PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

  • बाबुरामको पार्टीमा दोश्रो सांसद, सीमाकुमारी बिक नयाँ शक्तिमा

    बाबुरामको पार्टीमा दोश्रो सांसद, सीमाकुमारी बिक नयाँ शक्तिमा

    काठमाडौँ : डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले दोश्रो सांसदलाई पार्टीमा भित्र्याएको छ। थरुहट तराई पार्टी लोकतान्त्रिकसँग एकीकरण गरी सांसद गंगा चौधरीलाई पार्टीमा भित्र्याएको नयाँ शक्तिले सीमाकुमारी बिकलाई पनि पार्टीमा भित्र्याएको हो।  बिक बुधबारदेखि नयाँ शक्तिको केन्द्रीय कार्यकारिणी बैठकमा सहभागी भएकी छिन्। यसअघि राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकमा रहेकी बिक नयाँ शक्तिमा गएकी हुन्।  फोटोको पहिलो लाइनमा दायाँबाट दोश्रो सांसद…

    विस्तृतमा पढ्नुस्

  • किन ब्यान भयो पुनम पाण्डे एप्लिकेशन?

    किन ब्यान भयो पुनम पाण्डे एप्लिकेशन?

    बलिउड अभिनेत्री तथा मोडल पुनम पाण्डेको व्यक्तिगत मोबाइल एप्लिकेशनमा गुगलले प्रतिबन्ध लगाएको छ। पुनम पाण्डे नामक एप्लिकेशन मार्फत उनले फ्यानहरुसँग जोडिने बताएकी थिइन्। पुनमको एप गुगल प्लेस्टोरमा लञ्च गरेको १५ मिनेटमा पन्ध्र हजार पटक डाउनलोड भएको बलिउड हंगामाले जनाएको छ। तर एप्लिकेशन ब्यान हुनुको कारण बारे आफू स्पस्ट नभएको पुनमले बताएकी छिन्। भनिन्,'गुगलको प्ले स्टोर र एप स्टोरमा कति धेरै एडल्ट…

    विस्तृतमा पढ्नुस्

  • डीपिएल : फाइनल प्रवेशका लागि रुपन्देहीले चौराहसँग खेल्ने, काठमाडौं गोल्डेन्स बाहिरियो

    डीपिएल : फाइनल प्रवेशका लागि रुपन्देहीले चौराहसँग खेल्ने, काठमाडौं गोल्डेन्स बाहिरियो

    धनगढी : समगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डीपिएलको फाइनल प्रवेशका लागि टिम चौराह धनगढी र रुपन्देही च्यालेन्जर्स दोस्रो क्वालिफायर्समा भिड्ने भएका छन्।  राउण्ड रोविन लिगमा चौथो भएको पारस खड्काको कप्तानीमा रहेको चौराहले इलिमिनेटरमा तेस्रो स्थानको काठमाडौं गोल्डेन्सलाई ६ विकेटले हराउँदै रुपन्देहीसँगको भेट तय गरेको हो। १२४ रनको लक्ष्य चौराहले १० बल अगावै ४ विकेट गुमाएर पूरा गर्‌यो। राउण्ड रोविन लिगमा…

    विस्तृतमा पढ्नुस्

  • एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट कमल बहादुरले प्रतिस्पर्धा गर्ने

    एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट कमल बहादुरले प्रतिस्पर्धा गर्ने

    काठमाडौं : एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट कमल बहादुर अधिकारीले प्रतिस्पर्धा गर्ने भएका छन्।  च्याम्पियनसिपमा सहभागी हुन ४ सदस्यीय नेपाली भारोत्तोलन टोली बिहीबार तुर्कमिनिस्तानको अस्गाबाद प्रस्थान गर्दैछ। च्याम्पियनसिप शुक्रबारबाट सुरु हुनेछ।   अप्रिल २१ देखि २९ तारिखसम्म हुने च्याम्पियनसिपमा १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलबहादुर अधिकारीले पुरुष ८५ केजीमा प्रतिस्पर्धा गर्नेछन्। यो तौलसमूहको राष्ट्रिय कीर्तिमान कमलकै नाममा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीको सम्मानमा विशेष रात्रिभोज

    राष्ट्रपति भण्डारीको सम्मानमा विशेष रात्रिभोज

    भरत केसी  नयाँदिल्ली : राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा भारतीय समकक्षी प्रणव मुखर्जीले मंगलबार रात्रिभोजको आयोजना गरेका छन्।  सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एसियामा तीव्र आर्थिक सृमद्धि गर्नुपर्ने चुनौती रहेकाले लामो संघर्षपछि प्राप्त राजनीतिक उपलब्धिलाई स्थायित्व प्रदान गर्न तथा सामाजिक–आर्थिक क्षेत्रमा वास्तविक रुपान्तरण ल्याउनुपर्ने बताएकी छन्।  राष्ट्रपति भण्डारीले गौतम बुद्धको जन्मस्थल, शान्तिको दर्शनको मुलुकका तर्फबाट स्वागत गर्दै दिगो आर्थिक विकासका…

    विस्तृतमा पढ्नुस्

  • कैलालीबाट ६८९ प्रतिनिधि निर्वाचित हुने

    कैलालीबाट ६८९ प्रतिनिधि निर्वाचित हुने

    कैलाली : स्थानीय तहको निर्वाचनमा कैलालीबाट ६ सय ८९ जना प्रतिनिधि निर्वाचित हुने भएका छन्।  वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनबाट एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिकासहित १३ वटा स्थानीय तह रहेको कैलालीमा मेयर र उपमेयर पदमा १४ तथा गाउँपालिका प्रमुख र उपप्रमुखमा १२ जना प्रतिनिधि छानिने क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जानकारी दिएको छ।  वडाध्यक्षमा १ सय २६…

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङी राजाका सल्लाहकार विष्ट गाउँपालिका प्रमुखमा उठ्ने

    मुस्ताङी राजाका सल्लाहकार विष्ट गाउँपालिका प्रमुखमा उठ्ने

    मुस्ताङ : मुस्ताङका पूर्व राजा स्व. जिग्मेपरवल विष्टका सल्लाहकारका रुपमा काम गरेका इन्द्रधारा विष्टले लोमान्थाङ गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेका छन्।  जिग्मेपरवल विष्टको दुई महिनाअघि काठमाडौँमा उपचारको क्रममा निधन भएको थियो। २०६२/०६३ पछि वैधानिक रुपमा उपल्लो मुस्ताङमा राजसंस्था हटे पनि स्थानीयले सांस्कृतिक राजाका रुपमा स्व. विष्टलाई सम्मान दिँदै आएका थिए।  यसअघि लोमान्थाङ गाविसको उपाध्यक्ष रहेका पूर्व राजा विष्टको सल्लाहकार…

    विस्तृतमा पढ्नुस्

  • ‘तीन पुस्ता’ टिकटका आकांक्षी, दलहरुलाई उम्मेद्वार छनोटमै सकस

    ‘तीन पुस्ता’ टिकटका आकांक्षी, दलहरुलाई उम्मेद्वार छनोटमै सकस

    बनेपा : मुलुकमा आवधिक निर्वाचन नभएका कारण राजनीतिक दललाई उम्मेदवार चयन गर्न सकस भएको छ।  आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोकबाट खासगरी प्रमुख राजनीतिक दलले निर्वाचनका आकांक्षी धेरै भएकाले उम्मेदवार छनोटमा धेरै समय लागेको बताएका छन्।  गाउँगाउँमा चुनावी माहोल बनिरहेको र जनतामा पनि उत्साह थपिएको वर्तमान अवस्थामा नेपाली काँग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र, राप्रपालगायतले चुनावका लागि…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल क्रिकेट : भुवनेश्वरको पाँच विकेटले बोहराको ९५ रन छायामा, पञ्जाव ५ रनले हार्‍यो

    आइपीएल क्रिकेट : भुवनेश्वरको पाँच विकेटले बोहराको ९५ रन छायामा, पञ्जाव ५ रनले हार्‍यो

    भुनवेश्वर कुमारले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि आइपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा सनराइजर्स हैदरावादले किङ्ग्स इलेवन पञ्जावलाई ५ रनले हराएको छ। भुनवेश्वरले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए। जारी आइपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको पहिलो नम्बरमा रहेका भुवनेश्वरले पञ्जावका ओपनर मनन वोहराको ९५ रनको योगदानलाई छायामा पारे। अन्तिम दुई ओभरमा १६ रन चाहिएको अवस्थामा भुवनेश्वरले वोहरालाई एलविडव्लुको शिकार बनाएका…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : आर्सनलको शीर्ष चार सम्भावना कायमै

    प्रिमियर लिग : आर्सनलको शीर्ष चार सम्भावना कायमै

    मिडल्स्ब्रोलाई २-१ ले पराजित गर्दै आर्सनलले प्रिमियर लिगको शीर्ष चारमा रहने सम्भावनालाई कायमै राखेको छ।   सोमबार भएको खेलमा आर्सनललाई ३ अक दिलाउन मेसुट ओजिलले निर्णायक गोल गरे।  ४२ औं मिनेट एलेक्सिस सान्चेजले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थए। दोस्रो मिडल्स्ब्रोका अल्भारो नेग्रेडोले ५०औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‌याए। तर ७१औं मिनेटमा ओजिलले गोल गरेपछि आर्सनल ३…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन सुरक्षाबारे प्रधानमन्त्री लिए सुरक्षा अंगका प्रमुखसँग ब्रिफिङ

    निर्वाचन सुरक्षाबारे प्रधानमन्त्री लिए सुरक्षा अंगका प्रमुखसँग ब्रिफिङ

    काठमाडौं : आसन्न निर्वाचनको सुरक्षा तयारीबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकाय प्रमुखहरुसँग ब्रिफिङ लिएका छन्। प्रधानमन्त्रीले मंगलबार बिहान बालुवाटार बोलाएर चारवटै सुरक्षा निकाय प्रमुखसँग ब्रिफिङ लिएका हुन्।   प्रधानमन्त्रीले प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मीलाई बालुवाटार बोलाएर पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस्, राष्ट्रपति भण्डारीलाई भारतमा गार्ड अफ अनर

    फोटोमा हेर्नुस्, राष्ट्रपति भण्डारीलाई भारतमा गार्ड अफ अनर

    काठमाडौँ : चार दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतले गार्ड अफ अनरबाट सम्मानित गरेको छ। राष्ट्रपति भण्डारी सोमबार नयाँ दिल्ली पुगेकी थिइन्। भ्रमणको दोश्रो दिन आज उनले महत्वपूर्ण भेटघाट समेत गर्दैछिन्। भण्डारीले आज भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्नेछन्। फोटोमा हेर्नुस् राष्ट्रपति भवनमा दिइएको गार्ड अफ अनर-  फोटो : @MEAIndia…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आचारसंहिता विपरीत उद्घाटनमा दलका नेता

    निर्वाचन आचारसंहिता विपरीत उद्घाटनमा दलका नेता

    मेलम्ची : निर्वाचन आचारसंहिता विपरीत सिन्धुपाल्चोक जिल्लामा राजनीतिक दल सडक उद्घाटनलगायतका कार्यमा व्यस्त हुन थालेका छन्।  निर्वाचन आयोेगले निर्वाचनको मिति घोषणा भएपछि मतदातालाई प्रत्यक्ष प्रभावित पार्ने काम नगर्न आग्रह गरे पनि आचारसंहिता लत्याउँदै राजनीतिक दल चुनावको माहोल बनाउन लागेका छन्।  मिति घोषणापछि सडक निर्माण, भौतिक संरचनाको उद्घाटन गर्न नपाउने भए पनि जिल्लामा माओवादी केन्द्रका नेता नयाँ सडक खन्ने तथा त्यसको…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'राज्जा रानी’ युनिटको आश: दीपक क्षेत्रीको आवाजमा डबिङ गर्न सकिन्छ

    फिल्म 'राज्जा रानी’ युनिटको आश: दीपक क्षेत्रीको आवाजमा डबिङ गर्न सकिन्छ

    काठमाडौं: अभिनेता दीपक क्षेत्रीको घाँटीमा पलाएको मासुका कारण स्वरमा समस्या सिर्जना भयो। जसका कारण हाल भइरहेको छ। उपचार अघि क्षेत्री फिल्म 'राज्जा रानीको' छायाँकनमा थिए। फिल्म युनिटले स्पोटबाटै सहयोग अभियान सुरु गरेपछि उपचारका लागि विश्वव्यापी अर्थ संकलन भैरहेको छ। सोमबारसम्म १० लाखभन्दा बढी सहयोग जुटेको बताइएको छ।  सोमबार फिल्म 'राज्ज रानी'का निर्माता, कलाकार, निर्देशकले क्षेत्रीको स्वास्थ्यस्थिती बारे बुझ्न डिल्लीबजारस्थित कोठामा…

    विस्तृतमा पढ्नुस्

  • तक्मे बुढाको निर्माण रहेको 'रातो घर'को ट्रेलर रिलिज

    तक्मे बुढाको निर्माण रहेको 'रातो घर'को ट्रेलर रिलिज

    काठमाडौं: फिल्म 'रातो घर' प्रचारका लागि फ्लोरमा निस्कियो। फिल्म युनिटले सोमबार ट्रेलर सार्वजनिक गर्दै नेपाल प्रदर्शनका लागि प्रचार सुरु गरेको हो। फिल्म नेपाल अघि अमेरिका, अष्ट्रेलिया र लण्डनमा प्रदर्शन भैसकेको छ। फिल्मले विदेश प्रदर्शनबाट नै लगानी उठाएको निर्माताको दाबी छ। रातो घरबाट हास्य कलाकार विल्सन बिक्रम राईले फिल्म निर्माणमा डेब्यु गरेका हुन्। झापामा छायाँकन भएको फिल्ममा युवा पुस्ता, पैसा मोह…

