काठमाडौँ : सांसदहरु स्थानीय तहको निर्वाचनको प्रचारप्रसार तथा उम्मेद्वारको टुङ्गो लगाउन जिल्ला गएपछि संसद बैठक बिहिबार प्रभावित भएको छ। ठूलो संख्यामा सांसदहरु अनुपस्थित भएपछि संसद बैठक आउँदो १० गतेसम्का लागि स्थगित भएको छ। संसद बैठकमा विद्युत नियमन आयोग गठन विधेयक सैद्धान्तिक स्वीकृति गर्नु अघि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कोरमको प्रश्न उठाएका थिए। सुवालले संसद बैठक सञ्चालन…
काठमाडौं: विश्व कीर्तिमान राख्ने दाबी गरिएको फिल्म 'जालो'को ट्रेलर रिलिज भएको छ। एक सटमा खिचिएको फिल्म जालो र जालो सिक्वेलको बिहिबार एक कार्यक्रम बिच फिल्मको ट्रेलर र पोस्टर सार्वजनिक गरिएको हो। 'एक सट दुई फिल्म'को विश्व कीर्तिमान राख्न बनाइएको फिल्ममा जसमा निर शाह, अनुप बिक्रम शाही, निराजन प्रधान, मेनुका प्रधान, लक्ष्मी वर्देवा, मुना गौचन, रेमन दासको मुख्य अभिनय रहेको छ।…
काठमाडौँ : विजय गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकसँग भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपाल एकीकरण भएको छ। मधेस केन्द्रीत पाँच राजनीतिक दलहरुबीच राजधानीको डिल्लीबजारमा एकता भैरहँदा भानुराम थारु नेतृत्वको पार्टी र गच्छदारको पार्टीले तीनकुनेबाट एकताको घोषणा गरेका हुन्। मधेसमा एक प्रदेशको माग उठिरहँदा थारुले थरुहट आन्दोलनको नेतृत्व गरेका थिए। डिल्लीबजारको राष्ट्रिय जनता पार्टी घोषणा कार्यक्रममा राजनीतिक विश्लेषक विजयकान्त…
काठमाडौँ : अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टी पनि मधेस केन्द्रीत दलहरुको एकतामा सामेल भएको छ। यसअघि पाँच दलले गएराती एकताको निर्णय लिएका थिए। बुधबार एकताको छलफलमा सामेल नभएका झा बिहिबार एकता घोषणाको कार्यक्रम जारी रहँदा डिल्लीबजार स्थित अमृत भोग पार्टी प्यालेस पुगेका हुन्। लगत्तै उनलाई माला लगाएर मञ्चमा राखिएको हो। मधेस केन्द्रीत पाँच दल तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना…
काठमाडौँ : बहुचर्चित सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतले आउँदो वैशाख १७ गते फैसला सुनाउने भएको छ। शान्ति मिसनमा खटिने प्रहरीको बन्दोबस्ती सामान खरिद सम्बन्धमा भएको अनियमितताका रुपमा परिचित ‘सुडान प्रकरण’को अन्तिम सुनुवाई केही दिन यता सर्वोच्चमा चलिरहेको थियो। दुवै पक्षको बहस सकिएपछि प्रधानन्यायाधीश सुशीला कार्कीले प्रकरणमा आउँदो वैशाख १७ गते फैसला सुनाउने मिति तोकेकी हुन्। सुडान घोटालाको मुद्दा कार्की र…
काठमाडौँ : विजय गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकमा नयाँ सांसद भित्रिएका छन्। भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालसँग आज एकीकरण भएसँगै पार्टीका सांसद गोपाल दहित फोरम लोकतान्त्रिकमा प्रवेश गरेका हुन्। यो सँगै फोरम लोकतान्त्रिकमा सांसद संख्या १७ पुगेको छ। फोरम लोकतान्त्रिकले यसअघि दलित जनजाती पार्टी लोकतान्त्रिककी सांसद यशोदाकुमारी लामा र राष्ट्रिय जनमुक्ती पार्टी लोकतान्त्रिकका सांसद शिवलाल थापालाई भित्र्याएको…
वालिङ : आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय निकायको निर्वाचनमा स्याङ्जा जिल्लाका एक लाख ९१ हजार दुई सय ५३ जना मतदाताले मत खसाल्ने छन्। जिल्लामा पुरुषभन्दा महिला मतदाताको संख्या१२ हजार एक सय ६४ ले बढी छ। नयाँ पुनर्संरचनाअनुसारको पाँच नगरपालिका र ६ गाउँपालिकामा महिला एक लाख एक हजार सात सय आठ र पुरुष ८९ हजार पाँच सय ४४ मतदाता…
बाबियाचौर : आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलले उम्मेदवार छनोट र सिफारिस कार्यलाई तीव्र बनाएका छन्। नेपाली काँग्रेस बेनी नगर समितिको मङ्गलबार बसेको बैठकले नगरपालिकाको प्रमुख पदको उम्मेदवारका लागि नेत्रबहादुर महत, क्याप्टेन मीनबहादुर कार्की र हरिकुमार श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको छ। उपप्रमुखका सिफारिस, वडाको अध्यक्ष तथा सदस्यका उम्मेदवार छनोटको विषयमा छलफल सुरु भएको जानकारी दिँदै म्याग्दी…
जारी सिजनकै सर्वाधिक स्कोर बनाएको रोयल च्यालेन्जर्स बैंगलोरले आइपीएलमा दोस्रो जित हात पारेको छ। ब्याट्सम्यान र स्पिनरले राम्रो प्रदर्शन गरेपछि बैंगलोरले गुजरात लायन्सलाई मंगलबार २१ रनले पराजित गरेको हो। २१४ रनको उच्च लक्ष्य पछ्याएको गुजरातलाई बैंगलोरले १९२ रनमा रोक्दै जित हात पार्यो। जितपछि ६ खेलबाट ४ अंक जोडेको बैंगलोर अंक तालिकामा छैटौँ स्थानमा उक्लेको छ। समान अंक भएपनि बैंगलोरले पुनेलाई…
टर्की : टर्कीमा १२ जना यात्रु लिएर उडेको प्रहरीको हेलिकोप्टर पूर्वी राज्य टन्सेलीमा मंलगबार दुर्घटनाग्रस्त भएको छ। घटनामा यात्रारत सबै जनाको ज्यान गएको बताइएको छ। विमानमा एक न्यायधीशसहित प्राय सवै प्रहरी अधिकारी सवार थिए। एक न्यायाधीश, सात प्रहरी अधिकृत, एक प्रहरी सर्जेन्ट र तीन चालक दलका सदस्य रहेको उक्त हेलिकोप्टरको स्थानीय समयअनुसार मंगलबार ११ बजेर ५० मा राडरसँग सम्पर्क विच्छेद…
क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियन्स लिगमा सय गोल गर्ने पहिलो खेलाडी बनेको दिन स्पानिस जायन्ट रियल मड्रिड जर्मन क्लब वायर्न म्युनिखलाई समग्रमा ६-३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। रोनाल्डोको ह्याट्रिक प्रेरित रियलले घरेलु मैदानमा भएको दोस्रो लेगमा पुनरागमन गर्दै दश खेलाडीको वायर्नलाई ४-२ ले पराजित गर्यो। पहिलो लेगमा रोनाल्डोको दुई गोल मद्दतमा रियले वायर्नलाई २-१ ले हराएको थियो। त्यसमा…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न स्थानीय तह निर्वाचन लगायतका राजनीतिक विषयमा परामर्श गर्न प्रमुख पाँच दलको बैठक बोलाएका छन्। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सत्ता सहयात्री दलबाटै दुई चरणमा निर्वाचन गर्नुपर्ने अभिव्यक्ति आइरहेका बेला प्रधानमन्त्रीले राजनीतिक परामर्श सुरु गरेका हुन्। प्रधानमन्त्रीले लामो समयपछि सत्ता सहयात्रीसँगै प्रमुख प्रतिपक्ष दललाई पनि छलफलमा बोलाएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी…
लहान : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ स्थित सडकमा आज बिहान यात्रुवाहक बस पुलमा ठोक्किएर भएको दुर्घटनामा चालकको मृत्यु भएको छ। दुर्घटनामा एक यात्रु घाइते भएका छन् । काठमाडाँैबाट यात्रु लिएर कांकडभिट्टा आउँदै गरेको ना६ख ४९७७ नंको बस बिहान ५ बजेतिर अनियन्त्रित भई सडक छेउमा रहेको पुलमा ठोक्किएर पल्ँिटदा बसका चालक ३५ वर्षीय श्याम ढकालको घटनास्थलमा नै मृत्यु भएको इलाका…
काठमाडौं : गृहमन्त्री बिमलेन्द्र निधिले आसन्न स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकार तयार रहेको बताएका छन्। प्रधानमन्त्रीले आह्वान गरेको प्रमुख पाँच दलको बैठकबाट बाहिरिने क्रममा मन्त्री निधिले सुरक्षा प्रदान गर्न सरकार तयार रहेको बताए। उनले आफ्नै नेतृत्वमा केन्द्रीय सुरक्षा समन्वय समिति गठन भइसकेको पनि जानकारी दिए। निर्वाचनमा सेनाले समेत सुरक्षा प्रदान गर्ने उनले बताए। यसअघि चुनावी सुरक्षा प्रर्याप्त नभएको भन्ने…
चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा सडक विस्तारका लागि पहाड काट्दै गरेको ठाउँमा ठूलो चट्टानसहितको पहिरो खस्न लागेपछि आजदेखि सडक रोकेर सो पहिरो खसालिने भएको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार गत चैत २१ गते दुईजनाको ज्यान जानेगरी पहिरो खसेकै आडमा ठूलो ढिस्को खस्न लागेको हो । सो ठाउँमा माथिबाट चट्टान काट्दै तल झार्ने काम भइरहेको छ। सडकबाट करिब…
धनगढी : राउण्ड रोविन लिगमा शीर्ष स्थानमा रहेको रुपन्देही च्यालेन्जर्सलाई २९ रनले पराजित गर्दै विराटनगर किंग्स सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डीपिएलको फाइनलमा प्रवेश गरेको छ। बुधबार एसएसपी क्रिकेट मैदानमा भएको पहिलो क्वालिफयार्समा १२९ रनको लक्ष्य पछ्याएको रुपन्देहीले ९९ रन मात्रै बनाएपछि विराटनगर विजयी भयो। यससँगै विराटनगरले राउण्ड रोविन लिगमा बेहोरेको हारको बदला समेत लिएको छ। टस जितेर पहिले ब्याटिङ…
बलिउड स्टार सलमान खान अभिनित फिल्म 'ट्युबलाइट'को पहिलो पोस्टर सार्वजनिक भएको छ। बुधबार सलमानले आफ्नो अफिसियल ट्विटर मार्फत फिल्मको पोस्टर रिलिज गरेका हुन्। पोस्टरमा सलमानको फिचरिङ छ। पोस्टरमा लेखिएको छ,'क्या तुम्हे एकिन है?' सलमानले त्यही हरफ कोट गर्दै दर्शकलाई आउँदो फिल्मको पोस्टर देखाए। Kya tumhe yakeen hai ? Agar tumhe yakeen hai then 'Back his Back' . pic.twitter.com/XxQCrOFu6U —…
काठमाडौं: यही अप्रिल १६ मा अभिनेत्री रेखा थापाले केहि फिल्म पत्रकारलाई बोलाएर आफ्नी आमा सरस्वती थापाको जन्मदिन मनाइन्। केक काटेको फोटो पोस्ट गर्दै उनले लेखेकी छिन्,'म तपाईंकी छोरी हुन पाउँदा गर्व महसुस गर्छु।' रेखा जस्तै अन्य अभिनेत्रीहरुले पनि आफ्नो आमासँग बिताएको समय इन्स्टाग्राम, फेसबुक ट्विटर जस्ता सञ्जालमा राख्ने गरेका छन्। नेपाली अभिनेत्रीले आफ्नो सफलता, लोकप्रियता वा आफ्नो खुशीको श्रेय पनि…
काठमाडौं: नेपाली फिल्म इन्डस्ट्रीको इतिहासमा सबैभन्दा धेरै संस्करणमा निर्माण भएको फिल्मको नाममा रेकर्ड बनाएको 'नाई नभन्नु ल'को पाँचौ संस्करण बन्ने निश्चित भएको छ। फिल्मका लेखक, निर्देशक तथा निर्माता विकासराज आचार्यले यो जानकारी दिएका हुन्। फिल्मको पाँचौ संस्करण आगामी नयाँ वर्षसम्ममा प्रदर्शनमा आउने उनले बताए । 'फिल्मको प्रि प्रोडक्शनको काम निकै अगाडि बढिसकेको छ', उनले पहिलोपोस्टलाई जानकारी दिंदै भने। लभ स्टोरीसहितको सोसल ड्रामा…
काठमाडौं: सिनेमा सर्कलको आयोजनामा गत वर्ष भएको 'एलजी फिल्म अवार्ड' को दोस्रो संस्करण हुने भएको छ। सिनेमा सर्कलले दोस्रो एलजी फिल्म अवार्डमा सहभागिताका लागि फिल्म दर्ता आह्वान गरेको छ। २०७३को चैत मसान्तसम्म प्रदर्शनमा आएका फिल्मले अवार्डमा सहभागिता जनाउन पाउने अवार्ड व्यवस्थापक दीनेश डिसीले बताएका छन्। हरेक फिल्मले १२ उपाधीका आवेदन भर्न पाउने छन्। २०७२का लागि प्रदर्शन भएका विजेता फिल्महरुलाई अवार्ड वितरणको अवसरमा…