PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • संसदमा प्रतिपक्षी खोज्दै चित्रबहादुर केसी : नेपालमा आज विचित्र भयो, यो डरलाग्दो दृश्य हो

    संसदमा प्रतिपक्षी खोज्दै चित्रबहादुर केसी : नेपालमा आज विचित्र भयो, यो डरलाग्दो दृश्य हो

    काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा प्रतिपक्षी खोजेका छन्। मंगलवारको संसदलाई सम्बोधन गर्दै केसीले प्रचण्डको समर्थनमा सबै दल उभिएकोमा अचम्मसमेत माने। ‘कामको फेहरिस्त हामीलाई सुनाउनुभयो। यो कुनै नौलो कुरा होइन। बहुदलीय व्यवस्था आएपछि यस्तो फेहरिस्त धेरै सुनियो,’ केसीले भने, ‘अचम्मको कुरा संसदमा त प्रतिपक्षी हुन्थ्यो। नेपालमा विचित्र भयो भएभरका दलको समर्थनमा सरकार बन्ने भयो। सरकारमा भएकालाई हाइसञ्चो हुने भयो।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई आफ्नो वचन सम्झाउँदै रञ्जिताले भनिन् : प्रचण्डज्यू तपाईंबाट यसपटक पक्कै न्याय हुनेछ

    प्रधानमन्त्रीलाई आफ्नो वचन सम्झाउँदै रञ्जिताले भनिन् : प्रचण्डज्यू तपाईंबाट यसपटक पक्कै न्याय हुनेछ

    काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो वचन पूरा गर्नेमा आफू विश्वस्त रहेको बताएकी छिन्। सो पार्टीले पार्टीका सल्लाहकार रेशम चौधरी र अन्य थारु राजबन्दीको रिहाई माग गर्दै आएको छ। प्रचण्ड सरकारलाई समर्थन गरे पनि माग पूरा नभएसम्म आफूहरु सरकारमा सहभागी नहुने र प्रतिपक्षमा बस्ने श्रेष्ठले बताएकी छिन्। आज प्रचण्डलाई विश्वासको मत दिने…

    विस्तृतमा पढ्नुस्

  • संसदमा रेशमलाई न्याय मागिँदै गर्दा टिकटकमा भाइरल भइरहेको छ उनकै यी गीत

    संसदमा रेशमलाई न्याय मागिँदै गर्दा टिकटकमा भाइरल भइरहेको छ उनकै यी गीत

    कस्तो होला भाटु राजाको दरबार कस्तो होला साली राजाको दरबार घुमाइदिनु भाटु नौतले धरहरा घुमाइदिउँला साली नौतले धरहरा @karishmadhakal Ghumae dinu hai🙈🙈 #karishmadhakal #trend #fyp ♬ ghumaidinu vàtu NAU tale dharara - महा ___रानि👸👑🌈 माथिको गीत अहिले टिकटकमा भाइरल भइरहेको छ। हाल जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रेशम चौधरीले २१ वर्षअघि गाएको ‘राजाको दरबार कस्तो होला भाटु’ बोलको गीतको अंश हो।…

    विस्तृतमा पढ्नुस्

  • संसदमा ओलीमाथि माधव नेपालको कटाक्ष, 'हामीलाई गफाडीका राजा पनि भन्न सकिन्छ '

    संसदमा ओलीमाथि माधव नेपालको कटाक्ष, 'हामीलाई गफाडीका राजा पनि भन्न सकिन्छ '

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशले खोजेको व्यक्ति प्रधानमन्त्री भएको बताएका छन्। आज प्रतिनिधिसभामा पार्टीको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताउँदै उनले यस्तो बताएका हुन्। 'आशा अपेक्षा गरेको व्यक्ति पदमा आएपछि आत्तिनु पर्दैन,' उनले भने। प्रचण्डलाई आफूहरुको समर्थन रहने बताए पनि उनले समस्याको चाङ भएको सुनाए। त्यसको समाधानमा सरकार लाग्नुपर्ने उनको मत थियो।…

    विस्तृतमा पढ्नुस्

  • अब गठबन्धनको संस्कारमा अभ्यस्त हुँदै जानुको विकल्प छैन : देउवा

    अब गठबन्धनको संस्कारमा अभ्यस्त हुँदै जानुको विकल्प छैन : देउवा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा भएको निर्वाचन प्रणालीका कारण गठबन्धन संस्कारमा अभ्यस्त हुनुको विकल्प नभएको बताएका छन्। प्रधानमन्त्रीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत हाल्ने जानकारी गराउँदै देउवाले उक्त भनाई राखेका हुन्। ‘​हामीले पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने गरि मिश्रित निर्वाचन प्रणाली अपनाएका छौं। मिश्रित निर्वाचन प्रणालीले देशको सबै भूगोलको बसोवासका…

    विस्तृतमा पढ्नुस्

  • 'कांग्रेसले प्रजातन्त्रको नयाँ भाष्य स्थापित गर्‍यो, थ्याङ्क यु भेरि मच'

    'कांग्रेसले प्रजातन्त्रको नयाँ भाष्य स्थापित गर्‍यो, थ्याङ्क यु भेरि मच'

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रसले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भनेर गरेको निर्णयको स्वागत गरेका छन्। आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्। त्यसैक्रममा ओलीले सबैलाई प्रचण्डलाई विश्वासको मत दिन आग्रह गरे र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रचण्डलाई समर्थन गर्ने गरेको निर्णयको स्वागत गरेका हुन्। उनले कांग्रेसले पक्षमा मत दिए प्रतिपक्षमा…

    विस्तृतमा पढ्नुस्

  • सभामुखको मनोनयन भोलि दिउँसो १ देखि ४ बजेसम्म, एमालेबाट को बन्ला उम्मेदवार?

    सभामुखको मनोनयन भोलि दिउँसो १ देखि ४ बजेसम्म, एमालेबाट को बन्ला उम्मेदवार?

    काठमाडौं : संघीय संसद् सचिवालयले सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।  माघ ५ गते हुने निर्वाचनको लागि मंगलवार कार्यतालिका सार्वजनिक भएको हो। कार्यतालिका अनुसार बुधवार दिउँसो १ देखि ४ बजेसम्म मनोनयनका लागि समय छुट्टाइएको छ। प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख चयन गरिसक्नुपर्ने संविधानमा व्यवस्था भए अनुसार सभामुखको निर्वाचन हुन लागेको हो। सत्ता गठबन्धनमा सभामुख एमालेको भागमा परेको…

    विस्तृतमा पढ्नुस्

  • देउवामाथि आक्रोशित ओली : गुरु मान्दा झन् हमला? कांग्रेसको समर्थन माछा नभएको खोलामा फालेको ‘ढोक्सा’ जस्तो नहोस्

    देउवामाथि आक्रोशित ओली : गुरु मान्दा झन् हमला? कांग्रेसको समर्थन माछा नभएको खोलामा फालेको ‘ढोक्सा’ जस्तो नहोस्

    काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई कांग्रेसले दिएको समर्थनमा शंका जनाएका छन्। आफ्नो पार्टी एमालेले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई विश्वासको मत दिने उल्लेख गर्दै समर्थनमा शंका जनाएका हुन्। ओलीले कांग्रेसले गरेको समर्थन माछा नभएको खोलामा फालेको ‘ढोक्सा’ जस्तै नहुनहुनेसमेत बताए। ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई संसद विघटनमा गुरु मानेकोसमेत बताए।  यसअघि पटकपटक संसद् विघटन गर्ने इतिहास देउवाको…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई ओलीको जवाफ : २०५८ सालमा विघटन मैले गरेको हो? माघ १९ पुर्‍याउने तपाईं हो

    देउवालाई ओलीको जवाफ : २०५८ सालमा विघटन मैले गरेको हो? माघ १९ पुर्‍याउने तपाईं हो

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधसभा विघटनको सिलसिला आफूले सुरु नगरेको बताएका छन्। हिजोको प्रतिनिधिसभा बैठकमा उनले आफूले गरेको विघटन सही भएको बताएका थिए। आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विघटनको बचाउ गरेको भन्दै आलोचना गरेका थिए। आज देउवालाई जवाफ दिँदै ओलीले शेरबहादुरले २०५८ सालमा प्रतिनिधिसभा विघटन गरेको स्मरण गराए। भने, ' १५ सालमा राजाले विघटन…

    विस्तृतमा पढ्नुस्

  • सर्‍यो कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक, माघ १५ गतेका लागि बोलाइयो

    सर्‍यो कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक, माघ १५ गतेका लागि बोलाइयो

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक माघ १५ गते बस्ने भएको छ। यसअघि पुस २८ गतेका लागि सो बैठक तय भएको थियो। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेले विज्ञप्ती जारी गर्दै पुस २८ गतेका लागि तय भएको बैठक माघ १५ गते अपरान्ह १ बजे बस्ने गरि कार्यतालिका हेरफेर गरिएको जनाएका हुन्।  

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने जानकारी गराउँदछु : देउवा

    प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने जानकारी गराउँदछु : देउवा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस सरकारमा सहभागी नहुने बताएका छन्। प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका सहभागी नहुने बताएका हुन्। प्रभावकारी विपक्षीको अभावमा सरकार निरंकुश हुने सम्भावना रहने भएकोले सरकारमा सहभागी नहुने देउवाले स्पष्ट पारेका छन्। ‘प्रभावकारी विपक्षीको अभावमा सरकार निरंकुश हुने सम्भावना रहन्छ। सरकारमाथिको निगरानी कमजोर हुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा प्रदीप पौडेलको पनि असहमति

    प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा प्रदीप पौडेलको पनि असहमति

    काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कार्यसम्पादन समितिको निर्णयमा प्रदीप पौडेलले पनि असहमति जनाएका छन्। उनले संसदीय दलको बैठकमा उक्त निर्णयविरुद्ध असहमति जनाएका हुन्। 'मत दिइसकेपछि 'राजनीतिक र नैतिक रुपमा' प्रतिपक्षमा बस्न मिल्दैन। कानुनी जटिलताहरु छन् भनेर मैले असहमति जनाएको हुँ,' पौडेलले भने। कार्यसम्पादन समितिले प्रतिपक्षमा बस्नेगरि विश्वासको मत दिने निर्णय गरेको थियो। त्यही निर्णयबारे संसदीय…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत, 'ठूलो आत्मसमीक्षा र आत्मस्वीकारोक्तिका साथ तेस्रोपटक उभिएको छु'

    प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत, 'ठूलो आत्मसमीक्षा र आत्मस्वीकारोक्तिका साथ तेस्रोपटक उभिएको छु'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा विश्वासको मत मागेका छन्। विश्वासको मत माग्दै उनले सहमतिमा अघि बढ्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन्। 'अपमान होइन सहमतिको राजनीतिलाई अघि बढाउनेछु,' उनले विश्वासको मत माग्दै भने। उनले नेपालको राजनीतिक इतिहास वामपन्थी र लोकतन्त्रिक शक्ति मिलेर बनेको भन्दै यी शक्तिहरुको सहकार्यमा नै गणतन्त्र आएको बताए। उनले अहिले पनि धेरै संकट रहेको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा गगन - विश्वप्रकाशको फरक मत

    प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा गगन - विश्वप्रकाशको फरक मत

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सम्पादन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। यद्यपि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने फरक मत राखेका छन्। यसैगरी बलबहादुर केसी र अर्जुननरसिंह केसीको पनि फरक मत राखेका छन्। चारै जना नेताले प्रतिपक्षको भूमिकामा बस्नुपर्ने अडान बैठकमा लिएका थिए। कांग्रेसले भने विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले विश्वासको मत लिँदै  (लाइभ)

    प्रधानमन्त्रीले विश्वासको मत लिँदै  (लाइभ)

    काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु भएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्।  

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई प्रधानमन्त्रीमा कांग्रेसको समर्थन, एमाले र रास्वपा ‘ब्याक’ हुने डर

    प्रचण्डलाई प्रधानमन्त्रीमा कांग्रेसको समर्थन, एमाले र रास्वपा ‘ब्याक’ हुने डर

    काठमाडौं : अन्तत: नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ। आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो। ८९ सांसद भएको कांग्रेस यसअघि प्रतिपक्षमा बस्ने अनुमान धेरैले गरेका थिए। पाँच दलीय गठबन्धनबाट निस्केर एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई अब एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले के…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको संसदीय दलको बैठक, प्रचण्डलाई विश्वासको मत दिने निर्णय

    कांग्रेसको संसदीय दलको बैठक, प्रचण्डलाई विश्वासको मत दिने निर्णय

    काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक सकिएको छ। सो बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। आजै संघीय संसद भवनमा बसेको बैठकले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो। ‍

    विस्तृतमा पढ्नुस्

  • '२ नम्बरी' हिट भएसँगै निर्देशक लामाको हातमा फिल्मको लर्को !

    '२ नम्बरी' हिट भएसँगै निर्देशक लामाको हातमा फिल्मको लर्को !

    काठमाडौं : फिल्म ‘२ नम्बरी’ हिट भएसँगै निर्देशक दिपेन्द्र लामा यतिखेर निकै व्यस्त छन्। केही दिनअघि दीपेन्द्रकै लेखन र निर्देशनमा ‘नांगो गाउँ’ बन्ने घोषणा भएको थियो। सो फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा देखिँदैछन्। ‘नांगो गाउँ’ घोषणा लगतै दिपेन्द्रले अर्को नयाँ फिल्ममा काम गर्ने पक्का भएको छ। नयाँ फिल्मका लागि निर्माता हरि मल्ल ठकुरी र निर्देशक लामाबिच मंगलवार लिखित सम्झौता…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने, संसदमा प्रतिपक्षमा बस्ने

    प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने, संसदमा प्रतिपक्षमा बस्ने

    काठमाडौं : नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। संघीय संसद भवनमा बसेको बैठकले प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको एक नेताले बताए। कांग्रेसको संस्थापन पक्ष  प्रचण्डलाई विश्वासको मत दिने पक्षमा उभिँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फरक मत राखेका छन्। यस्तै, बलबहादुर केसी र अर्जुननरसिंह केसीले पनि प्रचण्डलाई…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलको पहिलो निर्णय : मन्त्रालयको संख्या निर्धारण गर्न कार्यदल गठन

    वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलको पहिलो निर्णय : मन्त्रालयको संख्या निर्धारण गर्न कार्यदल गठन

    हेटौंडा : वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदभार ग्रहण गरेसँगै मन्त्राालयको संख्या घटाउने निर्णय गरेका छन्। उनले वाग्मती प्रदेशमा मन्त्रालयको संख्या निर्धारण गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन्। १५ दिनभित्र कार्यदलले प्रतिवेदन पेश गर्ने र जसका आधारमा मन्त्रालय संख्या टुंगोमा पुर्‍याउने मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए। पाँच सदस्य कार्यदल वाग्मती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा गठन भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell