काठमाडौँ: एनभीए राष्ट्रिय भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल र महिला तर्फ नेपाल पुलिस क्लब च्याम्पियन भएका छन्। शुक्रवार साँझ सम्पन्न खेलमा हेल्प नेपालले नेपाल आर्मी क्लबलाई सोझो सेटमा हराउँदै च्याम्पियन बनेको हो। नेपाल भलिबल संघको आयोजनमा राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धामा पुरुष तर्फ टिपटप हेल्प नेपालले सातौं संस्करणको उपाधि उचाल्न सफल भयो। पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपालले साविक विजेता…
जनकपुरधामः मधेश प्रदेशको सोमबार बस्ने भनिएको प्रदेश सभा बैठक स्थगित गरिएको छ। पोखरामा भएको विमान दुर्घटनाको शोकमा सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले जानकारी दिए। देश शोकको घडीमा रहेकाले बैठक स्थगित गरिएको उनले बताए। सभामुख चयन मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रमका लागि बैठक बोलाइएको थियो। स्थगित बैठक मंगलबार बस्नेछ।
काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विमान दुर्घटनामा मृतकका परिवारलाई आवश्यक परामर्श दिन सरकारी निकायलाई निर्देशन दिएका छन्। गृहमन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकमा लामिछानेले बीमाको सहजिकरण गर्न पनि भनेका छन्। 'पोष्टमार्टम, बीमाका प्रावधान आदिमा सहजिकरण गर्ने, दुर्घटनामा मृतकका विक्षिप्त भएका परिवारलाई आवश्यक सूचना तथा जानकारी दिई शव व्यवस्थापन लगायतका चरणहरूमा आवश्यक काउन्सलिङ लगायत…
काठमाडौं : कास्कीको पोखरामा आइतवार भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै शोकको घडीमा भोलि सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ। विमान दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। विमान दुर्घटनाको शोकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री…
दक्षिण अफ्रिकाको जोहन्सबर्गमा एक एअरक्राफ्ट दुर्घटना हुँदा एक नेपाली ट्रेनी पाइलटको मृत्यु भएको छ। प्रशिक्षण उडान गरिएको उक्त एअरक्राफ्ट स्थानीय समयअनुसार आइतवार बिहान ९ बजे जोहन्सबर्गको नरसेक क्षेत्रमा खसेको थियो। दुर्घटनामा परी दुई जनाको मृत्यु भएकोमा एक जना नेपाली विद्यार्थी भएको बताइएको छ। स्रोतका अनुसार ती विद्यार्थीको नाम प्रथम सुवेदी हो। पाइटल तालिम लिन २० वर्षे सुवेदी डेढ वर्षअघि जोहन्सवर्ग…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच सरकार बिस्तारबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ छलफल भएको हो। प्रधानमन्त्रीको सचिवालयले सरकार बिस्तार र समसामयीक विषयमाथि छलफल भएको जानकारी दिएको छ। विश्वासको मत लिएपछि सरकार बिस्तार गर्ने योजनामा रहेका प्रचण्डले विश्वासको मतपछि पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्। सत्ता गठबन्धन दलहरुका बिचमा भागबण्डा मिल्न…
काठमाडौं : सेती नदीको खोंचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ। ४ जना अझै भेटिएका छैनन्। बेपत्ताको खोजी गर्न सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा गोताखोर र रोप रेस्क्यु गरि १५ जनाको टोली पोखरा पठाइएको छ। सेती नदीको खोचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको…
काठमाडौं : एनभीए राष्ट्रिय भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। राष्ट्रिय खेलकुद परिषद्स्थित कभर्डहलमा आज सम्पन्न खेलमा न्यू डाइमण्ड एकेडेमीलाई ३-२ को सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो। पहिलो सेटमा पुलिसलाई २५-२२ ले हराएको न्यू डाइमण्डले दोस्रो सेटमा २५-१७ को अन्तरले पराजित भएको थियो। त्यस्तै, तेस्रो सेट न्यू डाइमण्डले २५-२७ ले जित्दा चौथो र पाँचौँ सेट पुलिसले…
काठमाडौं : सेती नदीको खोंचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ। सेती नदीको खोचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए। उनका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगि सकिएको छ। बाँकी मानिसको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।…
जनकपुरधाम : माघे संक्रान्तिको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि मधेश प्रदेशको राजधानी जनकपुरमा खिचडी भोजको आयोजना गरिएको छ। जनकपुरको जानकी चोकस्थित अंगराज सर (अरगज्जा) पोखरीको डिलमा खिचडी भोजको आयोजना गरिएको हो। जानकी चोकका दुई दर्जन युवाहरुको आयोजनामा खिचडी भोजको आयोजना गरिएको युवा अगुवा सुशील कर्णले जानकारी दिए। भाईचारा र संस्कृतिलाई जोगाउनका लागि विगत एक दशक भन्दा बढी समयदेखि यस…
काठमाडौं : यती एयरलाइन्सको विमान दुर्घटनामा परी अहिलेसम्म ६४ जनाको मृत्यु भएको पुष्टि छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले दुर्घटनास्थलबाट ६४ वटा शव फेला पारेको जनाएको हो। जसमध्ये केही शवलाई गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए। दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले…
पोखरा : आइतवार बिहान पोखराको सेती खोंचमा यती एयरलाइन्सको विमान दुर्घटना भयो। ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित काठमाडौंबाट बिहान १० बजेर ३२ मिनेटमा पोखरा उडेको विमान १० बजेर ५० मिनेटमा सेती खोंचमा खसेको देखिएको छ। विमान खसेको समयमा सेती नदीमा रहेका स्थानीय विष्णुप्रसाद तिवारीले जे देखे : टाइम हेरिएन। रंगशाला गेटमाथि आइसकेपछि प्लेन अनब्यालेन्स भएको…
काठमाडौं : दीपेन्द के खनालको निर्देशनमा बन्ने फिल्म ‘भष्मे डन’ को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन्। निर्माण टिम र अभिनेत्री खड्काबिच आइतबार लिखित सम्झौता भएको हो। फिल्ममा अब विपिन कार्कीसँगै स्वस्तिमा देखिनेछिन्। फिल्ममा विपिन र स्वस्तिमाका साथै सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे लगायतको पनि अभिनय रहनेछ। सौगात मल्लसँग लिखित सम्झौता नभए पनि मौखिक सहमति भइसकेको निर्देशक खनालले जानकारी…
पोखरा : पोखराको सेती नदीको खोंचमा आज बिहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए। शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ। अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन्। शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ। दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० जनाको…
काठमाडौं : सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ। आइतवार बिहान पोखरा अन्तराष्ट्रिय विमानस्थल नजिकै जहाज दुर्घटना भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको थियो। उक्त बैठक अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको कन्ट्रोल रुमबाट दुर्घटनाको जानकारी लिएका थिए। सोमवार शोक विदा सरकारले सोमवार शोक…
काठमाडौं : सरकरले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको आइतवारको बैठकले पोखरामा भएको विमान दुर्घटानामा ज्यान गुमाएकाहरुको शोक मनाउन विदा दिने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। विमानमा १५ विदेशी यात्रुसहित ७२ जना सवार थिए। विमान दुर्घटनापछि आइतवार मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको थियो।
काठमाडौं : यती एयरलाइन्सको विमान दुर्घटनामा २९ जनाको मृत्यु भएको छ। ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य विमानमा सवार थिए। नागरिक उड्डायन प्राधिकरणका अनुसार अहिलेसम्म २९ जनाको मृत्यु भएको जानकारी दिएको छ। जसमा १० महिला, १८ जना पुरुष र एक जना शिशु रहेका छन्। विमान बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखरा उडेको थियो। ५३ जना नेपाली…
मिस युनिभर्सको ताज अमेरिकाकी आर'बोनी गेब्रियलले जितेकी छिन्। अमेरिकाको न्यु ओर्लिन्समा स्थानीय समयअनुसार शनिवार राति भएको ७१ औँ संस्करणको फिनालेमा गेब्रियलले ताज पहिरेकी हुन्। विश्वका विभिन्न देशका ८३ जना यसपटक मिस युनिभर्समा प्रतिस्पर्धी थिए। गेब्रियललाई उपाधि जितेसँगै मिस युनिभर्स २०२१ की विजेता भारतकी हरनाज कौर सन्धुले ताज पहिराइदिइन्। त्यसैगरि, मिस भेनेजुएला फस्ट रनरअप र मिस डोमिनिकन रिपब्लिक सेकेन्ड रनरअप घोषित भइन्। नेपालबाट पनि…
काठमाडौं : आइतवार बिहान यती एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ। ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य विमानमा सवार थिए। जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार अहिलेसम्म ३० जनाको शव निकालिएको छ। बिहान पोखरा अन्तरार्ष्ट्रिय विमानस्थल नजिकै रहेको सेती खोंचमा विमान खसेको थियो। विमान बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखरा उडेको थियो। ५३…
काठमाडौं : पोखरामा दुर्घटनाग्रस्त भएको विमानमा १५ जना विदेशी यात्रु रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। चालक दलसहित ७२ जना सवार विमानमा ५३ जना नेपाली नागरिक सवार थिए। प्राधिकरणका अनुसार विमानमा ५ जना भारतीय नागरिकसहित १५ जना विदेशी यात्रु थिए। विमानमा चारजना रसियाली, दुई जना कोरियाली, एकजना फ्रान्सेली नागरिक सवार थिए। यस्तै, आयरल्यान्डका एकजना, अस्ट्रेलियाका एकजना, अर्जेन्टिनाका एकजना पनि विमानमा…