PahiloPost

May 14, 2025 | १ जेठ २०८२

  • १२ सय करोड कमाएको फिल्म 'बाहुबली २' पाइरेसी हुँदा कसरी भयो घाटा?

    १२ सय करोड कमाएको फिल्म 'बाहुबली २' पाइरेसी हुँदा कसरी भयो घाटा?

    चर्चित फिल्म बाहुबली २ इन्टरनेटमा राखिएपछि तमिल फिल्म निर्माताहरुले त्यस्ता वेवसाइट विरुद्ध प्रहरीमा उजुरी गरेका छन्।  इण्डियन एक्सप्रेसका अनुसार तमिल फिल्म निर्माता काउन्सिलले तमिल रकर्स वेवसाइट विरुद्ध उजुरी दिएका हुन्। वेवसाइटले एसएस राजामौली निर्देशित फिल्म बाहुबली २ वेवसाइटमा राखेको थियो। फिल्म पाइरेसी हुनुले करोडौको घाटा भएको फिल्म युनिटको दाबी छ। ओभरसिज थिएटर राइट्स र अन्य प्रदर्शनमा पाइरेसीले असर गर्ने फिल्म…

    विस्तृतमा पढ्नुस्

  • मतदाता परिचयपत्र वितरण आजदेखि, मतदान केन्द्रबाट परिचयपत्र लिन सकिने

    मतदाता परिचयपत्र वितरण आजदेखि, मतदान केन्द्रबाट परिचयपत्र लिन सकिने

    काठमाडौँ : निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको मतदाता परिचयपत्र वितरण आजदेखि सुरु गरेको छ। आयोगले बिहीबार र शुक्रबार दुई दिनभित्र परिचयपत्र लिन मतदातालाई आग्रह गरेको छ।  मतदाता परिचयपत्र सम्वन्धित जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय र सम्वन्धित मतदान केन्द्रबाट वितरण हुनेछ। देशभरका मतदान केन्द्रबाट मतदाताले आफ्नो वैयक्तिक विवरण समेटिएको परिचयपत्र पाउन सक्नेछन्। परिचयपत्र बुझ्न स्वयम…

    विस्तृतमा पढ्नुस्

  • 'आधा लभ'को रचनात्मक प्रतियोगिता, पुरस्कारमा फिल्मको टिकट

    'आधा लभ'को रचनात्मक प्रतियोगिता, पुरस्कारमा फिल्मको टिकट

    काठमाडौं: फिल्म 'आधा लभ' युनिटले रचनात्मक प्रतियोगिता आयोजना गरेको छ। आउँदो जेठ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले प्रचार प्रसार अस्तुको रुपमा 'आधा लभ' शिर्षकमा कुनै पनि विधाको लेख रचना प्रतियोगिता घोषणा गरेको हो। अभिनेत्री ऋचा शर्माको निर्माण रहेको फिल्मको केहि दिन अघि ट्रेलर सार्वजनिक भएको थियो। ऋचा शर्माले 'आधा लभ' शिर्षकमा आफूले लेखेका कथा, कविता, मुक्तक, निबन्ध वा जुनसुकै…

    विस्तृतमा पढ्नुस्

  • जस्टिन बिबरले भने 'थ्यान्क्यु इन्डिया, म फेरि आउँछु'

    जस्टिन बिबरले भने 'थ्यान्क्यु इन्डिया, म फेरि आउँछु'

    इन्डियामा हुने भनेको जस्टिन बिबरको पर्पोज टूर सम्पन्न भएको छ। बुधबार राती मुम्बईको डी वाई पाटिल स्टेडियममा जस्टिनको कन्सर्ट सम्पन्न भएको हो।  उनको 'पर्पोज वल्ड टूर' अन्तर्गतको कन्सर्ट इन्डियामा पहिलोपटक भएको हो। आफ्नो चौथो एल्बम 'पर्पोज'को प्रचारका लागि उनी संसारका विभिन्न ठाउँमा शो गर्दै हिडेका छन्। सन् २०१६ को मार्चमा सुरु भएको टूर २०१७ को सेप्टेम्बर मा समापन हुनेछ। उनले…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल क्रिकेट : गुजरातमाथि दिल्लीको दुई विकेटको जित

    आइपीएल क्रिकेट : गुजरातमाथि दिल्लीको दुई विकेटको जित

    कानपुर : आइपिएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा दिल्ली डेयरडेविल्स २ विकेटले विजयी भएको छ। गुजरातले दिएको १९६ रनको लक्ष्य दिल्लीले २ बल अघि नै भेट्टाएको हो। जितसँगै दिल्ली १० अंकसहित छैटौँ स्थानमा उक्लिएको छ। गुजरात सातौँ स्थानमा छ। दुवै टिमको प्लेअफमा पुग्ने सम्भावना भने छैन।  टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रन बनाएको…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् भरतपुरमा चुनावी रौनक, शीर्ष नेता पुगे भरतपुरमा

    फोटोमा हेर्नुस् भरतपुरमा चुनावी रौनक, शीर्ष नेता पुगे भरतपुरमा

    भरतपुर : निर्वाचन प्रचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन्। भरतपुर महानगरमा निर्वाचनको प्रचारका लागि उनीहरु छुट्टा छुट्टै कार्यक्रमका लागि भरतपुर उत्रिएका हुन्।  प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले बुद्ध एयरबाट चितवन पुगेका हुन्। उनीहरुले केन्द्रीय बस टर्मीनलको चौरमा सम्बोधन गर्ने कार्यक्रम छ। ् एमाले अध्यक्ष केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति श्रीलंका भ्रमणमा जाँदा भोलि सार्वजनिक विदा नहुने

    राष्ट्रपति श्रीलंका भ्रमणमा जाँदा भोलि सार्वजनिक विदा नहुने

    काठमाडौः राष्ट्रपति विद्यादेवी भण्डारीको शुक्रवारदेखि हुने श्रीलंका भ्रमणमा सरकारले सार्वजनिक विदा नदिने भएको छ। राष्ट्रपतिको श्रीलंका भ्रमण राजकीय नभएकाले सार्वजनिक विदा नदिएको गृह मन्त्रालयका सहसचिव यादव कोइरालाले जानकारी दिए। उनले भने, ‘यो औपचारिक भ्रमण भएकाले विदा नदिने निर्णय भएको हो।’ यसअघि राष्ट्रपति भण्डारी छिमेकी मुलुक भारतको राजकीय भ्रमणमा गएका बेला सरकारले एक दिन विदा दिएको थियो।   के छ परम्परा…

    विस्तृतमा पढ्नुस्

  • शीतल निवास पुगेर राष्ट्रपतिलाई प्रमुख दलका नेताले यस्तो सुझाव दिए

    शीतल निवास पुगेर राष्ट्रपतिलाई प्रमुख दलका नेताले यस्तो सुझाव दिए

    काठमाडौः राष्ट्रपति विद्यादेवी भण्डारीको शुक्रवार हुने श्रीलंका र थाइल्याण्ड भ्रमणका सन्दर्भमा प्रमुख दलका नेताहरुबीच छलफल भएको छ। आज विहान राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा नेताहरुले राष्ट्रपति भण्डारी भ्रमणको बारेमा राय सुझावसहित भ्रमणको सफलताको शुभकामना दिएका थिए। छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एवम्  पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, संघीय…

    विस्तृतमा पढ्नुस्

  • ‘रुद्रप्रिया’को सरप्राइज, आर्यन सिग्देल र रेखा थापा सात वर्षपछि एकै पर्दामा

    ‘रुद्रप्रिया’को सरप्राइज, आर्यन सिग्देल र रेखा थापा सात वर्षपछि एकै पर्दामा

    काठमाडौं: सात वर्षको अन्तरालपछि रेखा थापा र आर्यन सिग्देल एउटै पर्दामा देखिने भएका छन्। रेखा फिल्मसको प्रस्तुति रहने फिल्म ‘रुद्रप्रिया’ मा रेखाको अपोजिटमा आर्यनको अभिनय रहने भएको हो। बुधबार रेखा फिल्मसले फिल्ममा आर्यनको अभिनय रहने जानकारी दिएका हुन्। फिल्म कम्पनीको कार्यालयमा पत्रकारहरु बीच आर्यनलाई स्वागत गर्दै रेखाले भनिन्,'यसलाई सबैले सुखद मिलनको रुपमा लिनु होला’। यसअघि सात वर्ष पहिले प्रदर्शनमा आएको फिल्म ‘कसले…

    विस्तृतमा पढ्नुस्

  • नवराज सिलवालको मुद्दाको पेसी जेठ ४ गते

    नवराज सिलवालको मुद्दाको पेसी जेठ ४ गते

    काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवाद सम्बन्धि मुद्दाको सुनुवाइ जेठ चार गतेलाई तोकिएको छ । आज तोकिएको पेसी भने स्थगित भएको हो। सर्वोच्च प्रशासनले मुद्दा दैनिक पेसी सूचीबाट स्थगित गरेको हो। मुद्दाको सुनुवाइ स्थगित भएको यो दोस्रो पटक हो।  प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रकरणपछि मुद्दाको सुनुवाइ हुन सकेको छैन। चैत ३० गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पेसी स्थगित…

    विस्तृतमा पढ्नुस्

  • छोरी भएर हैन क्षमताले रेणुले टिकट पाइन् : प्रचण्ड

    छोरी भएर हैन क्षमताले रेणुले टिकट पाइन् : प्रचण्ड

    चितवन  : छोरी रेणु दाहालले प्रचण्डपुत्री भएकै कारण भरतपुर महानगरको मेयरको टिकट नपाएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। उनले रेणु दाहालको क्षमता र हैसियतका कारण पार्टीले टिकट दिएको बताए।  भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालको भविष्य सुनिश्चित गर्न र विकास निर्माणको अभियान थालनी गर्न कांग्रेससँग तालमेल गरेको बताए। प्रचण्डले भने प्रचण्डले भने ‘भरतपुरमा माओवादी कांग्रेस तालमेलको कठोर…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले नाम्लो लगाएर माओवादी बोक्यो : ओली

    कांग्रेसले नाम्लो लगाएर माओवादी बोक्यो : ओली

    राजेन्द्र आचार्य चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिदेशीका अघिल्तिर लम्पसार पर्दापर्दा सत्ताधारी दलका नेताहरुको घुँडाभरी घाउ नै घाउ भएको टिप्पणी गरेका छन्। भरतपुर महानगरपालिकामा एमाले चितवनले गरेको वृहत चुनावी सभालाई सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले भने ‘राष्ट्रिय एकता, अखण्डतालाई कमजोर बनाउन परिएको लम्पसारले उनीहरुका घुँडामा टाटैटाटा परेका छन।’  माओवादी कांग्रेस गठवन्धन तर्फ संकेत गर्दै ओलीले कांग्रेसले नाम्लो…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनमा भोट गर्न भरतपुरमा कांग्रेस सभापति देउवाको निर्देशन

    गठबन्धनमा भोट गर्न भरतपुरमा कांग्रेस सभापति देउवाको निर्देशन

    चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको भड्काउमा नलागि कांग्रेस-माओवादीको गठबन्धनलार्इ भोट दिन कार्यकर्तालाई निर्देशन दिएका छन्। कांग्रेस–माओवादी केन्द्रको चुनावी सभालाई भरतपुरमा सम्बोधन गर्दै देउवाले पोखरामा कांग्रेसलाई माओवादीले समर्थन गरेका कारण चितवनमा माओवादी केन्द्रलाई समर्थन गरेको बताए। उनले कांग्रेस माओवादीको गठबन्धनको दीर्घकालिन महत्व रहेको बताए। उनले कांग्रेस र माओवादी गठबन्धन अझै लामो समयसम्म जाने बताए।   

    विस्तृतमा पढ्नुस्

  • धादिङ धुनीबेसी नगरपालिकाको प्रमुखमा एमालेका बालकृष्ण आचार्य विजयी

    धादिङ धुनीबेसी नगरपालिकाको प्रमुखमा एमालेका बालकृष्ण आचार्य विजयी

    धादिङ : धादिङ धुनीबेसी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका बालकृष्ण आचार्य विजयी भएका छन्। आचार्य ६ हजार ६ सय ४४ मत ल्याएर विजयी भएका हुन्। यस्तै उपप्रमुखमा एमालेकै निरु खरेल ६ हजार ६ सय एक मत ल्याएर विजयी भइन्। प्रमुखमा निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका दीपक लामिछानेले ४ हजार ३ सय ३५ मत ल्याए भने उपप्रमुखको निकटतम प्रतिद्वन्दीमा पनि माओवादीकै सावित्री आचार्यले…

    विस्तृतमा पढ्नुस्

  • आज २५६१ औँ बुद्ध जयन्ती मनाइँदै

    आज २५६१ औँ बुद्ध जयन्ती मनाइँदै

    काठमाडौँ : वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ।  गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्।  नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति ट्रम्पद्धारा एफबीआई निर्देशक कोमी बर्खास्त

    राष्ट्रपति ट्रम्पद्धारा एफबीआई निर्देशक कोमी बर्खास्त

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआई निर्देशक जेम्स कोमीलाई पदबाट बर्खास्त गरेका छन्। महान्यायाधिवक्ता जेफ सेशन्सको सल्लाहमा कोमीलाई हटाउने पत्राचार राष्ट्रपति ट्रम्पले गरेको बिबिसीले जनाएको छ। कोमीलाई ट्रम्पको चुनावी प्रतिस्पर्धी हिलारी क्लिन्टनको इमेल प्रकरणको छानविनमा गल्ती गरेको भन्दै बर्खास्त गरिएको हो। कोमीले राष्ट्रपति निर्वाचनमा रुसी संलग्नताबारे छानविनको अगुवाइ समेत गरिरहेका थिए। अमेरिकी संसदमा गत साता कोमीले क्लिन्टनको इमेल प्रकरणमा गलत जानकारी…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : पञ्जावको प्लेअफको सम्भावना कायमै, कोलकता १४ रनले पराजित

    आइपीएल : पञ्जावको प्लेअफको सम्भावना कायमै, कोलकता १४ रनले पराजित

    मोहाली : आइपीएल क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलाभेन पञ्जावले कोलकता नाइट राइडर्समाथि १४ रनको जित दर्ता गरेको छ। जितसँगै पञ्जावले प्लेअफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ। १२ खेल खेलेको पञ्जावको १२ अंक छ।   हारपछि कोलकताले प्लेअफमा पुग्न अझै अर्को खेलको नतिजा कुनुपर्ने भएको छ। १३ खेलमध्ये ८ मा जित निकालेको कोलकताको १६ अंक छ। समान अंक भए…

    विस्तृतमा पढ्नुस्

  • दोलखामा एमाले माओवादी कार्यकर्ताबीच झडप, एक जनाको मृत्यु

    दोलखामा एमाले माओवादी कार्यकर्ताबीच झडप, एक जनाको मृत्यु

    दोलखा : दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ। झडमा केही घाइते भएका छन्।  गौरीशङ्कर गाउँपालिका–१ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको हो। मृतक तामाङ स्थानीय हुप्पा गाउँ निवासी हुन्।  यसैगरी, झडपका क्रममा गौरीशङ्कर गाउँपालिका–२ घर भएका एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भीर घाइते…

    विस्तृतमा पढ्नुस्

  • ट्रक त्रिशूलीमा खस्यो, दुईको उद्धार

    ट्रक त्रिशूलीमा खस्यो, दुईको उद्धार

    चितवन : काठमाडौँबाट हेटौँडातर्फ जान आउँदै गरेको ट्रक आज बिहान ७ बजेतिर इच्छा कामना गाउँपालिका–४ लेवाटारमा पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा दुईजना घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ट्रक करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो । सो क्रममा उछिट्टिएर भिरमा झरेका दुईजनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गरेको छ। उद्धार गरिएकामा…

    विस्तृतमा पढ्नुस्

  • विद्युत चोरी गर्ने १९ जना पक्राउ, ९५ हजार जरिवाना असुल

    विद्युत चोरी गर्ने १९ जना पक्राउ, ९५ हजार जरिवाना असुल

    लहान : अङकुसे लगाई विद्युत चुहावट गर्ने १९ जनालाई मङ्गलबार पक्राउ गरी विद्युत प्राधिकरण वितरण केन्द्र लहानले कारवाही गरेको छ।  विद्युत प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनका क्रममा विद्युतीय सामग्रीसहित पक्राउ गरेका १९ जनाबाट रु ९५ हजार जरिवाना असुल गरिएको छ।  टोलीले सिरहाको उत्तरवर्ती क्षेत्रमा रहेको लहान नगरपालिकाको बस्तीपुर, गोविन्दपुर र धनगढीमाई नगरपालिकाको विष्णुपुरकटीबाट १९ जना पक्राउ गरेको विद्युत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell