काठमाडौं : न्याय परिषद्ले उच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि गरेको सिफारिसप्रति आदिवासी थारु कानुन व्यवसायी समाज नेपालले आपत्ति जनाएको छ। समाजका अध्यक्ष भागवतप्रसाद चौधरीले आइतवार विज्ञप्तिमार्फत देशको चौथो जनसंख्या रहेको थारु समुदायवाट न्यायाधीशमा एक जनामात्र सिफारिस हुनु नेपालको संविधानको मर्म विपरित भएको उल्लेख गरेका छन्। न्याय परिषद्बाट त्रुटिपूर्ण निर्णय भएको उल्लेख गर्दै विज्ञप्तिमा सिफारिस नियुक्तिलाई सच्याएर थारु समुदायका वकिलबाट…
सुरुङ्गा (झापा) : घर–घरमा आउने सपेराको क्षणिक आश्वासनमा परेर कतै तपाई ठगिनु भएको त छैन? सर्प नचाउँदै आउने सपेराले तपाइलाई ठग्न सक्छन् होस् गर्नुहोस्! बिर्तामोड–१ स्थित देवी पञ्चकञ्या प्लटिङमा यसरी सर्प नचाउँदै आउने सपेराले सर्वसाधारण ठगेपछि स्थानीयवासीले दुई जना सपेरा पक्राउ गरी आइतबार प्रहरीलाई बुझाएका छन्। विगत केही दिनदेखि बिर्तामोड आसपासमा सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारेर ठगी गर्दै आएका भारतको नजवगड…
तिलोत्तमा (रुपन्देही) : यातायात व्यवस्था कार्यालय, लुम्बिनी अञ्चलको कम्प्युटरको सर्भर (नेट) बिग्रिएका कारण एक हप्तादेखि काम ठप्प भएको छ । काम नभएपछि सेवाग्राही मर्कामा परेका छन्। बुटबल कार्यालयले माघ २ गते आइतबार एक सूचना जारी गर्दै कम्प्युटरको सर्भर बिग्रदा लाइसेन्स जारी गर्ने, नवीकरण गर्ने, तथ्याङ्क राख्ने जस्ता महत्वपूर्ण काम गर्न नसक्ने उल्लेख गर्दा सेवाग्राही मर्कामा परेका हुन्। कार्यालय प्रमुख बेदप्रसाद…
जाजरकोट : सिँचाइ योजनाको पाइप चोरी हुँदा मजकोट–६ का स्थानीय सिँचाइ सुविधाबाट वञ्चित भएका छन्। पिप्से वडारदेखि पल्लाचौर सिँचाइ योजना निर्माण भएको दुई वर्ष नबित्दै पाइप चोरी भएको हो। दुई महिनाअघि मुहानबाट करिब ४०० मिटर लम्बाइ रहेको पाइप चोरी भएको सिँचाइ योजनाका अध्यक्ष मरिमल तिरुवाले बताए। पाइप चोरी भएसँगै यहाँका २०० भन्दा बढी घरधुरी सिँचाइ सुविधाबाट वञ्चित भएकोे बेलपत्री प्रावि…
बैतडी : बैतडीको हाट गाविसलाई बालविवाह शून्य गाविस बनाउनका लागि पहल थालिएको छ। गाविसस्तरीय बालसञ्जाल, किशोरीवृत्त समूह र गाविसस्तरीय बालविवाह न्यूनीकरण समितिले बालविवाह शून्य गाविसको अभियान सञ्चालन गरेको हो। अभियानअन्तर्गत घरदैलो कार्यक्रम गर्ने, अन्तक्र्रिया गर्ने, बालविवाह गर्नेलाई सामाजिक रुपमा बहिष्कार गर्नेलगायतका कार्यक्रम तय गरिएका हाट स्वास्थ्यचौकीका इन्चार्ज विनोदकुमार कँुवरले जानकारी दिए। उनले भने ‘बालविवाहले महिलाको समग्र जीवनमा समस्या आउने, शिक्षा…
काठमाडौं : बिचाराधीन संविधान संशोधन विधेयकमा दलहरुबीच सहमतिका लागि तीन दिन स्थगित भएको व्यवस्थापिका संसदको बैठक आज बस्दैछ। दिउसो १ बजे बोलाइएको बैठकमा संविधान संशोधन विधेयक पेश हुनेछैन। राजनीतिक दलहरुबीचमा विधेयक कसरी अघि बढाउने भन्ने छलफल जारी रहेका कारण संसद सचिवालयले विधेयकलाई कार्यसूचीमा समावेश गरेको छैन। पुस २४ गते संसदमा पेश भएको विधेयक जनताको जानकारीका लागि प्रकाशन भएपनि सैदान्तिक छलफलको…
बाबियाचौर (म्याग्दी) : म्याग्दीको ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पूर्वाधार निर्माणका लागि एक संस्थाले करिब रु दुई करोड सहयोग गरेको छ। गोर्खा वयलफेयर परियोजनाले तीन वटा विद्यालयको नयाँ भवन निर्माण र चार वटा विद्यालयको भवन मर्मतका लागि रु एक करोड ८६ लाख सहयोग गरेको हो। मुदीको वुद्धिविकास माविलाई रु एक करोड, ओखरबोटको सिद्धार्थ आधारभूत विद्यालयलाई रु ७५ लाख ९३ हजार…
प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा शीर्ष स्थानको चेल्सीले हल सिटीलाई पराजित गर्दै दोस्रो स्थानको आर्सनलमाथि ८ अंकको अग्रता बनाएको छ। त्यसअघि एलेक्सिस सानचेजले इन्जुरी टाइममा गरेको पेनाल्टी गोलको मद्दतमा आर्सनलले बर्नलेलाई पराजित गर्दै ३ अंक जोडेको थियो। यता साविक विजेता लेस्टर सिटीले यस सिजन खराब प्रदर्शनलाई निरन्ता दिँदा ११ औं हार बेहोरेको छ। चेल्सीले घरेलु मैदानमै भएको खेलमा हल…
सेभिया र बार्सिलोनाले आइतबार ला लिगामा जित हात पार्दै शीर्ष स्थानको रियल मड्रिडमाथि दबाब बढाएको छ। प्रतिस्पर्धात्मक खेलमा सेभियाले ओसासुनालाई ४-३ ले हरायो। यता बार्सिलोनाले आइबरलाई उसैको मैदानमा ४-० ले पराजित गर्यो। डेनिस सुवारेजले पहिलो हाफमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा एमएसएन अर्थात लियोनल मेसी, लुइस सुवारेज र नेमारले एक एक गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए।…
काठमाडौं : उच्च अदालतको न्यायाधीश नियुक्तिप्रति असन्तुष्ट सरकारी वकिलले आज पनि अदालतको बहस–पैरवी बहिस्कार गरेका छन्। बहस बहिस्कारका कारण सरकारवादी मुद्दा अपलत्र परेका छन्। हत्या, जवर्जस्ती करणी, बलात्कार जस्ता निरन्तर सुनुवाई हुनुपर्ने मुद्दामा समेत आइतवार बहस भएन्। सरकारी वकिलको बहस बस्किारका कारण आइतवार सर्वोच्चमा मात्र गम्भीर प्रकृतिका ५० भन्दा बढी मुद्दा प्रभावित भएका छन्। आइतवार ३३७ मुद्दा पेशी चढेका थिए।…
पिएरे एमरिक औवामेयाङको टीम गावोन अफ्रिकन कप अफ नेसन्स अफकनको समूह चरणबाटै बाहिरएको छ। घरेलु भूमिमा भइरहेको प्रतियोगितामा समूह चरणको तीन वटै खेलमा बराबरी खेलेको गावोन क्वाटरफाइनल पुग्न असफल भएको छ। अघिल्लो दुई बराबरीमा औवामेयाङले गोल गरेपनि क्यामरुन विरुद्धको खेलमा भने उनले गोल गर्न सकेनन्। अन्तिम खेलमा गावोनलाई गोलरहित बराबरीमा रोक्दै क्यामरुन समूह ए को उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गर्यो…
राजविराज : पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सीतापुरमा मोटरसाइकल पुलमा ठोक्किएर आज बिहान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको प्रसवनी गाविस–५ बस्ने वर्ष ३३ को ज्ञानदेव यादव रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ। इलाका प्रहरी कार्यालय उदयपुर ठोक्सिलामा कार्यरत प्रहरी जवानले चलाएको को२६प ३००१ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोमा राजमार्गमा दुर्घटनामा परेको थियो। दुर्घटनाबाट…
पोखरा : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक शून्यताबाट देशलाई जोगाउन अहिले तीन तहकै निर्वाचन गरिनु पर्ने आवश्यकतामा जोड दिनुभएको छ। प्रेस चौतारी नेपाल कास्कीले यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले संसदमा पेस भएको संविधान संशोधन प्रस्तावलाई थाँती राखेर निर्वाचनसम्बन्धी कानुन पास गरी निर्वाचन आयोगलाई बुझाउन पर्ने बताए। अनेकाँै बहानामा निर्वाचन सार्ने चालबाजी चलेकोमा चिन्ता व्यक्त गर्दै…
डडेल्धुरा : डडेल्धुरा भित्री मधेस क्षेत्रका बाढीपीडित विस्थापित भएको वर्षांै बितिसक्दा पनि जङ्गलमा नै बसिरहेका छन्। बाढीले घर जमिन पूरै बगाएपछि ५९ घरपरिवारको पुनःस्थापना नहुँदा विगत आठ वर्षदेखि जङ्गलमा बास बसिरहेका छन्। सरकारले पुनःस्थापना नगर्दा भित्री मधेसको परशुराम नगरपालिका नजिकैको जङ्गलमा आफूहरुले चिसोमा कष्टकर जीवन भोगिरहेको बाढीपीडितको दुखेसो रहेको छ। विसं २०६५ मा जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–६ लाई…
पाल्पा : पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरो रोकथामका लागि ‘रकनेट’ प्रविधिको परीक्षण सुरु गरिएको छ। बर्सेनि १५/२० जनाको ज्यान लिँदै आएको सिद्धबाबा आसपासको पहिरो नियन्त्रणका लागि रकनेट प्रविधिको परीक्षण गर्ने काम सुरु गरिएको हो। सिद्धबाबादेखि दोभानसम्म चट्टानसहितको तीन किलोमिटर सडक पहिरोका कारण जोखमपूर्ण बन्दै गएपछि नियन्त्रणका लागि रकनेट प्रविधिको प्रयास थालिएको छ । सडकमाथिबाट खस्ने चट्टाने पहिरो सुरक्षित तरिकाले…
लिग लिडर युभेन्ट्सले इटालियन सिरी ए अन्तर्गत आइतबार भएको खेलमा लाजियोलाई २-० ले पराजित गरेको छ। 'ओल्ड लेडी' टीमको जितमा अर्जेन्टाइन खेलाडीद्वय गोन्जालो हिगवेन र पाउलो डाएबलाले गोल गरे। जितसँगै युभेन्ट्स शीर्ष स्थानमा कायमै रहन सफल भएको छ। युभेन्ट्स २० खेलबाट ४८ अंक छ। युभेन्ट्सलाई पछ्याइरहेको रोमा काग्लीयरीलाई १-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ। रोमालाई ३ अंक दिलाउन…
बलिउडको सुरुवाती दिनमा एक्शन फिल्म त्यति धेरै बन्दैनथे र जति बन्थे तिनलाई दर्शकले त्यति धेरै रुचाउँदैनथे। एक्शन फिल्मलाई प्राय 'सी ग्रेड'का फिल्मका रूपमा लिइन्थ्यो। सत्तरीको दशकमा एक्सन फिल्मले अरु जानराको फिल्मलाई पछार्यो। पछिल्लो तीस बर्षसम्म करिब ९० प्रतिशत फिल्म एक्शनकै वरिपरि घुमिरहे। निर्माता–निर्देशकहरूले फिल्ममा कथावस्तु बिनानै फाइटहरू समावेश गर्न थाले। अहिलेका फिल्महरूको विषयवस्तुमा विविधता आएको छ। एक्शन फिल्म गर्ने लहर…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशन भृकुटीमण्डपमा हुने भएको छ। आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने भनिएको भए पनि अहिलेसम्म स्थानको टुङ्गो लाग्न सकेको थिएन। पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले उक्त महाधिवेशनका लागि स्थान चार दिनका लागि बुकिङ भइसकेको जानकारी दिँदै उद्घाटनसत्र प्रदर्शनी मार्ग तथा बन्दसत्र प्रदर्शनी हलमा हुने बताए। उनका अनुसार महाधिवेशनमा आगामी नेतृत्व सर्वसम्मत…
काठमाडौं : हास्यकलाकार सिताराम कट्टेल र कुन्जना घिमिरेलाई दर्शकले धुर्मुस सुन्तलीकै रुपमा रुचाएका थिए। टेलिसिरियल 'मेरी बास्सै'बाट चर्चामा आएका यि जोडिले २०७२ वैशाख १२ गते गएको भूकम्प पश्चात भने दर्शक हसाउनु भन्दा दर्शक खुशी बनाउने बाटो रोजे। स्टेज कार्यक्रम गरेर जम्मा गरेको पैसाले सयौं भूकम्प पिडितलाई राहत दिए। काभ्रेको पहरी बस्ती र गिरानचौरमा नमुना बस्ती स्थापना गरेर धुर्मुस सुन्तलीले भूकम्प…
काठमाडौं : नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य फेरि बढेको छ । आइतबारको तुलनामा तोलामा दुई सय रुपैयाँले सुनको भाउ वृद्धि भएको हो। आज नेपाली बजारमा छापावाल सुनको मूल्य ५५ हजार ६ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुन ५५ हजार तीन सय रुपैयाँ पुगेको छ।चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन। आज पनि नेपाली बजारमा चाँदीको मूल्य आठ सय रुपैयाँनै…