टर्कीएको मध्य इस्तानबुलको व्यस्त क्षेत्रमा भएको विस्फोटमा कम्तीमा ६ जनाको मृत्यु भएको छ। विस्फोटमा परी ८१ जना घाइते भएको टर्कीएका अधिकारीहरूलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ। स्थानीय समय अनुसार साँझ ४:२० वजे टक्सिम स्क्वायर क्षेत्रको एक किनमेल सडकमा विस्फोट भएको गभर्नर अली येर्लिकायाले बताए। उपराष्ट्रपति फुआत ओक्तेले उक्त विस्फोट एक महिलाले गराएको आतंकवादी हमला भएको अनुमान गरिएको बताए। राष्ट्रपति…
काठमाडौं: भारतीय रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउने भएकी छिन्। दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा सहभागी हुन उनी काठमाडौं आउन लागेकी हुन्। आउँदो मंसिर ९ गते सुरु हुने महोत्सवको उद्घाटनमा विशेष अतिथिको रुपमा उनलाई आयोजक मण्डला थिएटरले बोलाएको हो। महोत्सवमा आजमीले नेपाली रंगकर्मी तथा कलाकारहरुलाई ‘मास्टरक्लास’ दिने कार्यक्रम रहेको महोत्सवकी निर्देशक सिर्जना सुब्बाले जानकारी दिइन्।…
विश्वकप टी २० २०२२ को उपाधी इंग्ल्याण्डले जितेको छ। आज पाकिस्तानसँग भएको फाइनल खेलमा इंग्ल्याण्डले पाँच विकेटले विजय भएको हो। टी २० विश्वकप अन्तर्गत आज जारी फाइनल खेलमा पाकिस्तानले इङ्ग्ल्याण्डलाई १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ। अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा टस हारेर पाकिस्तान ब्याटिङमा उत्रिएको थियो। पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। इङ्ग्ल्याण्डले ६ बल बाँकी…
काठमाडौं : चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको प्रचारमा प्रयोग भएको गाडीमा तोडफोड भएको छ। बा १४ च ७६८४ नम्बरको गाडीमा तोडफोड भएको हो। आज दिउँसो प्रचारको अवधिमा तोडफोड भएको रविका सहयोगी दीपक बोहोराले जानकारी दिए। गाडीको अगाडिको सिसा फुटेको छ। प्रचार गरिरहेको समयमा माओवादीका कार्यकर्तासँग जम्काभेट भएको थियो। त्यहाँ विवाद हुँदा गाडीमा आक्रमण भएको…
काठमाडौः ललितपुरको फुल्चोकीको जङ्गलमा हराएका चार जना विद्यार्थी फेला परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ११ घण्टापछि उनीहरूलाई उद्धार गर्न सफल भएको हो। नेपाल राष्ट्रिय निर्माण मावि मुलपानीमा कक्षा ११ र १२ का अध्यायरत ४ जना विद्यार्थी हराएका थिए। शनिवार बिहान १२५ विद्यार्थी तथा ९ जना शिक्षकहरू बिहान फुलचोकीमा घुमेर दिउँसो २ बजे फर्कने क्रममा हराएका थिए। खोजतलास गर्दा…
टी २० विश्वकप अन्तर्गत आज जारी फाइनल खेलमा पाकिस्तानले इङ्ग्ल्याण्डलाई १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ। अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको हो। पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाउँदा कप्तान बाबर आजमले ३२, शादब खानले २० तथा मोहम्मद रिजवानले १५ रन बनाए। बलिङतर्फ इङ्ग्ल्याण्डका साम करनले सर्वाधिक…
काठमाडौं : मंसिर १६ गतेबाट प्रदर्शन हुने फिल्म ‘पासो’ को ट्रेलर सार्वजनिक भएको छ। डेढ मिनेट लामो ट्रेलरमा दुई युवतीले बाँच्नका लागि गरेको संघर्षको कथा देखाइएको छ। फिल्ममा रिस्ता बस्नेत र कलाकार सुनिशा बजगाँई मुख्य भूमिकामा छन्। ट्रेलरमा रिस्ताको एक्सन अवतार देख्न सकिन्छ। आर बी पुनले निर्देशन गरेको फिल्ममा रिस्ता र सुनिशाको साथै रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ।…
काठमाडौं : मंसिर ४ गतेबाट फिफा विश्वकप २०२२ सुरु हुँदैछ। कतारमा आयोजना हुने फुटबलको महाकुम्भको प्रत्यक्ष प्रशारणलाई विश्वभर प्राथमिकता दिइन्छ। तर, नेपाली दर्शकले नेपालमा विश्वकपको प्रत्यक्ष प्रशारण हेर्न नपाउने सम्भावना बढ्दै गएको छ। सर्वोच्च अदालतले विश्वकप हेर्नका लागि 'अतिरिक्त शुल्क' लिने व्यवस्थालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएपछि विश्वकप प्रशारणमा अन्योल सिर्जना भएको हो। सर्वोच्चले सो मुद्दाको अर्को पेशी कात्तिक…
काठमाडौं :सञ्चार रजिष्ट्रार कार्यालय वाग्मती प्रदेशले जारी गरेको पत्रकार परिचयपत्र अब नागरिक एपमा पनि हेर्न सकिने भएको छ। सञ्चार रजिष्ट्रार कार्यालय बाग्मती प्रदेशबाट पत्रकार परिचयपत्र लिएका पत्रकारहरुले आफनो परिचयपत्र हराएमा वा छुटेमा देखाउनु पर्ने स्थानमा नागरिक एपबाट देखाउन सक्नेछन्। नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा सञ्चालित नागरिक एपको वन पोइन्ट सिक्स पोइन्ट टु भर्जनमा…
काठमाडौं क्षेत्र नम्बर १ मा अघिल्लो पटकको प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित जित थियो प्रकाशमान सिंहको। लगातार फराकिलो अन्तरले जित निकालिरहेका उनलाई विवेकशील साझा पार्टीका रविन्द्र मिश्रले अप्रत्यासित रुपमा मत ल्याउँदा झन्डै हारको नजिकै पुर्याएको थियो। यसपाला तिनै मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनावी मैदानमा छन्। विवेकशील साझामा रहेर रविन्द्र मिश्रसँग संघर्ष गरेका पुकार बम चुनाव घोषणा हुनुभन्दा अघिदेखि नै यस क्षेत्रमा सक्रिय छन्।…
प्रकाश भण्डारी/उन्नत सापकोटा - काठमाडौं : ‘वंशी टोलतिर आउनुस् त्यतै भेटौंला,’ यस्तो खबर पाएपछि हामी त्यतैतिर लाग्यौँ। वंशी टोलमा हामी त पुग्यौं, तर नेकपा एमाले काठमाडौं-१ का प्रतिनिधि सभाका उम्मेदवार किरण पौडेल पुगेनन्। उनी नआए पनि घरदैलो भने जारी नै रह्यो वंशी टोलमा। ‘म बानेश्वरतिरै आज एउटा मिटिङमा ब्यस्त भए,’ घरदैलोमा आउन नसक्नुको कारण खुलाए पौडेलले। स्थानीय तह निर्वाचनको परिणामअनुसार…
फ्रान्सको पेरिसस्थित रोसी चार्ल्स डी गउले विमानस्थलमा १८ वर्ष बसेका मेहरन करिमि नस्सेरीको निधन भएको छ। कुटनिटिक द्विविधाका कारण उनले सन् १९८८ मा विमानस्थलको सानो कक्षलाई आफ्नो घर बनाएका थिए। उनको अनुभवलाई आधार बनाएर सन् २००४ मा टम हन्क्स र क्याथरिन जेटा जोन्स अभिनित 'द टर्मिनल' फिल्म निर्माण भएको थियो। सन् १९४५ मा इरानमा जन्मिएका मेहरन आफ्नो आमाको खोजी गर्न…
काठमाडौं : लागुऔषधविरुद्धको अभियानमा निर्माण भएको फिल्म ‘सरी मम’ को प्रदर्शन मिति तय भएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रमबिच अभिनेता राजेश हमालको उपस्थितिमा फिल्मको पहिलो शीर्ष गीत सार्वजनिकसँगै प्रदर्शन मिति घोषणा गरिएको हो। एनएफआई क्रियशनको ब्यानरमा बनेको यो फिल्म आगामी मंसिर १५ मा रिलिज हुनेछ। फिल्मलाई एक हप्ता मात्रै हलमा प्रदर्शन गर्ने र त्यो पनि बाग्मती प्रदेशमा मात्रै रिलिज गर्ने निर्माता विनोद लामाले बताए।…
अस्ट्रेलियामा जारी टी २० विश्वकपको फाइनल खेलमा इङ्ग्ल्याण्डले टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्ता दिएको छ। मेलबर्न क्रिकेट मैदानमा इङ्ग्लिस कप्तान जोस बटलरले टस जितेर फिल्डिङको निर्णय गरेका हुन्। आज हुने खेलमा यी दुई टोली उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रने छन्। यसअघि दुबै टोलीले समान एक पटक विश्वकपको उपाधि जितेका छन्। पाकिस्तानी प्लेइङ ११ बाबर आजम (कप्तान), मोहम्मद रिजवान, मोहम्मद…
नेत्र तामाङ/निशा गुरुङ- हेटौंडा : गत शुक्रवार बिहान हेटौंडाको वडा नम्बर १५ स्थित फाइरलाइन टोलमा राप्रपा नेपालका अध्यक्ष कमल थापा सूर्य चिन्ह फर्फराउँदै ‘गाउँगाउँमा ओली, शहर शहरमा ओली’ गीत घन्काउँदै मत माग्दै थिए। पटक-पटक चुनाव हारे पनि कहिले राप्रपाको अध्यक्ष बनेर त कहिले राप्रपा नेपालको अध्यक्ष बनेर सत्तामा पुगेका थापाको सानो टुकुडी 'ओली गान' बजाएर मत माग्नु अनौठो मान्नै परेन। किनकि…
काठमाडौं : क्रमिक उकालो लागेको सुनको मूल्य फेरि बढेको छ। साताको पहिलो दिन मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। आइतवारका लागि कारोबार मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको कारोबार मूल्य झण्डै महिनापछि फेरि तोलाको ९७ हजारबाट उकालो लागेको हो। यसअघि गत साउनको अन्तिम साता प्रतितोला ९७ हजार ८ सय रुपैयाँ…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ का सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने बताएका छन्। समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उनले बताए। ‘भूमि आयोगले काम सुरु गरिसकेको छ। निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ’, आइतवार बिहान थापाथलीस्थित बागमती नदी किनारको बस्तीमा…
काठमाडौं : गत शुक्रवारदेखि प्रदर्शन भएको बलिउड फिल्म ‘उचाइ’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। नेपालमा छायाङ्कन भएको यस फिल्मले दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छ। शुक्रवार रिलिजको पहिलो दिन यस फिल्मले १ करोड ८१ लाख भारतीय रुपैयाँको व्यापार गरेको थियो। जुन राम्रो ओपनिङ हो किनकी यो फिल्म पहिलो दिन देशभर ४८३ स्क्रिनमा मात्र रिलिज भएको थियो। त्यसैगरि, दोस्रो दिन शनिवार फिल्मले…
फूलमान तामाङ- नवलपुर : सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ मा यसपटक गठबन्धनबाट माओवादी र एमालेबाट पूर्व माओवादी नेता चुनावी मैदानमा छन्। गठबन्धनबाट माओवादीका युवराज दुलाल ‘शरद’ दोस्रोपटक चुनावी मैदानमा उत्रँदा उनका मुख्य प्रतिद्वन्द्वी बनेका छन् हालै माओवादी छाडेर एमाले पसेका अमनसिंह तामाङ। अघिल्लोपटक माओवादी केन्द्रबाटै चौतारा साँगाचोक गढी नगरपालिकाका मेयर बनेका अमनसिंहले यसपटक पनि मेयरको टिकटमा दाबी…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले साउथह्याम्टनलाई हराएको छ। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले साउथह्याम्टनलाई ३-१ गोलअन्तरले हराएको हो। खेलको छैटौं मिनेटमा रोबर्टो फर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। तर, ९ औं मिनेटमै चे आडम्सले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। यता लिभरपुलका डार्विन नुनेजले पहिल्यै हाफमा दुई गोल थपे। उनले खेलको २१ औं र ४२ औं…