काठमाडौं : नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा विद्युत खपत बढाउन प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्ने भएको छ। प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरुको सुदृढीकरण र विस्तार गर्नेछ। दीर्घकालीन समस्या समाधान गर्न उच्च क्षमताका प्रसारण लाइनको निर्माण गरिने छ। गर्मीको समयमा कैलालीको अत्तरिया, टीकापुर धनगढी, कञ्चनपुरको महेन्द्र नगरलगायतका सहरी क्षेत्रमा न्यून…
बुटवल : नेकपा (एमाले) र नेपाली कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल दाङ नसार्न आग्रह गरेका छन्। आइतवार एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी र कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले बुटवलबाट विभिन्न कार्यालयहरू सार्न थालेपछि कार्यालय सार्न हतार नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्। दाङमा राजधानीका लागि आवश्यक पूर्वाधारहरू तयार नभएको भन्दै राजधानी सार्न हतार…
हेटौंडा : राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर सभापति राजकुमार न्यौपानेलाई कारबाही गर्न माग गर्दै केन्द्रीय कार्यालयमा पत्रचार गरिएको छ। न्यौपानेले समानुपातिक उम्मेदवार नुरमान प्रजालाई विभिन्न प्रलोभनमा पारेर निर्वाचनको अन्तिम समयमा अन्य पार्टीको उम्मेदवारसँग भेट गराएर सेटिङ गरेको भन्दै उनलाई कारबाही गर्न माग गरिएको हो। न्यौपानेको गतिविधिले आफ्ना उम्मेदवारलाई ठूलो क्षति पुगेको भन्दै वाग्मती प्रदेश कोषाध्यक्ष तथा मकवानपुर क्षेत्र नम्बर १ का…
काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्रका ठूला आकासे पुलहरु तत्काल मर्मत गर्न निर्देशन दिएकी छन्। उनले सार्वजनिक-निजी साझेदारी एकाईका अधिकारीहरुलाई बोलाएर आकासे पुलहरु असुरक्षित भएकाले सुधारको काम तत्काल गर्न निर्देशन दिएकी हुन्। रत्नपार्क, भद्रकाली, सुन्धारालगायत महानगरभित्रका ठूला केही आकासे पुलहरु सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत बनेका हुन्। ‘आकासे पुलका संरचना भत्किएका छन्। हिँड्दा अल्झिएर लड्ने अवस्था छ। बारहरु…
सलमान खानको फिल्म ‘किसीका भाइ किसीका जान’ को छायाङ्कन सकिएको छ। सलमानले फोटो राख्दै सुटिङ सकिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। फोटोमा सलमान कालो रंगको पहिरन र चश्मामा देखिएका छन्। यो खबरसँगै सलमानका फ्यानहरु निकै उत्साहित भएका छन्। उनका फ्यानहरुले 'भाइको लुक सबैभन्दा अलग' भन्दै सलमानलाई बलिउडको वास्तविक किंङ भन्दै प्रतिक्रिया समेत दिएका छन्। सलमानको प्रोड्क्सनमा बनेको फिल्मलाई फरहाद शामजीले निर्देशन…
हिमाली जिल्ला डोल्पामा भइरहेको मूर्ति चोरीबारे जानकारी दिने उद्देश्यले बाल कथा प्रकाशन गरिएको छ। युनिभर्सिटी अफ ग्लासगोकी लेक्चरर डा. एमिलिन स्मिथद्वारा लिखित 'पेमा र डोल्पाबाट चोरिएका मूर्ति' किताबको शनिवार लोकार्पण भएको हो। काठमाडौंस्थित तारागाउँ नेक्सटमा भएको कार्यक्रममा डोल्पाको से फुक्सुन्डो गाउँपालिकास्थित गुम्बाका रनाङ रिम्पोछे, नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क लगायतको उपस्थिति थियो। यो किताब प्रकाशन गर्नु पछाडिको मुख्य उद्देश्य…
शनिवार राति अमेरिका र नेदरल्यान्ड्सको खेल हुनुअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशको फुटबल टोलीलाई शुभकामना दिँदै ट्वीट गरे। उनले ट्वीट गरेको भिडियो अमेरिका राष्ट्रिय फुटबल टोलीका कप्तान टेलर एडम्सले कतारबाट फुटबललाई ‘किक’ हाने। अर्को दृश्यमा सो बल ह्वाइट हाउसमा पुगेको देखाइयो र त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले फुटबल समाए। र, बललाई हातमा समाउँदै बाइडेनले भने : इट्स कल्ड सकर, गो…
कैलाली : बाजुरामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएको छ। प्रतिनिधि सभामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित भएका छन्। पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्ण थापालाई ५ हजार ४ सय ३७ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्। प्रतिनिधि सभातर्फ ६० हजार १ सय मत खसेको बाजुरामा पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गर्दा उनका निकटतम…
काठमाडौं : एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ। भक्तपुरको लोकन्थलीमा रहेको बास्कोटाको घरमा आइतवार बिहान सेतो प्लास्टिकभित्र राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। प्लास्टिकभित्र कुकर देखिएकोपछि उक्त क्षेत्र प्रहरीले सिल गरेको छ। अहिले शंकास्पद वस्तु रहेको घरमा सेनाको डिस्पोजल टोली पुगेको छ।
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरेको छ। कतारको अहमद विन अली रङ्गशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेस्सीले खेलको ३५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने ५७औं मिनेटमा जुलियान अल्भारेजको गोलपछि अग्रता दोब्बर भयो। खेलको ७७औं मिनेटमा एन्जो फर्नान्डेजले…
चरिकोट : दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ। हालसम्म ३४ हजार चार सय ८१ मतगणना हुँदा एमालेका बालकृष्ण शिवाकोटीले १५ हजार तीन सय ६३ मत प्राप्त गरेका छन्। निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले १४ हजार ३८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। दोलखाको प्रदेशसभा–१ मा गठबन्धन अगाडि देखिएको छ भने २…
अमेरिकालाई पराजित गर्दै नेदरल्यान्डस् विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। नकआउट चरणको पहिलो खेलमा अमेरिकामाथि ३–१ गोलअन्तरले विजयी हुँदै नेदरल्यान्डसले अन्तिम आठमा स्थान बनाएको हो। पहिलो हाफमा दुई गोल गरेको नेदरल्यान्डस्ले दोस्रो हाफमा एक गोल थपेको थियो। कतारको खलिफा इन्टरनेसनल स्टेडियममा भइरहेको खेलको १०औँ मिनेटमा नै नेदरल्यान्डले अग्रता लिएको थियो। मेम्पिस डिपेले गोल गर्दै नेदरल्यान्डलाई अग्रता दिलाए। यस्तै पहिलो हाफको अतिरिक्त…
काठमाडौंः नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण सम्पन्न भएको छ। ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ मंसिर ९ गतेदेखि सुरु भएको फेस्टिभल शनिबार सकिएको हो। समापन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति हरिहर शर्मालगायतका रङ्गकर्मीहरुको उपस्तिथि थियो। मन्त्री शर्माले समाजमा भएका घटना र कथाहरुलाई प्रस्तुत गर्ने नाटक आफैँमा महत्त्वपूर्ण…
विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा अहिले नेदरल्यान्ड र अमेरिका खेलिरहेका छन्। पहिलो हाफसम्मको खेलमा नेदरल्यान्डले २ गोलको अग्रता लिएको छ। कतारको खलिफा इन्टरनेसनल स्टेडियममा भइरहेको खेलको १०औँ मिनेटमा नै नेदरल्यान्डले अग्रता लिएको थियो। मेम्पिस डिपेले गोल गर्दै नेदरल्यान्डलाई अग्रता दिलाए। यस्तै पहिलो हाफको अतिरिक्त समयमा दले ब्लिनले गोल गर्दै अग्रता दोब्बर बनाएका छन्। नेदरल्यान्ड र अमेरिकाको यो छैटौँ भीडन्त…
काठमाडौंः स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन्। नेकपा (एमाले) की सचिव समेत रहेकी पद्माकुमारी अर्याललाई पराजित गर्दै गुरुङ निर्वाचित भएका हुन्। मंसिर ४ गते सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै गणनामा ढिलाइ भएको थियो। पुनः मतदानका लागि एमालेले गरेको माग अस्वीकार गर्दै निर्वाचन आयोगले मतगणनाको निर्देशन दिएसँगै बिहीबारदेखि गणना सुरु भएको थियो। अन्तिम…
कैलालीः बाजुराकोको प्रदेश सभातर्फ १(१) मा नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाही विजयी भएका छन्। समाजवादीको भातृ सङ्गठन युवा सङ्घ नेपालका अध्यक्ष समेत रहेका शाहीले १० हजार ९७३ मत प्राप्त गरेर विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का बलदेव रेग्मीले ८ हजार ६३२ मत प्राप्त गरे। प्रदेश १(२) मा कांग्रेसका पदमबहादुर शाहीको अग्रता छ। प्रतिनिधि सभामा कांग्रेसका…
काठमाडौं : स्याङ्जा २ मा मतगणना नसकिँदै कांग्रेस उपसभापति धनराज गुरुङको जित पक्का भएको छ। करिब ३ हजार मत गन्न बाँकी रहँदा गुरुङले ६ हजारको मतान्तर कायम गर्दै जित पक्का गरेका हुन्। पछिल्लो अपडेटअनुसार धनराजले ३० हजार ३१३ मत पाउँदा नेकपा एमालेकी सचिव पद्मा अर्यालले २४ हजार २७५ मतमात्र पाएकी छिन्। यता राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ८६८…
विश्वकप फुटबलमा यसपटकको नकआउट चरण आज रातिबाट शुरु हुँदैछ। कतारको खलिफा इन्टरनेसनल स्टेडियममा नेपाली समयअनुसार पौने ९ बजे तीन पटक रनर अप बनेको नेदरल्यान्ड र अमेरिकाबीच खेल शुरु भएसँगै नकआउट चरण शुरु हुनेछ। नेदरल्यान्ड र अमेरिकाको यो छैटौं भिडन्त हो। यसअघिको पाँच भेटमा चार पटक त नेदरल्यान्डले जित आफ्नो पोल्टामा पारेको थियो। अमेरिका यो चाहन्छ कि २०१५ को जुनमा जस्तै…
ललितपुर : विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले लेखेको बालकथा सङ्ग्रह ‘मित्रता’ सार्वजनिक भएको छ। ललितपुरस्थित धापाखेलमा रहेको जुगल स्कुलका विद्यार्थीहरुले लेखेको उक्त कथा सङ्ग्रहलाई ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानले सार्वजनिक गरेका हुन्। स्कुलकै प्राङ्गणमा शनिवार आयोजित अभिभावक दिवसको अवसर पारी कथाको किताब विमोचन गरिएको हो। किताबमा १७ विद्यार्थीले लेखेका कथा छन्। स्कुलले…
काठमाडौं : दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ। हालसम्म २२ हजार नौ सय ६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले १० हजार ७३७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले नौ हजार ४७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। दोलखाको प्रदेशसभा…