PahiloPost

May 23, 2025 | १० जेठ २०८२

  • एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिँदै गंगा चौधरी

    एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिँदै गंगा चौधरी

    काठमाडौं : एमाले नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्। गत निर्वाचनमा समानुपातिकबाट एमाले सांसद रहेकी उनले दाङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन्। एमाले केन्द्रीय सदस्यसमेत रहेकी चौधरीले शुक्रवार फेसबुकमार्फत आफूलाई जनताको साथ चाहिएकोसमेत बताएकी छिन्। ‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि…

    विस्तृतमा पढ्नुस्

  • २० केजी चरेशसहित नेपाल-भारत सीमाबाट तीन जना पक्राउ

    २० केजी चरेशसहित नेपाल-भारत सीमाबाट तीन जना पक्राउ

    वीरगंज : लागुऔषध चरेशसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पर्साका ३० वर्षीय मुकेश श्रीवास्तव र १६ वर्षीय मुस्तफा देवान तथा बाराका ३७ वर्षीय मुस्ताज देवान रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बेनौलीबाट खटिएको टोलीले उनीहरुलाई नेपालबाट भारततर्फ जाँदै गर्दा पक्राउ गरेको हो। अटोमा भारततर्फ जाँदै गर्दा चेकिङको क्रममा प्रहरीले उनीहरुको साथबाट २० केजी लागुऔषध…

    विस्तृतमा पढ्नुस्

  • गाउँ बाढीले घेरिएपछि बगुवानका बासिन्दा रातिबाटै वनमा आश्रय लिँदै, वडाध्यक्ष भन्छन्, ‘स्थिति दयनीय छ’

    गाउँ बाढीले घेरिएपछि बगुवानका बासिन्दा रातिबाटै वनमा आश्रय लिँदै, वडाध्यक्ष भन्छन्, ‘स्थिति दयनीय छ’

    काठमाडौं : पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवनमा नारायणी नदीमा आएको बाढीले केही घरहरु डुबानमा परेका छन्। घर बाढीले घेरिएपछि स्थानीय मध्यवर्ती क्षेत्रको वनतिर आश्रय लिइरहेका छन्। वर्षाका कारण करिव २०० बिघाको धान खेती नष्ट भएको वडा अध्यक्ष दीपकप्रसाद पौडेलले जनाए। ‘म भर्खर स्थलगत पुगें। २०० विघाको धनखेती नष्ट भएको छ। मानिसहरु वनतिर उक्लेर आश्रय लिइरहेका छन्,’ वडाध्यक्ष पौडेलले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

    कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

    काठमाडौं : नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका कारण यस वर्ष चियापान कार्यक्रम नहुने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कोजाग्रत पूर्णिमाकै दिन निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गर्नु पर्ने भएकोले शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • बारा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १८ पुग्यो, दुई जनाको सनाखत हुन बाँकी

    बारा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १८ पुग्यो, दुई जनाको सनाखत हुन बाँकी

    वीरगंज : बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अम्लेखगंज(३ नम्बर पुल)मा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। गम्भीर घाइतेमध्ये थप दुई जनाको मृत्यु बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी गराए। दुर्घटनामा परि गम्भीर घाइते भएका पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुर बस्ने ५५ वर्षका गया राउत कम्करको हेटौँडा अस्पतालमा र वीरगंज–१६ नगवा बस्ने ६० वर्षीया मलती देवी चौरसियाको नारायणी अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • ट्वीटरमा इडिट बटन : सुविधा पेड सब्स्क्राइबर भेरिफाइड एकाउन्टलाई मात्र

    ट्वीटरमा इडिट बटन : सुविधा पेड सब्स्क्राइबर भेरिफाइड एकाउन्टलाई मात्र

    काठमाडौं : ट्‍वीटरले अमेरिकामा रहेको पेड सब्स्क्राइबरहरुलाई एडिट बटनको सुविधा दिन सुरु गरेको छ। ट्वीटरकाअनुसार उक्त सेवा अमेरिका अघि क्यानडा, अष्ट्रेलिया र न्यूजिल्यान्डमा सुरु भइसकेको छ। यी देशका ट्‍वीटर प्रयोगकर्ताहरुले लामो समयदेखि आफ्नो ट्‍वीट परिमार्जन गर्नलाई एडिट बटनको सुविधा दिन आग्रह गर्दै आएका छन्। कम्पनीले औपचारिक ट्‍वीट गर्दै एडिट बटनलाई थप बिस्तार गर्दै जाने र अहिलेलाई ट्‍वीटरको ब्लू मेम्बर्स (भेरिफाइड…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटार छाडेर बालकोटसँग किन नजिकिए उपेन्द्र, बटमलाइन मधेश प्रदेशको सरकार?

    बालुवाटार छाडेर बालकोटसँग किन नजिकिए उपेन्द्र, बटमलाइन मधेश प्रदेशको सरकार?

    काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेकपा (एमाले)बिच चुनावी तालमेल गर्ने तयारी भइरहेको छ। केही दिन यता एमाले र जसपाबिच भइरहेको वार्ता सकारात्मक भएपछि जसपा एमालेसँग तालमेलको निचोडमा पुगेको हो। पाँच दलीय सत्ता गठबन्धनमा रहेको जसपाले केहि दिन अघिमात्रै गठबन्धन बाहिरका दलसँग पनि चुनावी तालमेल गर्ने निर्णय गरेको थियो। गठबन्धनमा सिट बाँडफाँटमा असन्तुष्टि जनाइरहेको जसपाले एमालेसँग तालमेल गर्ने…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवार छान्न देउवाले डाके कांग्रेस केन्द्रीय सम्पादन समिति

    उम्मेदवार छान्न देउवाले डाके कांग्रेस केन्द्रीय सम्पादन समिति

    काठमाडौं : कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक डाकेका छन्। दिउँसो १२ बजेपछि बैठक बस्ने कांग्रेस सहमहामन्त्री फरमुल्लाह मंसुरले जानकारी दिए। 'दिउँसो बस्ने गरी खबर आएको छ,' सहमहामन्त्री मंसुरले भने। गठबन्धनमा सिट बाँडफाँटको टुंगो अझै लागेको छैन। सिट बाँडफाँट टुंगो नलाग्दा बिहीवारका लागि डाकिएको केन्द्रीय सम्पादन समिति बैठक बस्न सकेन। जनता समाजवादी पार्टीले सिट बाँडफाँटमा…

    विस्तृतमा पढ्नुस्

  • थाइल्यान्डको एक बाल स्याहार केन्द्रमा बन्दुकधारीको आक्रमण, बालबालिकासहित ३७ जनाको मृत्यु

    थाइल्यान्डको एक बाल स्याहार केन्द्रमा बन्दुकधारीको आक्रमण, बालबालिकासहित ३७ जनाको मृत्यु

    थाइल्यान्डको एक बाल स्याहार केन्द्रमा एक पूर्वप्रहरी अधिकारीले आक्रमण गरी ३७ जनाको हत्या गरेका छन्।  त्यहाँको नोङ्ग बुआ लाम्पु प्रान्तमा रहेको सेन्टरमा ती अधिकारीले बन्दुक र चक्कु प्रयोग गरी हत्या गरेका थिए। घटनामा मारिनेमा धेरैजसो बालबालिका भएको बताइएको छ। घटनामा परी ज्यान गुमाउनेमा २३ जना बालबालिका रहेको बताइएको छ। ३४ वर्षे ती प्रहरी अधिकारीलाई केही समयअघि मात्र लागूऔषध प्रयोग गरिएको…

    विस्तृतमा पढ्नुस्

  • यस्तो रहनेछ शुक्रवार दिनभरको मौसम

    यस्तो रहनेछ शुक्रवार दिनभरको मौसम

    काठमाडौं : शुक्रवार बिहानैबाट देशका विभिन्न स्थानमा वर्षा जारी रहेको छ। केही स्थानमा सामान्य बदली देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मध्य-पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। शुक्रवार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको…

    विस्तृतमा पढ्नुस्

  • चन्द्रागिरिमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु, ५ घण्टा लगाएर निकालियो शव

    चन्द्रागिरिमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु, ५ घण्टा लगाएर निकालियो शव

    काठमाडौं : अविरल वर्षाका कारण काठमाडौंको चन्द्रगिरि नगरपालिकामा गएको पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। नगरपालिकाको वडा २ देउरालीमा बिहीवार राति १२:४० बजे पहिरो जाँदा एकै परिवारको तीन जनाको मृत्यु भएको वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए। घटनापछि प्रहरी र स्थानीयको सहयोगमा ५ घण्टा लगाएर शव निकालिएको तामाङले बताए। 'राति १२:४० मा पहिरो खसेको रहेछ। सबै आएर…

    विस्तृतमा पढ्नुस्

  • एमाले-जसपा समीकरणका लागि अन्तिम तयारी, गठबन्धनबाट बाहिरिदै जसपा

    एमाले-जसपा समीकरणका लागि अन्तिम तयारी, गठबन्धनबाट बाहिरिदै जसपा

    काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेकपा (एमाले)बिच चुनावी तालमेलका लागि सहमतिको तयारी भइरहेको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा एमाले-जसपा समिकरणको अन्तिम तयारी भइरहेको एमालेका एक पदाधिकारीले जानकारी दिए। 'आजै औपचारिक सहमति हुन सक्छ। छलफलहरु भइरहेकै छन्,' उनले भने। जसपा सत्ता गठबन्धनबाहिरका दलसँग पनि चुनावी तालमेलका लागि तयार देखिएपछि एमालेसँग सहकार्य हुन लागेको…

    विस्तृतमा पढ्नुस्

  • माओवादी नेता पराजुलीको विद्रोह : सिन्धुपाल्चोक क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा

    माओवादी नेता पराजुलीको विद्रोह : सिन्धुपाल्चोक क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा

    चौतारा : माओवादी नेता ध्रुव पराजुलीले सिन्धुपाल्चोक क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। जनयुद्धकालमा अग्नि सापकोटाकै तहका नेता पराजुलीले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्दै जनतामा राजनीतिक बिसंगतीविरुद्धको भावना देखेकाले आफू मैदानमा उत्रेको बताएका छन्। बिहीवार सामाजिक सञ्जालमार्फत पराजुलीले परिणाम जे भए पनि आफू मैदान नछाड्ने संकल्प गरेका छन्। 'आदरणीय दिदिबहिनी तथा दाजुभाइहरू, म मेरो ब्यक्तिगत रुचि, चाहना, महत्वाकाङ्क्षा…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्सेली साहित्यकार एनी एर्नोक्सलाई यो वर्षको नोबेल साहित्य पुरस्कार

    फ्रान्सेली साहित्यकार एनी एर्नोक्सलाई यो वर्षको नोबेल साहित्य पुरस्कार

    यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोक्सलाई प्रदान गरिने भएको छ। ‘द स्विडिश एकेडेमी’ले एर्नोक्सले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको उनले नोबेल साहित्य पुरस्कार दिन लागिएको जनाएको हो। एर्नोक्सले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे अध्ययन गर्छिन्। व्यवसासयक लेखन सुरु गर्नुभन्दा पहिला उनी शिक्षिका थिइन्। ‘अ म्यान्स प्लेस’ र…

    विस्तृतमा पढ्नुस्

  • मनाङमा वर्षासँगै हिमपात : ह्वात्तै बढ्यो चिसो, सुरक्षित स्थानमा बस्न प्रशासनको आग्रह

    मनाङमा वर्षासँगै हिमपात : ह्वात्तै बढ्यो चिसो, सुरक्षित स्थानमा बस्न प्रशासनको आग्रह

    काठमाडौं : मनाङमा वर्षासँगै हिमपात भएको छ। मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ। हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन्। ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधबार रातीदेखि हिमपात भएको बताए। 'बिहान हिउँ मात्रै परेको थियो। अहिले हिउँसँगै वर्षा भइरहेको छ', उनले भने। हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिउँ परिरहेकाले चिसो ह्वात्तै बढेको उनले बताए।…

    विस्तृतमा पढ्नुस्

  • गोरखाको सामागाउँमा हिमपात, मनास्लु आरोहीको उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा

    गोरखाको सामागाउँमा हिमपात, मनास्लु आरोहीको उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा

    काठमाडौं : उत्तरी गोरखामा हिमपात सुरु भएको छ। लगातारको वर्षाले चिसो बढेसँगै चुमनुब्री गाउँपालिकाको सामागाउँलगायतका क्षेत्रमा हिमपात सुरु भएको हो। असोज महिनाको तेस्रो साता सुरु भएसँगै यो वर्ष पहिलो पटक उत्तरी गोरखामा हिमपात भएको हो। हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा हिमपात भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले बताए। 'सामागाउँमा…

    विस्तृतमा पढ्नुस्

  • बबई नदीमा बाढी आउँदा गाउँ डुबानमा, गुलरिया–नेपालगंज सडकमा आवतजावत बन्द

    बबई नदीमा बाढी आउँदा गाउँ डुबानमा, गुलरिया–नेपालगंज सडकमा आवतजावत बन्द

    काठमाडौं : तीन दिनदेखि अविरल परेको पानीले बबई नदीमा बाढी आएको छ। जसकारण हुलाकी सडकअन्तर्गत गुलरिया–नेपालगंज–११ को इन्द्रपुरमा बाढी पसेर सडक डुबान भएको छ। सडक डुबान हुँदा स्थानीयलाई आवतजावत गर्न कठिनाइ भएको छ। पूर्वबाट पश्चिम आवतजावत गर्ने सबै साना ठूला सवारीसाधन र मानिसलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले जानकारी दिए। गुलरिया नगरपालिकाको कोठियागाउँ आसपासका क्षेत्रमा बाढीको पानी पस्नेक्रम…

    विस्तृतमा पढ्नुस्

  • बारामा बस दुर्घटना हुँदा मृत्यु भएका मध्ये ११ जनाको सनाखत : १५ जना गम्भीर घाइते, अन्य वीरगंज र चितवन रिफर

    बारामा बस दुर्घटना हुँदा मृत्यु भएका मध्ये ११ जनाको सनाखत : १५ जना गम्भीर घाइते, अन्य वीरगंज र चितवन रिफर

    काठमाडौं : बारामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ। आज बिहान बाराको अमलेखगञ्जको ३ नम्बर पुल नजिकै बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुने ११ जनाको सनाखत भएको छ। ४ जनाको पहिचान खुल्न सकेको छैन। मृत्यु हुनेमा बारा कलैयाका लिलाराज चौधरी, चितवन खैरहनीका ६३ वर्षीय नन्द कुमारी पुडासैनी, चितवन कालिकास्थित रमाइलो…

    विस्तृतमा पढ्नुस्

  • बारामा बस दुर्घटना, १४ जनाको मृत्यु

    बारामा बस दुर्घटना, १४ जनाको मृत्यु

    काठमाडौं : बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। आज बिहान बाराको अमलेखगञ्जको ३ नम्बर पुल नजिकै बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ९ जना पुरुष र ५ जना महिलाको मृत्यु भएको बारा जिल्लाका प्रहरी प्रमुख एसपी होबेन्द्र बोगटीले जानकारी दिए। '१४ जनाको मृत्यु भएको छ। घाइतेको उद्दार गर्ने काम भइरहेको छ,' एसपी बोगटीले…

    विस्तृतमा पढ्नुस्

  • सिट बाँडफाँटका लागि ‘फाइनल’ भनिएको गठबन्धनको बैठक बालुवाटारमा जारी : मनोनयनका लागि ३ दिन मात्रै बाँकी

    सिट बाँडफाँटका लागि ‘फाइनल’ भनिएको गठबन्धनको बैठक बालुवाटारमा जारी : मनोनयनका लागि ३ दिन मात्रै बाँकी

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका नेताहरु बिहीवार पनि बिहानैदेखि छलफलमा जुटेका छन्। मंगलवार र बुधवार लगातार बैठक बसेका पाँच दलीय गठबन्धनका नेताहरु बिहीवार पनि सहमतिका लागि गृहकार्यमा जुटेको हो। बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिमरुप दिने विश्वास गरिएको छ। निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell