नेपालगन्ज : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगन्जको सुर्खेत सडकखण्डमा स्थापित लौहपुरुष गणेशमान सिंहको पूर्ण कदको शालिक आज अनावरण गरेका छन्। त्यस अवसरमा उनले लोकतन्त्रका लागि सिंहले देखाएको बाटोमा हिँड्न सके मुलुकको विकास र समृद्धि छिट्टै हुने विश्वास व्यक्त गरे। संविधान संशोधनले मधेसको भावनाको कदर हुने बताउँदै उनले संशोधनका पक्षमा आउन सबै राजनीतिक दललाई आह्वानसमेत गरे। निर्वाचनमा सबै दल सहभागी…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीले आपूर्ति र अर्थ मन्त्रालयसहित आयल निगमका पदाधिकारीहरुलाई ९० दिनलाई पुग्ने गरी पेट्रोल, ग्यास सहितका पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन निर्देशन दिए। पेट्रोलियम भण्डारणस्थल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिने पनि उनले जानकारी गराए। प्रधानमन्त्रीले अमलेखगन्ज वा चितवनसम्म पेट्रोलियम…
मोरङ : बनिगामा र झोराहाटमा आज बस र ट्र्याक्टर दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। विराटनगरबाट विराटचोकतर्फ आउँदै गरेको ना२ख ७१७८ नं को यात्रुबाहक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। बस बनिगामा–४ स्थित कालाबन्जारमा आफैं अनियन्त्रित भएर सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताए। दुर्घटनामा परेर भोजपुर,…
इस्लाम स्लिमानीले दुई गोल गरेपनि समूह चरणको अन्तिम खेलमा सेनेगलसँग २-२ गोलको बराबरीमा रोकिएपछि अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको पहिलो चरणबाटै बाहिरिएको छ। स्लिमानीले दुई पटक अल्जेरियालाई अग्रता दिलाएका थिए तर सेनेगलका पापे कोउली डिओप र माउसा सवले गोल गरेपछि अल्जेरिया बराबरीमा रोकिएको हो। इंगलिस क्लब लेस्टर सिटीका स्टारद्वय रियाद महरेज इस्लाम स्लिमानी जस्ता स्टार खेलाडी भएपनि अल्जरियाले समूह चरणमा एक…
काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले स्थानीय निकायको तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकार र संसद्को ध्यानाकर्षण गराएका छन्। स्थानीय निकायसम्बन्धी आयोगले प्रतिवेदन बुझाइसकेको र केही जिल्लामा विवादसमेत देखिएको सम्बन्धमा प्रधानमन्त्रीले मन्त्रिपरिषदमार्फत् समस्या समाधानका लागि पहल गर्नसमेत उनीहरुले आग्रह गरे। व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा स्थानीय तथा राष्ट्रिय समस्यालगायत स्थानीय निकायको निर्वाचनको मिति घोषणामा भइरहेको बिलम्बप्रति सरकारको आलोचना गरेका थिए।…
एसिया केन्द्रित रणनीतिबाट पछाडि हट्दै अमेरिकी नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रान्स प्यासेफिक पाट्नरसिप (टिपिपि) सम्झौता रद्द गरेका छन्। बाराक ओबामाले ल्याएको यो सम्झौतालाई एसियामा आफ्नो प्रभाव बढाउने अमेरिकी प्रयासका रुपमा विश्लेषण गरिएको थियो। विश्व अर्थव्यवस्थाको ४० प्रतिशत ओगटेका विश्वका १२ देशले यो सम्झौतामा हस्ताक्षर गरेका थिए। निर्वाचनताका ट्रम्पले यो सम्झौता अमेरिकाको हितविपरीत रहेको र आफू राष्ट्रपतिमा निर्वाचित भए खारेज गर्ने…
पोखरा : नेकपा (एमाले) को केन्द्रीय मोर्चा सङ्गठनको पोखरामा सम्पन्न तीन दिने राष्ट्रिय भेलाले २० बुँदे घोषणापत्र जारी गरेको छ। पार्टीका सचिव योगश भट्टराईले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउँदै संविधानको रक्षा, संवर्द्धन र कार्यान्वयनलाई प्राथमिकतामा राखेको बताए। घोषणापत्रमा संविधानको कार्यान्वयनमा पार्टी प्रतिवद्ध छ भन्दै यसको संशोधनभन्दा शीघ्र कार्यान्वयनका लागि लाग्नु आवश्यक भएको उल्लेख गरिएको छ। २०७४ साल माघ…
धादिङ : धादिङ जिल्लाको उत्तरी गाविस फूलखर्कमा रहेको मण्डली प्राविधिक विद्यालयका ५ विद्यार्थी विद्यालय प्रशासनकको लापरवाहीका कारण कक्षा ११ को प्राविधिकतर्फ पूरक परीक्षा दिनबाट बञ्चित भएका छन्। पूरकतर्फको परीक्षा माघ ८ गते भए पनि विद्यार्थीले फारमसमेत भर्न नपाएको र परीक्षा दिनबाट बञ्चित भएका हुन्। यस विषयमा विद्यालय प्रशासनलाई दुई दिनपछि मात्र थाहा भएपछि यसको खुलासा भएको हो। कक्षा ११ को…
काठमाडौं : कांग्रेस-माओवादी र मधेसी मोर्चाको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी भएनन्। संविधान संशोधन र निर्वाचनबारे मोर्चासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा राखेको बैठकमा कांग्रेसबाट विमलेन्द्र निधि र रामशरण महत सहभागी छन्। माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्डसँगै नेता रामहादुर थापा बादल र मातृका यादव छन्। मोर्चाका तर्फबाट तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव,…
काठमाडौं : मंगलबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवन रहेको परिसरमा फरक दृश्य देखियो। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीबाट मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी नै आइसीले बनाइदिएको भवनमा छिर्न पाएनन्। उनीहरु भवनको बाहिरै पत्रकार सम्मेलन गर्न बाध्य भए। भवनको प्राङ्गणमा पुलिसहरु तैनाथ थिए। कारण थियो रुक्म शमसेर नेतृत्वको सरकारी मान्यता प्राप्त ओलम्पिक कमिटीले भवनको गेटमा ताला लगाएपछि जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटी…
काठमाडौँ : सरकारले सङ्घीयता संरचनाअनुसार केन्द्र, प्रदेश र स्थानीय तहको प्रशासनिक कार्यको जिम्मेवारी बाँडफाँड संरचना तयार पारेको छ । मुख्य सचिव सोमलाल सुवेदीको अध्यक्षतामा रहेको सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनसंरचना समन्वय समितिले संविधानमा भएको व्यवस्था अनुसार तीन तहको प्रशासनिक कार्यको जिम्मेवारी बाँडफाँड तयार पारिएको मन्त्रीपरिषद्का सचिव दिनेशकुमार थपलियाले जानकारी दिए। समितिले तयार पारिएको तीनै तहको कार्यको विश्लेषण गरी जिम्मेवारीको बाँडफाँडसहितको…
काठमाडौं : न्यायाधीश नियुक्तिमा असन्तुष्टि जनाउँदै बहस बहिस्कार गरेका सरकारी वकिल बुधवारबाट बहसमा फर्किने भएका छन्। आउँदो दिनमा न्यायाधीश नियुक्तिमा सरकारी वलिलको प्रतिनिधित्व बढाउने सहमतिपछि सरकारी वकिल बहसमा फर्कन राजी भएका हुन्। महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ र कानुनमन्त्री अजयशंकर नायकबीच भएको छलफलपछि सरकारी वकिलले बुधवारबाट बहसमा फर्कन निर्णय लिएका हुन्। सरकारी वकिलको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको निर्देशन…
काठमाडौं : नेपाल र हङकङका राष्ट्रिय तेक्वान्दो खेलाडीबिच मैत्रिपुर्ण खेल हुने भएको छ। नेपाल तेक्वान्दो संघको आयोजनामा हुने मैत्रिपुर्ण खेल माघ १९ गते कोटेश्वर फिटनेश क्लबमा हुने राष्ट्रिय तेक्वान्दो टिमका संयोजक हेमन्त डाँगीले बताए। उक्त मैत्रिपुर्ण खेलका लागि हङकङका तीन पुरुष र चार महिला गरी ७ खेलाडी र एक प्रशिक्षक आगामी बिहिबार नेपाल आउनेछन्। कुल ६ तौल समुहमा प्रतिस्पर्धा हुने…
काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलार्इ लक्षित गरेर १२ वटा विशेष कार्यक्रमको घोषणा गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पत्रकार सम्मेलनमार्फत कार्यक्रम सार्वजनिक गरेका हुन्। विशेष कार्यक्रममा वैदेशिक रोजगारीमा गएका नेपालीलाई घातक रोग लागेमा उपचारका लागि पाँच लाख रुपैयाँको स्वास्थ्य बीमादेखि मुत्यु भएमा कल्याणकारी कोषबाट सात लाख रुपैयाँसम्म पाउने सम्मका कार्यक्रम छन्। वैदेशिक रोजगारीमा गएका नेपाली दुर्घटना वा प्राण घातक रोग…
धादिङ : नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराइले नयाँ राजनीतिक कार्ड फ्यक्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसँगै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गरेका छन्। राष्ट्रिय युवा अभियान धादिङको प्रथम जिल्ला अधिवेशनमा सहभागी हुन धादिङ पुगेका उनले राजनीतिक क्रान्ति सफल भएकाले आर्थिक क्रान्तिको आवश्यकता रहेको पुरानै नारा अगाडि सारेका थिए। राजनीतिक क्रान्ति सकिए पनि स्थिरता प्राप्त भइनसकेकाले मधेसवादी दलहरुको जायज मागलाई सम्बोधन…
स्वीडेनको उपासलामा एक २१ वर्षकी युवतीले प्रहरीलाई फोन गरेर बलात्कारबारे उजुरी गरिन्। उनको उजुरीको विषय थियो बलात्कारको प्रत्यक्ष प्रसारण त्यो पनि सामाजिक सञ्जाल फेसबुकमा । उजुरीकर्ता युवती जोसेफिन लुङ्ग्रिनका अनुसार फेसबुकमा एउटा भिडियो लाइभ देखाइएको थियो जसमा तीन युवक एक युवतीलाई बलात्कार गरिरहेका छन्। जसमा युवकले युवतीको कपडा च्यातेको र 'तेरो बलत्कार भयो' भन्ने संवाद समेत देखिन्छ। फेसबुकमा एक हजार…
जेसन हिकेल लामो समयदेखि हामीलाई धनी देश र गरिब देशहरुबीचको सम्बन्ध बारे सम्मोहक कथाहरु सुनाइएको हुन्छ। कथामा धनी देशहरुले गरिब देशहरुलाई आफ्नो धन दिएर उनीहरुको गरिबी हटाउन र विकासको खुड्किलो चढ्न सघाइरहेको भनिएको हुन्छ। हो, औपनिवेशिक कालमा पश्चिमी शक्तिहरुले उनीहरुको उपनिवेशमा दास श्रमिकहरु स्रोतहरु दोहन गरी आफूलाई धनी बनाएका थिए। तर यो विगतको कुरा हो। अहिलेका दिनमा उनीहरुले साढे १२…
लिभरपुलका प्लेमेकर एडम लालनाले 'इंगल्याण्ड प्लेयर अफ दी इअर अवार्ड जितेका छन्। लालानाले कप्तान वायन रुनी र जेमी भार्डीलाई इंगल्याण्ड सपोर्टर क्लब मेम्बरले गरेको भोटको आधारमा पछि पारेका हुन्। लालानाले ३९ प्रतिशत भोट प्राप्त गरे भने जेमी भार्डीले १२ तथा रुनीले ८ प्रतिशत मात्र भोत पाए। 'यो अवार्ड ठूलो सम्मान हो।' लालानाले द एफए को बेबसाइटसँग भनेका छन्। 'पछिल्लो तीन वर्षको…
काबुल : गत चौबिस घण्टाको अवधिमा अफगानिस्तानमा कम्तीमा ४१ लडाकू मारिएका छन्। कारवाहीमा २५ जना घाइते भएका छन्। विद्रोहीविरुद्ध अफगानिस्तानको प्रहरी र सेनालगायतको सुरक्षा निकायले गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ। ‘गत चौबिस घण्टाको अवधिमा अफगानिस्तानको सरकारी सुरक्षाकर्मीहरुद्वारा जनताको जीवन रक्षाका लागि देशका विभिन्न ठाउँमा भएका सुरक्षा कारबाहीका क्रममा ४१ जनाको मृत्यु भएको छ…
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आफूविरुद्ध भएको प्रदर्शनको आलोचना गरेका छन्। आइतबार ट्वीटमार्फत् शपथग्रहणका बेला भएको प्रदर्शनको आलोचना गरेका हुन्। ट्रम्पले ट्वीटमा लेखेका छन् ‘मैले प्रदर्शनहरु हेरेँ, तर त्यसले मलाई यस्तो महसुस गरायो कि, के अमेरिकामा निर्वाचन भएको थियो र?’ उनले निर्वाचन नै नभई आफूले शपथग्रहण गरेको जस्तो प्रदर्शन भएको भन्दै घुमाउरो तरिकाले प्रदर्शनकारीको आलोचना गरेका छन्। शनिबार…