काठमाडौँ : तीन प्रदेशका ३४ जिल्लामा आज स्थानीय तहको निर्वाचन भइरहेको छ। २० वर्षपछिको निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित देखिएका छन्। विहानैदेखि मतदाता मतदान केन्द्रमा उत्साहसाथ लामबद्ध भएका छन्। पोखरामा विभिन्न मतदान केन्द्रमा पनि अहिलेसम्म शान्तिपूर्वक मतदान भइरहेको छ। आइतबारको पहिलो चरणको निर्वाचनबाट १३ हजार ५ सय ५६ जना प्रतिनिधि निर्वा्चित हुनेछन्। जसमध्ये ९७ नगरप्रमुख र उपप्रमुख, १८६ गाउँपालिकाका…
गोरखा : नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन्। भट्टराईले गोरखा पालुङगटार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरेका हुन्। उनी मतदानका लागि आजै काठमाडौंबाट गोरखा पुगेका हुन्।
काठमाडौं : ठूला र स्थापित राजनीतिक दलले उम्मेदवार छान्न नसकिरहँदा एकाएक मिडियामा छाइन् रञ्जु दर्शना। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका उम्मेदवारभन्दा बढी चासोमा उनी पर्न थालिन् त्यतिखेरसम्म जतिखेरसम्म ठूला दलले उम्मेदवार चयन गर्न सकेनन्। सानो उम्मेरकी उम्मेदवार भएकालेमात्र यिनी मिडियाको ध्यान खिच्न सफल भएकी थिइनन्। मुलधारे राजनीतिक दलका नेताबाट असन्तुष्ट रहेको ठूलो समूह यिनको पक्षमा उभियो। युवाहरुको जमातले…
काठमाडौँ : निर्वाचन आयोग बिहान १०ः३० बजेसम्म औसत २० प्रतिशत मत खसेको जनाएको छ। आयोगका अनुसार सवैभन्दा बढी मनाङमा ४२ प्रतिशत मत खसिसकेको छ। यस्तै, कास्कीमा ३५, बाग्लुङमा ३५, र, रुकुममा २५ प्रतिशत मत खसेको आयोगको भनाई छ। आयोगले अन्य जिल्लाहरुमा २५ प्रतिशत मत खसेको जनाएको छ। पहिलो चरणमा ३४ जिल्लामा २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ। २८३ मध्ये २ वटा…
चितवनः पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर प्रत्यासी रेणु दाहालले मतदान गरेकी छन्। भरतपुर चितवनको लंकु स्थित लक्ष्मी माविमा मतदान गरेकी हुन्।
काठमाडौं : मतदाताले गार्इ र गोरु चिन्ह पहिचान गर्न कठिन भएको गुनासो गरेका छन्। पत्रपत्रिकामा राप्रपाको चुनाब चिन्ह गाई र तमलोपाको चुनाब चिन्ह हल गोरु छ। यी दुई उस्तै देखिएपछि मतदाता अलमलमा परेका हुन्। मतदाता पूर्णमान तुलाधरले भने, 'म त गाई र गोरुमा झुक्किएँ।' मतदान स्थलमा गएपछि आत्तिएर कुन हो कुन हो पत्तै नपाएको उनको गुनासो थियो। निर्वाचन शिक्षा प्रभावकारी…
काठमाडौँ : दोलखाको तामाकोशी गाउँपालिका ५, शहरेको मतदान केन्द्रमा झडप भएको छ। दोहोरो झडपमा प्रहरीले गोली चलाएको छ। प्रहरीको गोलीबाट एक महिला घाइते भएकी छन्। घाइतेको किर्नेटारस्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको छ। एमालेले बृद्धाबृदाका नाममा फर्जी मत हालेको भन्दै कांग्रेस–माओवादी र एमाले कार्यकर्ताबीच झडप भएको हो।
काठमाडौं : नेकपा एमालेका कार्यकर्ताले गगन थापाविरुद्ध मतदान केन्द्रमा समेत हुटिङ गरेका छन्। काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० अन्तर्गत मैतिदेवी केन्द्रमा मतदानका लागि पुगेका स्वास्थ्यमन्त्री थापालाई मतदान सकेर संचारकर्मीसँग प्रतिक्रिया दिने क्रममा स्वयंसेवकको कार्ड भिरेको समूहले होहल्ला गरेको हो। मिडियासँगको प्रतिक्रियालाई 'डिस्टर्व' नै हुनेगरी होहल्ला गरेका स्वयंसेवकहरुले भने उल्टै मिडियाले मोवाइलबाट फोटो खिच्न नपाउने तथा मोबाइलमा रेकर्ड गर्न नपाउने कारण…
काठमाडौँ : स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत आज तीन प्रदेशमा मतदान जारी छ। तर मतदाताहरुले मतदानको क्रममा केही समस्या भोग्नुपरेको बताएका छन्। पहिलोपोस्टका विभिन्न स्थानमा रहेका संवाददाताहरुले मतदातासँग गरेको कुराकानीका आधारमा समस्या भोगेको बताएका हुन्। मतपत्र टेबलमै अटेन मतदाताहरुले मतपत्र छाप लगाउन टेबलमा राख्न खोज्दा नअटेको गुनासो गरेका छन्। ललितपुरका मतदाताहरुले टेबल सानो भएका कारण चिन्हमा छाप लगाउन समस्या…
रुकुमः रुकुममा ४० प्रतिशत मतदान सम्पन्न भएको छ । ११ बजेर ४० मिनेटसम्म रूकुममा ४० प्रतिशत मतदान भएको प्रमुख निर्वाचन अधिृकतले जानकारी दिएका छन्।
काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहमा मतदान भइरहेको जनाएको छ। आयोगले बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान कार्य जारी रहेको जनाएको छ। '२८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय निकायमा मात्रै मतदान हुँदैछ', आयोगले जारी गरेको…
काठमाडौं : गोकर्णेश्वर नगरपालिकाको अरुणोदय माध्यमिक विद्यालयमा रहेको बुथमार्फत भोट गर्नका लागि ३० मिनेटको उकालो चडेर आइन् १०० वर्षीया शान्तिमाया तामाङ। सबैले भोट गर्नु पर्छ भनेकै कारण मतदान आवश्यक रहेको उनको बुझाइ हो। भनिन्,'गर्नुपर्छ है आमा भनेको'थ्यो त्यही भएर बिहानै आएको।' उनले मतदान त गरिन् तर आफूले कसलाई भोट हाले थाहा नभएको बताइन्। 'के थाहा कसलाई हालेँ भन्ने त।' शान्तिमाया एक…
काठमाडौँ: 'खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड'को दोस्रो संस्करण अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ l आयोजक संस्था नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले शुक्रबार प्रेस विज्ञप्तिमार्फत अवार्ड बारे जानकारी दिएका हुन्। अवार्ड यही भदौ ३ मा हुने भएको छ। नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पुर्याएका कलाकार तथा पत्रकारलाई खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड द्वारा सम्मान…
काठमाडौं : गृह मन्त्रालय पहिलो चरणमा स्थानीय तहको निर्वाचन भइरहेको ३४ वटा जिल्लामा शान्ति सुरक्षा चुस्त रहेको दाबी गरेको छ। सुरक्षा निकायका कारण निर्वाचन अवरुद्ध नभएको मन्त्रालयको दाबी छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव बालकृष्ण पन्थीले तीन जिल्लाका केही निर्वाचन केन्द्र प्रभावित भए पनि सुरक्षा व्यवस्था कमजोर नभई राजनीतिक दलको कारण भएको बताए। उनले पहिलोपोस्टसँगको कुराकानीमा भने, 'सबै जिल्लामा सुरक्षा…
काठमाडौं : सबैभन्दा कम मतदाता रहेको मनाङ जिल्लामा सबै छिटो मतदान भइरहेको छ। दिउँसो १२:३० बजेसम्म निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्रको तथ्यांक अनुसार मनाङ्मा ५० प्रतिशत मतदान भइसकेको छ। बाग्लुङ, पर्वत, कास्की लगायतका जिल्लामा औशतमा ३० देखि ४० प्रतिशत मतदान भएको संयुक्त निर्वाचन परिचालन केन्द्रले जनाएको छ। विहान सात बजेदेखि सुरु भएको मतदान ११ बजेपछि तीब्र रुपमा अघि बढेको…
काठमाडौँ : आइतबार भइरहेको पहिलो चरणको स्थानीय तह निर्वाचनमा अनुमति नलिई सवारी चलाएकोमा प्रहरीले १४ सय ४६ वटा सवारी नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्रका गौशला, बौद्ध, कमलपोखरी, कालीमाटी, सातदोवाटो, कोटेश्वरलगायका विभिन्न स्थानबाट सवारी नियन्त्रणमा लिएको हो। महाशाखाका प्रमुख डिआइजी मिङमार लामाले अनुमति पत्र नलिई सवारी चलाएका सवारी नियन्त्रणमा लिएको बताए। निर्वाचन आयोगको निर्देशनमा गृह मन्त्रालयले आइतबार अनुमति…
काठमाडौँ : मतगणना सकिए लगत्तै गणना सुरु गर्ने कि नगर्ने भन्ने निर्णय निर्वाचनले अधिकृतले गर्ने भएकाले आफूले समय किटान गर्न नसक्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतगणनाबारे आयोगले जवाफ दिन नसक्ने बताए। 'यो निर्वाचन अधीकृतले मतपटेका आइसकेपछि राजनीतिक दलसँगको समन्वयनमा गर्ने निर्णय हो', उनले भने, 'जब निर्णय गरेर उहाँहरुले सूचना प्रकाशित गर्नुहुन्छ। त्यो सूचना मात्र निर्वाचन…
काठमाडौं : केही महिनाअघिमात्रै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी प्रवेश गरेकी नेपाली फिल्मकी चर्चित एक्टर करिश्मा मानन्धरले यसपालाको स्थानीय तहको निर्वाचनमा भोट हाल्न पाइनन्। चर्चित राजनीतिक दलको नेतृत्व गर्ने हैसियत बनाएकी करिश्माले भोट हाल्न नपाउनुको जिम्मेबारी भने आफ्नो पति विनोद मानन्धर रहेको खुलासा गरिन्। फेसबुकमार्फत् विनोदलाई 'तानाशाह' भएको दावी गर्दै उनले लेखिन्, 'यसै पनि विनोदजी असाध्यै राम्रो…
पोखराः कास्कीका एक महानगरपालिका र ४ गाउँपालिकाका केन्द्रहरुमा दिउसो १ बजेसम्म ५० प्रतिशत मतदान भइसेकेको छ । पश्चिमाञ्चल क्षेत्री निर्वाचन कार्यालय कास्कीका प्रमुख गंगालाल सुबेदीले पचास प्रतिशत मत खसेको जानकारी दिए। उनका अनुसार कास्कीका सम्पूर्ण सवै मतदानस्थलमा शान्तिपूर्णरुपमा मतदान भैरहेको छ।
काठमाडौँ : स्थानीय निर्वाचनमा फेसबुकले सहयोग गरेको छ। फेसबुकले आइतबार बिहानै मतदातालाई फेसबुक खोल्ने बित्तिकै स्थानीय तहको निर्वाचन सम्झायो। निर्वाचन मात्र होइन फेसबुकले 'तपाँइको भोटले फरक पार्छ' भन्ने सन्देश समेत दियो। फेसबुकले यसरी स्थानीय मतदातालाई निर्वाचन प्रति उत्प्रेरित गरेको हो। साथै आफ्नो नजिकको मतदान स्थल खोज्न सहयोग समेत गर्योथ। फेसबुकले 'फाइन्ड पोलिङ बुथ' भन्ने अप्सन समेत दियो। जसबाट निर्वाचन आयोगको…