काठमाडौं : स्थानीय तह निर्वाचन अस्वीकार गर्दै आएको मधेशी मोर्चा थप आन्दोलनमा जाने भएको छ। संविधान संशोधनको माग राख्दै सरकारसँग पटक–पटक बार्तामा बसे पनि माग सम्वोधन नभएको भन्दै मोर्चाले बैशाख पहिलो साताबाट आन्दोलनमा जाने तयारीमा जुटेको हो। संविधान संशोधनका लागि संसद्मा दर्ता भएको प्रस्ताव सकरात्मक भए पनि प्रस्ताव पारित नभई चुनावमा नजाने अडानमा मोर्चा छ। आन्दोलनको स्वरुप र कार्यक्रम मोर्चाले…
काठमाडौं : नेपाल र चीनका सेनाले आजदेखि दश दिन संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। ‘सगरमाथा फ्रेण्डसीप अभ्यास’ नाम दिइएको अभ्यास वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ। चीनसँग पहिलोपटक संयुक्त सैन्य अभ्यास हुन लागेको हो। संयुक्त अभ्यासमा भाग लिन चिनियाँ जनमुक्ति सेनाको विशेष टोली शनिबार काठमाडौं आइपुगेका हो। चिनियाँ जनमुक्ति सेनाका कर्नेल याङ सुमेङको नेतृत्वमा २२ सदस्यीय टोली काठमाडौं आएको हो। …
रत्ननगर : तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा आज चितवनको रत्ननगरस्थित सौराहामा झोपो बानेर शोक र्याली प्रदर्शन गरिएको छ। चितवन राष्ट्रिय निकुञ्ज आसपासका झन्डै ४० वटा संघ–संस्थाले संयुक्त रुपमा कार्यक्रम गरी शोक र्याली निकालेका हुन्। यही चैतको अन्तिम साता पश्चिम चितवनको जगतपुरस्थित हरियाली सामुदायिक वनमा तस्करले गैँडालाई गोली हानेर मारी खागसमेत लगेको थियो। त्यसको विरोधमा २२औँ वन्यजन्तु सप्ताहको तेस्रो दिनमा…
लहान : सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स४प १९६८ नं. को मोटरसाइकलको ठक्करबाट सिरहाको झोली निवासी ६० वर्षीया सहोदिया कामतीको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएकी कामतीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ। ठक्कर दिने मोटरसाइकल र चालकलाई…
राधेश्याम पटेल वीरगन्ज : यस वर्षको खराब मौसमले गहुँबाली लगाउने पर्साका किसानहरूलाई थप पीडा दिएको छ। चैत मसान्तभित्र तीन पटकसम्म असिना पानी परेकोले पर्सामा गहुँबाली नराम्ररी प्रभावित भएको छ । दुइ/तीन वर्षयता चैतमा असिना पानी परेको थिएन। जिल्ला कृषि बिकास कार्यालय, पर्साका प्रमुख वीरेन्द्र सिन्हाले खराब मौसमले ३२ हजार हेक्टरमा लगाइएको गहुँबालीमध्ये ४ हजार हेक्टरमा क्षति पुगेको बताए। सबैभन्दा बढी…
विश्वकै सबैभन्दा ठूलो मरुभूमी सहारा मरुभूमीमा भएको म्याराथन डेस साबलेस (बालुवामा हुने म्याराथन) को उपाधिक मोरोक्कोका रचिद एल मोराबिटीले जितेका छन्। ६ दिनसम्म हुने मल्टी डे रेसमा २५१ किलोमिटर दुरीको म्याराथनमा उनी पाँचो पटक च्याम्पियन बनेका हुन्। रचिद भन्दा ७ सेकेण्ड पछि परेका मोहमद मोराबिटी दोस्रो भए। म्याराथन मोरोक्कोकै दक्षिणी क्षेत्रमा भएको हो। बेलायतका थोमस इभान्स तेस्रो भए। सन् १९८६…
काठमाडौँ : राप्रपाले विधानबाट हिन्दु धर्म र राजतन्त्रसहितको प्रजातन्त्र हटाउने निर्णय पुनर्विचार गर्न निर्वाचन आयोगमा पुनः ज्ञापनपत्र बुझाएको छ। राप्रपा नेता सुशीलकुमार श्रेष्ठसहितको टोलीले निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्याललाई भेटी आइतबार ज्ञापनपत्र बुझाएका हुन्। अध्यक्ष कमल थापाको नामबाट हस्ताक्षर गरिएको पत्र बोकेर श्रेष्ठसहितका नेता आइतबार निर्वाचन आयोगको कार्यालय पुगेका हुन्। यसअघि बुझाएको ज्ञापनपत्रमा आयोगले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै राप्रपाले दोस्रो…
काठमाडौं: पाँचौ ‘जुनियर ब्याटल २०१७’का विजेता घोषित भएका छन्। उमेर समुह अनुसार कक्षा १ र २, कक्षा २ र ४ र कक्षा ५ देखि ८ सम्मका भिन्ना भिन्नै तीन शिर्ष विजेता छानिएका हुन्। कार्यक्रममा ‘जुनियर ब्याटल एन्जल्स’को शिर्ष उपाधि नाइटेङ्गल स्कुलकी निर्जला खड्काले जितिन्। फष्ट रनर्स अपको उपाधि नाइटिङ्गलकै आरुसी कँडेल र सेकेन्ड रनर्स अपको उपाधि रेडियन्स रिडर स्कुलका दृश्या…
बलरहरुले उत्कृष्ट प्रदर्शन गर्पछि शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेरन्जर्सले सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा लगातार चौथो जित हासिल गरेको छ। यसअघि नै प्लेअफमा स्थान बनाइसकेको रुपन्देहीले आइतबार भएको पहिलो खेलमा शरद भेषावकरको विराटनगर किंग्सलाई ६१ रनले पराजित गरेको हो। विराटनगरले पनि यसअघि नै प्लेअफमा स्थान बनाइकसको छ। अपराजित रुपन्देहीको ४ खेलबाट ८ अंक छ भने ५ खेलबाट विराटनगरको ६…
काठमाडौं: फिल्म 'द ब्ल्याक डायरी'को रिलिज डेट तय भएको छ। फिल्म यहि बैशाख २२ गतेबाट प्रदर्शनमा आउने भएको हो। निर्माण युनिटले फिल्म रिलिज बारे आइतबार जानकारी दिए। क्याटभिजन प्रोडक्सन प्रस्तुती रहेको फिल्ममा बाइकर्स युवाको कथा देखाइने बताइएको छ। सुजन घिमिरे निर्देशित फिल्मको विषय भिन्न रहेको निर्देशकको दाबी छ। फिल्मलाई अनोज अधिकारीले निर्माण गरेका हुन्। फिल्ममा भुवन केसी, रमेश सिंह, अभय…
धनगढी : कञ्चनपुर आइकोनिकले सिवाइसी अत्तरियालाई ६ विकेटले पराजित गर्दै सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ। आइतबार भएको खेलमा कञ्चनपुरले ८६ रनको सामान्य लक्ष्य १० ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो। कञ्चनपुरको जितमा सुनिल धमलाले अलराउण्ड प्रदर्शन गरे। ब्याटिङमा सर्वाधिक २८ रन बनाएका उनले बलिङमा ३ विकेट लिएका थए। यस्तै सागर पुन र हसिम…
काठमाडौं : दुई विभागीय क्लब नेपाल आर्मी र नेपाल पुलिस तेस्रो आरबीबी–एनभीए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको पुरुषतर्फ उपाधिका लागि ऐड्ने भएका छन्। आइतबार आर्मीले साबिक विजेता हेल्प नेपाललाई प्रतिस्पर्धात्मक खेलमा ३–२ ले पराजित गर्दै पुलिससँगको भिडद्द्त पक्का गरेको हो। पहिलो सेटमा २०–२३ ले पछि परेको आर्मीले लगातार ५ अंक जोड्दै २५–२३ ले सेट जितेको थियो। ४ भारतीय…
काठमाडौं : ए डिभिजन क्लब संकटाको प्रायोजक रहेकव सिएमजी क्लबले मोफसलमा भएकव तीन नकआउट टुर्नामेन्टको उपाधि जितेको क्लब र खेलाडीलाई आइतबार सम्मान गरेको छ। संकटा क्लब ७ टुर्नामेन्टको फाइनलमा पुग्नै ३ वटामा च्याम्पियन बनेको थियो। होटल प्लाटिनममा भएको कार्यक्रमम अखिल नेपाल फुटबल सघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै ३ उपाधि जित्न सफल संकट क्लबलाई बधाई दिए। सिएमजी क्लबका…
आइपीएल अन्तर्गत आइतबार भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले गुजरात लायन्सलाई ६ विकेटले पराजित गर्दै पुन: अंक तालिकामा शीर्ष स्थानमा फर्किएको छ। ५ खेलमध्ये ४ खेल जितेको मुम्बई ८ अंकका साथ शीर्ष स्थानमा रहेको छ। ४ खेलबाट ६ अंक रहेको कोलकता नाइट राइडर्स दोस्रो झरेको छ। मुम्बईले घरेलु मैदानमा १७७ रनको लक्ष्य ३ बल अगावै ४ विकेट गुमाएर पुरा गरेको हो।…
काठमाडौं: नेपाली ‘लिटिल स्टार२०१७’ को विजेता घोषित भएका छन्। प्रतियोगिताको शिर्ष उपाधि श्रेया महर्जन र अभिनव श्रेष्ठले जितेका छन्। सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा ६८ जना बालबाकिलाको सहभागिता रहेको थियो। प्रतियोगितामा दिप्तेश सिंह तथा प्रकृति पोखरेलले सिनियरतर्फको फस्ट रनर्स अपको उपाधि जिते भने जुक्ति विक्रम शाही तथा मायोमी बज्रँचार्यले जुनियर तर्फको फस्ट रनर्स अपको उपाधिमा हात पारे। यसैगरी श्रृजन…
काठमाडौं: भुटानी शरणार्थीको कथामा बनेको फिल्म ‘देश खोज्दै जाँदा’को गीत सार्वजनिक भएको छ। नयाँ वर्ष २०७४ को अवसरमा शनिवार फिल्म युनिटले युट्युबमार्फत ‘छातीमा लागेको माटो त’ बोलको गीत सार्वजनिक गरेको हो। गीतमा श्रवण मुकारुङको शब्द र आभाषको संगीत रहेको छ। स्वरुपराज आचार्यले गीतमा स्वर दिएका छन्। गीतको भिडियोमा आफ्नो देश र पहिचानका लागि संघर्ष गरिरहेका शरणार्थीहरुको पिडादायी जीवन व्यक्त देखाउन…
काठमाडौं : सशस्त्र प्रहरी बलको एपीएफ र पुरानो नैकापको न्यूडायमन्ड एकेडेमीले तेस्रो आरबीबी–एनभीए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको महिलातर्फ फाइनल यात्रा तय गरेका छन्। यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाएको छ। एपीएफ र न्यूडायमन्डले लिग चरणमा अपराजित रहँदै एक खेल खेल्नु अघि नै उपाधि भिडन्त पक्का गरेका हुन्। लिग चरणको अन्तिम खेल आइतबार यी दुई टोली…
टोटनहमले एएफसी बर्नमाउथलाई ४-० ले पराजित गर्दै शीर्ष स्थानको चेल्सीसँग अंक दूरी ४ मा झारेको छ। शनिबार भएको खेलमा टोटनहमका लागि चार फरक खेलाडीले गोद गर्दै ३ अंक दिलाए। टोटनहमका लागि माउसा डेम्बेले, हेउन मिन सन ह्यारी केन र भिनसेन्ट जानसेनले गोल गरे। जितपछि टोटनहमको ३२ खेलबाट ७१ अंक भएको छ। एक खेल कम खेलेको चेल्सीको ७५ अंक छ र…
काठमाडौँ : आजदेखि काठमाडौँ उपत्यका हर्न निषेधित क्षेत्र घोषित भएको छ। पूर्व निर्णय अनुसार यातायत व्यवस्था विभाग, ट्राफिक महाशाखा र काठमाडौं महानगरपालिकाको समन्वयमा उपत्यकालाई ‘नो हर्न’ क्षेत्र घोषणा गरिएको हो। यो नियम सार्वजनिक, निजी, पर्यटकबाहक र सरकारी सबै सवारी साधनमा लागू हुनेछ। आकस्मिक सेवाका साधनहरु दमकल, एम्बुलेन्स, प्रहरी भ्यानहरुमा भने नियम लागू हुनेछैन। कति जरिवाना? कसैले यो नियमलाई अटेर गर्दै…
सुरुङ्गा : हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० निवासी ६६ वर्षीय नित्यरत्न शाक्य रहेका छन्। उनले १५४ सर्वसाधारणबाट करिब रु १४ लाख ठगी गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। आफू हिमानी ट्रष्टको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने ‘हु वल्र्डवाइड एसोसिएसन’, झापाको निर्देशक भएको बताउँदै संस्थाको विभिन्न…