लिभरपुल इएफएल कपको सेमिफाइनलबाटै बाहिरिएको छ। इएफएल कप अन्तर्गत बुधबार सम्पन्न सेमिफाइनल दोस्रो लेगको खेलमा साउथह्याम्पटनसँग १-० ले पराजित भएपछि लिभरपुल फाइनल पुग्न असफल भएको हो। घरेलु मैदानमा भएको पहिलो लगे पनि १-० ले जितेको साउथह्याम्पटन समग्रमा २-० को जित हात पार्दै फाइनलमा प्रवेश गरेको छ। दोस्रो लेगमा साउथह्याम्पटनलाई जित दिलाउन सेन लङले इन्जुरी टाइममा गोल गरे। साउथह्याम्पटन पहिलो पटक…
घानालाई हराउँदै इजिप्ट अफ्रिकन कप अफ नेसन्स अफकनको क्वाटरफाइनलमा प्रवेश गरेको छ। यसअघि नै समूह डि बाट क्वाटरफाइनल प्रवेश गरिसकेको घाना विरुद्ध १-० को जित हात पार्दै इजिप्ट समूह विजेता बनेको छ। इजिप्तलाई जित दिलाउन मोहम्मद सलाहले निर्णायक गोल गरे। समूह डी मा अपराजित रहँदै इजिप्टले ७ अंक जोड्दा दुई जितबाट ६ अंक जोडेको घाना उपविजेता बन्यो। समूह डी कै…
पर्सा : नेपालका लागि वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासले विभिन्न नेपाली स्वास्थ्य तथा शैक्षिक संस्थालाई दुईवटा एम्बुलेन्स र दुईवटा स्कुल बस निःशुल्क सहयोग दिने घोषणा गरेको छ। भारतको ६८औँ गणतन्त्र दिवसका अवसरमा यही माघ १३ गते वीरगन्जमा आयोजना हुने एक कार्यक्रमबीच एम्बुलेन्स र स्कुल बस वितरण गर्ने महावाणिज्य दूतावासले घोषणा गरेको हो। महावाणिज्य दूतावासले मङ्गलबार वीरगन्जमा आयोजना गरेको पत्रकारसम्मेलनलाई सम्बोधन…
दमक : इजरायलमा बस्दै आएका झापालीले झापाको शिवसतासीस्थित चिल्लागढका बाढीपीडितलाई अस्थायी टहरा निर्माणमा सहयोग प्रदान गरेका छन्। बाढीपीडितको बसोबासका लागि झापा–इजरायल सम्पर्क समाजले रु दुई लाख २० हजार बराबरको भौतिक सामग्री उपलब्ध गराएको थियो। समाजले बाढीपीडितलाई २० बन्डल जस्तापाता, १५ बोरा सिमेन्ट, ४२ थान ट्रस्ट पिलर, तीन थान ट्वाइलेट सेट, दुई थान ट्युबवेल उपलब्ध गराएको थियो। गत साउनको दोस्रो सातादेखि…
काठमाडौँ : नेपाल हस्तकला महासंघले भूकम्पबाट क्षतिग्रस्त सम्पदा मठमन्दिर, सत्तल, पाटी, पौवाको संरचना निर्माणलाई लक्षित गरी काष्ठकलाको सैद्धान्तिक र व्यावहारिक कक्षा सुरु गरेको छ । महासंघअन्तर्गत कला तथा शिल्प परिषद् र काठमाडौँ महानगरपालिकाको सहयोगमा सुरु गरिएको काष्ठकलासम्बन्धी प्रशिक्षणमा १५ जना प्रशिक्षार्थी सहभागी छन्। सो कार्यक्रमको अवधि डेढ महिनासम्म सञ्चालन हुनेछ। काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँ उपत्यका विभिन्न…
दोलखा : रोटरी क्लब अफ जाउलाखेलको आर्थिक सहयोगमा ‘एजुकेट द चिल्डेन’ (इटिसी)ले दोलखाको उत्तरी गाउँ लापिलाङमा पाँचसय ५१ शौचालय निर्माण गरी मङ्गलबार समुदायलाई हस्तान्तरण गरेको छ। रोटरी क्लबले लापिलाङका पाँचसय ५१ घरधुरीलाई सुविधासम्पन्न शौचालयका लागि जस्ता, सिमेन्ट, ट्वाइलेट प्यान, पाइपजडित रु सातहजार एकसय बराबरको आर्थिक सहयोग गरेको थियो । रोटरीले दोलखाको बाबरेमा सुविधासम्पन्न भूकम्पप्रतिरोधी विद्यालय पनि बनाउने भएको छ। …
फ्लोरिडा (इटाली) : इटालीमा केही दिन पहिले गएको हिम पहिरोमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ। आन्सा न्युज एजेन्सीका अनुसार १४ जनाको उद्धारका लागि हेलिकोप्टर र स्किङ्ग समूहहरु निरन्तर खटिरहेका छन्। उद्धारमा सहभागी समूहलाई उद्धृत गर्दै आन्साले भनेको छ, ‘उद्धार टोलीले छ दिनदेखि अनवरत रुपमा हराएका मानिसको खोजी गरिरहे पनि उनीहरु पत्ता नलागेको साथै घटना भएको छ दिन भइसकेकाले…
काठमाडौं : व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ। बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बोलाइएको छ। आजको बैठकमा निर्वाचनसम्बन्धी दुई विधेयक पारित गर्ने कार्यसूची छ। मंगलबारको बैठकमा राज्य व्यवस्था समिति सभापति दिलबहादुर घर्तीले पेश गरेका निर्वाचन आयोगको काम कर्तव्य र अधिकार सम्वन्धी विधेयक र मतादाता नामावली सम्वन्धी विधेयक कार्यसूचीमा छन्। समितिको प्रतिवेदन संसदमा छलफलपछि विधेयेक पारित गरिनेछन्। पारित…
एजेन्सी : बेलायतको सर्वोच्च अदालतले युरोपेली संघ (इयु) बाट बाहिरिने जनमतसंग्रहको निर्णय संसदको मतदान बिना कार्यान्वयन नहुँने पुनः आदेश गरेको छ। अदालतका बहुमत न्यायाधीशको राय अनुसार अब संसदको मतदानपछि मात्र इयुबाट बाहिरिने वा साथै रहने सम्वन्धी निर्णय हुनेछ। सर्वोच्चले यसअघिको आदेश सदर गर्दै संसद्को मतदानलाई बर्हिगर्मनको अन्तिम निर्णय मानेको छ। सरकारले पुरानो आदेश पुनरावलोकन माग गरेपनि अदालतले पूर्ववत आदेश नै…
भोजेन्द्र बस्नेत सोलुखुम्बु : काठमाडौँबाट सदरमुकाम सल्लेरीमा आइपुग्नासाथ जुभिङका देवानसिंह राई सञ्चारकर्मीको खोजीमा निस्किए। उनलाई सुनाउनु थियो- आफूले मृत्युलाई जितेको कथा। चार महिनासम्म राजधानीमा उपचार गराएर घर फर्किएका राई मङ्गलबार साँझ भन्दै थिए, 'मलाई लैजान सक्दो प्रयास गरेको काल रित्तै फर्कियो।’ गत असोज ७ गते शनिबार साँझ घाँस काट्न रूख चढेका राई लडे, करिब चार घन्टा बेहोस भएका…
काठमाडौं : बार र बेञ्चबीचको सम्बन्धमा चिसोपन देखिएको छ। न्याय सम्पादनमा दुई निकाय एकअर्काका परिपुरक हुनुपर्नेमा पछिल्ला दिनहरुमा सम्बन्ध बाहिरी मौसमजस्तै चिसो बनेको हो। उच्च अदालतका न्यायाधीश नियुक्तिमा बारले न्याय परिषद् अध्यक्ष समेत रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीको आलोचना गर्दै आएको छ। नेपाल बार र सरोकारवाला अन्य पक्षको आलोचनाबाट प्रधानन्यायाधीश कार्की चिढिएकी छन्। मंगलबार पनि नेपाल बार र सर्वोच्च बारका पदाधिकारीले…
डिफेन्डिङ च्याम्पियन आइभरीकोस्ट गावोनमा भइरहेको अफ्रिकन कप अफ नेसन्स अफकनको समूह चरणबाटै आउट भएको छ। समूहको अन्तिम खेलमा मोरोक्कोसँग १-० ले पराजित भएपछि दुई पटकको च्याम्पियन आइभरीकोस्ट समूह चरण पारस गर्न असफल भएको हो। मोरोक्कोलाई क्वाटरफाइन्ल पुर्याउन रचिद अलिओइले निर्णायक गोल गरे। समूह सी मा दुई बराबरी र एक हारको नतिजा निकालेको आइभरीकोस्टले जम्मा २ अंक मात्र जोड्न सक्यो। आइभरीकोस्टले…
चितवन : चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपानेमाथि मंगलबार साँझ आक्रमण भएको छ। मेडिकल कलेजबाट बाहिरिने क्रममा मोटरसाइकलमा आएका युवाले नमस्ते गरी गाडी रोकेर क्रिकेटको स्ट्याम्पले सिसामा प्रहार गरेको न्यौपानेले बताए। स्ट्याम्पले लागेर डा न्यौपाने चडेको बा१४च ७५६४ नंको गाडीको अगाडिको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए। सिसाको टुक्राले शरीरमा…
बनियानी (झापा) : अलैँची र अदुवामा सोध गरिरहेका विभिन्न देशका अनुसन्धानकर्ता र प्राध्यापकले नेपालको अलैँची तथा अदुवा अब्बल रहेको बताएका छन्। पूर्वी पहाडी जिल्लाको अलैँची र अदुवा खेतीको अध्ययन–अवलोकन तथा किसानसँग छलफल गरेर झापा फर्किएको टोलीले मङ्गलबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा त्यस्तो प्रतिक्रिया दिएका हुन्। स्विट्जरल्यान्डको बेन युनिभर्सिटीका प्रोफेसर हान्स पिटर न्वयले नेपालको अलैँची निकै स्वादिलो र सुगन्धित रहेको…
कृष्ण दर्नाल पाल्पा : सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो। कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन। कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन। पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालेका छन्। कुखुराको भालेको बन्ध्याकरण गर्ने अभ्यास पाल्पामा नौलो हो। भालेको पछाडिको करङको…
काठमाडौँ : सोह्रखुट्टेमा आज बिहान भएको सवारी दुर्घटनामा २२ वर्षीय श्यामबहादुर प्रधानको मृत्यु भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बा ३ ख ४५७९ नम्बरको टिपर बिहान पौने २ बजे अनियन्त्रित भई सडक छेउमा पार्किङ्ग गरेर राखेको बा १ ज ८८७३ नम्बरको ट्याक्सीमाथि पल्टिँदा च्यापिएर गम्भीर घाइते भएका ट्याक्सी चालक प्रधानको उपचार क्रममा मृत्यु भएको हो।उनलाई उद्धार गरी पिपुल्स…
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनमा कति प्रतिशत थ्रेसहोल्ड राख्ने ? राष्ट्रिय दलको मान्यता पाउन कति प्रतिशत मत आवश्यक पर्ने ? यतिबेला संसदीय समितिमा बहस जारी छ। कम्तीमा डेढ प्रतिशतदेखि पाँच प्रतिशतसम्मका बिकल्पमा छलफल भइरहेको छ। तर, थ्रेसहोल्ड यति नै रहन्छ भन्ने सहमति भइसकेको छैन। राज्य व्यवस्था समिति मातहतको आनन्द ढुंगाना संयोजक रहेको उपसमितिले थ्रेसहोल्डको विषय टुंग्याउन सकेको छैन। उपसमितिमा विवाद नमिलेपछि…
काठमाडौं : चर्चित लोकगीत 'तिरिरी मुरली बज्यो वनैमा' का गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा आज बिहान निधन भएको छ। शाक्य २००८ सालमा रेडियो नेपाल प्रवेश गरेका थिए। त्यसपछि उनले मविवि शाहको 'गाजलु ती ठूलाठूला आँखा', 'किनकिन तिम्रो तस्बिर', कोइलीदेवीसँग 'गर्छिन् पुकार आमा रोई कराई' जस्ता गीत गाएका छन्। गायिका दिलमाया खातीको पहिलो रेकर्डेड गीत 'मनमा तिम्रो…
वीरगन्ज : जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राइम ब्रान्चको टोलीले विशेष सूचनाका आधारमा ट्याङ्करबाट तेल चोरी गरिरहेको अवस्थामा दुई वटा तेल ट्याङ्करसहित चालकलाई रङ्गेहात पक्राउ गरेको छ। भारतीय आयल निगमबाट पेट्रोल लोड गरी बारा जिल्ला परवानीपुरस्थित सत्यम् आयल निगममा चालकले पेट्रोल दिनुपर्ने वीरगन्ज आयल निगमको रेकर्ड देखिए पनि ना २ ख ३८२४ नंको तेल ट्याङ्कर चालक वीरगन्ज उपमहानगरपालिका मुर्ली…
बलिउड बक्सअफिसमा स्टारडमको असर निकै पर्ने गर्छ। त्यसैले पनि आमिर खान, शाहरुख खान, सलमान खानको फिल्म प्रदर्शनसँग निकै कम फिल्म जुध्छन्। तर आजबाट शाहरुख खानको फिल्म 'रईस'सँगै ऋतिक रोशन स्टारर फिल्म 'काबिल' पनि प्रदर्शनमा आएको छ। डान्सिङ किङ कहलिने ऋतिकको फिल्महरु पनि स्टार खानहरु अभिनित फिल्मको तुलनामा बराबरी वा हिट व्यवसाय गर्न सफल छन्। फिल्म काबिल रोमान्टिक जानराका हो भने…