काठमाडौँ : आइतबार भएको स्थानीय तह निर्वाचनमा सोमबार बिहान ११ः३० बजेसम्म १२९ स्थानीय तहको मतगणना जारी छ। निर्वाचन आयोगले आइतबार मतदान भएका २ सय ८१ स्थानीय तह मध्ये १२९ तहमा मतगणना भैरहेको जनाएको छ। ललितपुर महानगरपालिकामा मतगणना जारी छ। काठमाडौँ, भरतपुर र पोखराको लेखनाथ नगरपालिकामा केही समयमा मतगणना हुँदैछ। आयोगले कतिपय मतपेटिका अझै निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउन नसकिएको समेत जनाएको…
काठमाडौँ : काठमाडौैं महानगरपालिकाको मतगणना भर्खरै सुरु भएको छ। प्रदर्शनीमार्गसिथ्त राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो। बिहान ११ बजेदेखि मतगणना सुरु हुने भनिए पनि केही समय ढिला भएको हो। देशकै सवैभन्दा बढी मतदाता रहेको काठमाडौंमा दुई लाख ७९ हजार तीन सय ५ मतदाता छन्। ३२ वडा रहेको महानगरमा मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्य तथा समावेशी गरी ८४७ उम्मेद्वार छन्। …
चितवन : पोखराको लेखनाथ महानगरको मतगणना सुरु भएको छ। सर्वदलीय सहमतिपति मतगणना प्रक्रिया सुरु भएको हो। यस्तै, भरतपुर महानगरपालिकामा मतगणनाको प्रक्रिया दिउँसो २ बजेदेखि सुरु हुने भएको छ। विहान ८ बजे सर्वदलीय बैठक बस्ने तयारी गरिएपनि प्राविधिक तयारी पूरा नभएका कारण सर्वदलीय बैठक साढे नौं बजे मात्र सुरु भएको थियो। सर्वदलीय बैठकबाट निर्णयमा पुग्न नै साँढे १२ बजेम्म लागेको थियो।…
काठमाडौं: धुलिखेल नगरपालिकामा जेठ ३ गते निर्बाचन हुने भएको छ। नगरपालिकाको वडा नं १२ मा राप्रपाका उमेद्वार शुक्ललाल तामाङको मृत्यु भएपछि निर्बाचन रोकिएको थियो। ३ गते निर्बाचन भएपछि मात्र धुलिखेल नगरपालिको मतगणना गरिने निर्बाचन अधिकृत मोदिनीप्रसाद पौडेलले पहिलोपोष्टलार्इ बताए। नमोबुद्ध नगरपालिकामा निर्बाचन अन्योल नमोबुद्ध नगरपालिकामा पीडित पक्षको माग संबोधन नभएसम्म निर्बाचन मिति तय हुन नदिने राजनीतिक दलले अडान राखेपछि चुनाब…
भरतपुर : चट्याङ लागेर उम्मेद्वारको मृत्यु भएका कारण स्थगित चितवनको कालिका नगरपालिका ११ मा भोली मतदान हुने भएको छ। त्यु भएका पार्टीका तर्फबाट नयाँ उम्मेद्वारसहित भोली मतदान हुने भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
काठमाडौं: ३४ जिल्लामा आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना ललितपूरमा आइतबारबाटै सुरु भयो। तर काठमाडौंमा भने दलहरुको सहमतीपछि सोमबारबाट मात्र मतगणना सुरु भयो। अन्य दुई महानगर पोखरा र भरतपूरमा पनि मतगणना सुरु हुँदैछ। तर सामाजिक सञ्जाल प्रयोगकर्ता भने मत नतिजाको तिब्र प्रतिक्षामा छन्। निर्वाचन आयोगले १ सय २९ स्थानीय तहमा मतगणना जारी रहेको जनाएको छ। तर मतगणना भँइरहाँदा हजारौँ मत…
सल्यानः सल्यानको ढोडचौरमा वडा नम्बर एक र दुई मा नेकपा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ । वडा नम्बर एकको अध्यक्षमा माओवादी केन्द्रका रामबहादुर बस्नेत विजयी भएका छन् । सदस्यहरुमा कौशिला शाह चन्द, तुलसा विक, कालीबहादुर बुढाथोकी, तुल बहादुर थापा विजयी भएका छन् । त्यसैगरी वडा नम्बर दुईको अध्यक्षमा माओवादी केन्द्रका रुद्र बुढाथोकीको पूरै प्यानल विजयी भएको छ ।…
पोखरा : स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु गरिएको छ। महानगरपालिकाका ३३ वटै वडाका सम्पूर्ण मतपेटिका नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा राखिएकामा आज सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले जानकारी दिए। सुरुमा १ नं वडाबाट मतगणना गर्न थालिएको जानकारी दिँदै उनले क्रमशः अन्य वडाको मतगणना गरिने बताए। महानगरपालिकामा एक लाख ६८ हजार ६७ मतदाता…
चितवनः भरतपुर महानगरपालिकाकी नेकपा माओवादी केन्द्रकी मेयरकी उम्मेदवार रेणु दाहालले रुख चिन्हलार्इसमेत मान्यता दिनुपर्ने धारणा आफूले कतै नराखेको बताएकी छिन्। पहिलो पोष्टसँग कुरा गर्दै दाहालले आचारसंहिता विपरित गएर रुख चिन्हमा परेको मतलार्इ मान्यता दिनुपर्ने धारणा आफूले कतै नराखेको बताइन् । उनले भनिन्,‘मत गणनामा रहनुभएका मेरा प्रतिनिधि र अरु दलका प्रतिनिधिबीचको सर्वदलीय सहमति आफूलार्इ मान्य हुनेछ।‘ उनले आफूलार्इ नराम्रो देखाउन विभिन्न…
चरिकोटः दोलखाको जिरी नगरपालिका वडा नम्बर दुईमा नेकपा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका ङिमा पाल्दे शेर्पा ३७३ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सानु शेर्पाले २७९ मत प्राप्त गरेका छन् ।
काठमाडौं: आइतबार स्थानीय तहको निर्वाचन सम्पन्न भयो। देशभर ३४ जिल्लामा भएको निर्वाचनमा ४९ लाख लाख बढी मतदाता रहेको निर्वाचन आयोगले जनाएको थियो। जसमध्य ७३ प्रतिश तले मात्र मतदान गरे। आम जनताले चुनावमा जनाएको उत्साहपुर्ण सहभागिता सामाजिक सञ्जालमा पनि देखिन्थ्यो। आम जनतासँगै नेपाली कलाकारहरुले पनि मतदान गरे। र अन्य गतिविधी जस्तै मतदान पछिको पनि फोटो सार्वजनिक गरे। फोटोको क्याप्सनमा जिम्मेवारीबोध, मतदानको…
पोखराः पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसीले अग्रता लिएका छन्। पोखरा वडा नम्बर १ को १ सय मतगणना गर्दा जिसीले ५१ मत प्राप्त गरेका छन् भने काग्रेसका उम्मेदवार रामजी कुँबरले ३३ मत ल्याएका छन् । उपप्रमुख मञ्जु गुरुङले ४७, एमालेका वडा अध्यक्षले ५२, महिला सदस्यले ४५, दलित महिला सदस्यले ४८, खुल्ला सदस्य पहिलोले ५० र दोस्रोले ४२ मत…
चितवनः चितवनको र्इच्छाकामना गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका नन्दलाल गिरी विजयी भएका छन्। गिरी ४ सय १९ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सन्तबहादुर मगरले २ सय ४२ मत प्राप्त गरेका छन्।
काठमाडौं : राजनीतिक दलबीच सहमतिपछि भरतपुर महानगरपालिकाको मतगणना केही बेरमा सुरु हुने भएको छ। प्रमुख निर्वाचन अधिकृत कविराज न्यौपानेका अनुसार निर्वाचन सम्वन्धी प्रचलित ऐन अनुसार मत गणना गर्ने प्रस्तावमा दलका सर्वपक्षीय प्रतिनिधिले सहमति जनाएका छन्। यो सहमतिसँगै विहानैदेखि सुरु भएको वादविवाद अन्त्य भएको छ। मतपेटिका बढी आएको भन्दै दलबीच विवाद बढेपछि सहमति हुन सकेको थिएन। मतगणनाका लागि सहमति जुट्न नसकेपछि…
पोखराः पर्वतको फलेवास नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा एमालेका बाबुराम पौडेल निर्वाचित भएका छन् । तीन सय ५० मत प्राप्त गरी पौडेल अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्वी नेपाली कांग्रेसका एकनारायण पौडेलले दुई सय ५२ मत प्राप्त गरेका छन्।
राजेन्द्र आचार्य - भरतपुर : बहुप्रतिक्षित बनेको भरतपुर महानगरपालिकाको निर्वाचनको मत पेटिका खोलिएको छ। चरम विवादका बीच मत पेटिका खोलिएको हो। मतदान सकिएको २३ घन्टापछि राजनीतिक दलहरु मत गणनाका लागि सहमतिमा पुगेपछि ब्यालेट बक्स खुलेको हो। दलहरुबीच चर्को विवाद भएपछि प्रमुख निर्वाचन अधिकृतले हेलिकप्टरबाट मतपेटिका काठमाडौं लगेर उतै गन्ने चेतावनी दिएपछि दलका स्थानीय नेताहरु सहमतिमा पुगेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालकी…
पोखराः पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसीले अग्रता लिएका छन्। पोखरा वडा नम्बर १ को २ सय मतगणना गर्दा जिसीले ९२, मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार रामजी कुँबरले ६२ मत प्राप्त गरेका गरेका छन्। उपप्रमुख मञ्जु गुरुङले ८४, एमालेका वडा अध्यक्षले ९१,माओवादी केन्द्र ९ महिला सदस्यले ७७, दलित महिला सदस्यले ८९, खुल्ला सदस्यले पहिलोले ५० र…
काठमाडौंः अपुरो निर्माणका कारण अलपत्र बनेका राजधानीका सडक पानी परेका बेला राजधानीवासीका लागि कहर बन्ने गरेका छन् । सोमबार अपरान्ह राजधानीमा भएको वर्षाले चाबहिल क्षेत्रको सडक सवारीलाई समस्याग्रस्त बनायो ।
काठमाडौं : नवौं 'डि सिने अवार्ड' मोफसलमा आयोजना हुने भएको छ। सात वर्ष लगातार काठमाडौंमा आयोजना भएपछि गतवर्षदेखि मोफसलमा आयोजना हुन थालेको हो। अवार्ड यसपटक हेटौडामा आयोजना हुने आयोजकले जानकारी दिएका छन्। गतवर्ष पोखरामा आयोजना भएको अवार्डको नयाँ संस्करणका लागि हाल सहभागी हुने फिल्मको दर्ता प्रक्रिया र जुरिहरुबाट फिल्म हेर्ने कार्य भइरहेको छ। जुरीमा कलाकार एवं लेखकर निर्देशक मोहन निरौलाको संयोजनमा…
काठमाडौं: आइतबार तनहुँको व्यास १ भादगाउँमा अज्ञात समूहको आक्रमणमा परी विक्रम परियारको मृत्यु भयो। मतदान गरेर फर्किने क्रममा घाइते भएका परियारको उपचारको क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको हो। उनी पेशाले कलाकार हुन्। बिक्रम अभिनय साथै सांगीतिक क्षेत्रमा पनि सक्रिय थिए। उनले विशेषगरी रंगमञ्चका प्रशिक्षार्थीहरुलाई संगीत सिकाउने काम गर्थे। काठमाडौँमा बस्दै आएका परियार भोट हाल्नका लागि आफ्नो गृहनगर तनहुँँ गएका…