PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

  • टिपरको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु

    भक्तपुर : भक्तपुर नगरपालिका कमलविनायकबाट व्यासीतर्फ आउँदै गरेको बा १ क ३५५९ नं को टिपरले व्यासीबाट कमलविनायकतर्फ जाँदै गरेको बा ८२ प ८४७३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने २६ वर्षीय राकेश खाइजु छन्। घाइते खाइजुको इवामुरा अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • बाबुराम र उपेन्द्रले पार्टी एकताका लागि बनाए ‘एकता संयोजन समिति’

    बाबुराम र उपेन्द्रले पार्टी एकताका लागि बनाए ‘एकता संयोजन समिति’

    काठमाडौं : उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण प्रक्रिया अघि बढाउन तीन सदस्यीय संयोजन समिति गठन भएको छ । संयोजना समितिमा नयाँ शक्तिका तर्फबाट संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादीका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र संसदीय दलका नेता अशोक राई छन्।  दुई पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै एकता प्रयासका लागि भएका विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदै

    राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदै

    काठमाडाैँ : भारतको पाँचदिने औपचारिक भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदैछिन्। पाँच दिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतमा उच्च राजनीतिक भेट समेत गरेकी छिन्। शुक्रबार साँझ ७ बजे राष्ट्रपति स्वदेश फर्कने कार्यक्रम छ।  भ्रमणका दौरान भण्डारीले भारतीय समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, बित्तमन्त्री अरुण जेट्लीलगायतसँग भेटवार्ता गरेकी थिइन्। …

    विस्तृतमा पढ्नुस्

  • बहुमतको रायले जोगियो सरिफको कुर्सी, भ्रस्टाचार आरोपमा भने छानविन हुने

    बहुमतको रायले जोगियो सरिफको कुर्सी, भ्रस्टाचार आरोपमा भने छानविन हुने

    इस्लामाबाद : पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफमाथि लागेको भ्रष्टाचार आरोपबारे छानबिन हुनुपर्ने बताउँदै तत्काल सत्ताबाट हटाउनुपर्ने प्रशस्त आधार भने नदेखिएको पाकिस्तानको उच्च अदालतले बिहीबार निर्णय सुनाएको छ।  पाकिस्तानी प्रधानमन्त्री शरिफ र उनको परिवारका सदस्यमाथि लागेको भ्रष्टाचार आरोपसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ। सन् २०१६ मा पानामा पेपर्समा आएको सूचनामा शरिफका परिवारको विभिन्न विदेशी कम्पनीहरुमा संलग्नता रहेको भनी सार्वजनिक भएपछि पाकिस्तानमा यो मुद्दाले…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर एक मजदुरको मृत्यु, एक घाइते

    महेन्द्रनगर : करेन्ट लागेर कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा बिहीबार एकजना मजदुरको मृत्यु भएको छ। घटनामा एकजना घाइते भएका छन्।  हल्दुखालस्थित स्थानीयवासी दीपेन्द्र महराको घरको माथिल्लो तला बनाउने क्रममा काम गरिरहेका यहाँको बेदकोट नगरपालिका–५ धरमपुरका २३ वर्षीय पङ्कज रानाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक मोहन साउदले जानकारी दिए।  घरको छतमा सरियाको काम गर्ने क्रममा रानाले…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : अमलाको शतकले पनि पुगेन पञ्जावलाई, मुम्बई ८ विकेटले विजयी

    आइपीएल : अमलाको शतकले पनि पुगेन पञ्जावलाई, मुम्बई ८ विकेटले विजयी

    हसिम अमलाले नटआउट १०४ रन बनाएपनि किंग्स एलेभेन पञ्जाव आइपीएलअन्तर्गत बिहिबारको खेलमा मुम्बईसँग पराजित भएको छ। १९९ रनको लक्ष्य मुम्बईले १५.३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्दै ८ विकेटको शानदार जित हासिल गर्‌यो। जितपछि ६ खेलबाट १० अंक जोडेको मुम्बई शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल हारेयता मुम्बई लगातार ५ खेलमा अपराजित छ।  टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले…

    विस्तृतमा पढ्नुस्

  • नेटवर्कका कारण टेलिफोन काटिए उपभोक्ताले क्षतिपूर्ति पाउने, साउनदेखि कार्यान्वयनमा आउने

    नेटवर्कका कारण टेलिफोन काटिए उपभोक्ताले क्षतिपूर्ति पाउने, साउनदेखि कार्यान्वयनमा आउने

    काठमाडौं : टेलिफोनमा कुरा गर्दागर्दै काटिए उपभोक्ताले क्षतिपूर्ति पाउने भएका छन्। नेटवर्कका कारण फोन काटिए सेवा प्रदायकले क्षतिपूर्ति दिनुपर्ने प्रावधानसहितको विनियमावली नेपाल दूरसंचार प्राधिकरणले ल्याएको छ। विनियमावली प्राधिकरण संचालक समितिले बुधवार पारित गरेको छ। टेलिफोन काटिए बराबरको क्षतिपूर्ति पाउने विनियमावलीमा छ। यो विनियमावली साउनदेखि कार्यान्वयनमा आउनेछ।   प्राधिकरणले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो बनाउन गुणस्तर मापदण्डसहित क्षतिपूर्ति भराउने व्यवस्था गरेको…

    विस्तृतमा पढ्नुस्

  • युरोपा लिग : म्यानचेष्टर युनाइटेड सेमिफाइनलमा, बेल्जियमको दुवै टोली बाहिरियो

    युरोपा लिग : म्यानचेष्टर युनाइटेड सेमिफाइनलमा, बेल्जियमको दुवै टोली बाहिरियो

    मार्कुस रासफोर्डले अतिरिक्त समयमा गरेको गोलको मद्दतमा म्यानचेष्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।  पहिलो लेगमा १-१ को बराबरी खेलेको युनाइटेडले दोस्रो लेगमा एन्डरलेक्टविरुद्ध २-१ को जित हात पार्दै समग्रमा ३-२ को नितजा निकालेको हो। घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन रासफोर्डले १०७औं मिनेटमा निर्णायक गोल गरे।  त्यसअघि ओल्ड ट्राफोर्डमा हेनरिख मिखातर्‌यानले १०औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दलाएका थए।…

    विस्तृतमा पढ्नुस्

  • संखुवासभामा अरुण नदी थुनियो, तीन किलोमिटरको ताल बन्दा बस्ती जोखिममा

    संखुवासभामा अरुण नदी थुनियो, तीन किलोमिटरको ताल बन्दा बस्ती जोखिममा

    काठमाडौं : संखुवासभाको भोटखोला गाउँपालिका ४ हटियामा पर्ने स्याक्सीला गोलामा अरुण नदी थुनिएको छ। अरुण नदी थुनिदा वरपरका ४५ घर परिवार प्रभावित भएका छन्। हिजो दिउँसो करिव ४ बजेदेखि बरुणखोलामा आएको बाढीले अरुण थुनिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी गौतमप्रसाद केसीले बताए। केसीले भने ‘अहिले उद्दारमा सदरमुकामबाट प्रहरी टोली घटनास्थल पुगिसकेको छ। सदरमुकामबाट घटनास्थल पुग्न दुई दिन लाग्छ। अरुण नदी…

    विस्तृतमा पढ्नुस्

  • कालिकोटमा गएको पहिरोमा ४ जनाको मृत्यु

    कालिकोटमा गएको पहिरोमा ४ जनाको मृत्यु

    काठमाडौं : कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिकाको कोटवाडामा बिहीबार साँझ गएको पहिरोमा परि ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विक परिवारका तीन जना रहेका छन्।  नहरिनाथ गाउँपालिका–१ निवासी ४० वर्षीय गोर्ख विक, उनकी पत्नी ३६ वर्षिया धना विक, १३ वर्षिया छोरी वाजपुरा विकको पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक सुर्य बोगटीले बताए।  साँझतिर परेको पानीका कारण पहिरो गएको…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: तीन विदेशी फिल्मको मात्र नयाँ प्रदर्शन सुरु

    फ्राइडे रिलिज: तीन विदेशी फिल्मको मात्र नयाँ प्रदर्शन सुरु

    काठमाडौं: यो हप्ता फ्राइडे रिलिजमा कुनै पनि नेपाली फिल्म परेनन्। गत हप्ता नयाँ वर्षको अवसरमा प्रदर्शनमा आएका तीन फिल्म घामपानी, लभ लभ लभ र राधेले नै यो हप्ता पनि शोहरु पाएका छन्। बलिउडतर्फ भने फिल्म 'नूर' नेपालका लागि प्रदर्शन भएको छ। सोनाक्षी सिंहा अभिनित फिल्मलाई सुनिल शिप्पीले निर्देशन गरेका हुन्। पाकिस्तानी उपन्यास 'कराची, यु आर किलिङ म'को कथामा बनेको फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा सहभागिताका लागि मोर्चाको सर्त : संशोधन परिमार्जनसहित पारित

    निर्वाचनमा सहभागिताका लागि मोर्चाको सर्त : संशोधन परिमार्जनसहित पारित

    काठमाडौँ : बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा सहभागी हुन मधेसी मोर्चाले 'संविधान संशोधन परिमार्जन सहित पारित' सर्त अगाडि सारेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मोर्चा र सरकारबीच भएको वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए। बैठकमा सत्तारुढ दलहरुले संविधान संशोधनको प्रस्ताव संसदमा प्रक्रियामा अगाडि बढाउने र निर्वाचनमा मोर्चा सहभागी हुने गरी मध्यमार्गी बाटो प्रस्ताव…

    विस्तृतमा पढ्नुस्

  • टाइम म्यागाजिनको सय प्रभावशाली सूचीमा फुटबलबाट नेमार मात्र

    टाइम म्यागाजिनको सय प्रभावशाली सूचीमा फुटबलबाट नेमार मात्र

    टाइम म्यागिजनले यस वर्षको सय प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ। उक्त सूचीमा खेलकुदबाट ७ जना पर्न सफल भएका छन् भने फुटबलबाट खेल मात्र खेलाडी परेका छन्।  स्पानिस क्लब बार्सिलोनाबाट व्यावसायिय फुटबल खेल्ने २५ वर्षीय नेमार मात्र उक्त सूचीमा अटाएका हुन्।  इंगल्याण्डका पूर्व राष्ट्रिय फुटबल खेलाडी डेविड बेकहमले नेमारलाई क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको प्रतिस्पर्धीको रुपमा व्याख्या गरेका छन्।  यसबाहेक…

    विस्तृतमा पढ्नुस्

  • किन 'हाफ गर्लफ्रेन्ड'को प्रचारबाट टाढा छिन् श्रद्धा कपूर?

    किन 'हाफ गर्लफ्रेन्ड'को प्रचारबाट टाढा छिन् श्रद्धा कपूर?

    चेतन भगतको किताब 'हाफ गर्लफ्रेन्ड'को कथामा आधारित फिल्म तयार भएको छ। किताबकै नाम लिएर बनाइएको फिल्ममा बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री श्रद्धा कपूरको मुख्य अभिनया रहेको छ। आउँदो मे १९ बाट प्रदर्शनमा आउने भनिएको फिल्मको प्रचार तिब्र छ। तर केहि दिन  यता अभिनेता अर्जुन मात्र अन्तर्वार्ता र अन्य प्रचार प्रसारको काममा देखिएका छन्। आखिर किन फिल्म प्रदर्शनको मुखमा अभिनेत्री…

    विस्तृतमा पढ्नुस्

  • एफएफसी यू-१६ च्याम्पियनसिप क्वालिफायर्स ड्र सार्वजनिक, नेपाल र भारत एकै समूहमा

    एफएफसी यू-१६ च्याम्पियनसिप क्वालिफायर्स ड्र सार्वजनिक, नेपाल र भारत एकै समूहमा

    काठमाडौं : सन् २०१८ मा आयोजना हुने एएफसी यू-१६ च्याम्पियनसिप क्वालिफायर्सको लागि ड्र सार्वजनिक भएको छ। मलेसियामा क्वालालमुपरमा आज भएको ड्र अनुसार नेपाल र भारत एकै समूहमा परेका छन्।  वेस्ट जोन अन्तर्गत नेपाल, भारत, इराक र प्यालेस्टाइन समूह डी मा परेका हुन्। एसियाका ४५ सदस्य राष्ट्रलाई कूल १० समूहमा विभाजन गरेर ड्र गरिएको हो।  नेपाल रहेको समूह डी का खेलहरुको…

    विस्तृतमा पढ्नुस्

  • एफएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर्स ड्र सार्वजनिक, नेपाल कठिन समूहमा

    एफएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर्स ड्र सार्वजनिक, नेपाल कठिन समूहमा

    काठमाडौं : सन् २०१८ मा आयोजना हुने एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर्सको लागि ड्र सार्वजनिक भएको छ।  मलेसियामा क्वालालमुपरमा आज भएको ड्र अनुसार नेपाल कठिन समूहमा परेको छ। वेस्ट जोनअन्तर्गत नेपाल बहराइन, युएई, ओमान र किर्गिस्तान समूह ए मा परेका छन्। यस समूहका खेलहरु किर्गिस्तानमा हुनेछ। एसियाका ४३ सदस्य राष्ट्रलाई कूल १० समूहमा विभाजन गरेर ड्र गरिएको हो।  प्रत्येक समूहको शीर्ष…

    विस्तृतमा पढ्नुस्

  • रियल र एथ्लेटिको च्याम्पियन्स लिगको सेमिफाइनलमा भिड्ने

    रियल र एथ्लेटिको च्याम्पियन्स लिगको सेमिफाइनलमा भिड्ने

    स्पानिस क्लबद्वय रियल मड्रिड र एथ्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिग (युसिएल)को सेमिफाइनमा भिड्ने भएका छन्।  शुक्रबार स्विट्जरल्याण्ड लियोनमा भएको ड्र अनुसार रियलले छिमेकी क्लब एथ्लेटिको प्रतिद्वन्दी पाएको हो।  कीर्तिमानी ११औं पटकको च्याम्पियन रियल क्वाटरफाइनलमा जर्मन क्लब वायर्न म्युनिखलाई हराएको थियो भने एथ्लेटिकोले इगलिस च्याम्पिय लेस्टर सिटीलाई पराजित गरेको थियो। यस्तै ङ्क्वाटरफाइनलमा बार्सिलोनालाई पराजित गरेको इटालियन जायन्टस र फ्रेन्च क्लब मोनाकोबीच…

    विस्तृतमा पढ्नुस्

  • ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा नेपालबाट रत्नजित र दीपेशले प्रतिस्पर्धा गर्ने

    ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा नेपालबाट रत्नजित र दीपेशले प्रतिस्पर्धा गर्ने

    काठमाडौं : चीनको वुहानमा हुने एसियाली ब्याडमिन्टन च्याम्पियनसिपमा दुई नेपाली पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। अप्रिल २५ (मंगलबार)देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट रत्नजित तामाङ र दीपेश धामीले सहभागीता जनाउँदैछन्। त्यसका लागि नेपाली खेलाडीहरु आइतबार चीन जाँदैछन्। रत्नजितले सिंगल्स/डबल्स तथा दीपेशले डबल्समा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख २५ हजार अमेरिकी डलर रहेको बताइएको छ। चिन…

    विस्तृतमा पढ्नुस्

  • कसले जित्दा डिपिएलको उपाधि?

    कसले जित्दा डिपिएलको उपाधि?

    धनगढी : नेपाली क्रिकेट इतिहासमै अहिलेसम्मको सर्वाधिक नगद पुरस्कार राशी रहेको र अक्सन (खेलाडी लिलामी)को आधारमा टिम बनाइएको क्रिकेट प्रतियोगिता सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डीपिएलको फाइनल खेल शनिबार हुँदैछ।  उपाधिका लागि पारस खड्काको कप्तानीमा रहेको टिम चौराह धनगढी र शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर किंग्स एसएसपी क्रिकेट मैदानमा भिड्नेछन्। विजेता टिमले ट्रफीसँग नगद १५ लाख पुरस्कार हात पार्नेछ। राउण्ड…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : दिल्लीलाई हराउँदै सनराइजर्स हैदरावाद दोस्रो स्थानमा 

    आइपीएल : दिल्लीलाई हराउँदै सनराइजर्स हैदरावाद दोस्रो स्थानमा 

    साविक विजेता सनराइजर्स हैदरावाद आइपीएल क्रिकेटको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। बुधबार भएको खेलमा दिल्ली डेयरडेभिल्सलाई १५ रनले पराजित गर्दै हैदरावादले यस सिजनको चौथो जित हासिल गरेको छ।  ६ खेलमा ४ जित हात पारेको हैदरावादले कोलकता र मुम्बई समान ८ अंङक जोडेको छ। रनरेटका आधारमा कोलकता शीर्ष स्थानमा छ भने मुम्बई तेस्रोमा झरेको छ। पराजित दिल्ली चौथो स्थानमा यथावत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell