमाडौं झर्ने वा बाहिरिने सबैलार्इ यस्तै किसिमको समस्या परेको छ। नयाँबस्तीका कुमार मगर आज…
काठमाडौं: काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका उम्मेदवारहरुले एकसाथ मतदातासँग अन्तक्रिया गरे। मतदान गरेर बाहिर निस्किएका मतदाताहरुलाई सम्पूर्णले एकसाथ धन्यवाद व्यक्त गरेका हुन्। काठमाडौंको केही स्थानमा वर्षाका कारण मतदान प्रक्रिया प्रभावित भएपनि मतदान केन्द्र अरुणोदय माध्यमिक विद्यालयमा मतदान कार्य सामान्य रुपमा अघि बढेको वडा अध्यक्ष उम्मेद्वार बिनोद कुँवरले जानकारी दिए। नेकपा माओवादीका तर्फबाट…
काठमाडौँ : स्थानीय तहको पहिलो चरणको मतदानको जारी रहँदा आइतबार वर्षा भयो। वर्षाका कारण केहीबेर मतदानका लागि लाइनमा बसेकाहरु के गर्ने भन्ने अन्यौलमा परे। निर्वाचन गराउन खटिएका कर्मचारी पनि कतै मतपत्र भिज्ने त होइन भन्ने चिन्तामा परे। अनि उनीहरुलाई मतपत्र खसाल्ने बाकसको चिन्ता भयो। तर पानी धेरैबेर परेन। त्यसो त मतदान गर्न आएकाहरु बर्षाका बीच लाइनमा छाता ओढेर बसे। अनि…
काठमाडौं: अभिनेत्री रेखा थापाले स्थानीय निर्वाचन २०७४ को मतदानमा सहभागिता जनाएकी छिन्। उनले काठमाडौं महानगरपालिका वडा नम्बर ७ चाबहिलबाट भोट हालेकी हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी रेखा थापाले दोस्रो पटक निर्वाचनमा सहभागिता जनाएको बताइन्। उनले यसअघि पहिलो संविधान सभाको चुनावमा मतदान गरेको बताएकी छिन्। दोस्रो संविधान सभाको निर्वाचनमा भने उनको नाम मतदाता लिस्टमा थिएन।
काठमाडौँ : पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतदान सकिएको छ। दोलखामा ज्यान जानेगरी भएका घटनाबाहेक अन्य स्थानमा मतदान शान्तिपूर्ण रह्यो। काठमाडौँ उपत्यका लगायत देशभर मतदाताहरु मतदानमा उत्साहपूर्ण ढंगबाट सहभागी भए। मतदान पाँच बजेबाट सकिएको छ। मतदान सकिएपछि अहिले निर्वाचन गराउन खटिएका कर्मचारीहरुले मतपेटिकालाई लाहा छाप लगाएर मुचुल्का सहित बन्द गरेका छन्। सिल गरिएका मतपेटिकाहरु गाउँ तथा नगरको केन्द्रमा जम्मा गरिनेछ।…
काठमाडौंः काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा मतदान स्थगित भएको छ । शनिबार राति स्थानीय नवराज पाठकको हत्या भएपछि मतदान स्थगित भएको हो । मतदान स्थगित गरी घटनाको छानविनका लागि न्यायिक समिति गठन गर्न स्थानीयवासीले माग गरेपछि मतदान स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले जानकारी दिए । उनले मतदानको अर्को मिति चाँडै तय गरिनेसमेत बताए । चार नम्बर वडामा…
काठमाडौँ : देशकै राजधानी रहेको काठमाडौँ महानगरपालिकाको मतपेटिका संकलन सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालय रहेको राष्ट्रि य सभा गृहमा मतपेटिका संकलन गरिएको हो। मतपेटिका संकलन लगत्तै आजै गणना गर्ने तयारी भैरहेको छ।
काठमाडौँ : राष्ट्रिय मावनअधिकार आयोगले दोलखा र काभ्रेमा गोली प्रहारबाट दुईको ज्यान गएको घटना बाहेक समग्रहमा स्थानीय तहको पहिलो निर्वाचन शान्तिपूर्ण रहेको जनाएको छ। आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – समग्रहमा मतदान प्रक्रिया उत्साहपूर्ण र शान्तिपूर्ण रुपले मतदान प्रक्रिया सम्पन्न भएको छ। आयोगले दोलखामा प्रहरीको गोलीबाट एक जनाको ज्यान गएको, काभ्रेमा सशस्त्र प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको…
काठमाडौँ : निर्वाचन आयोगले समग्रहमा शान्तिपूर्ण र उल्लासपूर्ण मतदान सम्पन्न भएको जनाउँदै ७१ प्रतिशत मतदान भएको जानकारी दिएको छ। तीन प्रदेशका ३४ जिल्लाका २ सय ८१ तहमा आइतबार निर्वाचन सम्पन्न भएको हो। आयोगले काठमाडौँ उपत्यकामा ७० प्रतिशत र नवलपरासीको नवलपुर क्षेत्रमा ७५ प्रतिशत मत खसेको आयोगले उल्लेख गरेको छ। आयोगले पत्रकार सम्मेलन गरी तीन जिल्लाका तीन मतदान केन्द्रको निर्वाचन…
काठमाडौँ : संघीय समाजवादी फोरम नेपाल र खगेन्द्र माखिम अध्यक्ष रहेको संघीय लिम्बूवान पार्टी नेपालबीच एकता हुने भएको छ। दुई पार्टीले सोमबार एकता घोषणा गर्न लागेका हुन्। पार्टीको दुई तिहाई बहुमतबाट हालै अध्यक्ष बनेका माखिमले संघीय समाजवादी फोरम नेपालसँग पार्टीको नीति, सिद्यान्त र एजेन्डा मिल्ने भएकोले सँगै मिलेर संघर्ष गर्न पार्टी एकता गर्न लागेका हुन्। पूर्वी नेपालको जिल्लामा माखिम नेतृत्वको…
काठमाडौं : तनहुँको व्यास १ भादगाउँमा अज्ञात समूहको आक्रमणमा परी विक्रम परियारको मृत्यु भएको छ। भोट हालेर फर्किने क्रममा घाइते भएका परियारको उपचारको क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँमा बस्दै आएका परियार भोट हाल्न गृहनगर गएका थिए।
काठमाडौँ : निर्वाचन आयोगले ३४ जिल्लाका २ सय ८१ मतदान केन्द्रमा भएको निर्वाचनमा औसतमा ७१ प्रतिशत मतदान भएको जनाएको छ। आयोले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै रसुवामा ८२ प्रतिशत मतदान भएको छ। सबैभन्दा कम भने रामेछापमा ५४ प्रतिशत मात्र मत खसेको छ। त्यस्तै डोल्पामा ८१ प्रतिशत तथा भक्तपुर र गोर्खामा ८० प्रतिशत मतदान भएको जनाएको छ। रामेछाप पछि सबैभन्दा…
भक्तपुर : स्थानीय तहको निर्वाचनको मतदान गर्न एक दिन बाँकी छँदा भक्तपुरका मतदाताले भने यस पटक सात ठाउँमा छाप लगाउनु पर्ने भएपछि भोट हाल्न अन्योलता भएको बताएका छन्। लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा संसदीय चुनावमा भन्दा धेरै ठाउँमा छाप लाउनुपर्ने भएपछि अन्योल सिर्जना भएको मतदाताले गुनासो गरेका हुन्। जिल्ला निर्वाचन कार्यालय भक्तपुरले चारवटै नगरपालिकाको टोलटोलमा मतदाता शिक्षा कार्यक्रम…
थाइल्यान्ड : थाइल्यान्ड र श्रीलंकाको औपचारिक भ्रमणका क्रममा थाइल्यान्डमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान श्रीलङ्काको राजधानी कोलम्बो प्रस्थान गरेकी छन्। श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उनी श्रीलंका जान लागेकी हुन्। बुद्धजयन्तीका अवसरमा श्रीलंकाले लागेको संयुक्त राष्ट्रसंघीय सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन्। वैशाख २९ गते श्रीलंकाको राजधानी कोलोम्बोमा सुरु भएको सो सम्मेलनको समापन वैशाख…
इस्लामाबाद : एक आत्मघाती आक्रमणकारीले पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा शुक्रबार गराएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ। घटनामा २५ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएको सरकारी अधिकारी मुनिर रैसानीले बताए। यसैवीच पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले बलुचिस्तान प्रान्तमा २५ जनाको ज्यान लिने गरी भएको विस्फोटको निन्दा गरेका छन्। घटनाको इस्लामिक स्टेट समूहले आफ्नो एक समाचार संस्थामार्फत…
पोखरा : पोखरा–लेखनाथ महानगरपालिकाको लेकसाइडस्थित ताल बाराही उच्च माविको हातामा गएराति बम विस्फोट गराइएको छ। केही अपरिचित व्यक्तिले विद्यालयको पर्खालभित्र बम फालेपछि बम विस्फोट भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ। बम विस्फोटबाट कुनै मानवीय क्षति नभए पनि मध्यरातमा भएको विस्फोटले स्थानीयलाई भने त्रसित बताएको छ। निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेकपा माओवादी विप्लव समूहले विस्फोट गराएको अनुमान प्रहरीले गरेको…
दिल्ली : आइपीएल क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली डेयरडेविल्सले राइजिङ पुनेमाथि ७ रनको जित दर्ता गरेको छ। १६९ रनको लक्ष्य पछ्याएको पुनेलाई १६१ रनमा रोक्दै दिल्लीले रोमाञ्चक जित दर्ता गरेको हो। दिल्लीको प्लेअफमा पुग्ने सम्भावना भने छैन। हारसँगै पुनेलाई प्लेअफमा स्थान बनाउन अन्तिम खेल कुनुपर्ने भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै…
मलेखु : स्थानीय तह निर्वाचनको मौनअवधिमा प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा गरेको चेकजाँचको क्रममा छ जनालाई पक्राउ गरेको छ। पेस्तोल खुकुरीसहितको हातहतियार नगदसमेत बरामद गरेको छ। खनियाबास गाउँपालिका–५ सत्यदेवीमा प्रहरीले गरेको चेकजाँचको क्रममा सोही स्थानका २६ वर्षीय युल तामाङ र २७ वर्षीय जयकुमार तामाङलाई शुक्रबार राति युएसए पेस्तोल एक थान, यसको गोली तीन थान र खुकुरी एक थानसहित पक्राउ…
काठमाडौँ : वाणिज्यमन्त्री रोमी गौचन थकालीलाई एमाले निकट कार्यकर्ताले मुस्ताङमा शनिबार राति दुर्व्यवहार गरेका छन् । गौचन कार्यकर्ता भेट्न मुस्ताङको दालोमे गाउँपालिका तेताङ गाउँमा पुगेका थिए। राति १२ बजे मन्त्रीले भोटको लागि पैसा बाँड्दै हिडेको भनेर स्थानीयको घरमा एमाले कार्यकर्ताले घेराबन्दी गरेर राखेका हुन्। मन्त्री थकालीलाई घेराबन्दी गरेर राखेको खबर पाएपछि जिल्ला प्रहरी कार्यलय मुस्ताङको टोलीले शनिबार साढे ४…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मताधिकार प्रयोग गर्न मतदाताहरुलाई आग्रह गरेका छन्। बीस वर्षको अन्तरालपछि स्थानीय चुनाव हुन गइरहेको भएपनि नयाँ संरचनामा पहिलोपटक निर्वाचन हुन लागेको प्रचण्डले जनाएका छन्। एकात्मक र केन्द्रीकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि निर्वाचन कोशेढुंगा हुने प्रधानमन्त्रीले उल्लेख गरेका छन्। निर्वाचनको ठिक अघिल्लोदिन विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले चाहेका उम्मेदवारहरुलाई मत…