पोखराः पोखराको सभागृह चोकमा फेला परेको बम नेपाली सेनाले निष्कृय पारेको छ। सेनाले बम निष्कृय पार्न लागेको बेला ठूलो आवाजसहित बिष्फोटको भएको थियो। मतदान सुरु हुन एक दिन मात्रै बाँकी रहँदा पोखरा लेखनाथ महानगरपालिकामा कतै बम बिष्फोट भएका छन् भने कतै बेवारिसे अवस्थामा बम फेला परेका छन्। शुक्रबार राति पनि ताल बाराही विद्यालय मतदानस्थलमा सुतली बम विष्फोट भएको थियो ।…
काठमाडौँ : मतदाता प्रभावित पार्न आएको भन्दै स्वास्थ्यमन्त्री गगन थापालाई काठमाडौँ कपनमा एमाले कार्यकर्ताले दुर्व्यवहार गरेका छन्। सोलुखुम्वु घर भएका नातेदार हजुरबुवाको स्वास्थ्य स्थिती बुझेर फर्कने क्रममा निलोपुलमा मन्त्री थापामाथि दुर्व्यवहार भएको हो। एमाले कार्यकर्ताले थापा चढेको गाडीमा सामान्य क्षति पुर्याएका छन्। मन्त्री थापाले हजुरबुवा भेटेर पार्टीकै साथीको घरमा पस्न लाग्दा एमाले कार्यकर्ताले दुर्व्यवहार गरेको बताए। ‘९३ वर्षको हजुरबुवा भेटेर…
गत मे १० मा पप स्टार जस्टिन बिबरले भारतमा लाइभ प्रस्तुती दिए। मुम्बईको डी वाई पाटिल स्टेडियममा जस्टिन र उनको ब्यान्डले प्रस्तुती दिएका हुन्। उनको 'पर्पोज वल्ड टूर' अन्तर्गतको कन्सर्ट इन्डियामा पहिलोपटक भएको हो। आफ्नो चौथो एल्बम 'पर्पोज'को प्रचारका लागि उनी संसारका विभिन्न ठाउँमा शो गर्दै हिडेका छन्। सन् २०१६ को मार्चमा सुरु भएको टूर २०१७ को सेप्टेम्बर मा समापन…
काठमाडौँ : चौथो महान सिद्धार्थ उपत्यकाव्यापी कराते प्रतियोगितामा भक्तपुर डोजो टिम ४ स्वर्ण २ रजत १ कास्यसहित प्रथम भएको छ। यस्तै, ४ स्वर्ण ५ कास्य पदकसहित सरस्वती डोजो बेसीगाउँ टिम दोश्रो भएको छ। प्रतियोगितामा ३ स्वर्ण ३ रजत ५ कास्यसहित आमादब्लम डोजो लैनचौर तेस्रो हुन सफल भएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ बिजय रिमाल र महिलातर्फ मन्दिरा योञ्जन चुनिएका छन्।…
भारतिय फिल्म उद्योगमा रेकर्डै रेकर्ड बनाएको फेयान्टासी ड्रामा 'बाहुबली द कनक्लुजन'मा प्रयोग गरिएको भिएफएक्सको निकै चर्चा रहेको छ। ठूला ठूला झरना, पानीमा डुबेकी शिवगामी देवीको हातमा बच्चा र प्रभास र तमन्ना बिचको रोमान्समा देखाइएको दृश्य यि सबले दर्शकलाई आकर्षित तुल्यायो। बाहुबलीको पहिलो संस्करणमा प्रयोग भिएफएक्सले नै दर्शकको मन जितेको थियो। फिल्मको सिक्वेलमा पनि निर्माण युनिटले भिएफएक्स अभ्यासको क्वालिटी घटाएन। फिल्मका…
काठमाडौं : मतदाता नामावलीमा नाम भएका तर परिचय पत्र नपाएका मतदाताले भोट हाल्न बन्चित हुन नपर्ने भएको छ। सरकारी निकायबाट जारी गरिएको फोटोसहितको परिचयपत्रका आधारमा मतदान गर्न पाउने निर्णयमा निर्वाचन आयोग पुगेपछि मतदाता परिचयपत्र नभएकाले पनि भोट हाल्न पाउने अवस्था आएको हो। मतदाता परिचय पत्र सबैको हातमा पुर्याउन नसक्ने अवस्था भएपछि आयोगले एक दिनअघि यस्तो निर्णय गरेको हो। आयोगको निर्णय…
काठमाडौँ : निर्वाचन आयोगले पठाएका कर्मचारीहरुलाई निर्वाचन आयोगले एउटा डायरी उपल्बध गराएको छ। उक्त डायरी मतदान अधिकृतले प्रयोग गर्नेछन्। आयोगले कर्मचारीहरुलाई उपलब्ध गराएको उक्त डायरीको प्रयोजन समेत खुलाएर पठाएको छ। डायरीमा आयोगले मतपेटिकाको सिलसिलेवार नम्बर टिपोट गर्नेछन्। त्यस्तै उक्त डायरीमा मतपेटिकाको बिर्को बन्द गरेपछिको सिल नम्बर टिपोट गर्नेछन्। त्यस्तै मतदान अधिकृतले दलहरुले तोकेको मतदान प्रतिनिधिको नाम समेत त्यसमा टिपोट गर्नेछन्।…
काठमाडौं: हरेक बिहिबार र शुक्रबार प्रशारण हुँदै आएको अन्तराष्ट्रिय गायन प्रतियोगिताको नेपाली संस्करण 'नेपाल आइडल' यो हप्ता प्रशारण भएन। पुर्व सुचना बिना नै निर्माण युनिटले कार्यक्रम प्रशारण रोक्यो भन्ने आरोप छ। जसका कारण नेपाल आइडलको आधिकारिक फेसबुक पेजमा कार्यक्रम नदेखाइनु बारे जिज्ञासाहरु आए। तर कार्यक्रम प्रशारण हुनुपर्ने पहिलो दिन, बुधबार नै कार्यक्रम प्रशारण नहुने बारे जानकारी दिएको थियो। युनिटले निर्वाचन…
काठमाडौं : स्थानीय तहको निर्वाचनमा मत खसाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन लागेका छन्। प्रचण्डकी छोरी रेणु भरतपुर महानगरपालिकाबाट कांग्रेस-माओवादीको संयुक्त मेयर पदमा प्रतिस्पर्धा गर्दैछिन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सत्ता राजनीतिमा देखिएको एकता पहिलो स्थानीय तहको केही निर्वाचन क्षेत्रमा पनि कायम छ। प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले महानगरको मेयरमा रेणुलाई जिताउन संयुक्त सभासमेत सेयर गरेका थिए।…
काठमाडौं : निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सुरु हुनु अघिको ४८ घण्टालाई 'मौन अवधि' घोषणा गर्यो। तोकिएको समयमा कुनै पनि पार्टी वा व्यक्ति विशेषले चुनावी प्रचार प्रसार गर्न र भोट माग्न नहुने उल्लेख गरएको थियो। यही विषयलाई नेपाली सामाजिक संजाल प्रयोगकर्ताले भने रमाइलोको विषय बनाए। र, व्यङ्ग्यात्मक रुपमा विभिन्न चुनावी चिन्ह प्रयोग गरे। कलाकार एवं आम जनताले मौन अवधिबारे विभिन्न टिकाटिप्पणी, व्यङ्यात्मक…
राजेन्द्र आचार्य- भरतपुर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मतदानका लागि शनिबार नै चितवन पुगेका छन्। पत्नी सीता दाहाल, छोरा प्रकाश दाहाल, प्रेस सल्लाहाकार गोविन्द आचार्य र प्रशासनिक सल्लाहाकारसहित उनी चितवन पुगेका हुन्। वुद्ध एअरको जहाजमा चितवन पुगेका प्रचण्डलाई भरतपुर विमानस्थलमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र केही स्थानीय व्यापारीले स्वागत गरेका थिए। विमानस्थलमा उनले कुनै प्रतिक्रया नदिई बाहिरिए। उनी भरतपुरमै…
दोलखाः उम्मेदवारलाई सुरक्षा दिएर फर्कने क्रममा सुरक्षाकर्मी चढेको जिपको ठक्करबाट दोलखामा एक बालकको ज्यान गएको छ। सिंगटीबाट चरिकोट आउँदै गरेको सुरक्षाकर्मी चढेको जिपले कालिञ्चोक गाउँपालिका–७ झमार्सी नजिकै ठक्कर दिंदा नौ वर्षीय रुजल शिवाकोटीको मृत्यु भएको हो। ठक्करबाट घाइते भएका शिवाकोटीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
धनगढीः सुदूरपश्चिममा कराँतेका संस्थापक गोपाल खड्का र खेलाडी राजु लामाको स्मृतिमा नवौ गोपाल राजु इन्डो–नेपाल कराते प्रतियोगिता हुने भएको छ। सुदूरपश्चिमाञ्चल गोजुरियो कराँते डो संघ तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा जेठ १२ र १३ गते धनगढी रंगशालाको कभर्डहलमा प्रतियोगिता हुने भएको हो। प्रतियोगितमा नेपालका दुई सय र भारतका एक सय खेलाडीले भाग लिने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा विभिन्न…
काठमाडौं : स्वास्थ्य मन्त्री गगन थापाले निर्वाचनको पूर्वानुमानका आधारमा आत्तिएर नेकपा एमालेका कार्यकर्ता र नेता आफूविरुद्ध उत्रिएको दावी गरेका छन्। निर्वाचन आयोगले लागू गरेको आचार संहिता विपरित काम गरेको भए जस्तोसुकै सजाय भोग्न तयार भएको उनले पत्रकार सम्मेलन गरेर बताए। मन्त्री थापालाई शनिबार एमाले कार्यकर्ताहरुले काठमाडौंको कपनमा आयोगको आचार संहिता विपरित प्रचार प्रसार गरेको भन्दै दुर्व्यहवार गरेका थिए। शनिवार…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी आज श्रीलंका र थाइल्याण्डको औपचारिक भ्रमणमा प्रस्थान गरेकी छन्। पाँचदिने औपचारिक भ्रमण अन्गर्तत राष्ट्रपति थाइल्याण्डबाट शनिबार श्रीलंका जाने कार्यक्रम छ। राष्ट्रपतिको एक दिन थाइल्याण्डमा बित्नेछ। राष्ट्रपति भण्डारी बिहान १०:१५ बजे थाइल्याण्ड प्रस्थान गरेकी हुन्। विमानस्थलमा भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, अर्थमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकासशरण महत तथा मुख्यसचिव डा. सोमलाल सुवेदी लगायतले…
काठमाडौँ : छिमेकी चीनले अघि सारेको वान बेल्ट वान रोड (ओबिओर) मा नेपाल औपचारिक रुपमा सहभागी भएको छ। मन्त्रिपरिषद्को सोमबारको निर्णय अनुसार सहभागिता सम्वन्धी समझदारीपत्रमा परराष्ट्र मन्त्रालयमा शुक्रबार बिहान हस्ताक्षर भएको छ। ओबिओर मञ्चको आउँदो आइतबारदेखि हुने सम्मेलनमा भाग लिन जानुअघि दुई देशका अधिकारीबीच समझदारीमा हस्ताक्षर भएको हो। सम्मेलनमा भाग लिन उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, सूचना तथा सञ्चारमन्त्री सुुरेन्द्र…
मुम्बई : अन्तिम ओभरमा मोहित शर्माले उत्कृष्ट बलिङ गरेपछि आइपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा मुम्बई इन्डियन्सले ७ रनको हार व्यहोरेको छ। २३१ रनको लक्ष्य पछ्याएको मुम्बईलाई किंग्स इलाभेन पञ्जावले २२३ रनमा समेटेको हो। रोमाञ्चक खेलमा शर्माले अन्तिम तीन बलमा ९ रन चाहिएको अवस्थामा दुई डट बल फ्याकेका थिए। मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले आक्रमक सुरुवात गरेको थियो। पावर…
काठमाडौं : सौन्दर्य प्रतियोगिता ‘मोडल अफ इरा सिजन–२’ को ग्रान्ड फिनालेमा ३० जना युवा–युवतीबीच प्रतिष्पर्धा हुने भएको छ। क्रेजोना मिडिया ग्रुपले आयोजना गर्न लागेको ‘मोडल अफ इरा सिजन–२’ ले आयोजना गरेको अडिसनबाट १५ महिला तथा १५ पुरुष मोडलहरु अन्तिम प्रतियोगिताका लागि छनोट भएका हुन्। आयोजक संस्थाका प्रमुख लभिन अन्सारीका अनुसार जेठ १५ गते सोमबार यो प्रतियोगिताको ग्रान्ड फिनाले हुनेछ। विजेतालाई नगद…
काठमाडौँ : पाँचदिने औपचारिक भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार थाइल्याण्ड प्रस्थान गरेकी छन्। थाइल्याण्डबाट शनिबार राष्ट्रपति भण्डारी श्रीलंका प्रस्थान गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारी बिहान १०स्१५ बजे थाइल्याण्ड प्रस्थान गरेकी हुन्। विमानस्थलमा भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, अर्थमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकासशरण महत तथा मुख्यसचिव डा. सोमलाल सुवेदी लगायतले विदाई गरेका छन्। हेर्नुस् विदाईका दश…
दमौली : तनहुँको व्यास नगरपालिका–२ वुल्दीको पुलनजिकै बिहीबार राति एउटा रात्रि बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ। दुर्घटनामा परी आठजना यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा बसका चालक महोत्तरी जिल्ला बर्दिवास बस्ने ३५ वर्षीय रामहरि काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका चालक काफ्लेलाई दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि…