PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

  • काठमाडौँ महानगरको मतगणनास्थलका ७ दृश्य

    काठमाडौँ महानगरको मतगणनास्थलका ७ दृश्य

    काठमाडौँ : दिउँसो १२ बजेटबाट सुरु भएको राजधानी काठमाडौँ महानगरपालिकाको मेयरको मतगणनाको पछिल्लो परिणाम साढे ५ बजे सार्वजनिक गर्दैगर्दा मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले भने - 'हामीले अहिलेसम्म १ सय ३० मत गनेका छौँ।' जनताको उत्सुकताको ठीक विपरीत काठमाडौँ महानगरको मतगणना भने कछुवाभन्दा पनि ढिलो गतिमा अगाडि बढिरहेको छ। मतगणनास्थल राष्ट्रिय सभागृहमा नै मतपरिणाम सुन्न पुगेकाहरु समेत गणनाको गतिबाट निराश…

    विस्तृतमा पढ्नुस्

  • बीस वर्षपछि स्थानीय निर्वाचन, विहान ७ बजेबाट मतदान

    बीस वर्षपछि स्थानीय निर्वाचन, विहान ७ बजेबाट मतदान

    काठमाडौँ : प्रदेश ३, ४ र ६ का ३४ जिल्लामा आज स्थानीय तहको चयनका लागि मतदान हुँदैछ। बीस वर्ष अघि २०५४ सालमा स्थानीय निर्वाचन भएयता स्थानीय निर्वाचन हुन सकेको थिएन। स्थानीय तह जनप्रतिनिधि विहीन हुँदा जनताले घरदैलोबाट प्राप्त गर्ने सेवा समेत प्रभावित हुँदै आएको थियो। मतदानका लागि निर्वाचन आयोगले ४९ लाख ५६ हजार ९ सय २५ मतदाताको नामावली सार्वजनिक गरिसकेको…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनका लागि सवारी बन्द, सुनसान राजधानीको सडक

    निर्वाचनका लागि सवारी बन्द, सुनसान राजधानीको सडक

    काठमाडौँ : स्थानीय तहको पहिलो चरणको निर्वाचन हुने ३४ जिल्लामा आज सवारी साधन गुड्न प्रतिबन्ध गरिएको छ। राजधानी उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। प्रेस, सुरक्षाका र निर्वाचन आयोगले पास उपलब्ध गराएका सवारी साधन मात्र आज सडकमा गुड्न पाउनेछन्। बिहानै देखि सँधै व्यस्त रहने काठमाडौँको सडक सुनसान छन्। सडकमा थाहा नपाएर गुडेका सवारी साधनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।  बिहान…

    विस्तृतमा पढ्नुस्

  • मतदाता उत्साहित, मतदान केन्द्रमा लाइन

    मतदाता उत्साहित, मतदान केन्द्रमा लाइन

    काठमाडौँ : २ सय ८३ स्थानीय तहमा स्थानीय सरकार चयनका लागि अहिले केहीबेरमा मतदान हुँदैछ। निर्वाचन सुरु हुनु अघि नै मतदाताहरु मतदान केन्द्र पुगेका छन्। साथै केही मतदाताहरुलाई लाइनमा समेत खडा भएका छन्। मतदाताहरु मतदानका लागि उत्साहित देखिएका छन्। २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचन प्रति मतदाताहरुले उत्साह प्रकट गरेका हुन्।  निर्वाचनबाट १३ हजार ५ सय ५६ जना प्रतिनिधि निर्वाचित…

    विस्तृतमा पढ्नुस्

  • निर्धक्क भएर भोट हाल्न सुरक्षा व्यवस्था कडा

    निर्धक्क भएर भोट हाल्न सुरक्षा व्यवस्था कडा

    काठमाडौं : आज हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि गृह मन्त्रालयले शनिवार रातिबाट नै सुरक्षा व्यवस्था कडा बनाएको छ। निर्वाचन हुने ३४ जिल्लामा ६८ हजार ९ सय १६ जना सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। ३४ जिल्लामा २२ हजार ५ सय ६९ नेपाल प्रहरी, १७ हजार २ सय ५६ सशस्त्र प्रहरी, ३ सय ८३ जना राष्ट्रिय अनुसन्धान विभागका…

    विस्तृतमा पढ्नुस्

  • सकिँदै २० वर्षे प्रतीक्षा: पुरिँदै जनप्रतिनिधिको रिक्तत्ता 

    सकिँदै २० वर्षे प्रतीक्षा: पुरिँदै जनप्रतिनिधिको रिक्तत्ता 

    काठमाण्डौँ : प्रतीक्षा नै मान्ने हो भने यो २० वर्षे लामो प्रतीक्षाको अन्त्य हो। किनभने २०५४ पछि पहिलो पटक जनता आफ्ना प्रतिनिधि छान्न आफैँ आ-आफ्ना टोलका मतदान केन्द्रमा लामवद्ध भैरहेका छन्। रिक्तताको हिसाबले भन्ने हो भने जनताको शासन स्थानीय निकायमा फर्काईँदै गरेको यो निकै ऐतिहासिक क्षण पनि हो।   जनता नै शक्तिका स्रोत हुन भनेर मान्ने हो भने जनताले नयाँ…

    विस्तृतमा पढ्नुस्

  • मौसम विभाग भन्छ–आज वर्षा हुँदैन

    मौसम विभाग भन्छ–आज वर्षा हुँदैन

    काठमाडौः मौसम तथा पूर्वअनुमान शाखाले आज निर्वाचनलाई असर पर्ने गरी बर्षा र हावाहुरी नआउने बताएकोे छ। निर्वाचन हुने तीनै प्रदेशमा दिनभर मौसम सफा रहने मौसमविद् वरुण पौडेलले पहिलोपोस्टलाई जानकारी दिए। उनले भने ‘दोलखा र भक्तपुरको पहाडी क्षेत्रमा विहानपख केही फाटफुट  बर्षा भएपनि मध्यान्हबाट मौसममा सुधार आउँछ।’ त्यस्तै, बेलुकाबाट केही पहाडी क्षेत्रमा फाटफुट पानी पर्ने शाखाले जनाएको छ।   

    विस्तृतमा पढ्नुस्

  • मतदान सुरु, मतदाता उत्साहित

    मतदान सुरु, मतदाता उत्साहित

    काठमाडौँ : ३४ जिल्लाका २ सय ८३ मतदान स्थलमा सात बजेबाट मतदान सुरु भएको छ। मतदान अघि नै मतदाताहरु लामबद्ध भएका थिए। मतदाताहरु उत्साहित भएर मतदान सुरु हुनुको केहि घण्टा अघि देखि लाइन लागेका थिए।  कति छन् उम्मेद्वार कति हुदैँछन् चयन? निर्वाचनबाट १३ हजार ५ सय ५६ जना प्रतिनिधि निर्वाचित हुँदैछन्। जसमध्ये ९७ नगरप्रमुख र उपप्रमुख, १८६ गाउँपालिकाका अध्यक्ष र…

    विस्तृतमा पढ्नुस्

  • बीस वर्षको प्रतीक्षा : मतदानका लागि उत्साहपूर्वक लामबद्ध मतदाता हेर्नुस् ३० फोटोमा

    बीस वर्षको प्रतीक्षा : मतदानका लागि उत्साहपूर्वक लामबद्ध मतदाता हेर्नुस् ३० फोटोमा

    काठमाडौँ : तीन प्रदेशका ३४ जिल्लामा आज स्थानीय तहको निर्वाचन भइरहेको छ। २० वर्षपछिको निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित देखिएका छन्। विहानैदेखि मतदाता मतदान केन्द्रमा उत्साहसाथ लामबद्ध भएका छन्।   आइतबारको पहिलो चरणको निर्वाचनबाट १३ हजार ५ सय ५६ जना प्रतिनिधि निर्वाचित हुनेछन्। जसमध्ये ९७ नगरप्रमुख र उपप्रमुख, १८६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चयन हुनेछन्। त्यसैगरी २ हजार ५ सय…

    विस्तृतमा पढ्नुस्

  • ह्विलचेयरमा ८१ वर्षे बाबुलाई सँगै लिएर मेयर प्रत्यासी राजुराजले गरे मतदान

    ह्विलचेयरमा ८१ वर्षे बाबुलाई सँगै लिएर मेयर प्रत्यासी राजुराजले गरे मतदान

    काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी नेपाली कांग्रेसका राजुराज जोशीले ८१ वर्षीय बाबु गजेन्द्रराज जोशीसँग गएर मतदान गरेका छन्। बाबुलाई ह्विलचेयरमा राखेर जोशी मतदानका लागि काठमाडौं महानगरपालिका १९ नम्बर वडाको यट्खा बहाल बुथ पुगेका थिए।

    विस्तृतमा पढ्नुस्

  • टेम्पो चढेर मतदान गर्न पुगिन् रञ्जु दर्शना

    टेम्पो चढेर मतदान गर्न पुगिन् रञ्जु दर्शना

    काठमाडौँ : देशकै राजधानी काठमाडौँ महानगरको मेयरकी उम्मेद्वार हुन् रञ्जु दर्शना। आइतबार उनी मतदान स्थलमा टेम्पो चढेर पुगिन्। निर्वाचन आयोगले उम्मेद्वारका लागि मतदान दिन सवारी सञ्चालनका लागि पासको व्यवस्था गरेको छ। रञ्जुले पास नै टेम्पोका लागि लिएकी हुन्।  बा १ ह ३६५५ नंम्बरको बानेश्वर लगनखेल चल्नेका लागि उनले पास लिएकी थिइन्।  उनी नमस्कार गर्दै झरिन्। अनि लाइनमा बसिन्।  २१ वर्षकै…

    विस्तृतमा पढ्नुस्

  • किशोर थापा आमासहित मतदान केन्द्रमा

    किशोर थापा आमासहित मतदान केन्द्रमा

    काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर प्रत्यासी किशोर थापा परिवारसहित भोट हाल्न गएका छन्। उनले ट्विट गर्दै आमा र परिवारसहित भोट हाल्न मतदान केन्द्र जाँदै गरेको जनाएका छन्। आफ्नो परिवारको फोटोसहित ट्विट गरेका उनले सबै महानुभावहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न अनुरोध गरेका छन्। आमा र सपरिवार सहित स्थानीय निकाय निर्वाचनमा भोट खसाल्न निर्वाचन केन्द्रतर्फ जादै। सबै महानुभावहरुलाई आफ्नो मताधिकार प्रयोग गर्नुहुन…

    विस्तृतमा पढ्नुस्

  • दोलखाका दुई मतदान केन्द्रमा बिहानै झडप, पाँच जना घाइते

    दोलखाका दुई मतदान केन्द्रमा बिहानै झडप, पाँच जना घाइते

    काठमाडौँ : दोलखाको दुई निर्वाचन स्थलमा मतदान सुरु नहुँदै झडप भएको छ। कांग्रेस समर्थित कार्यकर्ताले मतदाताको बाटो छेकेको भन्दै तामाकोशी गाउँपालिका २, झुलेमा बिहानै झडप भएको हो।  कांग्रेस र एमाले समर्थित कार्यकर्ताको झडपमा परी एक जना गम्भीर घाइते भएका हुन्। घाइते हुनेमा स्थानीय अच्युत कार्की छन्।  अमर उच्च मावि मतदान केन्द्रमा झडप भएको हो।  यस्तै, बिगु गाउँपालिकाको आलम्पुमा रहेको थम्पु…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँका मेयरका प्रत्यासी विद्यासुन्दरले मतदान गरे

    काठमाडौँका मेयरका प्रत्यासी विद्यासुन्दरले मतदान गरे

    काठमाडौँ : काठमाडौं महानगरपालिमा नेकपा एमालेबाट मेयरका उम्मेद्वारी दिएका विद्यासुन्दर शाक्यले मतदान गरेका छन् । आज विहान पौन आठ बजे काठमाडौंको लगनस्थित खसीगाँमा रहेको मतदान केन्द्रमा पुगेर शाक्यले मतदान गरेका हुन्। 

    विस्तृतमा पढ्नुस्

  • १ सय ५ वर्षका नन्दबहादुर पौडेलले गोरखामा गरे मतदान

    १ सय ५ वर्षका नन्दबहादुर पौडेलले गोरखामा गरे मतदान

    काठमाडौँ : आज बिहान सात बजेदेखि भइरहेको स्थानीय तहको पहिलो चरणको मतदानमा १ सय ५ वर्षका वृद्धले पनि मतदान गरेका छन्।  गोरखा नगरपालिकाको वडा नम्बर १० स्थित चन्द्र माध्यमिक विद्यालयमा नन्दबहादुर पौडेलले मतदान गरेको अनुगमनमा खटिएका शिवराम न्यौपानेले जानकारी दिए। गोरखा नगरपालिकामा २७ हजार ५ सय ६ जना मतदाता रहेका छन्। ती मध्ये १२ हजार ९ सय ९३ जना पुरुष…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस्, काठमाडौँका मेयर उम्मेद्वारहरुको मतदान

    फोटोमा हेर्नुस्, काठमाडौँका मेयर उम्मेद्वारहरुको मतदान

    काठमाडौँ : काठमाडौँ उपत्यकाका मेयर उम्मेद्वारहरुले बिहानै मतदान गरेका छन्। उनीहरुले आफ्ना नामावली रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्। उनीहरुले मतदान गर्ने शैली भने फरक फरक अपनाए।  कांग्रेसका काठमाडौँका मेयरका उम्मेद्वार राजुराज जोशी माला लगाएर मतदान केन्द्र पुगे। एमालेका विद्यासुन्दर शाक्य भने खादा लगाएर पुगे। अनौठो शैली अपनाइन् विवेकशिल नेपाली दलकी रञ्जु दर्शनाले। उनी टेम्पो चढेर मतदान स्थलमा पुगिन्। …

    विस्तृतमा पढ्नुस्

  • राप्रपा अध्यक्ष कमल थापाद्वारा मतदान

    राप्रपा अध्यक्ष कमल थापाद्वारा मतदान

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन्। थापाले हेटौंडा ५, बालज्योति मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्। तस्विर : राजाराम बर्तौला  

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं मेयर प्रत्यासी पवित्र बज्राचार्यले मतदान गरे

    काठमाडौं मेयर प्रत्यासी पवित्र बज्राचार्यले मतदान गरे

    काठमाडाैँ :  काठमाडौं महानगरपालिकामा नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबाट मेयरमा उम्मेद्वारी दिएका पवित्र बज्राचार्यले आज विहान ९ बजे काठमाडौंको वसन्तपुरस्थित डबलीमा रहेको मतदान केन्द्रमा पुगेर बज्राचार्य मतदान गरेका हुन्।

    विस्तृतमा पढ्नुस्

  • दोलखाको जफेमा झडप, उम्मेद्वारसहित पाँच घाइते

    दोलखाको जफेमा झडप, उम्मेद्वारसहित पाँच घाइते

    काठमाडौँ : दोलखाको तामाकोशी गाउँपालिका ३, जफेको कालापानी मतदान केन्द्रमा झडप भएको छ। स्थिती नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको छ। झडपमा नेकपा एमालेका वडाध्यक्षका उम्मेद्वार पर्शुराम कार्कीसहित पाँच जना घाइते भएका छन्। घाइते हुनेमा एमालेका जीवस खड्का तथा कांग्रेस कार्यकर्ता कुन्दनराज काफ्ले, विनिता अधिकारी र सुरेश काफ्ले रहेका छन्।   

    विस्तृतमा पढ्नुस्

  • गोकर्णेश्वरमा मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु

    गोकर्णेश्वरमा मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु

    काठमाडौँ :  काठमाडौंको गोकर्णेश्वरमा मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलस्थित सानो चिलाउनेमा गएराति १ बजे बा ७६ प ४६९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिव २ सय ५० मिटर तल खस्दा १ जनाको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाईकल पछाडि सवार गोकर्णेश्वर नगरपालिका ८ का २४ बर्षीय प्रदीप खत्रीको मृत्यु भएको हो। खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell