PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

  • हावाहुरीपछि भूकम्पले क्षति पुर्‍याएको विद्यालय पुनर्निर्माण भएन, जिल्ला शिक्षाको बेवास्ता

    हावाहुरीपछि भूकम्पले क्षति पुर्‍याएको विद्यालय पुनर्निर्माण भएन, जिल्ला शिक्षाको बेवास्ता

    कैलाली : कैलालीको पहाडी गाविस मोहन्यालमा रहेको विद्यालय भवन पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरु चिसो चौरमा बसेर पढ्न बाध्य भएका छन्। २०७१ चैतमै आएको हावाहुरीले आंशिक रुपमा भत्किएको मोहन्याल प्राथमिक विद्यालयको भवन २०७२ बैसाख १२ गते आएको भूकम्पले पूर्ण रुपमा क्षतिग्रस्त भएको प्राधानाध्यापक भुवनसिंह बोगटीले जानकारी दिए। उनका अनुसार ६ कोठाको अर्धकच्ची भवन र त्यहाँ रहेका फर्निचर लगायतका अन्य सबै सामान…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलमै चिनियाँ नागरिक पक्राउ, ४४ थान पासपोर्ट बोकेर किन नेपाल आएका थिए उनी?

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ थान चाइनिज राहादानी सहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।   ड्रागन एयरबाट चीनको कुरमिङ जान लागेका ४१ वर्षीय वीउ बिन छिलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले चीनबाट साउदी अरेबियाको भिसा लगाउन गाह्रो भएकाले नेपालबाट भिसा लगाएर लैजान खोजेको देखिएको सहायक प्रहरी निरीक्षक ठाकुर सापकोटाले बताए।   भिसा लगाउने…

    विस्तृतमा पढ्नुस्

  • '​दुई रुपैयाँ'मा नायकको रुपमा देखिँदैछन् निश्चल बस्नेत

    '​दुई रुपैयाँ'मा नायकको रुपमा देखिँदैछन् निश्चल बस्नेत

    काठमाडौं : निर्देशक तथा निर्माता निश्चल बस्नेत 'दुई रुपैयाँ'मा मुख्य अभिनेताका रुपमा देखिने भएका छन्। फिल्म 'दुई रुपैयाँ'मा उनी र आशिफ शाहले लिड गर्न लागेका हुन्। केही समय अघिनै घोषणा भए पनि फिल्म प्राविधिक समस्याका कारण फिल्डमा गएको थिएन। निश्चल बस्नेत आफैँले निर्माण गरेको फिल्म कबड्डीमा मुख्य भूमिकामा देखिएका थिए। त्यस्तै आफ्नै निर्देशन रहेको टलकजंग भर्सेस टुल्के, कबड्डी कबड्डीमा सह कलाकारको…

    विस्तृतमा पढ्नुस्

  • छाउपडी प्रथा कानुनी दायरामा, रजस्वला र सुत्केरी भएकालाई विभेद गरे अब जेल सजाय

    छाउपडी प्रथा कानुनी दायरामा, रजस्वला र सुत्केरी भएकालाई विभेद गरे अब जेल सजाय

    काठमाडौं : छाउपडी प्रथालाई नेपाल कानुनले पहिलो पटक फौजदारी कानुनको हिस्सा बनाएको छ। सुत्केरी र रजस्वला भएको बेलामा महिलामाथि हुने विभेदजन्य व्यवहारलाई फौजदारी संहिताले छाउपडीलाई कसुर परिभाषित गरेको छ।   संसद्को विधायन समिति मातहतको उपसमितिले छाउ प्रथालाई दण्डनीय अपराध मानेको हो। मुलुकी ऐन प्रतिस्थापनका लागि विधायन समितिमा छलफलका क्रममा रहेको फौजदारी संहिताको दफा १६० मा उपदफा थप गरी छाउपडीलाई कसुर…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहको निर्वाचनपछि मात्रै संविधान संशोधन : महामन्त्री कोइराला

    स्थानीय तहको निर्वाचनपछि मात्रै संविधान संशोधन : महामन्त्री कोइराला

    चितवन : नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधन प्रस्तावको टुङ्गो लाग्ने बताएका छन्। नेपाल प्रेस युनियन चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाइ भएकाले संविधान संशोधन प्रस्तावमाथि नअल्मलिई यथाशक्य चाँडो निर्वाचनको मिति घोषणा गर्नुपर्ने विचार व्यक्त गरे। दलीय सहमति गरेर छिट्टै स्थानीय तहको निर्वाचनको मिति…

    विस्तृतमा पढ्नुस्

  • विद्युत प्राधिकरणको यस्तो जुक्ति- अब घरको बिजुलीको लागि तपाईं आफैं मिटर रिडर

    काठमाडौँ : बिजुलीको मिटर रिड गर्ने बेला पनि नेपाल विद्युत प्राधिकरणबाट मिटर रिडर आएनन् भने धन्दा नमान्नुहोस्, अब आफ्नो घरको बिजुलीको लागि तपाईं आफैं मिटर रिडर बन्न सक्नुहुन्छ।   प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आफ्नो मिटरमा उठेको अंक टिपेर महसुल बुझाउने काउन्टरमा भुक्तानी गरि ‘रिबेट’ समेत लिन सर्वसाधारणलाई अनुरोध गरेको हो।   बिजुली चोरीविरुद्ध अभियान सुरु गरेसँगै प्राधिकरणले हालै…

    विस्तृतमा पढ्नुस्

  • एमाले प्रमुख सचेतकको माग- 'तीनै तहको निर्वाचन मिति घोषणा गर'

    काठमाडौं : नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकालले सरकारलाई तीनै तहको निर्वाचन मिति एकै पटक घोषणा गर्न माग गरेका छन्।   अनेरास्ववियु केन्द्रीय खेलकुद विभागको आयोजनामा सहिद दिवसका अवसरमा ‘उपत्यकास्तरीय अन्तरकलेज फुटसल प्रतियोगिता’को आज उद्घाटन गर्दै उनले निर्वाचन गर्न कानुनी आधार तयार भइसकेकाले केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनको मिति एकै पटक घोषणा गर्न आग्रह गरे।   ‘निर्वाचन गर्नका…

    विस्तृतमा पढ्नुस्

  • पक्ष राष्ट्र भएको ४२ वर्षपछि नेपाल साइटिस कानुन बनाउँदै

    काठमाडौँ : सरकारले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि’ (साइटिस) को पक्ष राष्ट्र भएको ४२ वर्षपछि त्यससम्बन्धी कानुन बनाउने तयारी गरेको छ। ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियमन तथा नियन्त्रण गर्न बनेको विधेयक, २०७२’ को प्राप्त संशोधनमाथि व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिमा आजदेखि सैद्धान्तिक छलफल सुरु भएको छ। छलफलमा वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले कानुनको अभावमा सङ्कटापन्न…

    विस्तृतमा पढ्नुस्

  • व्यावसासिक सुन्तला खेतीले युवाको विदेश पलायन रोक्यो, एउटै टोलमा एक करोडको उत्पादन

    व्यावसासिक सुन्तला खेतीले युवाको विदेश पलायन रोक्यो, एउटै टोलमा एक करोडको उत्पादन

    पाल्पा : छहरा गाविस–५, बाहुनटोलका किसानले रु एक करोड बराबरको सुन्तला बिक्री गरेका छन्।   व्यावसायिक रुपमा सुन्तलाखेती गर्न थालेपछि यहाँका ४६ घरपरिवारले सुन्तलाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन्। सुन्तला किसानले एउटै याममा प्रतिव्यक्ती रु ५० हजारदेखि रु चार लाखको सुन्तला बिक्री गर्दै आएका स्थानीय दुर्गा कोइरालाले बताए। किसानले सुन्तला प्रतिकिलो रु ५० मा गाउँबाटै बिक्री हुन थालेको छ। 'यथेष्ट…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'धनपती'को सुटीङदेखि प्रदर्शन मितिसम्म तय

    फिल्म 'धनपती'को सुटीङदेखि प्रदर्शन मितिसम्म तय

    काठमाडौं: फिल्म छायंकन सुरु हुनु अघिनै फिल्म ‘धनपति’ को प्रदर्शन मिती सार्वजनिक भएको छ। फिल्म २०७४को असार २३ गतेबाट प्रदर्शन हुने निर्देशक दीपेन्द्र के खनालले जानकारी दिएका हुन्। पशुपती प्रसादको सफलता पछि दीपेन्द्र के खनाल र खगेन्द्र लामिछाने धनपतीमासँगै काम गर्दैछन्। दीपेन्द्रको निर्देशन रहने फिल्मका लागि कथा, पटकथा र संवाद खगेन्द्र लामिछानेले लेखेका हुन्। फिल्मलाई टुकी आर्ट्स र दिपेन्द्र के…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरस्थित त्रिवि मैदानमा डेभ वाटमोरको ७ पोज

    कीर्तिपुरस्थित त्रिवि मैदानमा डेभ वाटमोरको ७ पोज

    काठमाडौं : डेभनेल फ्रेडेरिक ʽडेभʼ वाटमोर। क्रिकेट प्रेमीहरुको लागि यो नौला नाम होइन। सन् १९९६ मा आफ्नै प्रशिक्षणमा श्रीलंकालाई वान डे वर्ल्डकप जिताएका उनै डेभ वाटमोर अहिले नेपालमा छन्। वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेल अघि नेपाली क्रिकेटरलाई प्रशिक्षण दिन वाटमोर नेपाल आएका हुन्। ब्याट एण्ड बल बिटूएफ फाउण्डेशनले वाटरमोरलाई नेपाल ल्याएको हो। विहिबार देखि नेपाली खेलाडीलाई हाइ परफरमेन्स…

    विस्तृतमा पढ्नुस्

  • 'रईस' पहिलो दिन २० करोडको व्यवसाय, समिक्षात्मक रुपमा कमजोर

    'रईस' पहिलो दिन २० करोडको व्यवसाय, समिक्षात्मक रुपमा कमजोर

    फ्यान फलोइङको क्रेजका कारण किङ खान कहलिएका बलिउड अभिनेता शाहरुख खानको फिल्महरुले केहि समय यता बक्स अफिसमा राम्रो प्रस्तुती दिन सकेको छैन। दुई फिल्म 'फ्यान' र 'दिलवाले'ले बक्स अफिस साथै समिक्षात्मक रुपमा नकारात्मक टिप्पणी पाएपछि उनको दमदार कमब्याकको अपेक्षा धेरैले गरे। बहुप्रतिक्षित भनिएको फिल्म 'रईस' बुधबार सार्वजनिक भयो। शाहरुख अभिनित सो फिल्म प्रदर्शनको लागि विकेन्ड कुरिएन। फिल्मले व्यवसाय कस्तो गर्ला?…

    विस्तृतमा पढ्नुस्

  • ​विलियम्स दिदी बहिनी अष्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि भिड्ने

    ​विलियम्स दिदी बहिनी अष्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि भिड्ने

    मेलवर्न : अमेरिकन विलियम्स दिदीबहिनी भेनस र सेरेनाले वर्षको पहिलो ग्राण्डसलाम टेनिस अष्ट्रेलियन ओपनको महिलातर्फको उपाधिका लागि भिड्ने भएका छन्। विहिबार सम्पन्न सेमिफाइनलमा विजयी भएसँगै सरेना र भेनसले ग्राण्डसलामको फाइनलमा भेट पक्का गरेको यो नवौं पटक हो। यसअघिको आठ फाइनलमा सेरेना ६ मा विजयी भएकी थिइने भने दुई फाइनल भेनसले जितेकी थिइन्। पछिल्लो पटक सन् २००९ को विम्वलडनको फाइनलमा विलियमस…

    विस्तृतमा पढ्नुस्

  • क्यान इन्फोटेक मेला सुरु : फोरजी सपोर्ट गर्ने मोबाइल र ब्रोडब्याण्ड इन्टरनेट विशेष आकर्षण

    क्यान इन्फोटेक मेला सुरु : फोरजी सपोर्ट गर्ने मोबाइल र ब्रोडब्याण्ड इन्टरनेट विशेष आकर्षण

    काठमाडौं : नेपाललाई 'इ-नेपाल' बनाउने नाराका साथ कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा भृकुटीमण्डप २३ औं संस्करणको क्यान इन्फोटेक मेला सुरु भएको छ। मेलाको अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरे।   माघ १८ गतेसम्म चल्ने मेलामा नेपालमा आइटी सम्बन्धी काम गर्ने कम्पनीले नयाँ प्रविधिका बारेमा प्रदर्शनी गरेका छन्। प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, इन्टरनेट सेवा प्रदायक,…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेटरलाई प्रशिक्षण दिन सुरु गरे डेभ वाटमोरले

    नेपाली क्रिकेटरलाई प्रशिक्षण दिन सुरु गरे डेभ वाटमोरले

    काठमाडौं : सन् १९९६ मा श्रीलंकालाई वान डे वर्ल्ड कप क्रिकेटको उपाधि दिलाएका अष्ट्रेलियन क्रिकेट कोच डेभनेल फ्रेडेरिक ʽडेभʼ वाटमोरले नेपाली क्रिकेटरलाई विहिबारदेखि प्रशिक्षण दिन सुरु गरेका छन्।  ब्याट एण्ड बल फाउण्डेसनको अग्रसरतमा नेपानल आएका वाटमोरले नेपालका उत्कृष्ट ३२ क्रिकेट खेलाडीलाई प्रशिक्षण दिन लागेका हुन्। आगामी मार्च ११ र १३ मा त्रिवि मैदानमा हुने केन्यासँगको वर्ल्ड क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिपको…

    विस्तृतमा पढ्नुस्

  • एनसिएसएस टी २० कपको उपाधी धाइजन क्रिकेट क्लबलाई

    झापा : नेपाली क्रिकेट समर्थक समाज झापाले आयोजना गरेको एनसिएसएस टी २० कपको उपाधी धाइजन क्रिकेट क्लबले जितेको छ। विहिबार सम्पन्न फाइनल खेलमा दमक लाई ९ विकेट पराजित गर्दै धाइजनले उपाधि जितेको हो। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दमकले १९.३ ओभरमा १० विकेट गुमाएर ५७ रन बनायो। दमकको तर्फबाट याडम राईको १६ तथा रोशन थापाको १३ रन बनाए भने…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी राष्ट्रपति ट्रम्पका सन्तान यसरी भइरहेछन् आलोचनाको सिकार?

    अमेरिकी राष्ट्रपति ट्रम्पका सन्तान यसरी भइरहेछन् आलोचनाको सिकार?

    देशको सबैभन्दा ठूलो सार्वजनिक पदको मुख्य व्यक्ति भएको नाताले प्रायजसो अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जालमा आलोचनाको सामना गर्नु पर्दछ।   केही समयअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका कान्छा छोरा बैरानले पनि यस्तै समस्या व्यहोर्नुपरेको थियो। ट्रम्पले अमेरिकाको राष्ट्रपति पदमा उमेदवारी दिएपछि उनका समीक्षकले सामाजिक सञ्जालमा छोरा बैरानलाई पनि मुछेका थिए।   त्यस बेला केही व्यक्ति ट्रम्पका १० वर्षीय छोरा बैरानको समर्थनमा पनि…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटार र सुरक्षा क्रिकेट क्लब खुकुरी च्यालेन्जर्स टी २० क्रिकेटको सेमिफाइनलमा

    काठमाडौं : बालुवाटार क्रिकेट क्लब र सुरक्षा क्रिकेट क्लब खुकुरी च्यालेन्जर्स टी २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सुरक्षा क्रिकेट क्लबले नेपाल क्रिकेट स्कुललाई ४० रनले तथा बालुवाटारले केसीटीसी बीलाई ८ विकेटले पराजित गरेको हो। भक्तपुरको सैनिक आवासिय विद्यालयको मैदानमा भएको खेलमा सुरक्षा क्लबले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १५८ रन बनायो। सुरक्षका लागि मन्जि श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • आहा रारा गोल्डकपको उपाधिका लागि आयोजक सहारा र मनाङ मर्स्याङदी भिड्ने

    आहा रारा गोल्डकपको उपाधिका लागि आयोजक सहारा र मनाङ मर्स्याङदी भिड्ने

    पोखरा : आयोजक सहारा क्लब र डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङदी क्लब १५ औं आहा रारा गोल्डकपको उपाधिका लागि भिड्ने भएका छन्। विहिबार सम्मपन्न दोस्रो सेमिफाइनलमा सिएमजी संकटालाई १-० ले पराजित गर्दै मनाङ मर्स्याङदीले सहारासँगको फाइनल भेट पक्का गरेको हो। मनाङलाई फाइनलमा पुर्याउन एक मात्र निर्णायक गोल विदेशी खेलाडी ओलावाले आफिजले ८५ औं मिनेटमा गरे। ६२ औं मिनेटमा सुशिल केसी दोहोरो पहेँलो…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्र बैंकको १४ बुँदे निर्देशन : जमानी बस्नेको घरखेत बैंकले खान नपाउने

     राष्ट्र बैंकको १४ बुँदे निर्देशन : जमानी बस्नेको घरखेत बैंकले खान नपाउने

    काठमाडौं : ऋणीले पैसा नतिर्दा बैंक तथा वित्तीय संस्थाहरुले जमानीकर्ताबाट त्यसको भर्पाइ गर्दै आएकोमा अब त्यसो गर्न नपाउने भएका छन्। सर्वोच्च अदालतले जमानीकर्ताको पक्षमा फैसला गर्दै कबुल रकमबाहेक सबै जमानीकर्ताबाट असुलउपर गर्न नपाउने व्यवस्था गरेको छ। सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा बिहीबार राष्ट्र बैंकले निर्देशन जारी गरेर जमानीकर्तामाथि लचकता अपनाउन भनेको छ। अबदेखि जमानी दिनेले कबुल गरेको रकमबाहेकका दायित्व उसँग…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell