इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी न्युक्यासल युनाइटेडसँग पराजित भएको छ। सेन्ट जेम्स पार्क स्टेडियममा सम्पन्न खेलमा चेल्सी घरेलु टोली न्युक्यासलसँग १-० गोलअन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा न्युक्यासललाई जित दिलाउन जोए विललकले निर्णायक गोल गरे। उनले खेलको ६७ औं मिनेटमा मिगुएल अलमिरोनको पासमा गोल गरेका थिए। त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर…
काठमाडौंः निर्वाचन आयोगले मंसिर ४ गते हुने मतदानका दिन अत्यावश्यक सवारीलाई अनुमतिपत्र बिना नै सञ्चालनको व्यवस्था गरेको छ। सम्बन्धित निकायहरुबाट जारी परिचयपत्रकै आधारमा सवारी चल्न पाउनेछन्। अतिरिक्त परिचयपत्रको व्यवस्था योपटक हटाइएको हो। जसमा बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधनलाई अन्य अनुमतिपत्र नचाहिने निर्वाचन आयोगले जनाएको छ। यस्तै सूचना तथा…
बझाङलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ८ः१२ बजे ५ दशमलव ४ म्यानिच्युडको भूकम्प मापन गरिएको छ। यसै सातादेखि सुदूरपश्चिमलाई केन्दविन्दु बनाएर भूकम्प र लगातार परकम्प गइरहेका छन्। डोटी केन्द्र बनाएर दुईपटक र बाजुरालाई केन्द्र बनाएर दुई पटक भूकम्प मापन गरिएको छ।
कैलालीः पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई खरानीको डल्लोको संज्ञा दिँदै चुनावपछि समाप्त हुने बताएका छन्। कैलालीको अत्तरियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘एमालेलाई सिद्याउँछु भन्नेहरू प्रचण्ड, माधव नेपाललगायत विस्तारै आफैँ सिद्धिँदै गएका छन्,’ उनले भने, ‘माधव नेपाल त यही चुनावबाट समाप्तै हुन्छन्, माधव नेपालको पार्टी…
काठमाडौंः प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि एपीएफले जितेको छ। विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो। एपीएफले आर्मीलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो। आर्मीले दिएको १८० रनको लक्ष्य एपीएफले ३८.३ ओभरमा ६ विकेट क्षतिमा पूरा गरेको हो। आर्मीका लागि भुवन कार्कीले अर्धशतक पूरा गरेका थिए। कार्कीले ५५ रन बनाए। पहिले ब्याटिङ गरेको…
विमलेन्द्र निधि मधेशमा कांग्रेसका प्रभावशाली नेता हुन्। कांग्रेस सभापति हुने र राष्ट्रिय राजनीतिको नेतृत्त्वमा आउने उनको योजना असफल भयो पार्टीको महाधिवेशनमा। यसपाला उनी प्रत्यक्ष निर्वाचनमा छैनन्, समानुपातिक तर्फ सुरक्षित सूचीमा छन्। मधेश प्रदेशका ८ जिल्लामा राम्रो नतिजा निकाल्ने कांग्रेसको लक्ष्य पूरा गर्न उनी लगातार यात्रा गरिरहेका छन्। जनकपुरधाममा रहेको मिल्स रोडमा अड्डा जमाएर बसेका निधिले कांग्रेसलाई पहिलो पार्टी बनाउने एजेन्डा…
काठमाडौं : निर्वाचन आयोगले सिराहका दुई पालिकालाई मतदाता शिक्षा कार्यक्रम संचालन गर्न निर्देशन दिएको छ। आयोगले सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा सुखीपुर नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न निर्देशन दिएको हो। आयोगले दुवै नगरपालिकालाई मतदाता शिक्षा कार्यक्रम संचालन नभएको भए यथाशीघ्र संचालन गरि पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगमा जानकारी गराउन शुक्रबार…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौं क्षेत्र नं ५ मा नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेललाई मतदाताले भोट हाल्नुपर्ने आधार नरहेको बताएका छन्। सत्ता गठबन्धनबाट सोही क्षेत्रबाट उम्मेदवार रहेका पौडेलले शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले पटकपटक अवसर पाए पनि काम गर्न नसकेको आरोप लगाएका हुन्। ‘आदरणीय पिता समानका व्यक्तिलाई म आग्रह गर्न चाहान्छु। तपाईंले अवसर पाउनुभयो, एकपटक होइन…
काठमाडौं : नेपाली सेनाले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लामा एकीकृत निर्वाचन सुरक्षा कक्ष स्थापना गरि संचालनमा ल्याएको छ। मतदानस्थल सुरक्षा, मतदान सामग्री ढुवानी, जगेडा, हवाई गस्तीलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सुरक्षाका लागि करिब ७५ हजार जनशक्ति खटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। निर्वाचन सुरक्षार्थ ७७९ स्थानमा सैनिक परिचालित भई तैनाथ भइसकेको जानकारी दिइएको छ।…
लामो समय शैक्षिक क्षेत्रमा बिताएका उमेश श्रेष्ठ अहिले चितवनमा चुनावी दौडमा छन्। कानुनी पृष्ठभूमिका यहीँका अनुभवी सांसद कृष्णभक्त पोखरेल र मिडियाबाट चर्चा बटुलेका रवि लामिछानेसँग नेपाली कांग्रेसका श्रेष्ठको कडा प्रतिस्पर्धा हुने आँकलन छ। चितवनमा प्रत्यक्ष रुपमा राजनीतिमा उत्रिनुअघि व्यवसायसमेत विस्तार गरिसकेका छन् उमेश श्रेष्ठले। समानुपातिक सांसदका रुपमा प्रतिनिधिसभामा अनुभव लिइसकेका उनले किन यहाँको चुनावी मैदान रोजे र निकटतम प्रतिस्पर्धीलाई कसरी लिन्छन्?…
काठमाडौं : सुर्खेत जिल्ला प्रशासन कार्यालयले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रोक लगाएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसार कार्य तीव्ररुपमा बढेकाले यसलाई स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरबाट सम्पन्न गर्ने ध्येयले हिजोदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 'निर्वाचन मतपरिणाम घोषणा…
काठमाडौं : लोकतान्त्रिक-वाम गठबन्धनले आज चितवनमा आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन पुगेका छन्। उनी हेलिकप्टरबाट भरतपुर विमानस्थलमा आइपुगेका हुन्। देउवा सुरुमै नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको निवासमा जाने कार्यक्रम छ। गुरुङकी पत्नी शीरमाया गुरुङको कात्तिक २० गते निधन भएको थियो। समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गुरुङनिवास जाने कार्यक्रम तय गरेको हो। त्यहाँबाट गैँडाकोटका सामाजिक र राजनीतिक व्यक्तित्व स्व…
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो उम्मेदवारी अन्तिमपटकका लागि रहेको बताएका छन्। महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार उनले यसपछि आफूले अब निर्वाचन नलड्ने घोषणा गरेका हुन्। ठाकुरले मत माग्ने तथा घरदैलो गर्ने क्रममा मतदातालाई आफूलाई अन्तिमपटकका लागि भोट दिन आग्रह गर्दै आएको बताए। यसअघि विसं २०७४ पनि यस क्षेत्रबाट प्रतिनिधिसभा…
काठमाडौं : 'सतरी कटेनी भरिलो दिमाग छ, हुँदारको घेरामा जिउँदो बाघ छ शब्दको वर्षा, उनकै त चर्चा को हो को हो, भन्दे त भाइ बा …. केपी बा' शुक्रवार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमा चुनावी र्याप गीत सार्वजनिक गरे। र्याप गीतमा ओलीको प्रशंसा गरिएको थियो। ओली सरकारका पालामा भएका कामहरुको बखान गरिएको थियो गीतमा। सँगै सत्ता गठबन्धनलाई व्यङ्ग्य…
८ डलर प्रतिमहिना तिरेर ‘ब्लू-टिक’ प्रमाणीकरण लिन सकिने सेवा शुक्रवार उपलब्ध थिएन। भेरिफाइड फेक अकाउन्टहरुको बाढी नै आएपछि ट्विटरले पुन: सुरु गरेको उक्त प्रिमियम सेवा शुक्रवार रोकेको हो। यो घटनाले उक्त नयाँ सेवाको सुरुवातमा देखिएको अस्तव्यस्त परिस्थितिलाई इंगित गरेको छ। दुई हप्ताअघि कम्पनीको टेकओभर पूरा गरेपछि इलोन मस्कले यो नयाँ सेवाको सुरुवात गरेका थिए। ४४ बिलियन डलरमा मस्कले ट्वीटर खरिद…
काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। शनिवार दिउँसो प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागको…
काठमाडौं: नेपाली क्रिकेट टोलीको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन्। पूर्वकप्तान सन्दीप लामिछाने नावालिक बलात्कार प्रकरणमा तानिएपछि नेपाल क्रिकेट संघले उनलाई टिमबाट निलम्बित गरेको थियो। यो सँगै आउँदै गरेको यूएईसँगको एकदिवसीय सिरिज अघि क्यानले पौडेललाई नेपाली टोलीको कप्तानमा नियुक्त गरेको हो। यसअघि उपकप्तानको भूमिकाका रहेका पौडेलले केन्यासँगको एकदिवसीय अभ्यास सिरिजमा नेपालको कप्तानी गरेका थिए। क्यानले पौडेलको कप्तानीमा यूएईसँग एकदिवसीय सिरिजका लागि नेपाली…
काठमाडौं: बंगलादेशमा जारी यू १५ साफ महिला च्याम्पियनसीपको उपाधि नेपालले जितेको छ। आज सम्पन्न निर्णायक खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो। डबल राउण्ड रोबिन प्रणालीमा सञ्चालन भएको खेलमा नेपालले ३ जित र १ बराबरीसँग १० अंक जोड्दा ४ खेलबाट ७ अंक जोडेको बंगलादेश उपविजेता बन्यो। आज सम्पन्न खेलको १४ औं मिनेटमै शुसिला केसीको गोलमा नेपालले अग्रता…
गौरः जनता समाजवादी पार्टीका अध्यक्ष धर्मेन्द्र पटेल दलबलका साथ प्रभु साह नेतृत्वको स्वतन्त्र उम्मेदवार जिताऊ अभियानमा समावेश भएका छन्। दुई दिनअघि मात्र जसपाको साधारण सदस्यता समेत त्यागेका जसपा अध्यक्ष पटेलले आफ्नो समूहका नेताहरुसहित आज मौलापुर नगरपालिका-१, मर्यादपुरमा आयोजित चुनावी सभाबाट अभियानमा सामेल भएका हुन्। पटेल देवाही गोनाही नगरपालिकाको पूर्वमेयर समेत हुन्। कार्यक्रममा पटेलले केपी ओली र उपेन्द्र यादवको अनैतिक राजनीतिका…
भारतीय टिभि सिरियलमा अभिनय गर्दै आइरहेका सिद्धान्त वीर सूर्यवंशीको निधन भएको छ। मुम्बईस्थित एक जिममा वर्कआउट गरिरहँदा उनी लडेका थिए। त्यहीँ नै उनको मृत्यु भएको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। ४६ वर्षीय सिद्धान्तले कुसुम, वारिस, सूर्यपुत्र कर्ण लगायतका सिरियलहरुमा अभिनय गरेका थिए। प्रहरीले यो घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।