नयाँ दिल्ली : सन् २०१६ को अक्टोबरदेखि डिसेम्बरसम्मको त्रैमासिकमा भारतमा हिरो स्प्लेन्डरले बिक्रीमा सबै मोटरसाइकललाई उछिनेको छ। बजारमा अनेक स्पोर्टी मोटरसाइकल आए पनि हिरो मोटोकर्पको स्प्लेन्डरको लोकप्रियतालाई कसैले माथ दिन सकेको छैन। स्कुटर सेगमेन्टमा होण्डाको एक्टिभा पहिलो स्थानमा रहेको छ। सोसाइटी अफ इण्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सको तथ्याङ्कअनुसार हिरो मोटोकर्पले उक्त अविधमा पाँच लाख ९१ हजार १७ वटा स्प्लेन्डर…
काठमाडौं : नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको बहस सकिए पनि अन्तिम आदेश नआउनुमा अदालतले तीन कारणमा टेकेको छ। न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले बुधबार दिएको आदेशले प्रहरीको आइजीपी को हो त्यो टुङ्ग्याएको छैन। तर अन्तरिम आदेशलाई जारी राख्न टेकेको तीन आधार हेर्दा फैसला सरकारका लागि सकारात्मक देखिँदैन। फागुन १ गते सरकारले प्रहरी…
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। बुधबार सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा आयोजना गरिएको कार्यक्रममा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले प्रहरी अतिरिक्त महानिरीक्षक प्रेमकुमार शाहीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्। कार्यक्रममा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत तामाङले विपद् व्यवस्थापनमा यसअघि सशस्त्र प्रहरीले खेलेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे। …
काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव बुधबार मन्त्रीहरुसँग झोक्किए। निर्वाचन आचारसंहिताबारे जानकारी गराउन डाकिएका मन्त्रीहरु आचारसंहिता कडा भएको भन्दै प्रतिवादमा उत्रिएपछि प्रमुख आयुक्त यादव हकार्ने शैलीमा प्रस्तुत भए। मन्त्रीहरुले निर्वाचन क्षेत्रमा गएर प्रचार गर्न पाउनुपर्ने बताए। आफूहरुको महिनौँअघि तय भएको राजनीतिक कार्यक्रम र उद्घाटनमा जान दिन आग्रह गरे। साथै कतिपय राजनीतिक नियुक्ति गर्नुपर्ने पद खाली भएको अवस्थामा नियुक्ति सहजीकरणका…
काठमाडौँ : बैशाख ३१ गतेका लागि सरकारले निर्वाचन मिति घोषणा गरेको छ। मधेसी मोर्चा संसदमा रहेको संविधान संशोधन विधेयक पारित नगरि निर्वाचनमा भाग नलिने अडानमा छ। प्रधानमन्त्री निवास बालुवाटारमा दैनिक मधेसी नेताहरु र सरकारबीच वार्ता जारी छ। तर वार्तामा सहभागि छैनन् उपेन्द्र यादव। सरकार र मधेशी मोर्चा बीच पछिल्लो समय भएका वार्ता महत्वपूर्ण छ। संविधान संशोधन स्थगन गरेर निर्वाचनमा जान…
काठमाडौं : उर्जामन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले आगामी दुई वर्षभित्र नेपालबाट एलपी ग्याँस हटाउने घोषणा गरेका छन्। जलस्रोत तथा उर्जा पत्रकार समाज (वारेज) नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले उक्त घोषणा गरेका हुन्। 'राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक' तथा 'नेपालको पानी जनताको लगानी' विषयक अन्तरक्रियामा बोल्दै मन्त्री शर्माले प्रत्येक परिवारलाई एक लाख रुपैयाँ अनिवार्य…
समर्थ रञ्जीत- काठमाडौँ : आठौं राष्ट्रिय बाल नाटक महोत्सव आज देखि सुरु भएको छ। शैली थिएटर र रुसी सास्कृतिक केन्द्रले आयोजना गरेको महोत्सवमा पहिलो दिन दुइई प्रतियोगि नाटक मञ्चन भए। त्यस्तै रसियन कवितामा आधारित नाटक चिसो यात्रा शैली थिएटरले प्रस्तुत गर्यो। प्रतियोगी नाटक ‘कुमारीको घर’ले कुमारी बस्ने प्रथाले बालिकामा पारेको प्रभाब र बाटो चौडा गर्ने कार्यले बालबालिकामा पर्ने प्रभाव देखाएको…
काठमाडौं : नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको बहस सकिए पनि अन्तिम आदेश नआउनुमा अदालतले तीन कारणमा टेकेको छ। न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले बुधबार दिएको आदेशले प्रहरीको आइजीपी को हो त्यो टुङ्ग्याएको छैन। तर अन्तरिम आदेशलाई जारी राख्न टेकेको तीन आधार हेर्दा फैसला सरकारका लागि सकारात्मक देखिँदैन। फागुन १ गते सरकारले प्रहरी…
काठमाडौं : बिबिसी नेपाली सेवाको मासिक ७ लाखको जागिरबाट राजीनामा दिएर राजनीतीमा होमिएको घोषणा गरेका रवीन्द्र मिश्रको पार्टीको नाम साझा पार्टी र चुनाव चिन्ह तराजु रहेको खुलेको छ। मिश्रले बुधबार निर्वाचन आयोग पुगेर पार्टीको नाम र चुनाव चिन्ह सुरक्षित गराउन निवेदन दिएपछि पार्टीको नाम र चिन्ह सार्वजनिक भएको हो। आयोगमा निवेदन दिएसँगै सो समूहले ट्विवटर ह्यान्डल समेत सार्वजनिक गरेको छ।…
काठमाडौँ : आठ बर्षपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आंगिक र सम्वन्धन प्राप्त क्याम्पसहरुमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ। फागुन १४ गतेका लागि तय भएको चुनाव विद्यार्थी संगठनको आग्रहमा त्रिविले सारेको थियो । स्ववियु निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता भईसकेका र विवाद नभएका क्याम्पसमा निर्वाचन विहानबाट शुरु भएको छ। देशभरका दुई सय ५० क्याम्पसमा निर्वाचन गर्न लागिएको हो। निर्वाचन…
काठमाडौं : सरकारले आजदेखि २० वर्ष पुराना सवारीसाधन चलाए जरीवानासहित सवारी जफत गर्ने भएको छ। उपत्यका बाहिर भने २०७४ फागुन ३० गतेबाट २० बर्ष पुराना सवारीसाधन हटाउने योजना सरकारको छ। तर, उपत्यकाबाट हटाइएका सवारी अञ्चलीकरण गरेर बाहिर चलाउन पाइनेछैन। तेस्रो चरणमा २० बर्ष पुराना सरकारी र निजी गाडी हटाउने योजना सरकारको छ। झण्डै दुई बर्षअघिको निर्णयअनुसार सरकारले उपत्यकाका आजदेखि पुराना…
काठमाडौं : स्थानीय तह निर्वाचनको आचारसंहिता आजदेखि लागू भएको छ। निर्वाचन आयोगले आजदेखि लागू हुनेगरी निर्वाचन आचारसंहिता सार्वजनिक गरेको छ। आयोगले जारी आचारसंहिता कार्यान्वयनका सम्वन्धमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्री तथा नेपाल सरकारका सचिवहरुसँग छलफल समेत गर्दैछ। आचारसंहिता कार्यान्वयनका लागि सवै जिल्ला प्रशासन कार्यालयमा परिपत्र भइसकेको आयोग प्रवक्ता सूर्य प्रसाद शर्माले बताए। चुनावका उम्मेदवारको हकमा भने मनोनयन दर्तापछि (वैशाख १६)…
काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक विवाद मुद्दामा सर्वोच्च अदालतले आज यसअघिको अन्तरकालीन आदेश निरन्तर हुने/नहुने आदेश सुनाउँदैछ। विपक्षीसम्मका सबै कानुन व्यवसायीको बहस मंगलबार नै सकिएको छ। न्यायाधीशद्वय हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासमा हेर्दाहेर्दैमा मुद्दाको सुनुवाइ निरन्तर हुँदै आएको छ। आज निवेदकका कानुन व्यवसायीले विपक्षीले बहसका क्रममा उठाएका प्रश्नमा जवाफ दिनेछन्। जवाफ फर्काउने क्रम संक्षिप्त हुने प्रचलन छ। जवाफपछि…
काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक गन्तव्य इजरायलमा रोजगारीको अवसर खुलेको छ। मासिक एक लाख रुपैयाँ भन्दा बढी कमाइ हुने इजरायलमा सरकारले नै कामदार पठाउनेछ। अहिले ६० जना केयर गिभरको लागि अवसर आएको हो। इजरायलमा केयर गिभरको लागि अवसर खुलेको हो। म्यानपावर कम्पनीले धेरै रकम असुलेपछि केही वर्षदेखि बन्द थियो। बन्द भएपछि नेपाल सरकार र इजरायल सरकारले (जिटुजी) कामदार…
काठमाडौं : आरडिसी बेइजिङ हाइ पर्फमेन्स तालिममा सहभागी हुन नेपाली म्याराथन धावक भूमिराज राई मंगलबार चीनको बेइजिङ प्रस्थान गरेका छन्। अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघको उक्त तालिम ५ महिनासम्म सञ्चालन हुने नेपाल एथलेटिक्स संघका महासचिव सुनील राजवंशीले जनाएका छन्। भूमि नेपालमै भएका म्याराथनमा कम समयमा दौड पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन्। उनको उत्कृष्ट समय २ घण्टा २० मिनेट ४४ सेकेन्ड रहेको…
काठमाडौं : मोबाइल फोटोग्राफीमा अग्रणी ओप्पोले 'फाइभ एक्स डुअल क्यामरा जुम प्रविधि' सार्वजनिक गरेको छ।मोबाइल वर्ल्ड कंग्रेस २०१७को अवसरमा कम्पनीले यो प्रविधि सार्वजनिक गरेको हो। कम्पनीले प्रदर्शित गरेको यो पेरिस्कोप स्टाइल डुअल क्यामेरा, स्मार्टफोनका लागि संसारकै पहिलो हो ।यो प्रविधिले स्मार्टफोनमा पाँच गुणा ‘लसलेस’ जुम क्षमता उपलब्ध गराउँने कम्पनीको दाबी छ । बजारमा उपलब्ध २ गुणा जुम फन्सन उपलब्ध गराउने…
काठमाडौं : स्पोर्टस फर अल क्लब, नेपालको आयोजनामा 'दोस्रो नेपाल कप भेट्रान फुटबल च्याम्पियनसिप’ चैत ३ गतेदेखि हुने भएके छ। २०७१ सालमा पहिलो पटक ‘एनबिए नेपाल कप भेट्रान फुटबल प्रतियोगिता’ आयोजना गरेको क्लबले २०७२ सालमा महाभूकम्पका कारण स्थगित गरेको थियो। स्पोर्टस फर अल क्लबले नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको समेत चार संस्करण आयोजना गरिसकेको छ। भेट्रन कपलाई पनि निरन्तरता दिने…
ललितपुर : ललितपुरको धापाखेलमा बा ७६ प ६८५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलपछाडि सवार एक युवा गम्भीर घाइते भएका छन्। हिजो बेलुकी पौने ८ बजे भएको दुर्घटनामा संखुवासभा चैनपुर घर भई हाल धापाखेल बस्ने २३ वर्षीय क्षितिज जिनी गम्भीर घाइते भएका हुन्। उनको सुमेरु अस्पताल धापाखेलमा उपचार भइरहेको छ। दुर्घटनापश्चात् फरार मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पाउलो डाएबलाले पेनाल्टीमार्फत दुई गोल गरेपछि कोपा इटालियनको सेमिफाइनल पहिलो लेगमा युभेन्ट्सले नेपोलीलाई ३-१ ले पराजित गरेको छ। जितसँगै युभेन्ट्सले २ गोलको अग्रता समेत कायम गरेको छ। युभेन्ट्सको घरेलु मैदान टुरिनमा भएको खेलमा जोस मारिया कालेजोनले ३६ औं मिनेटमा गोल गर्दै भ्रमणकारी टोली नेपालीलाई पहिले अग्रता दिलाएका थिए। तर अर्जेन्टाइन युवा स्टार डाएबलाले ४७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बराबरी…
धुलिखेल : काभ्रेपलाञ्चोक जिल्लामा आज हुने स्ववियु निर्वाचनमा १२ वटा मात्रै क्याम्पसमा मतदान हुँदैछ। १६ क्याम्पसमध्ये दुईवटा क्याम्पस प्रकाश क्याम्पस, भुम्लुटार र कानपुर क्याम्पस, कानपुर, कालापानीमा सर्वसम्मत भएको र दुईवटा क्याम्पसमा भने विवादका कारण स्थगित रहेको प्रहरीले जनाएको छ। 'जिल्लाको पनौतीको इन्द्रेश्वर क्याम्पस र धुलिखेलस्थित धुलिखेल क्याम्पसमा स्थगित नै छ', प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले भने, 'केही क्याम्पसमा मतदान सुरु…