उत्तर कोरियाले बिहीवार थप दुईवटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ। यससँगै उत्तर कोरियाले दुई हप्तामा ६ वटा मिसाइल प्रक्षेपण गरेको बीबीसीले उल्लेख गरेको छ। अमेरिका र दक्षिण कोरियाबिच हुँदै आएको संयुक्त सैन्य अभ्यासको विरोध गर्दै आइरहेको उत्तर कोरियाले मिसाइल प्रहार गरेको हो। मंगलवार उत्तर कोरियाले जापानको भूमिमाथि हुँदै मिसाक्षल प्रक्षेपण गरेको थियो। पछिल्लो दुई महिनायता अमेरिका र दक्षिण कोरियाको सैन्य…
काठमाडौं : चाडपर्वको बेला निकै व्यस्त गायिकमा पर्छिन् रचना रिमाल। देश र विदेशमा हुने कन्सर्टका लागि उनलाई भ्याइनभ्याइ हुन्छ। दशैंमा पनि उनको व्यस्तता घटेको छैन। हाल उनी कन्सर्टका लागि युगान्डा पुगेकी छिन्। विजयादशमीको एकदिन अघि युगान्डा पुगेकी उनले त्यहीँ रहेका नेपालीहरुसँग टीका लगाइन्। युगान्डामै रहेकी रिमा विश्वकर्मा पनि रचनासँगै छिन्। रचना र रिमाले सँगै टीका लगाएको तस्विर उनले आफ्नो फेसबुकमार्फत…
काठमाडौं : अविरल वर्षासँगै खसेका पहिरोका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ। पहिरोकै कारण बागलुङ बजार–बलेवा–कुश्मीशेरा, टाकुरी–अदुवाबारीलगायत सडक अवरुद्ध भएको हो। कतिपय स्थानका सडक भासिएको समेत छ। राष्ट्रिय गौरवकै आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ, गलकोट, बुर्तिबाङ सडक पनि अवरुद्ध…
काठमाडौं : नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने सवार रहेको भनिएको कतार एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। मौसमको खराबीको कारण कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमान झन्डै एक घण्टा ढिला विमानस्थलमा अवतरण भएको हो। सन्दीपले आजै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने जनाएको छ। उनलाई पक्राउ गर्न विमानस्थलमा प्रहरी तैनाथ गरिएको छ।
काठमाडौं : कतार एयरको जहाज एप्रोच नमिलेपछि ओभरसुट गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा मौसमका कारण एप्रोच नमिलेपछि ओभरसुट गरेको हो। विमानस्थलका एक कर्मचारीका अनुसार यो जहाज अहिले आकाशमै होल्ड भएको छ। नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने नेपाल आउने भएपछि प्रहरी टोली विमानस्थल पुगेको छ। लामिछाने बिहान १० बजे काठमाडौं उत्रने तालिका थियो। उनी कतार…
काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने नेपाल आउने भएपछि प्रहरी टोली विमानस्थल पुगेको छ। लामिछाने बिहान १० बजे काठमाडौं उत्रने तालिका थियो। उनी कतार एअरवेज हुँदै नेपाल फर्कँदैछन्। तर तालिका अनुसारको कतार एअरको विमान ल्यान्ड गर्न सकेको छैन। केही दिनदेखिको बर्षाको कारणले पनि हवाई उडानमा समस्या देखिदैं आएको छ। त्यसो त उनी नेपाल नफर्किए…
काठमाडौं : गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बढीको जोखिम कायमै छ। बाढीका कारण केही नदीहरुमा सतर्कता तह पार गरेको छ भने पहिरोका कारण सडक अवरुद्ध भएको छ। बेनी जोमसोम सडक अवरुद्ध पहिरोले राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका छन्। तीन दिनदेखिको अविरल वर्षाले दसैँको टीका लगाउन र आशीर्वाद…
काठमाडौं : पहिरो खेसको कारण मुग्लिङ नारायणगढ सडक अवरुद्ध भएको छ। आज बिहान सवा ८ बजे चितवन भरतपुर महानगरपालिका २९ मुग्लिङ नारायणगढ सडक खण्डको सत्र किलो भन्ने स्थानमा अविरल वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो झरी दुवैतर्फ बाटो अवरोध भएको प्रहरीले जानकारी दिएको छ। पहिरो पन्छाउन प्रहरीले र सडक विभागको टोलीसँग समन्वय गरिरहेको छ।
पश्चिम बंगालको जलपाईगुडीमा दुर्गाको प्रतिमा बिसर्जनको क्रममा नदीको बहाव तीव्र हुँदा ८ जनाको मृत्यु भएको छ। घटनामा परी २० जना अझै बेपत्ता रहेको जलपाईगुडीका एसपी देवर्षी दत्ताले बताएका छन्। बुधवार राति उनीहरु दुर्गाको प्रतिमा बिसर्जन गर्न पुगेका थिए। उक्त समयमा नदीको बहाव उच्च हुँदा मूर्ति बिसर्जनका लागि नदी पसेकाहरुलाई बगाएको बताइएको छ। उक्त क्षेत्रमा उद्धार टिमको सक्रियतामा खोजी कार्य जारी…
खजुरा : मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा खतराको तह पार गरेको छ। लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह छ दशमलव ३२ मिटर पार गरेको हो। राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ। आज बिहान ६:३० बजे कुसुममा नदीको सतह छ दशमलव ३२ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ। अहिले…
काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने बिहीवार नेपाल आइपुग्ने भएका छन्। लामिछाने बिहान १० बजे काठमाडौं उत्रने बताइएको छ। उनीविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको एक सातापछि लामिछानेले असोज २० गते काठमाडौं आउने बताएका थिए। सन्दीपले आफ्नो फेसबुक पेजमार्फत उक्त जानकारी दिएका हुन्। 'ठुलो आशा र हिम्मतका साथ, अक्टोबर ६ मा म नेपाल पुग्ने पक्का…
काठमाडौं : गाउँगाउँ पुगेकाहरु दसैं मनाएर सहर फर्कने क्रम शुरु भएको छ। टीका ग्रहणका लागि विभिन्न स्थान पुग्ने क्रम पनि जारी छ। यद्यपि निरन्तर झरीका कारण आउजाउमा भने समस्या देखिएको छ। यसपटक दसैं अवधिभर दक्षिण-पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेकोले नेपालभर वर्षा जारी रह्यो। आज बिहीवार बिहानैबाट देशका विभिन्न स्थानमा वर्षा भइरहेको जल…
काठमाडौं : सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। प्रदेश तथा प्रतिनिधि सभाको टिकट बाँफाँटका लागि प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा छलफल भइरहेको हो। मंसिर ४ गते हुने चुनावको टिकटको भागबण्डाका लागि साउन २० गते कार्यदल गठन गरेर गठबन्धनले लगातार छलफल गरिरहेको भए पनि हालसम्म टुंगोमा पुग्न सकेको छैन। आज दसैँको टीकाको दिन भए पनि अपरान्हपछि नेताहरु छलफलमा जुटेका हुन्। आजको बैठकबाटैं टुंग्याउने…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिएकी छिन्। विजया दशमीको अवसरमा शीतल निवासमा आएका सर्वसाधारणलाई उनले टीका लगाई दिएकी हुन्। दुई कार्यकाल राष्ट्रपति बनेको उनको राष्ट्रपतिको रूपमा यो अन्तिम दशैं हो। राष्ट्रपतिको हातबाट टीका लगाउन शीतल निवासमा मानिसको घुइँचो छ।
काठमाडौं : आज विजया दशमी। बिहानैबाट मान्यजनको हातबाट टीका र जमरा लगाइ आशिर्वाद लिइँदैछ। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्। नेपाली कलाकारहरुले पनि…
काठमाडौं : नेपाली कांग्रेसले समानुपातिक सुचीको ११० जना उम्मेदवारको सुचीमा पहिलो नम्बरमा प्रवक्ता डा प्रकाशशरण महतको नाम राखेको छ। १४ औं महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीमा पराजित उनी नुवाकोट १ बाट प्रत्यक्ष उम्मेदवार बन्ने चर्चा थियो। पुरुषतर्फ कांग्रेसले दोस्रोमा वसन्त भट्टराई र तेस्रोमा आनन्दप्रसाद ढुंगानाको नाम राखेको छ। संशोधित सूचीको महिलातर्फ भने अम्बिका बस्नेतको नाम पहिलो नम्बरमा राखेको छ। प्रधानमन्त्री एवं…
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारले पहेंलै पहिरनमा दसैंको टीका लगाएका छन्। प्रचण्डले छोरी, बुहारी र नाति नातिनाहरुलाई विजया दशमीको टीका लगाइ दिएको उनको सचिवालयले जनाएको छ। परिवारै पहेंलो पहिरनमा देखिँदा प्रचण्ड भने फरक पहिरनमा देखिएका छन्। उसो त उनको निधार पनि खाली नै छ। टीकापछि गंगा दाहालले सार्वजनिक गरेको फोटोमा प्रचण्डपत्नी सीता भने देखिएकी छैनन्।
काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन्। आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिई स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका आँकडा अनुमान गर्दा करिब २० हजार पर्यवेक्षक हुने आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिए। विदेशीतर्फ हालसम्म दुईवटा संस्थाले पर्यवेक्षणका लागि अनुमति…
भारतको उत्तराखण्डस्थित पौडी गढवाल जिल्लामा मंगलवार राति बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। जन्ती लिएर हरिद्वारबाट काडँगाउमा जाँदै थियो। उक्त बस सिमडी गाउँमा पुग्दा ८ बजेतिर ५०० मिटर तल खसेको बताइएको छ। राति दुर्घटना हुँदा उद्धारमा कठिनाइ भएको थियो। स्थानीयले मोबाइलको फ्ल्यास लाइट बालेर यात्रुहरुको खोजी गरेका थिए। बसमा ५० जना जन्ती रहेकोमा २१ जनाको उद्धार भएको उत्तराखण्डाका…
काठमाडौं : विजया दशमीको दिन देशका विभिन्न स्थानमा बिहानैबाट झरी शुरु भएको छ। हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकोले वर्षा जारी रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनायो। हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ। प्रदेश…