काठमाडौं : भोली शनिबार र आइतबार नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ। पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्तिका लागि सवारी नरोकिने भएको हो। माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। गत पुस ५ गतेबाट…
अमेरिकाका राष्ट्रपति जो बाइडेनको निजी घरमा 'गोप्य सरकारी दस्तावेज' भेटिएको छ। ह्वाइट हाउसले पनि डेलवेरस्थित बाइडेनको घरमा दस्तावेज फेला पारेको स्वीकारेको छ। बाइडेन उपराष्ट्रपति हुँदा 'क्यासिफाइड' लेखिएका दस्तावेजहरु अहिले उनको निजी घरको ग्यारेजमा फेला परेको ह्वाइट हाउसका विशेष काउन्सेल रिचार्ड सउबर्रले बताए। यस्तै, दस्तावेजको एक पाना ग्यारेजसँगैको कोठामा भेटिएको छ। डेलवेरको रेहोबोथ बिचमा रहेको बाइडेनको अर्को घरमा भने कुनै पनि…
काठमाडौं : आज नेपाली सिनेमा हलमा दुई नेपाली र दुई विदेशी फिल्महरु प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘तिम्रो मेरो साथ’ ,‘गुञ्जन’ र विदेशी फिल्मतर्फ दक्षिण भारतीय फिल्महरु ‘वारिसु’, ‘वाल्टेयर वीरैया’ रिलिज भएका छन्। त्रिकोणात्क प्रेमकथामा बनेको फिल्म ‘तिम्रो मेरो साथ’ मा पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका छ। रमेश एमके पौडेल निर्देशक र निर्माता रहेको फिल्मको कथा…
काठमाडौं : अनधिकृत रुपमा १४०० रुख काटिएको विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय दाङले समिति गठन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) सावित्रा पुनको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिमा जिल्ला वन कार्यालयका अधिकृत, सडक विभागका सिनियर डिभिजनल इन्जिनियर, अनुसन्धान अधिकृत लगायत रहेका छन्। मंगलबार गठन भएको छानबिन समितिले फिल्ड भिजिटका लागि कार्यदल समेत बनाइसकेको सहायक सिडिओ…
भारतको जनता दल युनाइटेडका पूर्व अध्यक्ष शरद यादवको निधन भएको छ। बिहीवार ७५ वर्षको उमेरमा उनको निधन भएको हो। भारतको केन्द्रीय सरकारमा पटकपटक मन्त्रीसमेत बनेका यादवको नेपाली नेताहरुसँग पनि राम्रो सम्बन्ध थियो। उनको निधनमा नेताहरुले श्रद्धाञ्जाली अर्पण गरिरहेका छन्। सन् १९९९ देखि २००४ सम्म अटल बिहारी बाजपाये सरकारमा उनले विभिन्न मन्त्रालयको नेतृत्व गरेका थिए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनमा शोक…
ब्ल्याक लाइभ्स म्याटरका सह-संस्थापक पेट्रिस कलर्सका एक आफन्तको प्रहरीले नियन्त्रणमा लिएपछि मृत्यु भएको छ। कलर्सका भतिजा किनन एन्डर्सनलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि 'बिजुलीको झट्का' दिने 'टेजर गन'को प्रयोग गरेका थिए। प्रहरीले भने उनी भाग्ने प्रसार गरेपछि 'इन्काउन्टर'मा किनन मारिएको दाबी गरेको छ। शिक्षण पेशामा संलग्न रहँदै आएका किननको सान्ता मोनिकास्थित अस्पतालमा मृत्यु भएको हो। लस एन्जलस…
काठमाडौं : बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने शुक्रवार जेलमुक्त हुँदैछन्। विहीवार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले घरौटीमा रिहा गर्न आदेश दिएको थियो। २० लाख रुपैयाँ घरौटी रकम बुझाएपछि मात्र सन्दीप आज छुट्ने छन्। जिल्ला अदालत काठमाडौंको गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी फुलहमसँग पराजित भएको छ। क्राभेन कटेज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली फुलहमले चेल्सीलाई २-१ गोलअन्तरले हराएको हो। खेलको २५ औं मिनेटमा विलियनको गोलमा फुलहमले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको चेल्सीका लागि ४७ औं मिनेटमा कालीदोउ कोउलीबेलीले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। एट्लेटिको मड्रिडबाट बुधवारमात्र लोन डिलमा चेल्सी पुगेका…
काठमाडौंः अदालतले तोकेका शर्त पालना नभए तत्काल थुनामै जानेगरी सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ। जिल्ला अदालतको आदेश बदर गर्दै शर्तसहित उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा लामिछानेलाई रिहाको आदेश दिएको हो। तर, अदालतले तोकेको शर्त नमाने यो आदेश तत्काल रद्द हुनेछ। लामिछानेलाई अदालतले स्थान हद समेत तोकेको छ। विदेश यात्रामा रोक लगाएको छ भने उपत्यकाबाहिर…
पोखराः गण्डकी प्रदेशमा सरकार बनाउन नेकपा (एमाले) का खगराज अधिकारीलाई समर्थन गरेर दिपक मनाङे प्रतिपक्षमा रहने बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले सरकार बनाउन आवश्यक बहुमत पुग्ने भएकाले आफू प्रतिपक्षमा बस्ने बताएका हुन्। सोमबार प्रदेश प्रमुख समक्ष खगराजले मुख्यमन्त्रीको दाबी पेश गर्दा मनाङेले पनि समर्थन गरेका थिए। एमालेका २२, माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टीको २ र स्वतन्त्र सांसद…
बुटवलः लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने भएको छ। नवनियुक्त मुख्यमन्त्री लिला गिरीले पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले लुम्बिनी प्रदेशका प्राथमिकता निर्धारण र कार्यान्वयन तथा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ को दीर्घकालीन सोच र लक्ष्य प्राप्तिलाई मुख्य केन्द्रविन्दुमा राखेर प्रदेश र जनताको बृहत्तर हितमा सरकारको सम्पूर्ण ध्यान केन्द्रित गर्ने सरकारले निर्णय गरेको छ। …
काठमाडौंः नेपाल प्रहरीका २४ जना एसएसपीको काज सरुवा भएको छ। सरुवामा काठमाडौं र ललितपुरका प्रहरी प्रमुख पनि फेरिएका छन्। सरुवा सूची अनुसार काठमाडौंमा एसएसपी दानबहादुर कार्की आएका छन्। त्यस्तै उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी पनि फेरिएका छन्। कार्यालयमा मनोजकुमार केसी को सरुवा भएको छ। ललितपुरमा शिद्धविक्रम शाह आएका छन्।
काठमाडौंः उच्च अदालत पाटनले राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा धरौटीमा रिहाको आदेश गरेको छ। जिल्ला अदालतको थुनछेक आदेश बदर गर्दै उच्चले धरौटीमा रिहा गर्न आदेश गरेको हो। काठमाडौं जिल्ला अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो। न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले शर्तसहितको धरौटी आदेश गरेको हो। सन्दीपसँग २० लाख रुपैयाँ धरौटी मागेको…
काठमाडौं : घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई तीन वर्ष तीन महिना कैदको फैसला सुनाएको छ। बिहीवार विशेष अदालतले पाठकलाई सार्वजनिक पद आचरण विपरित कार्य गरेको भन्दै ३९ लाख जरीवानासमेत तोकेको छ। यसैगरी घुस खुवाउने कार्य गरेको कसुरमा नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरका तत्कालीन अध्यक्षका लम्बोदर न्यौपानेलाई पनि विशेष अदालतले तीन वर्ष कैद र ३९ लाख…
धनगढी : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलसहित ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख देवराज जोशीबाट रावलसहित नेकपा माओवादी केन्द्रका खगराज भट्ट र नेकपा एमालेकी सन्तोष कुमारी शर्मा थापाले शपथ ग्रहण गरेका हुन्। शपथसँगै मुख्यमन्त्री रावलले पदभार ग्रहणसमेत गरेका छन्। दुई मन्त्री भने विना विभागीय नियुक्त गरिएको छ।
काठमाडौं : विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको ७१ औँ संस्करण आज बिहीवारबाट सुरु भएको छ। अमेरिकाको न्यु ओर्लिन्समा सुरु भएको कार्यक्रममा विश्वभरिका सुन्दरीहरुले नेशनल कस्ट्युम प्रस्तुत गरेका छन्। ‘मिस युनिभर्स नेपाल’ सोफिया भुजेलले पनि नेपाललाई प्रतिनिधित्व गर्दैँ नेशनल कस्ट्युम प्रस्तुत गरेकी छिन्। जहाँ सोफियालाई देवीको अवतारमा देख्न सकिन्छ। साथै, उनको हातमा त्रिशुल पनि हुन्छ। प्रेरणा शाहको कन्सेप्टमा तयार पारिएको नेशनल कस्ट्युममा…
काठमाडौं : बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदन माथिको सुनुवाइ सकिएको छ। न्यायधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा आज दिनभर वकिलहरुले बहस गरेका छन्। सुनुवाइ सकिएपछि आज नै आदेश आउने सम्भावना देखिएको छ। थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने एउटा आदेश आउने छ। गत कार्तिक १८ गते काठमाडौं जिल्ला…
काठमाडौंः टिकटकमा अनलाइन जुवा खेलाउनेहरूलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा दाङ राप्ती गाउँपालिका घर भएका २१ वर्षीय ऋषि प्रकाश योगी, भक्तपुर सुर्यविनायक नगरपालिकाका २७ वर्षीय कपिल गिरी, २१ वर्षीय प्रेम कठायत, कैलाली गौरीगंगा नगरपालिका घर भएका २० वर्षीय डिल्लीराज अवस्था रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानबाट पक्राउ गरेको…
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न ओली बालुवाटार पुगेका हुन्। बुधवार प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका थिए। आजै मन्त्रिपरिषद विस्तारबारे सत्ता गठबन्धनको बैठक बस्ने कार्यतालिकासमेत थियो। यद्यपि गठबन्धनको बैठक नबस्ने प्रधानमन्त्रीको सचिवालयले जनायो।
काठमाडौं : आम जनता पार्टी (आजपा) र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीबीच एकता गर्ने सहमति भएको छ। प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबिच एकता हुने निर्णय भएको आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए। नयाँ पार्टीको नाम भने आम जनता पार्टी नै रहने भएको छ। अग्रगामी शक्तिहरुको ध्रुवीकरणको…