काठमाडौं : चितवनको भरतपुरमा एक दम्पती मृत फेला परेका छन्। मंगलवार बिहान भरतपुर महानगरपालिका-२९ लमजुङ्गे टोल भन्ने स्थानमा श्रीमान-श्रीमती दुवै जना मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। २२ वर्षीय प्रेम राना मगर आफ्नै घरको कोठामा मृत फेला परेका हुन्। उनी कोठाको बलोमा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै, उनकी श्रीमती २१ वर्षीय शान्ति भन्ने बुद्धिमाया राना मगर…
विवादले घेरिएको बहुप्रतिक्षित बलिउड फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण कम्पनी यश राज फिल्म्सको युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलर एक्सन र थ्रिलरले भरिपूर्ण छ। ट्रेलरमा शाहरुख खान र जोन अब्राहमबिचको टकराव र एक्सन दृश्यहरु रोचक देखिन्छन्। फिल्ममा शाहरुख खुफिया एजेन्सीको एजेन्टको भूमिकामा देखिनेछन्। साथै, दीपिका पादुकोणको एक्सन अवतार पनि ट्रेलरमा देख्न सकिन्छ। केही समयअघि फिल्मको गीत ‘बेशर्म रंग’ रिलिजसँगै यो फिल्म विवादित बन्न…
काठमाडौं : घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। नेकपा एमाले परित्याग गरेर प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेका भुसाल रुपन्देही-१ बाट पराजित भएका थिए। भुसाल निकट स्रोतका अनुसार अबको एक दुई दिनमै औपचारिक घोषणा गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन्। 'पार्टी नेतृत्वले वाम एकतालाई असफल बनायो विचार, एजेण्डा र कार्यदिशाका आधारमा कसरी एकता गर्न…
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ। संघीय संसद भवनमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नदिने भन्नेबारेमा छलफल हुनेछ। प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले निर्णय गरिसकेको छैन। कार्यसम्पादन समितिको बैठकपछि संसदीय दलको बैठक बस्ने र विश्वासको मत दिने नदिने बारे टुंगो लाग्नेछ। आजै…
काठमाडौं : ललितपुरमा १२ वर्षीय बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको गाईघाट नगरपालिका-७ घर भई हाल ललितपुर महानगरपालिका-२८ हरिसिद्वी बस्ने २८ वर्षीय सुरेन्द्र बहादुर राईलाई सोमवार बिहान प्रहरीले पक्राउ गरेको हो। युवकले ती बालिकालाई गत शुक्रवार आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ…
काठमाडौं : काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला परेका छन्। गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी डेरा गरी बस्ने झापाको दमक नगरपालिका-३ घर भएका ५६ वर्षीय मन कुमार माझी गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण देसेगाउँ नजिक सडकमा सोमबार मृत अवस्थामा फेला परेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं : नेपाली सेनाले केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी त्यसको पूर्वतयारीका लागि चन्द्रागिरिमा केबलकार उद्धार अभ्यास गरेको छ। चन्द्रागिरि हिल्स् लिमिटेडसँग सहकार्य गरी सेनाले चन्द्रागिरिमा सफल केबलकार उद्धार अभ्यास गरेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। विविध कारणले केबलकार रोकिन गई फसेका यात्रुहरूलाई डोरीद्वारा सुरक्षितरूपमा जमिनमा उतार्ने अभ्यासमा नेपाली सेनाका उद्धारकर्ता र चन्द्रागिरि हिल्स् लिमिटेडका उद्धार…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन्। प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले निर्णय गरिसकेको छैन। विश्वासको मत दिने कि नदिने विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। सो बैठकपछि संसदीय दलको बैठक बस्ने र विश्वासको मत दिने नदिने बारे टुंगो लाग्नेछ। आजै पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमाबसेको पदाधिकारी…
काठमाडौं : मंगलवार बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ। मंगलवार बिहान ११ बजेको लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संसद् सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने या नदिने भन्ने निर्णय गर्न दलहरु छलफलमा रहेका छन्। नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकारलाई…
काठमाडौं : नेपाली कांग्रेसले वर्तमान सरकारलाई विश्वासको मत दिने तयारी गरेको छ। सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित अस्थायी निवासमा मंगलवार बसेको पदाधिकारी बैठकले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिनेबारे छलफल गरेको हो। कांग्रेसले राष्ट्रपति र सभामुखको लागि बार्गेनिङ गर्नेसमेत बताइएको छ। बैठकमा सरकारलाई विश्वासको मत दिएपछि प्रतिपक्षमा बस्न मिल्ने/नमिल्नेबारे पनि छलफल चलिरहेको छ। ‘पदाधिकारी बैठक…
काठमाडौं : गृहमन्त्रालयले बुधवार पृथ्वी जयन्तीको अवसरमा सरकारले दिन लागेको सार्वजनिक बिदाको सूचना प्रकाशित गरेको छ। मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। गृहमन्त्रालयले बैठकमा बिदाको लागि प्रस्ताव लगेको थियो। विसं २०६२/६३ को जनआन्दोलन र गणतन्त्र स्थापनापछि सरकारले यो बिदा कटौती गरेको थियो। सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको समर्थन गर्नुअघि पृथ्वी जयन्तीमा सार्वजनिक…
हेटौंडा : वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलवार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्री जम्कट्टेलले शपथग्रहण गरेका हुन्। प्रदेश प्रमुख शर्माको निवासमा मुख्यमन्त्री जम्कट्टेलसँगै अन्य दुई मन्त्रीले शपथग्रहण गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलसँगै पद तथा गोपनीयताको शपथ लिने मन्त्रीहरूमा नेकपा (एमाले)का जगन्नाथ थपलिया र राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्वव थापा छन्। थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालय र थापाले बिना…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकारलाई विश्वासको मत दिने भएको छ। आज बसेको सचिवालय बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो। पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बैठक बसेको थियो। बैठकमा सरकारलाई समर्थन गर्ने वा नगर्ने तथा सरकारमा सहभागितालगायत विषयमा छलफल भएको थियो। केही दिन अगाडि बसेको पार्टीको पोलिटब्यूरो बैठकले सत्तापक्षीय सबै दलको समन्वयमा निर्माण भएको…
काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले जारी छ। सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित अस्थायी निवासमा कांग्रेस पदाधिकारी बैठक भइरहेको हो। जसकारण ९ बजेका लागि तोकिएको संसदीय दलको बैठक अझै सुरु भएको छैन। नयाँ बानेश्वरस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको छ। पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने/नदिनेबारे छलफल चलिरहेको बताइएको छ। प्रधानमन्त्री प्रचण्डले आज संसद्मा विश्वासको मत लिँदै…
बुटवल : लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि मंगलवार दाबी पेश हुने भएको छ। सत्ता गठबन्धनका शीर्ष नेताबिच भएको सहमतिअनुसार लुम्बिनीमा नेकपा (एमाले)ले मुख्यमन्त्री पाउने भएको छ। प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सत्तारूढ गठबन्धनले एमाले संसदीय दलका नेता एवं पूर्व मन्त्री लिला गिरीलाई मुख्यमन्त्रीको लागि बहुमतसहितको दाबी पेश गर्न लागेको हो। मंगलवार अपराह्न ४ बजे मुख्यमन्त्रीको लागि दाबी पेश गरिने एमाले…
कमल खत्री- बेनी : धवलागिरि गाउँपालिका-४ मुदीका प्रेमबहादुर घर्तीमगर उमेरले ७४ वर्ष पार गरे। उमेरले बुढ्यौली लागे पनि उनको दैनिकी भने घुम्ती गोठमै बित्ने गरेको छ। पुर्ख्यौलीरूपमा गरिँदै आएको घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्ने पेसालाई घर्तीमगरको परिवारले निरन्तरता दिएका छन्। छ बहिनी छोरी र दुई भाइ छोरासमेतको पारिवारिक जिम्मेवारीलाई घर्तीमगर र उनकी श्रीमती इनदेवीले घुम्ती गोठ राखेर जीविकोपार्जन गर्दै आएका…
काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत मागेका छन्। गठबन्धन छाडेर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड धुम्बराहीस्थित देउवा निवास पुगेर विश्वासको मत मागेका हुन्। प्रचण्डले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनुअघि प्रचण्ड देउवालाई भेट्न पुगेका हुन्। साँझ साढे ७ बजे भएको भेटमा देउवाले साथीहरुसँग छलफल गरी आफू अघि बढ्ने जवाफ दिएको कांग्रेसले जनाएको…
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। विश्वासको मत लिने अघिल्लो दिन प्रधानमन्त्री प्रचण्ड सभापति देउवा निवास धुम्बारही पुगेका हुन्। कांग्रेसले विश्वासको मत पक्षमा दिने कि नदिने भन्नेबारे निर्णय लिन भोलि बिहान ९ बजे संसदीय दलको बैठक डाकेको छ। प्रचण्डले मंगलबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्।
काठमाडौं : पृथ्वीजयन्तीमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पुस २७ गते पृथ्वीजयन्तीमा विदा दिने निर्णय गरेको हो। राष्ट्रिय प्रजातन्त्रिक पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो। मन्त्रिपरिषद्को निर्णयपछि गृहमन्त्रालयले सार्वजनिक बिदाको सूचना जारी गर्ने छ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धुम्बराही जाँदैछन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न प्रचण्ड धुम्बहारी आइपुग्ने कार्यक्रम तय भएको देउवाको सचिवालयले जनाएको छ। भोलि प्रचण्डले संसदमा विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनु अघि प्रचण्डले आफ्नो पक्षमा मत हाल्न कांग्रेस सभापति देउवालाई अनुरोध गर्ने बताइएको छ। कांग्रेसले विश्वासको मत पक्षमा दिने कि नदिने भन्ने बारे निर्णय लिन भोलि बिहान ९ बजे…