हेटौंडा : त्रिभुवन राजपथको बाह्रघुम्तीमा सुख्खा पहिरो गएको छ। पहिरोका कारण सो सडकखण्डमा यातायात अवरुद्ध बनेको छ। सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर २ बाह्रघुम्तीमा माथिबाट सुख्खा पहिरो खस्दा यातायात अवरुद्ध बनेको प्रहरी चौकी भैसेले जनाएको छ। पहिरोका कारण हेटौंडाबाट पालुङ हुँदै काठमाडौंतर्फ जाने र काठमाडौंबाट हेटौंडा आउने दुबै तर्फको यातायात पूर्ण रुपमा अबरुद्ध बनेको छ। उक्त राजपथको बाह्रघुम्ती…
काठमाडौं : जुम्लाको कनकासुन्दरीमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा पाँच जनाको मृत्यु भएको खबर आफूले पाएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताए। 'पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको खबर आएको छ। म घटनास्थल पुग्दैछु,' गाउँपालिका अध्यक्ष आचार्यले भने। घटनामा दुई जना बेपत्ता रहेको र दुई जना गम्भीर घाइते भएका छन्। घाइतेलाई अस्पताल पठाएको बताइएको…
काठमाडौं : नेपाली कांग्रेसले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित ७ नेताको उम्मेदवारी टुंगो लगाएको छ। शुक्रवार राति बसेको संसदीय बोर्डको बैठकले प्रतिनिधि सभा तर्फ सभापति देउवासहित ७ नेताको क्षेत्र टुंगो लगाएको एक पदाधिकारीले बताए। बैठकको निर्णयअनुसार देउवा डडेल्धुरा उम्मेदवार हुनेछन्। त्यस्तै दिलेन्द्रप्रसाद बडु दार्चुलाबाट, सहमहामन्त्री बद्रीप्रसाद पाण्डे बाजुराबाट उम्मेद्वार हुनेछन्। अछाम २ बाट जिल्ला सभापति पुष्पबहादुर शाह उम्मेदवार बन्ने भएका…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट निर्वाचन लड्ने भएपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले खुसी व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत डा भट्टराईले आफूले प्रतिनिधित्व गर्दै आएको क्षेत्रबाट प्रचण्ड प्रत्यासी बन्नु ठुलो सांकेतिक महत्वको विषय भएकोसमेत बताएका छन्। 'मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु। वर्तमान नेपाल…
काठमाडौं : देशका पूर्वी क्षेत्रमा मौसम सुधारोन्मुख छ भने पश्चिमी क्षेत्रमा भने अझै भारी वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मध्य-पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। शनिवार बिहान प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा सामान्य बदली रहनुका साथै प्रदेश १,…
काठमाडौं : वर्षाका कारण पश्चिम क्षेत्रमा धान खेतीमा क्षति पुगेको छ। मंगलवारबाट अविरल वर्षा हुँदा दाङ, बाँके, कञ्चनपुरलगायत जिल्लाका धान खेतीमा क्षति पुगेको छ। यता गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कर्णालीको सुर्खेत, लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पनि वर्षा र हुरीबतासले धान खेती ढालेको छ। अविरल वर्षाका कारण बाँके डुडुवा गाउँपालिका वार्ड नं २ बेतहनीका धान बाली। भारी वर्षाका कारण कतिपय स्थानमा…
काठमाडौं : सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले पछिल्लो सहमतिअनुसार प्रतिनिधि सभामा १९ सिट पाउने भएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहटको क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा उत्रिने भएका छन्। यता रामचन्द्र पौडेललाई गत निर्वाचनमा हराएका किसान श्रेष्ठ बारा क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा उत्रँदैछन्। अरु नेताहरु कुन क्षेत्रबाट ? १. इलाम क्षेत्र न. १ - झलनाथ खनाल…
काठमाडौं : सत्ता गठबन्धनले जनता समाजवादी पार्टी नेपाल जसपाको भागमा परेका १४ निर्वाचन क्षेत्रलाई खाली राखेर बाँकीमा सहमति गरेको छ। बालुवाटारमा बसेको शुक्रवारको बैठकले अधिकांश क्षेत्रमा भागबन्डा गरेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए। उनका अनुसार बाँकी एकाध ठाउँमा भोलि शीर्ष नेता बसेर टुंगो लगाउने छन्। 'अधिकांश ठाउँमा टुगिएको छ। केहि ठाउँमा भोलि मात्रै टुंगो लाग्ने छ। नेताहरुले…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन्। यसअघि चितवनबाट उम्मेदवारीको तयारी गरेका प्रचण्डले गोरखाबाट उम्मेदवार हुने शुक्रवारको पदाधिकारी बैठकमा बताएका छन्। माओवादी केन्द्रका एक पदाधिकारीले प्रचण्डले गोरखाबाट उम्मेदवारी दिने बताए। प्रतिनिधि सभाको मंसिर ४ गते हुने निर्वाचनमा प्रचण्ड गोरखाबाट चुनाव लड्ने भएका हुन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा…
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ मा एमालेले युवा संघका अध्यक्ष किरण पौडेललाई उम्मेदवार बनाउने भएको छ। राप्रपासँग तालमेलको तयारी गरे पनि एमालेले यहाँ पौडेललाई टिकट दिएको एमाले जिल्ला अध्यक्ष कृष्ण राईले बताए। राप्रपाबाट रवीन्द्र मिश्रले यस क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। विवेकशील साझाबाट केही समयअघिमात्र राप्रपा प्रवेश गरेका मिश्रले नयाँ बानेश्वरको बानेश्वर ब्याङ्क्वेटबाट उम्मेदवारी घोषणा गरेका हुन्। यसअघि…
काठमाडौं : नेकपा एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको काठमाडौंको उम्मेदवार टुंग्याएको छ। काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ७ मा जसपालाई दिने तयारी भइरहेको काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईले जानकारी दिए। क्षेत्र नम्बर १ मा युवा संघका अध्यक्ष किरण पौडेल उम्मेदवार भएका छन्। प्रदेश सभातर्फ आत्माराम शर्मा र गणेश दुलाल उम्मेदवार भएका छन्। २ नम्बर क्षेत्रमा मणिराम फुयाल उम्मेदवार भएका…
हेटौंडा : मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरको उम्मेद्वार टुंगो लागेको छ। मकवानपुरबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रामेश्वर राना र क्षेत्र नम्बर २ मा महेश बर्तौलाले टिकट पाएका छन्। क्षेत्र १ मा गठबन्धनबाट कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना र २ बाट एकीकृत समाजवादीका विरोध खतिवडाले टिकट पाउने सम्भावना बलियो छ। प्रतिनिधिसभा क्षेत्र नम्बर १…
काठमाडौं : नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूचीमा १०९ जनाको मात्र नाम समावेश गरेको छ। समानुपातिक सूचीमा ११० जना हुनुपर्ने भएपनि एमालेले १०९ जनाको नाममात्र समावेश गरेको हो। समानुपातिक सूचीमा रघुजी पन्तदेखि परिवार दलका एकनाथ ढकालको नाम समावेश गरिएको छ। एमालेले रामबहादुर थापा बादलकी श्रीमती नैनकला थापा मगरदेखि महासचिव शंकर पोखरेलकी बहिनी मेनका पोखरेलको नाम समेटेको छ। यस्तो छ बन्दसूची मेनका पोखरेल…
काठमाडौं : नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ४ मा डा राजन भट्टराईलाई उम्मेदवार उठाउने निर्णय गरेको छ। शुक्रवार एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका निर्वाचन क्षेत्रमा धमाधम टिकट बाँडेका हुन्। काठमाडौं ४ कांग्रेस महामन्त्री गगन थापा निर्वाचित हुँदै आएको क्षेत्र हो। कांग्रेसले यसपटक पनि यो क्षेत्रबाट थापालाई नै उम्मेदवार बनाउने तयारी गरेको छ। गठबन्धनमा सिट बाँडफाँटको अन्तिम टुंगो नलागेकोले कांग्रेसले…
फूलमान तामाङ- नवलपुर : नेकपा एमालेले प्रतिनिधि सभातर्फ सिन्धुपाल्चोक क्षेत्र १ मा सरेश नेपाललाई टिकट दिएको छ। नेपाल वाग्मती प्रदेश सभा सदस्यसमेत हुन्। एमालेका केन्द्रीय सदस्य उनी प्रदेश मन्त्रीसमेत भएका थिए। क्षेत्र नम्बर १ कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत र सभामुख अग्नि सापकोटाकोसमेत निर्वाचन क्षेत्र हो। यस क्षेत्रमा प्रदेश तर्फ क मा कमल नेपाल ले टिकट पाएका छन्। नेपाल सिन्धुपाल्चोक…
काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई प्रतिनिधि सभाको उम्मेदवार बनाउन अस्वीकार गरेका छन्। १० औं महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेका रावलले चुनावको तयारी गरेको भए पनि ओलीले टिकट नदिएको एमाले स्रोतले जानकारी दियो। माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका झपट बोहोराले रावलको चुनाव क्षेत्र अछाम-१ बाट प्रतिनिधिसभाको टिकट पाएका हुन्। अछाम क्षेत्र नम्बर २…
काठमाडौं : सत्ता गठबन्धनले शुक्रवार राति नै सिट बाँडफाँट टुङ्ग्याउने तयारी गरेको छ। जनता समाजवादी पार्टीले असन्तुष्टि जनाएपछि अहिले सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले पाएको भागअनुसार सिट बाँडफाँटको तयारी गरेको एक नेताले बताए। जसपाले असन्तुष्टि जनाएपछि उसले पाउने भाग लोकतान्त्रिक समाजवादीलाई दिने गरी छलफल अघि बढेको छ। अहिले बालुवाटारमा लोसपासँग छलफल जारी…
जेलमा रहेका बेलारूसी मानवअधिकार अभियन्ता एलेस बियलियात्स्कीले सन् २०२२ को नोबेल शान्ति पुरस्कार जितेका छन्। बियलियात्स्कीसँगै रसियाली मानवअधिकारवादी संगठन ‘मेमोरियल’ र युक्रेनी मानवअधिकारवादी संगठन ‘सेन्टर फर सिभिल लिबर्टीज’ले पनि नोबेल शान्ति पुरस्कार जितेका छन्। समितिले दोस्रो विश्वयुद्ध पछि युरोपमा सबैभन्दा उथलपुथल रहेको अवस्थामा ‘शान्तिपूर्ण सहअस्तित्व’का च्याम्पियनहरूलाई सम्मान गरिएको बताएको छ। ‘शान्ति पुरस्कार विजेताहरूले आफ्नो देशमा नागरिक समाजको प्रतिनिधित्व गर्छन्’, नर्वेजियन…
काठमाडौं : उम्मेदवार टुंगो लगाउन कांग्रेस सभापति शेरबहादुर देउवाले डाकेको कांग्रेस केन्द्रीय सम्पादन समिति अझै बस्न सकेको छैन। दिउँसो १२ बजेका लागि प्रधानमन्त्री देउवाले कार्यसम्पादन समितिको बैठक डाकेका थिए। सिट बाँडफाँटमा जनता समाजवादी पार्टीले असन्तुष्टि जनाएसँगै कांग्रेसको कार्यसम्पादन बैठक पर सर्दै आएको हो। बिहीवार डाकेको कार्यसम्पादन समितिको बैठक गठबन्धनको बैठकका कारण आजका लागि सारिएको थियो। सत्ता गठबन्धनमा जसपाले एमालेसँग तालमेलको…
काठमाडौं : जनता समाजवादी पार्टी नेपाल, (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी,नेपाल (लोसपा)ले राजनीतिक समीकरणमा तरंग पैदा गरेका छन्। चुनावी तालमेलका लागि एमालेसँग संवादमा रहेको लोसपा मनोनयनको ३ दिनअघि भने सत्ता गठबन्धनको सम्पर्कमा पुगेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा लोसपाका नेताहरु सत्ता गठबन्धनसँग छलफलमा जुटेका छन्। सत्ता गठबन्धनमा रहेको जसपा भने बालुवाटारको बैठकबाट आउट भएको छ। शुक्रवारको गठबन्धनको बैठकमा जसपाले…