दक्षिण कोरियाको १९ औँ राष्ट्रपतिमा मुन जे इन विजयी भएका छन्। मुन जे इन डेमोक्रेटिक पार्टीका उम्मेद्वार हुन्। प्रतिस्पर्धी होङ जिओन पिओलाई पराजित गर्दै मुन राष्ट्रपतिमा निर्वाचति भएका हुन्। सन् २०१२ को चुनावमा उनले हार व्यहोरेका थिए। महाभियोगबाट अपदस्थ राष्ट्रपति पार्क गुन हेसँग उनी पराजित भएका थिए। कोरियाली प्रायदीपमा युद्धको सुरुवात भएपछि मुनको परिवार उत्तर कोरियाबाट दक्षिण कोरियामा शरणार्थीको रुपमा…
काठमाडौंः अखिल नेपाल खेलकुद संघले ५० औं एसियन बडी बिल्डिङ एण्ड स्पोर्ट च्याम्पियनसिपका गोल्ड मेडलिष्ट महेश्वर महर्जनलाई सम्मान गरेको छ। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा संघले महर्जनलाई सम्मान गरेको हो। महर्जनले सन् २०१६ सेप्टेम्भरमा भुटानमा सम्पन्न ५० औं एसियन बडी बिल्डिङ एण्ड स्पोर्ट च्याम्पियनसिपमा ७५ केजी तौल समूहमा गोल्ड मेडल प्राप्त गरेका थिए। महर्जनलाई सम्मान गर्दै…
पोखराः नेपाली कांग्रेसकातर्फबाट माछापुच्छ्रे गाउँपालिकाको वडा अध्यक्षका उम्मेदवार वीरेन्द्र गुरुङको गाडीमा अज्ञात समुहले मंगलबार राति आगजनी गरेको छ। गाउँपालिका वडा नम्बर एकका वडा अध्यक्षका उम्मेदवार वीरेन्द्र गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको ग १ज ५१४८ नम्वरको जिपमा घाचोकको टुसे भन्ने स्थानमा पाकिङ गरेर राखेको अवस्थामा जिपमा आगजनी भएको हो। प्रहरीका अनुसार मध्यरातमा गाडीमा आगजनी गरिएको हो। आगजनीबाट गाडी पूर्णरुपमा क्षतिग्रस्त…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोलखामा एमाले कार्यकर्ता मारिएको घटनामा सञ्चार माध्यमले निभाएको भूमिकाप्रति आपत्ती प्रकट गरेका छन्। एमाले प्रचार विभागले आयोजन गरेको कार्यक्रमा ओलीले भने – 'केही सञ्चार माध्यमहरुमा केही सञ्चारकर्मीहरुमा यस्तो प्रवृत्ति छ। समाचार पनि 'दिए जस्तो गरौँ' भन्ने। दोलखामा झडप भन्दियो। एक जना मारियो भन्दियो। खाना खाएको ठाउँमा गोली चलाएको आक्रमण गरिएको छ। झडप…
काठमाडौं : नेकपा एमालेका केपी शर्मा ओलीले कानून दिवसको कार्यक्रममा प्रधानमन्त्री, सभामुख र महान्यायाधीवक्ता सर्वोच्च अदालतको कार्यक्रममा सहभागी नभएको विषयमा प्रश्न उठाएका छन्। एमालेले प्रचार विभागले आयोजना गरेको कार्यक्रममा ओलीले भने – 'एउटा संवैधानिक गरिमाममय पदको सत्तापक्षीय दुरुपयोग भएको छ।' उनले सभामुखले महाभियोग प्रस्ताव स्थगनमा राख्न अदालतले दिएको आदेश लगत्तै गरेको पत्रकार सम्मेलनको समेत आलोचना गरे। 'सबैले आफ्नाआफ्ना सीमाभित्र बस्नुपर्छ…
वासिङ्टन : अमेरिकाको वासिङ्टन डीसीमा नेपाली फिल्महरुको अन्तराष्ट्रिय महोत्सव सम्पन्न भएको छ। मे ५, ६ र ७ मा पहिलो नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गरिएको हो। महोत्सवको उद्घाटन सत्रमा दीपक रौनियारद्धारा निर्देशित अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र ‘सेतो सुर्य’, प्रदर्शन गरिएको थियो। महोत्सवमा नेपाली दुतावास वासिङ्टन डि.सी.का मिसन उपप्रमुख जीवन प्रकाश श्रेष्ठ तथा नेपालका लागि पुर्व अमेरिकी राजदुत स्कट डेलीसी सहभागि…
ब्लकबस्टर फिल्म 'बाहुबली द कनक्लुजनले' ११ दिनम ११ सय करोडको व्यवसाय गरेको छ। फिल्मले भारत भित्र र ओभरसिजको बक्सअफिस कलेक्शनमा उक्त रकम जम्मा गरेको हो। 'बाहुबली २'ले बलिउडमा सर्वाधिक धेरै व्यापार गर्ने फिल्मको रेकर्ड बनायो। एसएस राजमौली निर्देशित फिल्म 'बाहुबली २' ले अझै अत्याधिक दर्शक फ्लो पाएको छ। प्रदर्शनको ११ दिनमा फिल्मको वर्ल्डवाइड ग्रस कलेक्शन ११०० करोड गर्यो, जुन कमाई…
पोखराः नेकपा माओवादी केन्द्रले केन्द्रीयस्तरमा भएको सहमति अनुसार कांग्रेसको चुनाव चिन्ह रुखमा भोट हाल्न आफूहरु तयार रहेको बताएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रले पोखरामा गरेका संयुक्त पत्रकार सम्मेलनमा माओवादीका जिल्ला संयोजक दीपक कोइरालाले चुनावी तालमेलका लागि केन्द्रमा भएको सहमति अनुसार रुखमा मतदान गरी कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई जिताउन आफूहरु तयार रहेको बताए। मेयरका कांग्रेसका उम्मेदवार दुवै पार्टीका साझा उम्मेदवार…
चितवनः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा बिहीबार चितवन आउने भएका छन्। चितवनको भरतपुरमा हुने चुनावी सभालाई सम्वोधन गर्न दाहाल र देउवा चितवन आउने भएका हुन्। चितवनको भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस र माओवादीले तालमेल गरेका छन्। मेयर पदमा माओवादीकी उम्मेदवार रेणु दाहाल र उपमेयरमा कांग्रेसकी उम्मेदवार पार्वती शाह तालमेलसहित चुनावमा छन् । एमालेको तर्फबाट देवी ज्ञवाली मेयर…
काठमाडौः किरात राईहरुले महान् चाड साकेला उभौली पर्व विभिन्न कार्यक्रमगरी मनाएका छन् । उपत्यकाभित्र वसोवास गर्दै आएका राईहरुले यो पर्व राजधानीमा जम्मा भएर मनाएका छन्। राजधानीमा आयोजित कार्यक्रमा पुगेका नयाँ शक्ति नेपालका संयोजक बावुराम भट्टराईले पर्वको अवसरमा शुभकामना दिएका थिए। किरातीहरुले साकेला पर्व बर्षमा २ पटक मनाउने गर्दछन्। धानबाली लगाउने समय अर्थात् वैशाखे पूर्णिमा उभौली र धानबाली पाकिसकेपछि थन्क्याउने समय…
राजेन्द्र आचार्य- चितवन : वैकल्पिक राजधानीको रुपमा चर्चित चितवनको भरतपुर महानगर निर्वाचनको गर्मीले तातेको छ। मौसमी गर्मीसँगै कांग्रेससँगको गठजोडमा उम्मेद्वार बनेकी प्रचण्ड पुत्री रेणु दाहालको चर्चा र स्थानीय एमाले नेता देवी ज्ञवालीको प्रतिष्पर्धाले गर्मीको राप बढाईरहेको छ। महानगरपालिकामा विभिन्न राजनीतिक दलले चुनावी गतिविधिलाई तीब्र पारेका छन्। प्रचारप्रसारका साथै घरदैलो पनि तीव्र भएको छ। छोरी रेणुलाई मेयर बनाउन लबिङ गर्न…
काठमाडौँ : निर्वाचन अगाडिको ४८ घण्टै मौन अवधि भोलि मध्यरातबाट सुरु हुँदैछ। त्यसअघि बिहीबार दिनभर अन्तिम पटक दलहरुले चुनावी सभा र घरदैलो गर्न पाउनेछन्। शुक्रबार र शनिबार भने दलहरुले घरदैलो र चुनावी सभा गर्न पाउने छैनन्। निर्वाचनका लागि खटिएका कर्मचारीहरुले मौन अवधिभित्रै मतदान केन्द्रहरु तयार गर्नेछन्। निर्वाचनको प्रचार प्रसारका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकामा समेत मौन अवधिमा विज्ञापन गर्न पाइँदैन। त्यस्तै…
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोग पुगेर आफ्नो पार्टीको गाडी तोडफोड भएको गुनासो गरेका छन्। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्ने त्यसको पालनाका लागि वातावरण निर्माण गर्ने काम प्रमुख दलहरुको भएको भन्दै त्यसमा प्रतिबद्धता जनाउन राखेको बैठकमा प्रधानमन्त्रीले नै गुनासो गरेका हुन्। निर्वाचनको मिति घोषणा आफैं गरेर त्यसलाई सम्पनन् गर्ने दायित्व बोकेका कार्यकारी प्रधानमन्त्री दाहाल बुधबार आयोगमा आफैं गुनासोकर्ताकारुपमा देखिए।…
काठमाडौँ : प्रेस काउन्सिल नेपालले स्थानीय निर्वाचनका सन्दर्भमा गरेको सञ्चार अनुगमनमा एक सातामा दुई दर्जन आचारसंहिता उल्लङ्घनका घटना पहिल्याएको छ। निर्वाचन आयोगको सहकार्यमा यही वैशाख १९ गतेबाट व्यवस्थित रुपमा काउन्सिलले सुरु गरेको सञ्चार अनुगमनमा विभिन्न छापा, रेडियो, टेलिभिजन र मुख्य अनलाइनमा गरी २५ वटा आचारसंहिता उल्लङ्घनका समाचार पाइएको हो। काउन्सिलले आफ्ना नियमित नौ कर्मचारी र नयाँ १२ जना गरी कुल…
काठमाडौँ : प्रधानन्यायाधीश सुशीला कार्कीले संवैधानिक सर्वोच्चता, कानुनको शासन र स्वतन्त्र न्यायपालिकाको मूल्य र मान्यता जगेर्नाका लागि सबैको ध्यान पुग्नुपर्ने बताएकी छन्। आज कानुन दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानन्यायाधीश कार्कीले कानुन दिवसले कानुनप्रतिको निष्ठामा लाग्न सवैमा प्रेरणा पुग्नेमा विश्वास गरेकी छन्। शुभकामना सन्देशमा कार्कीले भनेकी छन् ‘न्याय र कानुनकर्मीको विशेष दिनका रुपमा रहेको यस दिवसले सम्वन्धित सवैमा कानुनप्रतिको निष्ठा, संविधानप्रतिको…
काठमाडौँ : फेसबुकमा गलत सूचना लेख्दा नेकपा माओवादी केन्द्रकी संसदीय दलकी सचेतक सीता नेपालीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। सचेतक नेपालीले आयोग प्रवक्ताको भनाई भन्दै भ्रामक प्रचार गरेकोले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको छ। आचारसंहिता उल्लङ्घनमा कारवाही किन गर्नु नपर्ने भन्दै जवाफका लागि आयोगले पत्र लेखेको हो। सचेतक नेपालीले आयोग प्रवक्ताको भनाई भन्दै स्थानीय तह निर्वाचनमा निर्विरोध निर्वाचित…
बिराटनगर : बिराटनगरमा लोडसेडिङ हटाउन पहल नगरेपछि नेपाल विद्युत प्राधिकरणले पूर्वाञ्चल क्षेत्रीय निर्देशक ओमप्रकाश राठीलाई हेडक्वार्टर फिर्ता बोलाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राठीलाई आइतबार २४ घण्टा भित्र केन्द्रीय कार्यालय हाजिर हुन निर्देशन दिएका थिए। राठीको ठाउँमा बज्रभुषण चौधरीलाई पठाइएको छ। सोमबार बिहानै काठमाडौं पुगेका राठीको ठाउँमा आजै चौधरीलाई पठाइएको हो। तीन हप्ताअघि विराटनगरस्थित रानी सब स्टेसनको…
चितवन : गएरातिको चट्याङबाट नेकपा माओवादी केन्द्रका चितवन कालिका नगरपालिकाका वडा सदस्य पदका उम्मेद्वार सिफल चेपाङको निधन भएको छ। सुतिरहेको अवस्थामा चेपाङलाई चट्याङ लागेको थियो। उपचारका लागि भरतपुर लैजाने क्रममा उनको निधन भएको हो।
काठमाडौं : निर्वाचन आयोगले धादिङको थाक्रे गाउँपालिकाका एमाले उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। थाक्रे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेद्वार दुबैलाई आयोगले स्पष्टीकरण सोधेको हो। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अनुगमन टोलीले आयोगले तोकेको मापदण्ड विपरित प्रचार सामाग्री प्रयोग गरेको पाएपछि दुवै उम्मेद्वारलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो। प्रमुख आयुक्त यादवको टोलीले दुवै उम्मेद्वारको आचारसंहिता विपरित हुने गरी निकालिएको माटरसाइकल…
काठमाडौँ : सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सिफारिसमा भूकम्प प्रभावित जिल्लामा लाभग्राही सूचीमा परेका तर आफ्नो जग्गा नभएका भूकम्पपीडितलाई घडेरी खरिद गर्न अनुदान स्वरुप दुई लाख रुपैयाँ दिने भएको छ। वैशाख २१ गतेको मन्त्रिपरिषद् वैठकले निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि परिमार्जन गरेसँगै सार्वजनिक जग्गा, वन क्षेत्र, गुठी र अन्य सरकारी जग्गामा बसेका पीडितले घडेरी खरिदमा अनुदान पाउने भएका हुन्। जोखिमपूर्ण…