पोखरा : गण्डकी प्रदेशको सभामुखमा कृष्णप्रसाद धिताल निर्वाचित भएका छन्। माओवादी केन्द्रबाट सांसद बनेका कृष्णप्रसादको पक्षमा ३२ मत पाएका छन्। संविधानको धारा १४२ र प्रदेश सभा नियमावली ७ बमोजिम कृष्णप्रसाद प्रदेशका सभामुख निर्वाचित भएका हुन्। उनले एमालेका २७, माओवादीका ७, राप्रपाका २ र स्वतन्त्र सांसद गरि ३२ जनाको मत पाएका हुन्। कांग्रेसकी सरस्वती अर्याल तिवारीले २६ मतमात्रै पाइन्। अर्को बैठक…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीति तीनजना पूर्वप्रधानमन्त्रीको क्लबजस्तो भएको बताएका छन्। शनिवार नयाँ बानेश्वरमा रामकृष्ण भण्डारीले लेखेको 'सत्ता संघर्ष : ३० वर्षमा २८ सरकारका नालिबेली' पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उक्त भनाई राखेका हुन्। थापाले नेपालको पछिल्लो राजनीतिक खेलमा तीनटा पूर्वप्रधानमन्त्रीकोमात्र खेल देख्न पाएको उल्लेख गरेका हुन्। कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा…
जनकपुरधाम : नेपाली कांग्रेसका जंगिलाल रायले मधेश प्रदेशको सभामुख पदका लागि उमेदवारी दर्ता गराएका छन्। कांग्रेसका उम्मेदवार राय सर्लाही २(क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। रायको प्रस्तावकमा कुमरकान्त झा र जिवछी देवी यादव समर्थक रहेका छन्। नेकपा एमालेबाट रामचन्द्र मण्डलले उक्त पदका लागि उमेद्वारी दर्ता गराइसकेका छन्। सत्ता साझेदार दलबाट उनले सभामुख पदमा उमेद्वारी दर्ता गराएका हुन्। लोसपाकी रानी…
काठमाडौं : निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणको छानबिन र दोषीलाई कारवाहीको माग गर्दै कुर्मीको गाउँका स्थानीय र महिला अधिकारकर्मीसहितको समूह माइतीघरमा धर्ना बसेको १७ दिन पुग्यो। १७ औं दिनमा गृहमन्त्री रवि लामिछाने माइतीघर पुगे। शनिवार दिउँसो माइतीघर पुगेका गृहमन्त्री लामिछानेले प्रक्रिया पुर्याएर अनुसन्धान गर्ने र घटनाका पीडितलाई न्याय दिलाउने वचन दिए। लामिछानेले अनसन तोड्न र आफ्नो गाउँ फर्कनसमेत…
जनकपुरधाम : नेकपा एमालेका रामचन्द्र मण्डलले मधेश प्रदेशको सभामुख पदका लागि उमेद्वारी दर्ता गराएका छन्। सत्ता साझेदार दलबाट उनले सभामुख पदमा उमेद्वारी दर्ता गराएका हुन्। लोसपाकी रानी शर्मा तिवारीले मण्डलका प्रस्तावक बनेका छन् भने एमालेका सरोज यादव र नेकपा माओवादी केन्द्रका भारतप्रसाद साह समर्थक रहेका छन्। बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको छ। यता नेपाली कांग्रेसले…
काठमाडौं : पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ। गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द जी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो। यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिङ्गोसहित…
इरानका पूर्व रक्षा मन्त्री अलिरेजा अकबरीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। इरान र बेलायतको दोहोरो नागरिका बाहक अकबरीलाई सन् २०१९ मा पक्राउ गरिएको थियो। बेलायतका लागि गुप्तचरीको काम गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको थियो। बेलायतले भने मृत्युदण्डको सजाय तत्काल खारेज गर्न र अकबरीलाई जेल मुक्त गर्न माग गरेको छ। केही इरानी मिडियाले भने अकबरीलाई मृत्युदण्डको सजाय दिइसकिएको दाबी गरेको छ। उनलाई…
काठमाडौं : लेखिका शारदा शर्माले पछिल्ला दिनहरुमा समाजमा बलात्कारको भाष्य डरलाग्दो बन्न थालेको धारणा राखेकी छिन्। शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत शर्माले आफ्नो धारणा राखेकी हुन्। ‘हाम्रो समाजमा बलात्कारको भाष्य बडो डरलाग्दो बनेको देखिन्छ!’ शर्माले भनेकी छिन्, ‘बलात्कारीलाई फाँसी दिने कानून बनाउनुपर्छ, तिनको लिंग काट्नुपर्छ, भन्ने जस्ता उग्र कुरा पहिला खुब सुनिन्थे, अहिले सुनिंदैनन्।‘ बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने सय…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानै दुई नेताबिच भेट भएको हो। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन। आजको भेटमा मन्त्रिपरिषद् विस्तार, सभामुखको निर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।
काठमाडौं : मधेश प्रदेशसभा सभामुखको लागि आज उम्मेदवारी दर्ता गरिने भएको छ। प्रदेशसभा सचिवालद्वारा जारी निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा आज बिहान ११ देखि ३ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७(१) बमोजिम माघ २ गते सोमबार हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता र नामावली प्रकाशन तथा सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा…
काठमाडौं : प्रदेश नं १ प्रदेशसभाको उपसभामुखको निर्वाचन आज हुने भएको छ। प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र नेकपा (एमाले)की सिर्जना दुनुवारको उम्मेवारी रहेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। प्रदेशसभाको आज बिहान ११ बजे बस्ने बैठकले मतदान प्रकियाद्वारा उपसभामुखको चयन गर्नेछ। प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा (माओवादी केन्द्र) को १३, राप्रपाको छ, नेकपा (एकीकृत…
काठमाडौं : तनहुँको भानु नगरपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउने भएको छ। गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क हुने नगरपालिकाले जनाएको छ। गर्भवती र गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन भिडियो एक्सरे सेवा प्रदान गर्न लागिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए। यो सेवाबाट गर्भवतीको अवस्था र शिशुको अवस्था पत्ता लाग्ने, उनीहरूको…
काठमाडौं : शनिवार बिहान देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। तराईका थोरै भू-भागहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ। आज दिउँसो कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने पनि…
काठमाडौं : माघे सङ्क्रान्ति पर्वको अवसरमा तनहुँको बन्दीपुरमा गोरु जुधाइने भएको छ। बन्दीपुर गाउँपालिका–२ कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता गर्न लागिएको हो । नारायण–गोपाल युवा क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको अध्यक्ष उज्वल गुरुङले जानकारी दिए। क्लबले प्रत्येक वर्ष माघेसङ्क्रान्तिमा गोरु जुधाई प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगिताका लागि स्थानीयवासीले नै पालेको गोरु सहभागी गराउनुपर्नेछ। प्रतियोगितामा पहिलो हुने गोरुका धनीले नगद १५ हजार…
काठमाडौं : गण्डकी प्रदेशसभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ। सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखका लागि नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार बनेका छन्। नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको शुक्रवार साँझ बसेको बैठकले गोरखा क्षेत्र नं १ (१)बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो। सो दलका नेता एवम् प्रदेश सरकारका विनाविभागीय मन्त्री हरिबहादुर चुमानले…
काठमाडौं : आजबाट टुँडिखेलमा माघी महोत्सव २०७९ सुरु हुने भएको छ। थारू कल्याणकारिणी सभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा सो महोत्सव मनाउन लागिएको हो। महोत्सवमा थारू सांस्कृतिक झाँकी,र्याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल र्याली र विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ। महोत्सवमा १०० विविध स्टल…
काठमाडौं : मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ दिने भएको छ। नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीयविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरूले अन्तरजातीय विवाह गरेमा उनीहरूलाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। दलित छुवाछूत अन्त्य र उनीहरूको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट बहुमतले पास भएकाले…
काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि दुई अर्ब ७२ करोड ६९ लाख ६३ हजार रुपैयाँको संशोधित बजेट नगरसभामा पेश गरेको छ। महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षतामा शुक्रवार सुरु भएको नगरसभामा उपप्रमुख सुनिता डङ्गोलले उक्त संशोधन प्रस्ताव पेश गरेकी हुन्। चालु आर्थिक वर्षका लागि स्वीकृत चार अर्ब ३६ करोड ७१ लाख सात हजार रुपैयाँको बजेटका कार्यक्रमलाई संशोधनमा लगिएको हो।…
बिजीशा बुढाथोकी काठमाडौं : माघे संक्रान्ति नजिकिँदै गर्दा अहिले काठमाडौंका पसलहरुमा चाकुको बेच्न राखिएको देख्न थालिएको छ। बाह्रै महिना बिक्रीमा राखिए पनि चाकुको व्यापार हुने विशेष समय छ। नेपाली समाजमा यो मौलिक परिकार हो। ‘य:मरी पुन्ही तथा माघे संक्रान्ति चाकु धेरै बिक्री हुने समय हो,’ असनका खुद्रा पसले उत्तमकाजी तुलाधर भन्छन्, ‘चाकु, तील-भुजाका लड्डु बेच्नेले माघे संक्रान्तिका बेला डेढदेखि दुई लाखसम्मको…
सांघाई: चीन-भुटानबीच विवादित सीमासम्बन्धी समस्या समाधानका लागि गठित विज्ञ समूह (इजीएम) को बैठक कुनमिङमा सम्पन्न भएको छ। शुक्रबार सम्पन्न ११औँ इजीएममा दुवै पक्षले स्पष्ट, सौहार्दपूर्ण र रचनात्मक वातावरणमा वार्तालाई तीव्रता दिने विषयमा छलफल भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। बैठकले २५औं चरणको वार्ताका लागि यथाशीघ्र मिति तय गर्ने समझदारी गरेको छ। छलफलमा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनको विदेश मन्त्रालयको सीमा तथा…