काठमाडौं : आज बस्ने भनिएको कांग्रेस संस्थापनइतर पक्षको भेला स्थगित भएको छ। केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने भन्ने तयारीका लागि डाकिएको बैठक स्थगित भएको हो। कांग्रेसले भोलिको केन्द्रीय समिति २८ गतेका लागि सारेको छ। योसँगै संस्थापनइतरले आफ्नो भेला २७ गतेका लागि सारेको जनाएको छ। कांग्रेसले शनिवार संसदीय दलको बैठक डाकेको छ।
काठमाडौं : धरानको बराहक्षेत्र नगरपालिका भरौल र नडाहामा रातको समयमा हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि स्थानीय रातभरी जाग्राम बस्न बाध्य भएका छन्। दैनिक २० वटाभन्दा बढी हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित छन्। हात्ती नडाहाको जङ्गलमा दिनभरी बस्ने र साँझ परेपछि बस्ती प्रवेश गरी बालीमा नोक्सान पु¥याउने गरेको स्थानीय महेन्द्र कार्कीले बताए। 'साँझ परेपछि हात्तीको बथान…
काठमाडौं : मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ। बिहीवारको बैठकले उप निर्वाचनबारे निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्। राष्ट्रिय सभामा रिक्त रहेको एक सिटका लागि उपनिर्वाचन हुन लागेको हो। रुपन्देही-५ बाट प्रतिनिधि सभाको उम्मेदवारी दिएपछि एमालेका नेता खिमलाल भट्टराईको राष्ट्रिय सभाको पद गएको थियो। तर उनको उम्मेदवारी निर्वाचन आयोगले स्वीकृत भने गरेन। उक्त…
हेटौंडा : वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन्। शर्माले बिहीबार संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। उनले मुख्यमन्त्री नियुक्त गर्न ५ दिनको समय सीमा दिएका छन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने…
काठमाडौं : कम्बोडियाको ग्रान्ड डायमण्डसिटी क्यासिनोमा भएको आगलागीमा परि मृत्यु भएका निराकार पाण्डेका परिवाससँगै प्रधानमन्त्री पुष्पकमल दाहालले आज भेट गरेका छन्। प्रधानमन्त्रीसँगको भेटमा निराकारका बुवा अग्नि पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरेका थिए। प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दु:ख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए। प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र…
काठमाडौं : सवारीसाधनमा दुईवटा चिप प्रयोग हुँदै आएकोमा अब एउटै प्रयोग गर्दा हुने प्रणाली विकास भएको छ। हाल एउटा चिप ड्राइभिङका लागि र अर्को चिप इन्टरटेन्मेन्ट वा इन्फोटेनमेन्टका लागि छुट्टाछुट्टै प्रयोग हुँदै आएको छ। अब भने एउटै चिपले दुबै काम गर्ने गरि प्रविधिको विकास गरिएको हो। विश्व बजारमा चिप निर्मता क्वालकमले यस्तो चिपको निर्माण गरेको हो। मोबाइल चिप निर्माता क्वालकम…
काठमाडौं : मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी रहेको छ। सरकारको न्यूनतम नीति तथा साझा कार्यक्रममा निर्णय लिन बैठक बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। बुधवार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारका साझा कार्यक्रमबारे छलफल गरेको थियो।
काठमाडौं : बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेशी आज स्थगित भएको छ। न्यायधीश राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारी इजलासमा पेशी चढेको थियो। तर निवेदकका वकिलका तर्फबाट पेशी स्थगित गरिएको हो। यसअघि पुस १४ गते तोकिएको पेशी हेर्न नभ्याउने भन्दै आजलाई सारिएको थियो। जिल्ला अदालत काठमाडौंको आदेश सदर भएमा उनी जेलमा नै बस्ने छन्।…
काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दैछ। डा शेखर कोइराला, महामन्त्री गगन थापा पक्षले केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने भन्ने विषयमा तयारीका लागि बैठक डाकेका हुन्। भोलिका लागि डाकिएको केन्द्रीय समिति भने २८ गतेका लागि सारिएको छ। पार्टी सभापति शेरबहादुर देउवाका कारण ठुलो पार्टी बन्दा पनि कांग्रेसले सत्ता गुमाएको संस्थापनइतरले आरोप लगाउँदै आएको छ। गठबन्धन जोगाउन नसक्दा कांग्रेस प्रतिपक्षमा…
फ्रान्सको चार्ली हेब्दो पत्रिकाले इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीमाथि व्यङ्ग्य गर्दे कार्टुन प्रकाशन गरेको छ। इरानमा हाल हिजाब क्रान्ति भइरहेको छ। महिलाले आफ्नो हिजाब जलाउँदै प्रदर्शन गरिरहेका छन्। विश्वभर यो घटनाले प्राथमिकता पाउँदा चार्ली हेब्दोले कार्टुन प्रकाशन गरेको हो। इरानले भने कार्टुनलाई 'अपमानजनक' भन्दै फ्रान्सेली राजदूत निकोलस रोशलाई बोलाएको छ। इरानले फ्रान्सलाई यसको परिणाम राम्रो नहुने चेतावनी दिएको छ।…
काठमाडौं : मनकामना डोजोका सुनिल समाल र च्याम्पियन मार्शल आर्टकी नीमा तामाङ दोस्रो उमा राष्ट्रिय खुला कराते प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनेका छन्। सुनिल र नीमा दुवै ५५ केजीमूनि तौलसमूहका स्वर्ण विजेता हुन्। चाबहिलस्थित स्मार्ट प्यालेसको हलमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन ९ स्पर्धाको फाइनल खेल संचालन भएको थियो। जसमा पुरुषतर्फ ५५ केजी मूनि तौलसमूहमा मनकामना डोजोका सुनिलले च्याम्पियन मार्शल आर्ट्सका अंकित श्रेष्ठलाई…
काठमाडौं : बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेशी आज तोकिएको छ। न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा पेशी चढेको छ। यसअघि पुस १४ गते तोकिएको पेशी हेर्न नभ्याउने भन्दै आजलाई सारिएको थियो। न्यायाधीश सुभाष पौडेल र किरण कुमार पोखरेलको इजलासमा पेशी चढेको थियो। उच्च अदालत पाटनमा आज सन्दीपको पेशीमा बहस…
सबैभन्दा ठूलो इकमर्स कम्पनी अमेजनले १८ हजारभन्दा बढी रोजगारी कटौती गर्ने भएको छ। प्रभावित कामदारहरूलाई जनवरी १८ देखि सूचित गरिने अमेजनका प्रमुख कार्यकारी एन्डी जेस्सीले कर्मचारीहरूलाई दिएको एक नोटिसमामा भनेका छन्। यो कटौती कम्पनीको लगभग ३ लाख कर्पोरेट कार्यबलको ६ प्रतिशत हो। नोभेम्बरमा अमेजनले रोजगारी कटौतीको एक चरण सुरु गरिरहेको बताएको थियो तर उसले कति कटौती गर्नेछ भन्ने आँकडा दिएको…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले क्रिस्टल प्यालेसलाई हराएको छ। सेलहर्स्ट पार्क स्टेडियममा सम्पन्न खेलमा टोटेनहमले घरेलु टोलीमाथि ४-० गोलको फराकिलो जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४८ औं मिनेटमा इभान पेरिसिचको पासमा गोल गर्दै ह्यारी केनले टोटेनहमलाई अग्रता दिलाएका थिए। त्यस्तै ब्रायन गिलको पासमा ५३ औं मिनेटमा उनैले गोल गर्दै अग्रता दोब्बर बनाए।…
डम्मर बुढामगर- ढोरपाटन : ‘विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पाना गरेका थिएनौँ,’ बडिगाड गाउँपालिका-५ का ७१ वर्षीय चूडामणि घिमिरे गाउँ फेरिएकोमा दङ्ग देखिए। दुई दशकअगाडिसम्म सनुसान गाउँ रहेको खौलारा अहिले स्वरुप बदलेर बजार बनेको छ। मध्यपहाडी लोकमार्ग खौलाराको मध्यभागबाट हुँदै गएपछि यहाँ थुप्रै विकासका सम्भावना पनि खुलेका छन्।…
काठमाडौं संघीय संसदको सचिवमा डा. रोजनाथ पाण्डे नियुक्त भएका छन्। बढुवा समितिको सिफारिस अनुसार बुधबारको सचिवालय व्यवस्थापन समितिले पाण्डेलाई सचिवमा नियुक्त गरेको हो। पाण्डे सचिवालयका वरिष्ठ सह-सचिव हुन्। सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिएपछि सचिवालयको एक सचिव पद रिक्त थियो। सचिवालयतर्फ दुई सचिव रहने कानुनी व्यवस्था छ।
जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धनुखधारी दासको हत्यामा उनकै छोरा र ज्वाइँको संलग्नता रहेको पाइएको छ। ५० वर्षीय मोटर मिस्त्री दासको गत पुस ९ गते शनिबार साँझ आफ्नै ग्यारेजमा गोली प्रहार गरी हत्या गरिएको थियो। दासको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले उनका जेठा छोरा र ज्वाइँसहित ३ जनालाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। दासको…
काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विराटनगर सुपर किंग्सले फारवेस्ट युनाइटेडलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा विराटनगरले ६ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको फार वेस्ट युनाइटेडले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। जसका लागि बिनोद भण्डारीले ३८ बलमा २ छक्का र ६ चौकाको सहायतामा सर्वाधिक ४५…
काठमाडौं : गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासन कार्यलयलाई परिपत्र जारी गरेको छ। मन्त्रालयले बुधवार सबै जिल्ला प्रशासन कार्यलयलाई परिपत्र जारी गरेको हो। प्रचलित कानुनविपरित ढुंगा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न सो परिपत्र जारी गरिएको बताइएको छ। वातावरण संरक्षण ऐन २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक…
काठमाडौं : सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्। बैठकमा समसामयिक राजनीतिक विषय, सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम एवं…