    विस्तृतमा पढ्नुस्

  • गान्धीको समाधि स्थलमा राष्ट्रपति भण्डारी

    गान्धीको समाधि स्थलमा राष्ट्रपति भण्डारी

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ दिल्लीको राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेकी छिन्। राष्ट्रपति भवनमा गार्ड अफ अनर लिए लगत्तै उनी गान्धीको समाधिस्थल पुगेकी थिइ्न्। चार दिने भारत भ्रमणमा रहेकी भण्डारीले आजै राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।   

    विस्तृतमा पढ्नुस्

  • 'फेट अफ फ्युरियस'ले तोड्यो बक्स अफिसको अन्तराष्ट्रिय रेकर्ड

    'फेट अफ फ्युरियस'ले तोड्यो बक्स अफिसको अन्तराष्ट्रिय रेकर्ड

    काठमाडौं: हलिउड फिल्म 'फेट अफ फ्युरियस'ले बक्स अफिसको सबै अन्तराष्ट्रिय रेकर्ड तोडेको छ। इस्टर बिदाको टार्गेटमा रिलिज भएको फिल्मले पहिलो हप्ता नै ५३.२५ करोड डलर बराबरको ग्रस कलेक्शन गरेको हो। 'फास्ट एण्ड फ्युरियस' फिल्मको यो आठौ संस्करण हो। हालसम्म छोटो समयमा सर्वाधिक ग्रस कलेक्शन गर्ने फिल्मको लिस्टमा 'स्टार वार्स: द फोर्स अवेकस' अगाडी थियो। फिल्मले ५२.९ करोड डलर कमाएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

    राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भेटवार्ता गरेकी छिन्। भारतीय राष्ट्रपति भवनमा पाहुनाको रुपमा रहेकी भण्डारीलाई भेट्न स्वराज पुगेकी हुन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले ट्विट गर्दै भेटमा दुई देशबीचको साझा ऐतिहासिक र सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गरेका छन्।   Shaping our shared historical and cultural linkages. EAM @SushmaSwaraj calls on President Bidya Devi Bhandari at…

    विस्तृतमा पढ्नुस्

  • चार घण्टा बित्दा समेत भक्तपुरमा आगलागी नियन्त्रणमा आएन

    चार घण्टा बित्दा समेत भक्तपुरमा आगलागी नियन्त्रणमा आएन

    काठमाडौःँ भक्तपुरको सूर्यविनायक नगरपालिकास्ठित सिरुटार पिलागाउँमा आगलागी भएको छ। एक कारखानको लागि खानेपानीको 'डिप बोरिङ' को काम भइरहेको बेला निस्किएको अत्याधिक ग्यासका कारण आगलागी भएको हो। आगलागी सुरु भएको ४ घण्टा बितिसक्दा समेत नियन्त्रणामा आउन सकेको छैन। आगलागी नियन्त्रणमा लागि जुद्ध बारुण यन्त्र काठमाडौँको २ वटा र भक्तपुर र ललितपुर महानगरपालीका एकएक वटा तथा सेनाको एक दमकल घटनास्थल पुगेको छ। आगलागी…

    विस्तृतमा पढ्नुस्

  • भारत र चीन फिल्म इन्डस्ट्रिको बढ्दो सम्बन्ध, दंगल चाइना फिल्म महोत्सवमा

    भारत र चीन फिल्म इन्डस्ट्रिको बढ्दो सम्बन्ध, दंगल चाइना फिल्म महोत्सवमा

    बलिउड स्टार आमिर खान त्यस्ता कलाकार हुन् जसको चीनमा पनि अत्याधिक फ्यान रहेका छन्। दंगलको चाइना प्रिमियरका लागि आमिर पनि बेइजिङ पुगेका छन्। बेइजिङ अन्तराष्ट्रिय फिल्म महोत्सवमा फिल्म प्रदर्शन हुने भएको हो। आमिर खानको फिल्म चाइनामा प्रदर्शन हुन लागेको यो पहिलो पटक भने होइन। यसअघि फिल्म 'थ्रि इडियट्स' प्रदर्शन भएको थियो। फिल्मले निकै लोकप्रियता कमायो। अभिनेता ज्याक्की चेनले पनि त्यो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell