फलेवास (पर्वत) : गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर एकै परिवारका चारजना मिर्गौलापीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। विद्यार्थीले आफूले खाने खाजा खर्च कटाएर सबै विद्यार्थीसँग आर्थिक सहयोग जुटाएर मिर्गौलापीडितलाई उपचारको लागि सहयोग गरेका हुन्। जिल्लाको कुर्घा–३ का तिलोचन शर्माका एक छोरा, दुई छोरी र श्रीमतीको मिर्गौलाको उपचारको लागि सहयोग गरिएको हो। उक्त सहयोग रकम आइतबार एक…
सुरुङ्गा (झापा) : जङ्गली हात्तीको आक्रमणमा परीे एक बालिकासहित दुईजनाले ज्यान गुमाएसँगै झापाको भद्रपुर नगरपालिका–२ अहिले शोकमग्न भएको छ। जङ्गली हात्तीको आक्रमणमा परी भद्रपुर–२ निवासी ४१ वर्षीया पालमाया सुब्बाको मृत्यु भएको थियो भने सोमबार सोही ठाउँ निवासी अर्की १३ वर्षीया बालिका शर्मिला लिम्बूले पनि ज्यान गुमाएसँगै भद्रपुर शोकमग्न भएको हो। आइतबार मायालु सामुदायिक वनमा घाँस काट्न गएका उनीहरुलाई हात्तीले आक्रमण…
क्वालालम्पुर : गैरकानुनी रूपमा बसाईसराई गरी आएका व्यक्तिहरूको एक डुङ्गा मलेसियाको तटिय क्षेत्रमा पल्टिँदा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ। सो दुर्घटनामा अन्य कैयौँ व्यक्ति बेपत्ता भएको पनि अधिकारीहरूले जानकारी दिएका छन्। सो दुर्घटनामा मारिएका छ महिला र तीन पुरुषको शव सोमबार बिहान सबेरै फेला परेको मलेसियाली समुद्रिय सम्पादन निकायले जानकारी दिएको छ। पल्टिएको सो डुङ्गामा गैर कानुनी रूपमा सवार…
एजेन्सी : नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न १२ देश सम्मिलित व्यापार सम्वन्धी सम्झौता ट्रान्स–प्यासेफिक पार्टनरशीप (टीपीपी) बाट बाहिरिने निर्णय लिएका छन्। टीपीपीबाट बाहिरिने निर्णयमा ट्रम्पले हस्ताक्षर गरेका छन्। चुनावी दौरान उनले आफु राष्ट्रपति भए उक्त सम्झौता खारेज गर्ने बताएका थिए। पूर्व राष्ट्रपति बराक ओबामाको एसिया नीति भनेर चिनिएको उक्त सम्झौता उनकै प्रयासमा भएको थियो । जसमा १२ राष्ट्र सम्मिलित…
बैतडी : बैतडीमा जारी सहिद दशरथचन्द स्मृति यू –१९ आमन्त्रण क्रिकेट प्रतियोगितामा त्रिलोचन क्रिकेट क्लब र आयोजक दशरथचन्द एकेडेमी क्रिकेट क्लब विजयी भएका छन्। सोमबार निङ्गलाशैनी खेल मैदान देहीमाडौँमा सम्पन्न खेलमा एनआरवाइसी बठ्ठालाई चार विकेटले पाखा लगाउँदै त्रिलोचनले पहिलो जित दर्ता गरेको छ। टस जितेर ब्याटिङ रोजेको बठ्ठाले सुनिल चन्दको ३५ रनको मद्दतले २४ दशमलव ४ ओभरमा एक सय ४७…
पाल्पा : पाल्पाको रामपुर नगरपालिकास्थित सामुदायिक रेडियो रामपुरले जिल्ला हुलाक कार्यालय, पाल्पाबाट आफ्नो नवीकरण गर्न थालेको छ। सरकारले १०० वाट क्षमताका रेडियोको नवीकरण र रोयल्टी तिर्ने व्यवस्था कार्यान्वयनमा ल्याएसँगै सूचना मन्त्रालय धाउन नपरेको स्टेसन म्यानेजर शुकदेव पोखरेलले जानकारी दिए। जिल्ला हुलाक कार्यालयका प्रमुख खेतबहादुर खत्रीका अनुसार जिल्लामा १०० वाटसम्मको क्षमता भएको सामुदायिक रेडियो रामपुरको आव २०७२/०७३ र ०७३/०७४ को नवीकरण…
सोल : ‘आइफोन राइभल’का रुपमा बजारमा ल्याइएको सामसुङको ग्यालेक्सी नोट सेभेन तात्ने र पड्किने समस्या देखिनुमा मोबाइल सेटको नभई ब्याट्रीको कारण भएको कम्पनीले जनाएको छ। आफ्नो मोबाइलको सफ्टवेयर वा हार्डवेयर दुवैमा समस्या नदेखिएको र सबै समस्या ब्याट्रीमा भएको निष्कर्ष दक्षिण कोरियाली टेक्नोलोजी जायन्ट सामसुङले निकालेको छ। गत वर्षको अगस्टमा लन्च गरिएको सामसुङ नोट सेभेनलार्इ एप्पल आइफोनको विकल्पको रुपमा…
तनहुँ : तनहुँको जामुनेस्थित नवनिर्मित राधा मावि परिसरमा नायक राजेश हमाल पुग्दा सोमबार स्थानीयको भिड लाग्यो। स्वागतमा सबै आतुर देखिए। घाँसी आदर्श समाज नेपालले निर्माण गरेको विद्यालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रमका लागि नायक हमाल यहाँ आएका हुन्। महानायकका रुपमा चर्चा पाएका हमालले पछिल्लो समय घाँसी नेपालका मानार्थ सदस्य भएर अभियन्ताको रुपमा काम गर्दै आएका छन्। विद्यालय हस्तान्तरण…
काठमाडौं : उच्च अदालतको न्यायाधीश नियुक्तिप्रति असन्तुष्ट सरकारी वकिलले तेस्रो दिनपनि बहस बहिस्कारलाई निरन्तरता दिएका छन्। आज पनि सरकारी वकिलहरुले देशभरका अदालत र न्यायाधीकरणमा बहसमा भाग लिएनन्। न्यायाधीश नियुक्तिमा सरकारी वकिललाई उपेक्षा गरेको भन्दै गत आइतवारबाट सरकारी वकिलले बहस बहिस्कार गरेका थिए। निरन्तरको बहस बहिस्कारले सरकारवादी मुद्दामा सुनुवाई हुन सकेको छैन। तर, समस्या समाधानका लागि पहल भएको छैन। गत पुस २८…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोरिससका पूर्व राष्ट्रपति कासाम उत्तिमबीच भेटवार्ता भएको छ। मंगलवार बिहान बालुवाटारमा भएको भेटवार्तामा पूर्व राष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया मौलिक ढंगले पूरा भएको तथा नयाँ राजनीतिक प्रक्रियामा नेपाल सहभागी भएकोमा सराहना व्यक्त गरे। नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय भएकाले यसका अनुभव अन्तराष्ट्रिय रुपमै आदानप्रदान गर्न आफूहरु इच्छुक रहेको उनको भनाइ…
पोखरा : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन राष्ट्रिय हितविपरीत भएको बताएका छन्। प्रेस चौतारी नेपाल, कास्कीले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले राष्ट्रिय हित विपरीतको संशोधन प्रस्तावलाई एमालेले संसद्मा मतदान प्रक्रियामै लैजान नदिने दाबी गरे। सीमाङ्कन हेरफेर प्रस्तावलाई फिर्ता लिएर अरु प्रस्तावलाई मतदानको प्रक्रियामा लैजान सरकारलाई चुनौती दिँदै उनले राष्ट्रिय भाषालाई बेवास्ता…
भोजपुर : सिसी क्यामेरा जडान कार्यविधि विपरीत भोजपुर जिल्लाका विभिन्न स्थानमा सिसी क्यामेरा (सिसीटिभी) जडान गरिएका छन्। सुरक्षाका दृष्टिकोणले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र सिसी क्यामेरा जडान, सञ्चालन गर्नुपर्ने नियम गृह मन्त्रालयले बनाएको भए पनि नियमको पालना कसैले नगरेको पाइएको हो। अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न विद्युतीय उपकरणको प्रभावकारिता बढाउने तथा सिसी क्यामेराको प्रयोगलाई…
इलाम : इलाम सूर्योदय सेवा समाज, दक्षिण कोरियाले वृद्धवृद्धा, अनाथ र दृष्टिविहीन बालबालिकाका लागि रु डेढ लाखभन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ। समाजले माईभगवती वृद्धाश्रमका लागि भवन निर्माणका लागि रु ४१ हजार, गोलाखर्कमा रहेको राहसल बाल अनाथलयलाई रु एक लाख एक हजार र दृष्टिविहीन बालबालिकालाई लत्ताकपडाका लागि रु २१ हजार नगद हस्तान्तरण गरेको हो। वृद्धाश्रममा निर्माणाधीन भवनका…
पथरी (मोरङ) : लोप हुन लागेका विभिन्न जातका कछुवालाई बेतना सिमसार क्षेत्रमा राख्न थालिएको छ। मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रले कछुवा संरक्षण अभियान सुरु गरेको हो। सिमसार संरक्षण समितिका सदस्य भोजराज बस्नेतका अनुसार स्थानीय प्रजातिलाई संरक्षण गर्नका साथै लोप हुन लागेका विभिन्न जातका कछुवालाई सिमसार क्षेत्रमा राख्न थालिएको छ। तालमा राखिएको मोटरबोटमा बोटिङ गर्ने र होटलको…
पथरी (मोरङ) : लोप हुन लागेका विभिन्न जातका कछुवालाई बेतना सिमसार क्षेत्रमा राख्न थालिएको छ। मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रले कछुवा संरक्षण अभियान सुरु गरेको हो। सिमसार संरक्षण समितिका सदस्य भोजराज बस्नेतका अनुसार स्थानीय प्रजातिलाई संरक्षण गर्नका साथै लोप हुन लागेका विभिन्न जातका कछुवालाई सिमसार क्षेत्रमा राख्न थालिएको छ। तालमा राखिएको मोटरबोटमा बोटिङ गर्ने र होटलको…
के तपार्इँले कहिल्यै सोच्नुभएको छ, घडी किन बायाँ हातमै लगाइन्छ? यसको जवाफ निकै रोचक छ। घडी बायाँ हातमा बाँध्नुभन्दा पहिले खल्तीमा राख्ने चलन रहेको एक वेबदुनिया ले उल्लेख गरेको छ। हामीले पनि पुरानो जमानामा चल्ने घडी देखेको हुनुपर्छ, जसलाई खल्तीमा राख्ने गरिन्थ्यो र त्यहीँबाट झिकेर समय हेर्ने गरिन्थ्यो। केही मानिसले चेन भएको घडी हातमा बाँध्न थाले र त्यही बेलादेखि…
लमजुङ : हिमालपारिको जिल्ला मनाङ जोड्ने एकमात्र सडक तीन साता बन्द हुने भएको छ। बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको ताघ्रिङखण्डमा मर्मत तथा स्तरोन्नतिका लागि तीन साता बन्द हुने भएको हो। सडक मर्मत अवधिमा सवारी आवतजावतमा रोक लगाउन सडक डिभिजन कार्यालय दमौलीले जिल्ला प्रशासन कार्यालय लमजुङ र मनाङलाई पत्राचार गरेको छ। डिभिजन कार्यालयका अनुसार यही माघ २५ देखि आगामी फागुन १० गतेसम्मका लागि…
काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले एक हप्ताभित्र चुनावको मिति घोषणा हुने बताएका छन्। बेलायतको लण्डन सहरका लर्ड मेयर एन्ड्रयु पार्मसँग अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा महराले यस्तो बताएका हुन्। नेपाल संक्रमणकालको अन्त्य गर्ने दिशामा अघि बढेको बताउँदै महराले एक वर्षभित्र तीन तहको चुनाव गराउने तयारीमा सरकार रहेको समेत जानकारी गराए। 'एक हप्ताभित्र सरकारले चुनावको मिति घोषणा…
काठमाडौँ : नेपाल विद्युत प्राधिकरणको लोडसेडिङ मुक्त अभियानलाई उपभोक्ताले सघाउँदै पिक आवरमा धेरै बिजुली खपत गर्ने उपकरण नचलाएर सहयोग पुर्याएका छन्। उपभोक्ताले सघाउँदा पिक आवरमा व्यवस्थापनमा सहज भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए। ‘माग बर्सेनि बढेको छ तर आपूर्ति त्यस अनुरुप वृद्धि भएको होइन,' उनले भने, 'माग पक्ष व्यवस्थापनमा उपभोक्ताको साथले नै चौबीसै घन्टा उज्यालो दिन सम्भव भएको…
काठमाडौं : सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताले नै उच्च अदालतका न्यायाधीश नियुक्तिको विषयमा समस्या समाधानको साटो बेञ्च बहिष्कार गर्न उक्साउने र लबिङ गर्न लागेको भन्दै नेपाल मानवअधिकार संगठनले आपत्ति जनाएको छ। उच्च अदालतको न्यायाधीशमा एक जना मात्रै सरकारी वकिलको नाम सिफारिस भएको भन्दै सरकारी वकिलहरु अदालतको सबै तहको बेञ्च बहिष्कार गरेर तीन दिनदेखि आन्दोलनमा छन्। महान्यायधिवक्ता रमण श्रेष्ठले सार्वजनिक…