PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

  • युसिएल : युभेन्ट्स सेमिफाइनलमा, बार्सिलोना बाहिरियो

    युसिएल : युभेन्ट्स सेमिफाइनलमा, बार्सिलोना बाहिरियो

    स्पानिस जायन्टस बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ। पहिलो लेगमा इटालिनय जायन्ट्स युभेन्ट्ससँग ३-० ले पराजित भएको बार्सिलोना घरेलु मैदानमा भएको दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपछि लगातार दोस्रो पटक सेमिफाइनल पुग्न असफल भएको हो।  यता बार्सिलोनालाई समग्रमा  ३-० ले हराउँदै युभेन्ट्स सेमिफाइनलमा पुगेको छ।  प्रि क्वाटरफाइनलमा पिएसजी विरुद्ध अवे म्याच ४-० ले हारेर पनि दोस्रो लेगमा ६-१ को जित…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुलीमा सुमो दुर्घटना, दुई जनाको मृत्यु सात घाइते

    सिन्धुली : बिपी राजमार्गअन्तर्गत सिन्धुलीको पिपलभञ्ज्याङमा सुमो गाडी दुर्घटना हँुदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।  काठमाडाै‌बाट बर्दिबासतर्फ जाँदै गरेको ना १ ज ५४४४ नंको सुमो गाडी बुधबार साँझ दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। मृत्यु हुनेमा जयकुमार यादव र सरोज मण्डल रहेका छन्। उनीहरुको ठेगाना भने खुल्न सकेको छैन।  दुर्घटनामा धनुषा बलबखर–१ निवासी १९ वर्षीय जितनारायण…

    विस्तृतमा पढ्नुस्

  • दलहरुले पाएनन् दलित महिला उम्मेद्वार 

    दलहरुले पाएनन् दलित महिला उम्मेद्वार 

    धनगढी : हरेक वडामा एकजना दलित महिला सदस्य अनिवार्य चुन्नुपर्ने कानुनी प्रावधानले कैलालीका राजनीतिक दल दलित महिला उम्मेदवार नपाउँदा समस्यामा परेका छन्।  नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (माले), राष्ट्रिय जनमोर्चालगायत दलले अधिकांश वडामा दलित महिला उम्मेदवार पाउन सकेका छैनन्। दलित महिला उम्मेदावरको खोजीमा दलका नेता लागे पनि सबै वडामा ठूला दलले समेत उम्मेदवार पाउन नसकेको बताइएको…

    विस्तृतमा पढ्नुस्

  • बेनी जोमसोम सडक अवरुद्ध

    मुस्ताङ : बेगखोलामा बाढी आएपछि बेनी–जोमसोम सडक बुधबार साँझदेखि अवरुद्ध बनेको छ। बुधबार दिउँसोको भारी वर्षापछि बेगखोलाको ठाडोखोलामा बाढी आउनुका साथै कालीगण्डकीको सतह बढेर सडक कटान हुन थालेपछि बेनी–जोमसोम सिधा सवारी आवागमन ठप्प बनेको हो।  बुधबार साँझदेखि नै मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत पर्ने विभिन्न गाउँबाट सदरमुकाम आउने र देशका विभिन्न भागबाट ती क्षेत्रमा जाने यात्रु मर्कामा परेका छन्। घन्टाँै…

    विस्तृतमा पढ्नुस्

  • नगरभित्रकै विद्यालयमा पाँच शिक्षक पाँच विद्यार्थी

    नगरभित्रकै विद्यालयमा पाँच शिक्षक पाँच विद्यार्थी

    फलेवास : निःशुल्क तथा गुणस्तरीय शिक्षा, तालिमप्राप्त शिक्षक शिक्षिका, शान्त वातावरण भएको नगरपालिकाभित्रकै यहाँको एक सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेको छ।  पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कस्थित जनएकता प्राथमिक विद्यालयमा विद्यार्थी संख्या रित्तिदै जान थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो। स्थानीयवासी दिनप्रतिदिन बसाइँ सर्ने क्रम बढेपछि विद्यार्थीको संख्या न्यून बनेको हो । विद्यालयमा पढ्ने केही विद्यार्थी सोही गाउँ आसपास…

    विस्तृतमा पढ्नुस्

  • राजधानीको पेट्रोल पम्पमा सवारी साधनको लाइन, निगम भन्छ ‘आत्तिनु पर्दैन तेल आइरहेको छ, स्टक पनि छ’

    राजधानीको पेट्रोल पम्पमा सवारी साधनको लाइन, निगम भन्छ ‘आत्तिनु पर्दैन तेल आइरहेको छ, स्टक पनि छ’

    काठमाडौं : चुनाब विथोल्न मधेशी मोर्चाको बन्द घोषणासँगै राजधानीमा उपभोक्ताले पेट्रोलियम पदार्थ स्टक राख्न थालेका छन्।  तेल स्टक राख्न थालेका कारण पेट्रोलको माग एकाएक दोब्बर भएको छ। नेपाल आयल निगमका अनुसार मोर्चाको आन्दोलन घोषणापछि पेट्रोलको माग सात लाख लिटर पुगेको छ। यसअघि राजधानीमा दैनिक पेट्रोलको माग साढे तीन लाख लिटर मात्रै थियो। उपभोक्ताले तेल स्टक राख्न थालेकोले राजधानीमा पम्पमा सवारी…

    विस्तृतमा पढ्नुस्

  • २४ सिटसहित पाँचौँ ठूलो दल बन्दै ‘राष्ट्रिय जनता पार्टी’

    २४ सिटसहित पाँचौँ ठूलो दल बन्दै ‘राष्ट्रिय जनता पार्टी’

    काठमाडौं :आसन्न चुनावलाई लक्षित गरी मधेशी मोर्चामा आवद्ध पाँच राजनीतिक दल एकीकृत हुने भएका छन्। एकीकृत भई गठन हुने ‘राष्ट्रिय जनता पार्टी’ व्यवस्थापिका संसदमा पाँचौं ठूलो दल हुनेछ।  पाँच दलको एकीकरण बिहीबार दिउँसो १ बजे कालिकास्थानस्थित अमृत भोग पार्टी प्यालेसमा हुने तय भएको छ।  अहिले संसद्मा पाँचौं ठूलो दल विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम छ। जनमुक्ति पार्टी लोकतान्त्रिकसँगको एकीकरणपछि…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स ट्रफी : १५ सदस्यीय अष्ट्रेलियाली क्रिकेट टोली घोषणा

    च्याम्पियन्स ट्रफी : १५ सदस्यीय अष्ट्रेलियाली क्रिकेट टोली घोषणा

    आगामी जुन १ देखि १८ सम्म इंगल्याण्डमा हुने च्याम्पियनसिप ट्रफीका लागि स्टिभ स्मिथको कप्तानीमा १५ सदस्यीय अष्ट्रेलियाली क्रिकेट टोलीको घोषणा भएको छ। टोलीमा फास्ट बलर मिचेल स्टार्क र क्रिस लिएनले समेत स्थान बनाएका छन्। स्टार्क चोटका कारण आरम गरिरहेका छन् भने क्रिस आइपीएल क्रमम चोट लागेपछि मैदान बाहिर छन्।  स्टार्कसँगै जोस हाजलउड, प्याट कमिङ्स र जेम्स प्याटिनसन चारै फास्ट बलर…

    विस्तृतमा पढ्नुस्

  • विमान खरिदमा जमानत बस्ने मन्त्रिपरिषद्को निर्णय, 'बिपी र पुष्पलाल पार्क' बनाउन एक करोड

    विमान खरिदमा जमानत बस्ने मन्त्रिपरिषद्को निर्णय, 'बिपी र पुष्पलाल पार्क' बनाउन एक करोड

    काठमाडौं : मन्त्रिपरिषदको बैठकले नेपाल वायु सेवा निगमको दुई वाइडबडी जहाज खरिदका लागि जमानत बस्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको बैठकले एयरबस खरिदमा जमानत बस्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकपछि उर्जामन्त्री जनार्दशन शर्माले विमान खरिदको जमानत बस्ने निर्णय भएको बताए। विमान खरिदका लागि नेपाल एयरलाइन्स र अमेरिकन लिजिङ कम्पनी (एएआर) कर्पोरेसनबीच खरिद सम्झौता भइसकेको छ।  यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • अजित मिजारको परिवारलाई दश लाख दिने मन्त्रिपरिषद्को निर्णय, यस्तो थियो हत्याकाण्ड

    अजित मिजारको परिवारलाई दश लाख दिने मन्त्रिपरिषद्को निर्णय, यस्तो थियो हत्याकाण्ड

    काठमाडौँ : अन्तरजातीय विवाह गरेको आरोपमा हत्या गरिएका काभ्रे पाँचखालका अजित मिजारको परिवारलाई न्याय मिल्ने गरि दोषी माथि कारवाही अगाडि बढाउन मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई निर्देशन दिएको छ।  मन्त्रिपरिषद्ले युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा हत्याबारे छानविन समिति गठन गरेको थियो। समितिको प्रतिवेदनको आधारमा मन्त्रिपरिषद्ले बिहीबार हत्याका दोषी माथि कारवाहीका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको हो। त्यस्तै मन्त्रिपरिषद्ले उनको परिवारलाई…

    विस्तृतमा पढ्नुस्

  • मुसहर नमूना बस्तीको दर्ता शुल्क नलिने सरकारको निर्णय

    मुसहर नमूना बस्तीको दर्ता शुल्क नलिने सरकारको निर्णय

    काठमाडौं : सरकारले धुर्मुस सुन्तली फाउन्डेशनद्वारा निर्मित मुसहर बस्तीका घर–जग्गा दर्ता निःशुल्क गर्ने भएको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सीताराम कट्टेल र कुञ्जना घिमिरेको नेतृत्वमा तयार भएको नमूना मुसहर बस्तीभित्र ५० घर र बस्ती बाहिरका अन्य तीन घरको दर्ता शुल्क नलिने निर्णय गरेको उर्जामन्त्री जनार्दशन शर्माले बताए। सरकारको निर्णयले दोहोरो दर्ता पक्रियामा सहज भएको कट्टेलले बताए। पहिलोपोस्टसँग उनले भने,…

    विस्तृतमा पढ्नुस्

  •  'घामपानी'ले उठायो लगानी, दोस्रो हप्ताबाट फिल्म नाफामा

     'घामपानी'ले उठायो लगानी, दोस्रो हप्ताबाट फिल्म नाफामा

    काठमाडौं: बैशाख एक गतेबाट प्रदर्शनमा आएको फिल्म 'घामपानी'ले पहिलो हप्तामै लागत रकम उठाएको निर्देशक दीपेन्द्र लामाले बताए। फिल्मले एक हप्तामै एक करोड माथीको व्यापार गरेको उनको दाबी छ। फिल्मको लगानी ८० लाख रहेको थियो। फिल्म काठमाडौं भित्र बीस र मोफसलमा चालिस हलहरुमा प्रदर्शनरत छ। काठमाडौं भित्रबाट ६० प्रतिशत र बाहिरबाट ४० प्रतिशन ग्रस कलेक्शन फिल्मको रहेको लामाको दाबी छ। फिल्मले ओभरसिज…

    विस्तृतमा पढ्नुस्

  • दयाहाङ राई अब 'मिस्टर झोले' 

    दयाहाङ राई अब 'मिस्टर झोले' 

    काठमाडौ: फिल्म 'मिस्टर झोले' प्रोडक्शनमा निस्कने भएको छ। बिहिबार भाटभटेनी मन्दिरमा कार्यक्रम आयोजना गरी फिल्मको शुभसाइत गरिएको हो।  रामबाबु गुरुङको निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई र वर्षा राउतको मुख्य अभिनय रहने बताइएको छ। साथै बुद्धी तामाङ, लक्ष्मी वर्देवा, प्रविण खतिवडा, सरोज अर्याल, पुष्कर गुरुङ, अरुणा कार्की लगायत कलाकारको पनि भूमिका रहने छ।  टेकेन खड्काको निर्माण रहने फिल्म यही बौशाक ११ गतेबाट…

    विस्तृतमा पढ्नुस्

  • मुसहर बस्तीको घर दर्ता सरकारले नि:शुल्क गर्ने, धुर्मुस खुसी

    मुसहर बस्तीको घर दर्ता सरकारले नि:शुल्क गर्ने, धुर्मुस खुसी

    काठमाडौं: सामाजिक कार्यमा हास्य कला क्षेत्रबाट प्रतिनिधित्व गरेको भन्दै धुर्मुस सुन्तली फाउन्डेशन मार्फत सुरु भएको एकिकृत बस्ती निर्माणको तेस्रो अभियान पुरा भयो। हास्य कलाकार जोडी सीताराम कट्टेल र कुञ्जना घिमिरेले बैशाख १ गते ५० मुसहर परिवार र ३ अन्य परिवारलाई घर हस्तान्तरण गरे। सरकारले धुर्मुस सुन्तली फाउन्डेशनद्वारा निर्मित मुसहर बस्तीका ति घर–जग्गा दर्ता निःशुल्क गर्ने भएको छ। बिहीबार बिहान बसेको…

    विस्तृतमा पढ्नुस्

  • डीपिएल : रुपन्देहीलाई हराउँदै टिम चौराह फाइनलमा, विराटनगरसँग उपाधि भिडन्त

    डीपिएल : रुपन्देहीलाई हराउँदै टिम चौराह फाइनलमा, विराटनगरसँग उपाधि भिडन्त

    धनगढी : कप्तान पारस खड्काको नटआउट ६७ रन तथा उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै टिम चौराह रुपन्देहीलाई पराजित गर्दै सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डीपिएलको फाइनलमा प्रवेश गरेको छ।  बिहीबार भएको दोस्रो क्वालिफयार्समा चौराहले रुपन्देहीलाई ९२ रनले हराएको हो। अब चौराहले उपाधिका लागि विराटनगर किंग्ससँग शनिबार खेल्नेछ। राउण्ड रोविन लिगमा लगातार तीन खेल हारेपनि त्यसपछिका दुई खेल जितेको चौराह रनरेटमा…

    विस्तृतमा पढ्नुस्

  • 'ट्राफिक प्रहरीले पाउने कमिसन कटाउनुपर्छ'

    'ट्राफिक प्रहरीले पाउने कमिसन कटाउनुपर्छ'

    काठमाडौं : महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी मिङमार लामाले सवारी चालकलाई कारवाही गरेबापत ट्राफिक प्रहरीले पाउने कमिसन कटाउनु पर्ने बताएका छन्।  बिहिवार विभिन्न उपत्यकाका सरोकारवालाहरुले १७ बुँदे माग राख्दै बुझाएको ज्ञापनपत्र बुझ्दै  डिआइजी लामाले भने 'सर्वसाधरणामा ट्राफिक प्रहरीले जरिवना मार्फतको कमिसन पाउनकै लागि जबर्जस्तिम कारवाही गर्छ भन्ने छाप छ यसलाई हटाउन कमिसन हटाउनुपर्ने देखिन्छ।'  ट्राफिक प्रहरीले पाउने कमिसन सडकमा…

    विस्तृतमा पढ्नुस्

  • संघर्षका कार्यक्रम स्थगित : राप्रपा

    संघर्षका कार्यक्रम स्थगित : राप्रपा

    काठमाडौं : निर्वाचन आयोगले पार्टीको विधानको प्रस्तावना र उद्देश्यमा रहेको शब्द हटाएको भन्दै आक्रोशित राप्रपा आफ्नो अडानबाट पछि हटेको छ।  पार्टीले विज्ञप्ति जारी गर्दै निर्वाचन मुख्य एजेन्डा भएकाले अहिले यी मागहरुलाई थाती राख्ने निर्णय गरायो।  स्थानीय तहको निर्वाचन राप्रपाको मुख्य एजेण्डा भएको, निर्वाचन सुनिश्चितता पार्टीको प्राथमिकता भएको तथा निर्वाचन आयोगले पार्टीको माग बमोजिमको विषय हाल कार्यान्वयन नगर्ने निर्णय गरेको तथ्यसमेत…

    विस्तृतमा पढ्नुस्

  • पिएफए टिम अफ दी इअर : चेल्सी र टोटनहमका खेलाडीको वर्चस्व, आर्सनल र सिटीबाट कोही परेनन्

    पिएफए टिम अफ दी इअर : चेल्सी र टोटनहमका खेलाडीको वर्चस्व, आर्सनल र सिटीबाट कोही परेनन्

    पिएफए प्रिमियर लिग टिम अफ दी इअरमा चेल्सी र टोटनहमबाट समान ४- ४ खेलाडी पर्दा आर्सनल र म्यानचेष्टर सिटीबाट कुनै खेलाडी टिमम अटाउन सकेनन्। यस्तै लिभरपुल, म्यानचेष्टर युनाइटेड र एभरटनबाट भने समान एक खेलाडी परेका छन्। चेल्सीबाट मिडफिल्डरद्वय एडेन हाजार्ड र एनगोलो कान्टे तथा डिफेण्डरद्वय ग्यारी काहिल र डेविड लुइज परेका छन् भने टोटनहमबाट फरवार्ड ह्यारी केन, मिडफिल्डर डेले अली…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनमा ओलीको 'सफ्ट टोन', भने : निर्वाचनपछि सोचौला

    संविधान संशोधनमा ओलीको 'सफ्ट टोन', भने : निर्वाचनपछि सोचौला

    काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनपछि संविधान संशोधनबारे सोच्न सकिने बताएका छन्। थाइल्यान्डमा नियमित उपचार गरी आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले निर्वाचनमा अड्को थाप्ने र निर्वाचनसँग असम्बन्धित विषय अघि सारेर अल्मल्याउने काम गर्न नहुने जनाउँदै तोकिएको समयमा एकै चरणमा निर्वाचन हुनुपर्ने अडान दोहोर्‍याए। सरकारले संविधान संशोधनको नयाँ विधेयक एक…

    विस्तृतमा पढ्नुस्

  • लोडसेडिङ अन्त्यको कथा अब फिल्ममा

    लोडसेडिङ अन्त्यको कथा अब फिल्ममा

    काठमाडौं: लोडसेडिङमुक्त देश बनाउने अभियानको कथा केन्द्रमा रहेको फिल्म ‘उज्यालो नेपाल’ युट्युबमा सार्वजनिक भएको छ। लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर ‘उज्यालो नेपाल’ निर्माण भएको हो। उर्जामन्त्री जर्नादन शर्माले लिएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिको परिर्वतनलाई फिल्ममा देखाएको बताइएको छ। कुलमान घिसिङ जस्तो इच्छाशक्ति बलियो भएको व्यक्तिको कारण उर्जा क्षेत्रमा भएको नाटकीय परिर्वतन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell