काठमाडौं : देशका सातै प्रदेशले हाल मुख्यमन्त्री पाइसकेका छन्। प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि केन्द्रसँगै प्रदेशमा नयाँ सरकारको गठनको प्रक्रियाले अघि बढेको हो। सबै प्रदेशमा कुनै पनि दलले एकल बहुमत ल्याउन सकेनन्। त्यसकारण पनि केन्द्र सरकारकै सत्ता गठबन्धन नै प्रदेशमा पनि कायम भएको छ। प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशमा सोमवार नै मुख्य मन्त्री चयन भएका थिए भने अन्य प्रदेशमा…
फिफा विश्वकप २०२२ जितेपछि पहिलो पटक पेरिस सेन्ट जर्मेन (पीएसजी) अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीले गोल गरेका छन्। फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पीएसजीले एन्जर्सलाई २-० गोलअन्तरले हराउँदा मेस्सीले एक गोल गरेका हुन्। घरेलु मैदान पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा पीएसजीले ह्युगो एकिटेकको गोलमा पाँचौँ मिनेटमै अग्रता बनाएको थियो। त्यस्तै ७२ औं मिनेटमा मेस्सीले गोल थप्दै पीएसजीलाई २-० गोलको…
कैलाली : सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन्। प्रदेश प्रमुख देवराज जोशीले उनलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नागरिक उन्मुक्तिले अन्तिम समयमा एमाले नेतृत्वको गठबन्धनलाई समर्थन गरे पछि उनले आज मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।माओवादी केन्द्रका खगराज भट्टको प्रस्ताव तथा नागरिक उन्मुक्तिका रामेश्वर चौधरीको समर्थनमा रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।उनलाई एमालेका १०, माओवादीका ११ र नागरिक उन्मुक्तिका…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन्। प्रधानमन्त्रीमा विश्वासको मत प्राप्त भएपछि प्रचण्ड पहिलोपटक ओली निवास पुगेका हुन्। मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न प्रचण्ड ओली निवास बालकोट पुगेको बताइएको छ। एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई अब मन्त्री भागबण्ड चुनौतिपूर्ण देखिन्छ। सबैभन्दा ठुलो दल एमाले ७८ सिटसहित सरकारमा छ। उसले मन्त्रिमण्डलमा १० जना…
हेटौंडा : सशस्त्र प्रहरीको एपिएफ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा मच्छिन्द्रको आत्मघाती गोलले एपिएफलाई क्वाटरफाइनल पुर्याएको हो। खेलको पहिलो हाफको १३ औं मिनेटमा एपिएफका मनि लामाको फ्री किक शुट गर्दा मच्छिन्द्रका जर्सी नम्बर १४ का डि मारियाबाट आत्मघाती गोल भएको थियो। यही गोलले एपिएफ क्लबले १-० गोलअन्तरले जित हासिल गर्यो। आजको खेलमा…
काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो कुइरीलेलाई प्रक्राउ गर्न निर्देशन दिएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको भन्दै लामिछानेलाई पत्रकारले प्रश्न गरेका थिए। 'मैले देखिनँ। पछि थाहपछि मैले फोन गरेर निर्देशन दिएको छु,' लामिछानेले भने। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चियापानमा सहभागी भएका लामिछानेले विश्वासको मतदानका क्रममा…
कैलाली : नागरिक उन्मुक्ति पार्टीले अन्तिम समयमा समर्थन जनाए सँगै सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावलले दाबी पेश गरेका छन्। नागरिक उन्मुक्तिले अन्तिम समयमा एमाले नेतृत्वको गठबन्धनलाई समर्थन जनाएको हो। माओवादी केन्द्रका खगराज भट्टको प्रस्ताव तथा नागरिक उन्मुक्तिका रामेश्वर चौधरीको समर्थनमा रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। उनलाई भोलि शपथ गराइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। उनलाई एमालेका १०, माओवादीका…
कैलाली : नागरिक उन्मुक्ति पार्टीले अन्तिम समयमा समर्थन जनाए सँगै सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावलले दाबी पेश गरेका छन्। नागरिक उन्मुक्तिले अन्तिम समयमा एमाले नेतृत्वको गठबन्धनलाई समर्थन जनाएको हो। माओवादी केन्द्रका खगराज भट्टको प्रस्ताव तथा नागरिक उन्मुक्तिका रामेश्वर चौधरीको समर्थनमा रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। उनलाई भोलि शपथ गराइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। उनलाई एमालेका १०, माओवादीका…
काठमाडौं : 'स्पट फिक्सिङ' भएको सुचना आएपछि प्रहरीले नेपाल टी २० लिगका खेलहरुको अनुसन्धान गरिरहेको छ। लिगका खेल आज समापन भएको छ। तर, प्रहरीको अनुसन्धान अझै जारी रहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा खेलमा 'स्पट फिक्सिङ' भएको खुलेको छ। जसमा नेपाली खेलाडी देखि विदेशी खेलाडीको संलग्नता देखिएको छ। यो लिगमा ६ टिममा ९० खेलाडी सहभागी थिए। बेटिङ र फिक्सिङमा संलग्नहरुले एक खेलाडीलाई १ लाख…
काठमाडौं : उपप्रधान तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको सरकार एतिहासिक मत प्राप्त सरकार भएको बताएका छन्। राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा पुगेर फर्किँदा मन्त्री श्रेष्ठले उक्त भनाई राखेका हुन्। उपप्रधामन्त्री श्रेष्ठलाई सञ्चारकर्मीले कांग्रेसले भोट दिएपछि एमाले तर्सेको हो? भनी प्रश्नसमेत राखेका थिए। जवाफमा उनले भने, ‘नेपाली कांग्रेस न प्रतिपक्ष नहुने हो, न एमाले तर्सिने हो।‘ नियमावलीले दिएन…
काठमाडौं : राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा कमल थापा पनि पुगेका छन्। राप्रपा त्यागेर आफ्नै अध्यक्षतामा राप्रपा नेपाल गठन गरेका थापाले त्यहाँ पुगेर राजेन्द्र लिङ्देनसँग अँगालोसमेत हाले। महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी त्यागेका थिए। उनै थापा आज आफ्नो पुरानो पार्टीको कार्यक्रममा पुगेका हुन्। कार्यक्रममा थापाले राप्रपा आफ्नो पनि पार्टी भएको बताए। ‘राप्रपा…
काठमाडौं : अनमोल केसी अभिनित फिल्म ‘छड्के २’ को एक गीतमा चर्चित र्यापर भिटेनले स्वर दिएका छन्। बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको फिल्मको गीतमा भिटेनले स्वर भरेका हुन्। उक्त गीतमा भिटेनकै शब्द र संगीत रहेको छ। कथा सुहाउँदो भएकै कारण आफुहरुले भिटेनको गीत फिल्ममा समावेश गरेको निर्माता प्रशान्त गिरीले बताए। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण यस फिल्ममा अनमोलका…
गोरखा : प्रधानमन्त्री पुष्पकमल दाहालले सिंगो सदनको विश्वास पाएर प्रधानमन्त्री बन्न सफल भएकोमा खुसी व्यक्त गरेका छन्। नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेको गोरखा महोत्सव पुगेर प्रधानमन्त्री प्रचण्डले गोर्खाली जनताकोसमेत सम्मान भएको बताए। उनले संसदमा प्राप्त विश्वासले नेपाल राष्ट्रको नेपाली जनताको र गोर्खाली जनताको समेत सम्मान भएको उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न नीजि क्षेत्रको योगदान…
काठमाडौँ: लुम्बिनी अल स्टार्स नेपाल टी २० लिगको च्याम्पियन बनेको छ। आज सम्पन्न फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनी प्रतियोगिताको पहिलो च्याम्पियन बनेको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा अल स्टार्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर सुरुवाती ब्याटिङ रोजेका थिए। सुरुवाती ब्याटिङमा उत्रिएको अलस्टार्सले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनाएको थियो। अलस्टार्सका लागि ओपनर लाहिरु मिलन्थाले…
काठमाडौं : 'स्पट फिक्सिङ'को आरोप खेपिरहेको नेपाल टी २० लिगका खेलहरुको फुटेज प्रहरीले मागेको छ। कीर्तिपुरस्थित क्रिकेटम मैदानमा आज फाइनल खेल भइरहेको छ। उपाधिका लागि लुम्बिनी अल-स्टार्स र विराटनगर सुपरकिंग्स भिडिरहेका छन्। कीर्तिपुरमा फाइनल खेल भइरहँदा 'स्पट फिक्सिङ'मा अनुसन्धान गरिरहेको प्रहरीले आफ्नो अनुसन्धान पनि अन्तिम चरणमा रहेको दाबी गरेको छ। त्यसै क्रममा आज प्रहरीले नेपाल क्रिकेट संघ क्यानलाई पत्रचार गर्दै…
कैलाली : सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि भोलि निर्वाचन हुँदैछ। सभामुख पदका लागि दुई जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। नेकपा माओवादी केन्द्रका तर्फबाट भीम भण्डारी र नेपाली कांग्रेसका तर्फबाट सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मान बहादुर रावलले उम्मेदवारी दर्ता गराएका हुन्। आज साढे दुई बजेसम्म सभामुखका लागि मनोनयन दर्ताको समय तोकिएको थियो। रावलले कांग्रेसका पृथ्वी बहादुर सिंहको प्रस्ताव र…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले एकता दिवासलाई औपचारिकतामा मात्रै सीमित गर्न नहुने बताएका छन्। ३०१ औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान समारोहमा उनले यस्तो भनेका हुन्। भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनले सबैजना मिलेर एक भएर अघि बढ्नुपर्ने बताए। 'एकता दिवसको फर्मालिट पुरा गरेर मात्रै हुँदैन। एक भएर काम गर्नुपर्छ,' उनले…
काठमाडौं : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिने भएका छन्। उनले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलव्ध गराउन अनुरोध गरेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ ग्रहण गरि पदभार सम्हालेका थिए। उनलाई नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र)का १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जन र जनता…
बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दाबी पेस गरेका छन्। सत्तारूढ गठबन्धन दलहरूबिच लुम्बिनी प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री एमालेलाई दिने सहमतिअनुसार एमाले संसदीय दलका नेता गिरीले ५८ सांसदको समर्थनसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन्। कूल ८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ। नेता गिरीलाई नेकपा एमालेका…
काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज जारी फाइनल खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्सलाई १ सय ३४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा अल स्टार्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर सुरुवाती ब्याटिङ रोजेका थिए। सुरुवाती ब्याटिङमा उत्रिएको अलस्टार्सले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनाएको थियो। अलस्टार्सका लागि ओपनर लाहिरु मिलन्थाले सर्वाधिक ४१ रन बनाउँदा…