PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

  • अधिकांश सेलिब्रेटी अर्जेन्टिनाका फ्यान, कलाकारलाई कति लागेको छ विश्वकप?

    अधिकांश सेलिब्रेटी अर्जेन्टिनाका फ्यान, कलाकारलाई कति लागेको छ विश्वकप?

    फुटबलको महाउत्सव ‘फिफा विश्वकप फुटबल २०२२’ कतारमा चलिरहेको छ। मंसिर ४ गतेबाट सुरु भएको विश्वकप फुटबलमा हाल प्री- क्वाटरफाइनल चरणको खेल भइरहेको छ। क्वाटरफाइनलमा प्रवेश गर्नका लागि टिमहरु प्रतिस्पर्धामा छन्। विश्वकप सुरु भएसँगै फुटबलप्रेमीहरुलाई चाड आएजस्तै भएको छ। आफूलाई मनपर्ने टिमलाई समर्थन गर्न कोही कतार पुगेका छन्। नेपाली कलाकाहरुलाई पनि विश्वकप फुटबलले छोएको छ। विश्वकप सुरु भएदेखि उत्साहित भएका उनीहरु…

    विस्तृतमा पढ्नुस्

  • कसले कहाँ कति मतले जिते? यस्ता छन् प्रतिनिधिसभाका प्रत्यक्ष तर्फका १६५ जना सांसद 

    कसले कहाँ कति मतले जिते? यस्ता छन् प्रतिनिधिसभाका प्रत्यक्ष तर्फका १६५ जना सांसद 

    काठमाडौं : प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको १६५ निर्वाचन क्षेत्रकै मतपरिणम आइसकेको छ। उक्त परिणाम अनुसार नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ ५७ सिट जितेको छ। नेकपा (एमाले)ले ४४, नेकपा ( माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी, नेपाल (जसपा) ७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ७, लोकतान्त्रिक समाजवादी पार्टी,नेपाल (लोसपा) ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बुटवल : रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सोमबार बिहान शुद्धोधन गाउँपालिका-२ स्थित हिरापुरमा रा १ ख ७१३ नम्बरको टिपरले लु २० प १९५७ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो।  सो दुर्घटनामा बुटवल उपमहानगरपालिका १६ का ३८ वर्षीय शालिकराम शर्माको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए। दुर्घटनामा परि गम्भीर घाइते भएका शर्माको उपचारको क्रममा बुटवलस्थित…

    विस्तृतमा पढ्नुस्

  • इरानमा 'मोरालिटी पुलिस' को व्यवस्थाबारे अध्ययन हुँदै

    इरानमा 'मोरालिटी पुलिस' को व्यवस्थाबारे अध्ययन हुँदै

    इरानले 'मोरालिटी पुलिस' को व्यवस्थाबारे अध्ययन* भइरहेको छ। इरानका महान्यायाधिवक्ता जनरल मोहम्मद जफर मोताजेरीले 'मोरालिटी पुलिस' को व्यवस्थालाई हटाउने कि के गर्ने भन्ने बारेमा अध्ययन भइरहेको बताएका हुन्। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा यो प्रावधान खारेज गर्ने निर्णय  भइसकेको भन्दै समाचारहरु पनि प्रकाशन भएका छन्। यद्यपि, इरान सरकारबाट आधिकारिक रुपमा यसको पुष्टि हुन भने बाँकी छ।  इरानमा सेप्टेम्बरदेखि हिजाबको विषयलाई लिएर प्रदर्शन भइरहेको छ। र, मोरालिटी पुलिसको व्यवस्था खारेज…

    विस्तृतमा पढ्नुस्

  • इन्डोनेसियामा ज्वालामुखी विस्फोट, दुई हजार जनालाई गरियो स्थानान्तरण

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट, दुई हजार जनालाई गरियो स्थानान्तरण

    इन्डोनेसियाको माउन्ट सुमेरुमा ज्वालामुखी विस्फोट भएको छ। ज्वालामुखीको 'वार्निङ स्टाटस' उच्च रहेको अधिकारीहरुले बताएका छन्। ज्वालामुखी विस्फोट भएको क्षेत्रबाट करिब दुई हजार जनालाई स्थान्तरण गरिएको छ। मानिसहरुलाई विस्फोट क्षेत्रबाट करिब ८ किलोमिटर टाढा बस्न भनिएको छ। ज्वालामुखी विस्फोटबाट ६ वटा गाउँहरु प्रभावित भएका छन्। विस्फोट पछि उक्त क्षेत्र धुँवाले भरिएको भिडियोहरु सामाजिक संजालमा सार्वजिनक भएका छन्। 

    विस्तृतमा पढ्नुस्

  • नेफ्टा अवार्डको ११ औं संस्करण आगामी वर्ष अमेरिकाको टेक्ससमा आयोजना हुने

    नेफ्टा अवार्डको ११ औं संस्करण आगामी वर्ष अमेरिकाको टेक्ससमा आयोजना हुने

    नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने नेफ्टा अवार्डको ११ औं संस्करणको मिति तय भएको छ। आयोजक संस्था नेफ्टाले वि सं २०८०, जेठ १३ गते (२७ मे, २०२३) मा अमेरिकाको टेक्ससमा अवार्ड कार्यक्रम आयोजना हुने जानकारी दिएको हो। यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबइमा अवार्ड कार्यक्रम गरिसकेको नेफ्टाले पाँचौंपटक विदेशमा कार्यक्रम गर्न लागेको हो। नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अवार्ड…

    विस्तृतमा पढ्नुस्

  • सुन तोलाको मूल्य फेरि एक लाख नजिक

    सुन तोलाको मूल्य फेरि एक लाख नजिक

    काठमाडौं :  सुनको मूल्य सोमबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुगेको छ। ६ महिनापछि फेरि सुन तोलाको  भाउ एक लाख नजिक पुगेको हो। आइतबार प्रतितोला ९९ हजार ५ सयमा कारोबार भएको सुनको मूल्यमा सोमबार ४ सय रुपैयाँको बढोत्तरी भएको हो। गत साताको अन्तिम दिनका तुलनामा आइतबार तोलामा ४ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • शुक्रवारदेखि ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य सुरु हुने, १४ महिनामा सकाउने लक्ष्य

    शुक्रवारदेखि ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य सुरु हुने, १४ महिनामा सकाउने लक्ष्य

    काठमाडौं : ललितपुरको ग्वार्को चोकमा फ्लाईओभर निर्माण शुक्रबारदेखि सुरु हुने भएको छ। सडक विभागले ग्वार्को चोकमा फ्लाईओभर निर्माण कार्य सुरु हुने जानकारी दिएको हो। विभागका अनुसार १४ महिनामा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ। विभागले इपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा सो आयोजना बनाउने गरि गत साउनमा टेन्डर आह्वान गरेको थियो। माघमा आरसी, समानान्तर र रेलिग्रे जेभी छनोट भएका…

    विस्तृतमा पढ्नुस्

  • ६ महिना अन्तरिक्षमा बसेर फर्किए चिनियाँ अन्तरिक्ष यात्री

    ६ महिना अन्तरिक्षमा बसेर फर्किए चिनियाँ अन्तरिक्ष यात्री

    चिनियाँ अन्तरिक्ष यात्रीहरु ६ महिनापछि पृथ्वीमा फर्किएका छन्। अन्तरिक्षमा बन्दै गरेको चीनको स्पेस स्टेसनको निर्माणको अन्तिम चरण प्रक्रियालाई अवलोकन गरेर अन्तरिक्ष यात्रुहरुको टोली पृथ्वी फर्किएको हो। नोभेम्बरमा तिङगंग स्पेस स्टेशनको निर्माण कार्य सकिएको थियो। अन्तरिक्ष यात्रीहरुको टोली आइतवार मंगोलियामा अवतरण गरेका हुन्। चीनको स्पेस एजेन्सीले मिसन पूर्ण सफल भएको जनाएको छ। पृथ्वीमा अवतरण गरेपछि अन्तरिक्षबाट फर्किएका कमान्डर चेन डोङ र…

    विस्तृतमा पढ्नुस्

  • सम्पदास्थल पुग्न पर्यटकका लागि साझा यातायातका बस संचालन गरिँदै

    सम्पदास्थल पुग्न पर्यटकका लागि साझा यातायातका बस संचालन गरिँदै

    काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा घुम्न आउने पर्यटकलाई दृष्टिगत गर्दै विभिन्न सम्पदास्थलमा साझा यातायातका पाँचवटा बस संचालन गर्ने भएको छ। पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत ‘होप अन होप अफ’ नगर बस आगामी जनवरी १ देखि संचालन हुनेछ। अङ्ग्रेजी क्यालेण्डरअनुसारको नयाँ वर्षदेखि पाटन दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रमा बस सेवा संचालन गरिनेछ। त्यसको केही सातापछि भक्तपुरका सम्पदास्थलसम्म पनि उक्त सेवा विस्तार गरिनेछ। पर्यटकले एकपटक टिकट…

    विस्तृतमा पढ्नुस्

  • कोरियाली नागरिकहरुले लगेजमा ल्याएको ६१ वटा आइफोन भन्सारको नियन्त्रणमा

    कोरियाली नागरिकहरुले लगेजमा ल्याएको ६१ वटा आइफोन भन्सारको नियन्त्रणमा

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ६१ थान आईफोन र चार थान सामसुङ मोबाइल नियन्त्रणमा लिएको छ। कार्यलयले आइतबार कोरियाली नागरिकले ल्याएको मोबाइलहरु नियन्त्रणमा लिएको हो। कोरियन एयरबाट नेपाल झरेका तीन जना कोरियाली नागरिकको लगेज चेकजाँच गर्दा मोबाइलहरु भेटिएको हो। भन्सारको एक्सरे मेसिनबाट चेकजाँच गर्दा मोबाइल भेटिएको भन्सार कार्यलयले जनाएको छ। तीन वटा लगेजमा आइफोन १३ र १४ प्रो म्यक्स ६१…

    विस्तृतमा पढ्नुस्

  • एमालेका बालकृष्ण सिवाकोटीलाई पछि पार्दै दोलखामा माओवादी केन्द्रका गंगा कार्की विजयी

    एमालेका बालकृष्ण सिवाकोटीलाई पछि पार्दै दोलखामा माओवादी केन्द्रका गंगा कार्की विजयी

    काठमाडौं : प्रतिनिधिसभा सदस्यमा दोलखाबाट नेकपा (माओवादी केन्द्र)का गंगा कार्की विजयी भएका छन्। निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का बालकृष्ण सिवाकोटीलाई पछि पार्दै उनी निर्वाचित भएका हुन्। कार्कीले ३६ हजार ७९९ मत पाउँदा शिवाकोटीले ३६ हजार ४८२ मत पाएका छन्। हाल समानुपातिकको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। फरक बक्समा भएको प्रत्यक्षको मत पनि गणना हुने भन्दै उनले…

    विस्तृतमा पढ्नुस्

  • पूर्व चिनियाँ राष्ट्रपति चियाङ जमिनको अन्तिम बिदाइ : ग्रेट हलमा विशेष समारोह

    पूर्व चिनियाँ राष्ट्रपति चियाङ जमिनको अन्तिम बिदाइ : ग्रेट हलमा विशेष समारोह

    सांघाई : पूर्व राष्ट्रपति चियाङ जमिनको सम्झनामा बेइजिङमा विशेष समारोहको आयोजना गरिएको छ। गत बुधवार सांघाईमा निधन भएका उनको पार्थिव शरीर बिहीवार बेइजिङ पठाइएको थियो। उनको सम्झनामा बेइजिङस्थित ग्रेट हल अफ पिपलमा विशेष समारोहको आयोजना गरिएको छ। समारोहमा सीपीसीका महासचिव तथा राष्ट्रपति सि चिनफिङले सम्बोधन गरेका छन्। समारोहको सुरुवातमै तीन मिनेट मौनधारण गरिएको थियो। ठिक १० बजे देशभर तीन मिनेटको…

    विस्तृतमा पढ्नुस्

  • चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

    चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं : सत्ता गठबन्धनको बैठक सोमवार बस्दै छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो। चुनावी परिणाम र नयाँ सरकार गठनबारे छलफल गर्न बैठक बस्न लागेको नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले जानकारी दिए। शनिवार र आइतवार माओवादी केन्द्रको पदाधिकारीको बैठक बसेको थियो। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र…

    विस्तृतमा पढ्नुस्

  • क्वाटरफाइनलमा फ्रान्सको प्रतिद्वन्द्वी इङ्ग्ल्याण्ड

    क्वाटरफाइनलमा फ्रान्सको प्रतिद्वन्द्वी इङ्ग्ल्याण्ड

    विश्वकप फुटबल अन्तर्गत गएराति भएको अन्तिम १६ को खेलमा सेनेगललाई पराजित गर्दै इङ्ग्ल्याण्डले क्वाटरफाइनलमा फ्रान्ससँग भेट पक्का गर्‍यो। अल बेयत स्टेडियममा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-० गोलले पराजित गरेको हो। ३८औँ मिनेटमा जुड बेलिङहामको क्रसमा गोल गर्दै जोर्डन हेन्डरसनले इङ्ग्ल्याण्डलाई सुरुवाति अग्रता दिलाएका थिए। त्यस्तै, पहिलो हाफको अतिरिक्त समयमा बेलिङहाम र फिल फोडेनको सहयोगमा गोल गर्दै कप्तान ह्यारी केनले इङ्ग्ल्याण्डको…

    विस्तृतमा पढ्नुस्

  • दोलखामा २८ वर्षपछि वामपन्थी किल्ला तोड्दै कांग्रेसको जित, प्रदेश सभामा काफ्ले विजयी

    दोलखामा २८ वर्षपछि वामपन्थी किल्ला तोड्दै कांग्रेसको जित, प्रदेश सभामा काफ्ले विजयी

    काठमाडौंः दोलखाको प्रदेश सभा १(१) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले विजयी भएका छन्। नेकपा (एमाले) का जिल्ला अध्यक्ष समेत रहेका नरबहादुर श्रेष्ठलाई सात हजार ८७५ मतान्तरले पछि पार्दै काफ्‍ले विजयी भएका हुन्। उनले २३ हजार ३५६ मत पाएका छन्। श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरे। २०५१ को मध्यावधि निर्वाचनपछि कांग्रेसले उक्त क्षेत्रमा जित हासिल गर्न सकेको थिए। कांग्रेसका…

    विस्तृतमा पढ्नुस्

  • एमालेसँग मिलेर सरकार बनाउने विषयमा छलफल नभएको माओवादी केन्द्रको दाबी

    एमालेसँग मिलेर सरकार बनाउने विषयमा छलफल नभएको माओवादी केन्द्रको दाबी

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले सत्ता गठबन्धनको विकल्प खोज्ने बेला नभएको बताएको छ। माओवादी केन्द्रको आइतवारको पदाधिकारी बैठकले गठबन्धनमै चुनावी समीक्षा गर्नुपर्ने भन्दै विकल्प खोज्ने बेला नभएको बताएको हो। माओवादी केन्द्रका महासचिव देव गुरुङले गठबन्धनमा पहिला चुनावी समीक्षा हुने बताए। ‘सरकार गठनका बारेमा विषय प्रवेश भएको छैन। गठबन्धनका घटकका बिचमा कुराकानी हुने नै भयो। गठबन्धनमै रहेर सोच्ने कुरा स्वभाविक भयो,’…

    विस्तृतमा पढ्नुस्

  • अभिनेत्री स्वेता खड्काले खोलिन् अनलाइन सपिङ प्लेटफर्म

    अभिनेत्री स्वेता खड्काले खोलिन् अनलाइन सपिङ प्लेटफर्म

    काठमाडौं : अभिनेत्री स्वेता खड्काले अनलाइन व्यवसायमा हात हालेकी छिन्। एक महिनाअघि आमा बनेकी स्वेताले अनलाइन सपिङ प्लेटफर्म ‘अल्टिमोडल’ सञ्चालनमा ल्याएकी हुन्। काठमाडौं उपत्यका बाहिरका ग्राहकलाई लक्षित गर्दै उनले यो अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएकी हुन्। अल्टिमोडलले ब्रान्डेड र अर्गानिक सामानलाई मात्र प्राथमिकता दिने बताइएको छ। अहिले अल्टिमोडलमा ३ सयभन्दा बढी ब्रान्डका सामान राखिएका छन्। ग्राहकले घरमै बसेर प्लेटफर्ममा उपलब्ध हुने सामान अर्डर…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्घातीको लिस्ट पुस १५ भित्र पठाउन कांग्रेसको निर्देशन

    अन्तर्घातीको लिस्ट पुस १५ भित्र पठाउन कांग्रेसको निर्देशन

    काठमाडौं : नेपाली कांग्रेसले पार्टी तथा गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गर्नेहरुको सूची पठाउन निर्देशन दिएको छ। कांग्रेसले आइतवार एक विज्ञप्ति जारी गर्दै जिल्ला एवं प्रदेश अनुशासन समितिलाई यस्तो निर्देशन दिएको हो। जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल गठन गरेर निर्णय सहित पुस १५ गते भित्र पठाउन भनेको छ। ‘२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य…

    विस्तृतमा पढ्नुस्

  • नोभेम्बरमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय

    नोभेम्बरमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय

    काठमाडौं : नोभेम्बरमा हवाई यातायातमार्फत नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली मुलुकबाटै भित्रिएका छन्। दक्षिण एसियाली मुलुकहरुबाट मात्रै  ३४ प्रतिशत विदेशी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ। बोर्डका अनुसार नोभेम्बरमा विदेशी पर्यटकको आवागमन ५६ प्रतिशत कायम भएको छ। कोभिड संक्रमण नियन्त्रणमा आएसँगै विदेशी पर्यटक आवगमन दर सामान्य अवस्थामा पुगेको बोर्डले जनाएको छ। बोर्डले तयार पारेको विवरण अनुसार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell