बुटवल : पाल्पामा श्रीमानलाई धारिलो चक्कु प्रहार गरेको आरोपमा श्रीमती पक्राउ परेकी छिन्। तानसेन नगरपालिका-७ का ३० वर्षीय शेरजंग थापालाई चक्कु प्रहार गरी हत्या प्रयास गरेको अभियोगमा श्रीमती प्रियंका थापालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। प्रियंकाले गत मंसिर १७ गते शेरजंगको पेटमा धारिलो चक्कु प्रहार गरेकी थिइन्। श्रीमान् श्रीमतीबिच पटक-पटक विवाद…
हेटौंडा : वाग्मती प्रदेशकी निवर्तमान सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सरकारी गाडी फिर्ता गरेकी छन्। पदमुक्त भएपछि पनि नम्बर प्लेट मोडिफाइ गरी प्रयोगमा ल्याएको गाडी बुधवार साँझ फिर्ता गरेकी हुन्। वाग्मती प्रदेश ३००१ झ ००७७ मन्त्री हुँदा रातो र निलो ब्याकग्राउन्ड भएको नम्बर प्लेटलाई उनले सेतो बनाएर सार्वजनिक बिदामा समेत प्रयोगमा ल्याएकी थिइन्। बुधवार पृथ्वी जयन्तीका क्रममा मोक्तान घरदेखि हेटौंडास्थित पार्टी अफिसमा…
काठमाडौं : भोलिदेखि प्रदर्शन हुने फिल्म ‘तिम्रो मेरो साथ’को चितवनमा प्रिमियर भएको छ। सीजी मलस्थित चितवन सिनेप्लेक्समा भएको प्रिमियरमा फिल्मलाई सकरात्मक प्रतिक्रिया मिलेको छ। दर्शकको बाक्लो उपस्थिति रहेको प्रिमियरमा फिल्मका मुख्य कलाकार साम्राज्ञी राज्य लक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीको उपस्थिति रहेको थियो। जहाँ पुष्प र साम्राज्ञीको स्टाइलिस पहिरनले माहोल बनाएको थियो। फिल्मका निर्देशक तथा निर्माता रमेश एमके पौडेल…
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनसमक्ष प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकता (देउखुरी) मा मुख्यमन्त्री गिरीले शपथ ग्रहण गरेका हुन्। दिउँसो १ बजे शपथ ग्रहणको समय तोकिएको भएपनि मन्त्रिपरिषद्मा सहभागी हुने मन्त्रीहरूको टुंगो नलाग्दा मुख्यमन्त्री गिरीको शपथ ग्रहण ढिला गरी भएको हो। यस्तै, मुख्यमन्त्री गिरीले सानो मन्त्रिपरिषद् पनि गठन गरेका…
काठमाडौं : प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा भएको छ। गृह मन्त्रालयको शुक्रबारको निर्णय अनुसार उनीहरूको सरुवा गरिएको हो। आज सूचना जारी गर्दै अर्को आदेश नभएसम्म काज सरुवा गरेको जानकारी दिएको छ। प्रदेश प्रहरी प्रमुखदेखि विभिन्न विभाग तथा ब्युरोमा रहेका डिआइजीहरूको सरुवा भएको छ। प्रदेश नम्बर एक प्रहरी कार्यालयमा डिआइजी श्याम ज्ञवालीको सरुवा भएको छ। यसअघि डिआइजी सुदीप गिरीले त्यहाँको…
काठमाडौं : वाग्मती प्रदेशको सभामुखको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य भुवन पाठकले उम्मेदवारी दर्ता गराएका छन्। राप्रपाका केन्द्रीय महामन्त्रीसमेत रहेका पाठकले एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया तथा माओवादीका सांसद युवराज दुलालको समर्थनमा उम्मेदवरी दर्ता गराएका हुन्। सात दलीय सत्ता गठवन्धनको भागबन्डामा वाग्मती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । पाठकलाई एमालेको…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्जले आज शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हित तथा साझा चासोका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसअवसरमा जर्मन राजदूतले नेपालको प्रधानमन्त्री नियुक्त भएकामा प्रधानमन्त्री दाहाललाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका छन्।
काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जको अमलटारी र सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृत अवस्थामा भेटिएका छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार दिउँसो निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत चम्पा सालघारी क्षेत्रको नारायणी नदीको बगरमा भाले पाटेबाघ मृत फेला परेको छ। अन्दाजी १५ वर्षको बाघ प्राकृतिक कारणले मरेको उनले जानकारी दिए। यस आर्थिक वर्षमा बाघ मरेको यो पहिलो हो। यस्तै बुधबार नै…
काठमाडौं : वाग्मती प्रदेशको सभामुख पदमा नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गराएका छन्। उनको प्रस्तावकमा कांग्रेसका कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन्। यस्तै, नेपाल मजदुर किसान पार्टीकी सिर्जना सायजुले पनि सभामुख पदका लागि मनोनयन दर्ता गराएकी छिन्। उनको प्रस्तावकमा सुरेन्द्रराज गोसाइ र समर्थक गिता काफ्ले रहेका छन्। सत्तारुढ गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन पाठकले मनोनयन दर्ता गराउने…
काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन्। आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जानकारी दिए। 'सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु', उनले भने, 'कानुनको पालना गर्न र गल्ती काम…
काठमाडौंः प्रहरीले स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट स्रोत नखुलेको ७ लाख ९ हजार रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको हो। विराटनगर महानगरपालिका-१८ बस्ने ३६ वर्षीय रवि प्रकाश साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यतालय मोरङबाट खटिएको प्रहरीले रविलाई उक्त नगद र विभिन्न बैंकका चेक तथा एटिएम कार्डसहित फेला…
काठमाडौं : बलिउड अभिनेत्री मलाइका अरोरा नेपाल आइपुगेकी छिन्। काठमाडौंमा आज हुने ‘ज्वेलरी फेसन रनवे एण्ड एक्स्पो २०२३’ मा सहभागी हुन अरोरा काठमाडौं आइपुगेकी हुन्। यसअघि पनि नेपाल आइसकेकी मलाइकाले फेसन शोको हिस्सा हुन पाउँदा खुसी लागेको बताएकी छिन्। उनले नेपालबारे थप बुझ्ने इच्छा रहेको समेत बताएकी छिन्। ‘बसाई छोटो भएता पनि नेपालबारे बुझ्न धेरै मन छ। म यसै इभेन्टमा हुनेछु। नेपाल बसाईमा…
काठमाडौं : प्रदेश नम्बर १ को प्रदेश सभाको सभामुख पदमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन्। नेपाली कांग्रेसले सभामुख पदमा दाबी नगरेपछि सत्ता गठबन्धनका उम्मेदवार गौतमलाई निर्विरोध निर्वाचित घोषित गरिएको हो। गौतम नेकपा माओवादी केन्द्रका सांसद हुन्। उनी ओखलढुंगा १ (ख) बाट निर्वाचित भएका थिए। प्रदेश १ मा नेकपा एमालेका हिक्मत कुमार कार्की मुख्यमन्त्री बनेका छन्। तर, नेकपा माओवादीले भने…
काठमाडौं : बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेशी आज चढेको छ। पटक पटक पेशी चढे पनि सुनवाई भने हुन सकेको छैन। कहिले हेर्न नभ्याउने त कहिले निवेदकका वकिलका तर्फबाट पेशी स्थगित हुँदै भएको छ। न्यायधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा आज पेशी चढेको हो। अहिले मुद्दाको सुनुवाई भइरहेको छ। आज नै बहस सकिएको…
काठमाडौं : टेकुस्थित कौसी थिएटरमा आजदेखि नाटक ‘साथी, साथी आइदेउन !’ मञ्चन हुने भएको छ। आजदेखि सुरु हुने नाटक माघ १५ गतेसम्म चल्नेछ। मानसिक स्वास्थ्यमाथि बनेको नाटकमा रंगकर्मी आशान्त शर्माको लेखन तथा निर्देशन रहेको छ। एक युवतीको मानसिक मनोदशाको पाटोलाई नाटकमा समेटिएको छ। वर्तमान समयमा बढ्दो मानसिक समस्यालाई ख्यालमा राखेर यो नाटक प्रस्तुत गर्न लागेको आशान्त शर्मा बताउँछन्। एक युवतीको मानसिक अवस्थालाई…
काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवन क्षेत्रमा रहेको जङ्गली हात्ती 'गोविन्दे'लाई मात नियन्त्रण गर्ने औषधिको प्रयोग गरेको छ। मङ्सिरमा उक्त हात्तीले मेघौली क्षेत्रमा एक वृद्धाको ज्यान लिएपछि निकुञ्जले सो हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही पुस ३ गतेदेखि सोही क्षेत्रमा क्यामेरा ट्यापिङ्मा रहेको निकुञ्जको प्राविधिक टोलीले हात्तीलाई मात नियन्त्रण गर्ने…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्रीमा नियुक्त भएकामा जमकट्टेललाई बधाई तथा शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नवनियुक्त मुख्यमन्त्री जमकट्टेल नेकपा (माओवादी केन्द्र)का नेता हुन्। नेकपा (एमाले)लगायत सत्ता साझेदार दलको सहयोगमा उनी सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। आजको भेटमा वाग्मती…
अफगानिस्तानको विदेश मन्त्रालय बाहिर आत्मघाती बम विस्फोट गराइएको छ। राजधानी काबुलमा रहेको मन्त्रालय बाहिर भएको विस्फोटमा हालसम्म ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। तर एक तालिबानी अधिकारीले भने २० जनाको मृत्यु भएको बताएका छन्। विस्फोटमा ४० जना घाइते भएका छन्। आत्मघाती विस्फोट गराउन आएको व्यक्तिले मन्त्रालय भित्रै पसेर विस्फोट गराउन योजना बनाएको खुलेको छ। तर, मन्त्रालयमा प्रवेश गर्न नसकेपछि…
काठमाडौं : हिमाल आरोहणका लागि 'विन्टर सिजन'मा पनि पर्यटकको माग देखिएको छ। पुसमा १५ जनाले विभिन्न पाँचवटा हिमाल आरोहण गरेका छन्। यससँगै सिजन र अफ-सिजन अवधारणाबिच मै भिन्नता आएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले बताए। ‘हिमाल आरोहणका लागि प्राय जसो सिजनमा मात्र उपयुक्त हुने मानिँदै आइएको थियो। तर विन्टर सिजनमा पनि विभिन्न हिमालमा सफल आरोहण हुन सक्नु भनेको मुलुककै लागि सकारात्मक पक्ष…
बुटवल : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दैछन्। बुधवार मुख्यमन्त्रीमा नियक्त भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउँदै छन्। लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)मा दिउँसो १ बजे सपथग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ। नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता गिरी बुधवार नेपालको संविधानको धारा १६८ (२)…