PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

  • साफ यू २० को फाइनलमा भारत र बंगलादेश भिड्दै, कसको योजना के?

    साफ यू २० को फाइनलमा भारत र बंगलादेश भिड्दै, कसको योजना के?

    काठमाडौं : साफ यू २० च्याम्पियनसिपको फाइनलमा आज बंगलादेश र भारत प्रतिस्पर्धा गर्दैछन्। भारतको भुवनेश्वरस्थित कालिंगा फुटबल रंगशालामा यी दुई टोली आमनेसामने हुँदैछन्। खेल साँझ पौने ७ बजे सुरु हुनेछ। यसअघि लिग चरणमा बंगलादेशले भारतलाई २-१ गोलअन्तरले हराएको थियो। बंगलादेश शीर्ष स्थानमा रहँदै र भारत दोस्रो स्थानमा रहेर फाइनल पुगेको थियो। भारतीय टोलीको सनमुगम वेङ्कटेसले विषेश भावना रहेको बताए। 'फाइनलमा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाद्वारा मंकिपक्स भाइरसलाई जनस्वास्थ्य आपतकाल घोषणा

    अमेरिकाद्वारा मंकिपक्स भाइरसलाई जनस्वास्थ्य आपतकाल घोषणा

    अमेरिकाले मंकिपक्सलाई जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। ७० भन्दा बढी देशमा फैलिसकेको मंकिपक्सलाई विश्व स्वास्थ्य संगठनले केही समय अघि नै ‘पब्लिक हेल्थ इमरजेन्सी अफ इन्टरनेश्नल कन्सर्न’ घोषणा गरेको थियो। अगस्ट ३ सम्ममात्र अमेरिकामा ६ हजार ६०० भन्दा बढीमा मंकिपक्स संक्रमण देखिएको छ। अमेरिकी स्वास्थ्य मन्त्री जेभियर बेसेरराले मंकिपक्सलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।   यो संक्रमण विशेष गरि मध्य र पूर्वी…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा उपेन्द्र यादवविरुद्ध सीके राउत निर्वाचन लड्ने

    सप्तरीमा उपेन्द्र यादवविरुद्ध सीके राउत निर्वाचन लड्ने

    काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा सीके राउत सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने भएका छन्। सरकारले बिहीवार मंसिर ४ गते निर्वाचन घोषणा गरेसँगै शुक्रवार जनमत पार्टीका अध्यक्ष राउतले उक्त क्षेत्रबाट निर्वाचन लड्ने घोषणा गरेका हुन्। बिहीवार राति बसेको दलको केन्द्रीय समितिको बैठकले राउतलाई सप्तरी २ बाट निर्वाचन लड्न पार्टीका केन्द्रीय तहका नेताहरुले सुझाव दिएको केन्द्रीय सदस्य बीपी साहले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • तीन सातादेखि सम्पर्कविहान भएका गौतम श्री सहकारीका सञ्चालक सम्पर्कमा आएनन्, सहकारी विभागले समस्याग्रस्थ घोषणाको लागि सिफारिस

    तीन सातादेखि सम्पर्कविहान भएका गौतम श्री सहकारीका सञ्चालक सम्पर्कमा आएनन्, सहकारी विभागले समस्याग्रस्थ घोषणाको लागि सिफारिस

    काठमाडौंः काठमाडौं महानगरपालिका-१४ कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न सहकारी विभागले सिफारिस गरेको छ। विभाग बैठकले गौतम श्री सहकारीमा समस्या देखिएपछि भूमि सुधार तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गर्दै समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको हो। सहकारी संस्थाका सञ्चालक दुई सातादेखि फरार भएपछि बचतकर्ता चिन्तामा छन्। संचालक सम्पर्कविहीन हुँदा बचतकर्ताको ७ अर्ब रुपैयाँभन्दा बढी रकम जोखिममा…

    विस्तृतमा पढ्नुस्

  • केरावारीको पहिरो हटाइएपछि संचालनमा आयो नारायणगढ मुग्लिन सडकखण्ड

    केरावारीको पहिरो हटाइएपछि संचालनमा आयो नारायणगढ मुग्लिन सडकखण्ड

    काठमाडौं : पहिरोका कारण अवरुद्ध भएको चितवनको नारायणगढ मुग्लिन सडकखण्ड संचालनमा आएको छ भएको छ। भरतपुर महानगरपालिका-२९ पर्ने मौरी खोल पुल नजिकैको केरावारीमा वर्षाका कारण लेदो सहित पहिरो झरेको थियो। आज बिहान करिब २ बजे गएको पहिरोका कारण बाटो दुवैतर्फ अवरोध भएको थियो। सम्बन्धित निकायसँग समन्वय गरेर सडक खुलाइएको हो। केहीदिन अघि पनि यही स्थानमा पहिरो गएको थियो। त्यसबेला लेदोसहितको पहिरोमा भारतीय गाडी फसेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • कोशी नदीको जलसतह सतर्कता आसपास, यी जिल्लाका स-साना नदीमा हुन सक्छ आकस्मिक बहाव

    कोशी नदीको जलसतह सतर्कता आसपास, यी जिल्लाका स-साना नदीमा हुन सक्छ आकस्मिक बहाव

    काठमाडौं : कोशी नदीको जलसतह सतर्कता आसपास नै भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। आज र भोलि नदीको जलसतह केही घट्ने भए पनि सतर्कता आपासनै हुने महाशाखाले जनाएको छ। जलसतह कुनै पनि बेला बढ्न सक्ने र बाढी आउन सक्ने भन्दै नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै, आगामी ३ दिनसम्म नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती,…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि सामान्य बदली रहने

    आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि सामान्य बदली रहने

    काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • शाकाहारी अभियानलाई प्रवर्द्धन गर्न रणवीर सिंहलाई फेरि न्यूड फोटोसुट गर्ने प्रस्ताव

     शाकाहारी अभियानलाई प्रवर्द्धन गर्न रणवीर सिंहलाई फेरि न्यूड फोटोसुट गर्ने प्रस्ताव

    बलिउड अभिनेता रणवीर सिंहलाई पिपल फर दी इथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा)ले ‘न्यूड फोटोसुट’का लागि प्रस्ताव गरेको छ। नग्न तस्विरका लागि चर्चा र विवादमा रहेका रणवीरलाई पेटाले फेरि त्यस्तै प्रकारको फोटोसुटका लागि बोलाएको एएनआइले उल्लेख गरेको छ। सो संस्था रणवीरमार्फत ‘शाकाहारी’ जीवनलाई प्रवर्द्धन गर्न चाहन्छ, जसको ट्यागलाइन ‘अल एनिमल्स ह्याभ दी सेम पार्टी, ट्राइ भेगन’ (सबै जनावरको शरीरको अंग एउटै…

    विस्तृतमा पढ्नुस्

  • मन्दीको भयमा विश्व अर्थतन्त्र : पाकिस्तान र श्रीलंकापछि बंगलादेशमा कसरी मडारियो संकट?

    मन्दीको भयमा विश्व अर्थतन्त्र : पाकिस्तान र श्रीलंकापछि बंगलादेशमा कसरी मडारियो संकट?

    केहीसमय अघिसम्म ४१६ अर्ब डलरको बंगलादेशी अर्थतन्त्र विश्वकै तीब्र वृद्धितर्फ लम्किरहेको दक्षिण एसियाली देशका रुपमा परिचित थियो। तर, रसिया र युक्रेन युद्धका कारण विश्वमा हाल देखिएको आपूर्ति अवरोध र इन्धनको चर्को मूल्यवृद्धिपछि बंगलादेशी अर्थतन्त्र पनि आफ्ना छिमेकीहरु पाकिस्तान र श्रीलंकाजस्तै जोखिमपूर्ण अवस्थामा पुगेको छ। यसले हाल विश्व अर्थतन्त्रमा देखिएको मन्दीको प्रभाव दक्षिण एसियासम्म आइपुगेको संकेत दिएको छ। एक साता अघि…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : दुई विदेशी फिल्मसँग भिड्दै दुई नेपाली फिल्म

    फ्राइडे रिलिज : दुई विदेशी फिल्मसँग भिड्दै दुई नेपाली फिल्म

    काठमाडौं : शुक्रवार नेपाली सिनेमाहलमा दुई नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘म’, र ‘चपली हाइट ३’ प्रदर्शन भएका छन्। त्यसैगरि, विदेशी फिल्मतर्फ दक्षिण भारतीय फिल्म ‘रामाराव अन ड्यूटी’ र हलिउड फिल्म ‘बुलेट ट्रेन’ रिलिज भएका छन्। सुवर्ण थापा निर्देशित फिल्म ‘म’ लाई कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको हो। सस्पेन्स/थ्रिलर जनरामा बनेको फिल्मको क्रियटिभ निर्माता प्रकाश…

    विस्तृतमा पढ्नुस्

  • केरावारीमा फेरि लेदो सहितको पहिरो, नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

    केरावारीमा फेरि लेदो सहितको पहिरो, नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

    काठमाडौं : पहिरोका कारण चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका-२९ पर्ने मौरी खोल पुल नजिकैको केरावारीमा वर्षाका कारण लेदो सहित पहिरो झरेको प्रहरीले जनाएको छ। आज बिहान करिब २ बजे गएको पहिरोका कारण बाटो दुवैतर्फ अवरोध भएको छ। अहिले सरोकारवाला निकायसँग समन्वय गरेर सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ। केहीदिन अघि पनि यही स्थानमा पहिरो गएको…

    विस्तृतमा पढ्नुस्

  • गीत विवादमा परेपछि हमाल भन्छन्: गलत व्याख्याका कारण दुःखी छु

    गीत विवादमा परेपछि हमाल भन्छन्: गलत व्याख्याका कारण दुःखी छु

    काठमाडौं: दुई दिनअघि शिव हमालको शब्दमा ‘पापाकी परी’ बोलको गीत सार्वजनिक भयो। गीतमा भनिएको छ: के हुन्छ होला है बिहेको राति अँध्यारो कोठामा अञ्जान साथी सम्झेर गइसक्यो सातो बरि लै आशीष अविरलको संगीत रहेको गीतमा सुशीला पाठकको स्वर रहेको छ। सार्वजनिक भएसँगै यो गीत विवादमा परेको छ। गीतमा प्रयोग गरिएका शब्द र भिडिओमा पेटिकोट लगाएको दृश्यमाथि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • नक्कली कस्मेटिक्स सामान उत्पादन गर्ने कारखाना वाणिज्यले गर्‍यो सिल

    नक्कली कस्मेटिक्स सामान उत्पादन गर्ने कारखाना वाणिज्यले गर्‍यो सिल

    काठमाडौंः नक्कली कस्मेटिक्स सामान उत्पादन गरेको आरोपमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक कारखाना सिल गरेको छ। गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्तीमा रहेको मिसेल कस्मेटिक्स प्रहरीको सहयोगमा विभागले सिल गरेको हो।   नक्कली सामान उत्पादन गरेको सूचनाका आधारमा प्रहरी परिसर काठमाण्डौ, प्रहरी बृत्त बौद्ध र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट संयुक्त रुपमा खटिएको टोलीले कारखाना सिल गरेको हो। छापाका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • नख्खु र भैँसेपाटीमा रहेको सुर्ती गोदाममा प्रहरीको छापा: भारतबाट राजस्व छलेर ल्याइएको २८ हजार किलो सुर्तीसहित चार जना समातिए

    नख्खु र भैँसेपाटीमा रहेको सुर्ती गोदाममा प्रहरीको छापा: भारतबाट राजस्व छलेर ल्याइएको २८ हजार किलो सुर्तीसहित चार जना समातिए

    काठमाडौं राजस्व छलेर ल्याइएको सुर्तीसहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। उपत्यका अनुसन्धान कार्यालयको टोलीले ललितपुरको खोकनाबाट उक्त सुर्ती नियन्त्रणमा लिइएको हो।  राजस्व छली गरेर सुर्ती ल्याएको सूचनाको आधारमा काठमाडौं पेप्सीकोलाबाट सिन्धुली घर भएका पोष्टराज गौतम र सर्लाही घर भएका दिनेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूको सूचनाको आधारमा ललितपुरको विभिन्न स्थानमा स्टोर गरेर राखिएको सुर्ती र अन्य दुई जनालाई नियन्त्रणमा लिइएको उपत्यका अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले…

    विस्तृतमा पढ्नुस्

  • अवहेलना मुद्दामा मन्त्री जीवनराम श्रेष्ठलाई सर्वोच्चमा उपस्थित हुन आदेश, यस्तो छ कारण 

    अवहेलना मुद्दामा मन्त्री जीवनराम श्रेष्ठलाई सर्वोच्चमा उपस्थित हुन आदेश, यस्तो छ कारण 

    काठमाडौंः सर्वोच्च अदालत बहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई अवहेलना मुद्दामा अदालतमा उपस्थित हुन आदेश गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट नहटाउन गरेको आदेश अवज्ञा गरेको भन्दै अवहेलनामा कारबाही किन नगर्ने भन्दै जवाफसहित उपस्थित हुन आदेश गरेको हो।  अदालतले आदेश पाएको सात दिनभित्र मन्त्री श्रेष्ठलाई स्वयम् उपस्थित हुन…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टी २० लिग: थप दुई टोलीले सार्वजनिक गरे लोगो

    नेपाल टी २० लिग: थप दुई टोलीले सार्वजनिक गरे लोगो

    काठमाडौं: नेपाल टी २० लिगका दुई फ्रेन्चाइजी विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सले लोगो सार्वजनिक गरेका छन्। आज काठमाडौंमा कार्यक्रम गर्दै यी दुई टोलीले लोगो सार्वजनिक गरेका हुन्। यसअघि अलस्टार क्लबले लोगो सार्वजनिक गरेको थियो। नेपाल क्रिकेट संघ (क्यान)ले यही महिना पत्रकार सम्मेलन गर्दै नेपाल टी २० लिगका लागि काठमाडौं, लुम्बिनी, जनकपुर र विराटनगरको टिम घोषणा गरेको थियो। काठमाडौं टोलीमा…

    विस्तृतमा पढ्नुस्

  • संगीतकार योगेन्द्र उपाध्यायका तीन वटा गीति एल्बम एकसाथ सार्वजनिक

    संगीतकार योगेन्द्र उपाध्यायका तीन वटा गीति एल्बम एकसाथ सार्वजनिक

    काठमाडौं : संगीतकार योगेन्द्र उपाध्यायका तीन वटा गीति एल्बम एकसाथ सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच उपाध्यायका तीन एल्वम ‘सँगै हिडौँ न’, ‘काटिमा कुटी’ र ‘क्लियरकट’ एकसाथ सार्वजनिक गरिएको हो। डश म्युजिकले तीनै एल्बमको उत्पादन गर्नुका साथै वितरणको जिम्मा लिएको छ। कार्यक्रममा उपाध्यायले आफूले २०७६ सालमै पहिलो एल्बम रिलिजको तयारी गर्दै गर्दा कोरोना महामारीका कारण रोकिएको बताए। ‘२०७६…

    विस्तृतमा पढ्नुस्

  • २८औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइँदै, यस्तो छ कार्यक्रम तालिका

    २८औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइँदै, यस्तो छ कार्यक्रम तालिका

    काठमाडौं : नेपालका आदिवासी जनजाति संघसंस्थाले ‘२८औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस’ संयुक्त रुपमा एक हप्तासम्म मनाउने भएका छन्। विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजाति संघसंस्थाले संयुक्त रुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन्। महासंघको संघीय कार्यालय भीमसेनगोलामा ‘२८औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस-२०२२ मूल समारोह’ले पत्रकार सम्मेलन गर्दै यस वर्ष पनि विगतका वर्षहरु जस्तै विभिन्न कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीकै उपस्थितिमा चिनियाँ नागरिकको अपहरण : होटलमा पुऱ्याएर १ करोड माग

    प्रहरीकै उपस्थितिमा चिनियाँ नागरिकको अपहरण : होटलमा पुऱ्याएर १ करोड माग

    काठमाडौं : चिनियाँ नागरिक सहित दुई जनालाई अपहरण गरी एक करोड रुपैयाँ फिरौती रकम माग गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले घटनामा संलग्न रहेका उनीहरुलाई बुधवार पक्राउ गरी बिहीवार सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा गोरखाको आरुघाट गाउँपालिका-७ घर भई हाल काठमाडौंको रानीबारी बस्ने ३७ वर्षीय कर्ण बहादुर गुरुङ, गोरखाकै सिरानचोक गाउँपालिका-५ घर भई हाल धापासी बस्ने २८…

    विस्तृतमा पढ्नुस्

  • ‘द भ्वाइस अफ नेपाल’को चौँथो संस्करणमा किन गरियो कोच परिवर्तन?

    ‘द भ्वाइस अफ नेपाल’को चौँथो संस्करणमा किन गरियो कोच परिवर्तन?

    काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौँथो संस्करण घोषणासँगै कोचहरू सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रमका बिच कोचहरू परिवर्तन गर्नुका साथै शोको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ। चौँथो सिजनमा नयाँ कोचको रूपमा गायक राजेशपायल राई र गायिका प्रविशा अधिकारीको इन्ट्री भएको हो। दीप श्रेष्ठ र तिर्सना गुरूङ बाहिरिएसँगै भ्वाइसमा राजेश र प्रविशा भित्रिएका हुन्। तीन सिजनसम्म…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell