PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

  • आजको मौसम पूर्वानुमान : देशभर सामान्य बदली, थप केहीदिन वर्षा हुने

    आजको मौसम पूर्वानुमान : देशभर सामान्य बदली, थप केहीदिन वर्षा हुने

    काठमाडौं : अझै केही दिन देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नियमित मौसम बुलेटिनमा महाशाखाले सोमबारसम्म पानी पर्ने सम्भावना रहेको जनाएको हो। आज भने देशभर समान्य बदली रहनेछ। हाल प्रदेश १, वाग्मती प्रदेशको केही स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका…

    विस्तृतमा पढ्नुस्

  • क्रिस्टल प्यालेसलाई हराउँदै आर्सनलको सुखद सुरुवात

    क्रिस्टल प्यालेसलाई हराउँदै आर्सनलको सुखद सुरुवात

    इङग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न सिजनको पहिलो खेलमा आर्सनलले सुखद सुरुवात गरेको छ। सेलहर्स्ट पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली क्रिस्टल प्यालेसलाई २-० ले हराउँदै आर्सनलले सुखद सुरुवात गरेको हो। खेलको २० औं मिनेटमा गाब्रियल मार्टिनेल्लीको गोलमा आर्सनलले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको घरेलु टोलीका मार्क गुएहीले ८५ औं मिनेटमा आत्मघाती गोल गर्दा टोली दुई…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। शनिवार बिहान ५:२६ बजे भूकम्पको धक्का महसुस गरिएको हो। काठमाडौं उपत्यका लगायत वरपर रहेका जिल्लाहरुमा पनि धक्का महसुस गरिएको छ। भूकम्पबारे विस्तृत विवरण आउन बाँकी छ।‍  

    विस्तृतमा पढ्नुस्

  • साफ यू २० च्याम्पियनसिपको उपाधि भारतलाई

    साफ यू २० च्याम्पियनसिपको उपाधि भारतलाई

    काठमाडौं: साफ यू २० च्याम्पियनसिपको उपाधि भारतले जितेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सम्पन्न फाइनल खेलमा बंगलादेशलाई ५-२ गोलले हराउँदै भारत च्याम्पियन बनेको हो। खेलको दोस्रो मिनेटमै गुरकिरत सिंहको गोलमा भारतले अग्रता बनाएको थियो। तर ४५ औं मिनेटमा रफिकुल इस्लामले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा बंगलादेशका शाहिन मियाले गोल गर्दै ५१ औं मिनेटमा अग्रता दिलाए। तर, गुरकिरतले नै…

    विस्तृतमा पढ्नुस्

  • सिमरा विमानस्थलको रनवे मर्मतको काम अन्तिम चरणमा, चाँडै उडान थपिने

    सिमरा विमानस्थलको रनवे मर्मतको काम अन्तिम चरणमा, चाँडै उडान थपिने

    वीरगंजः सिमरा विमानस्थलको रनवे मर्मतको काम अन्तिम चरणमा पुगेको छ। टावर कन्ट्रोलर संगम श्रेष्ठका अनुसार एक महिनादेखि सुरु भएको मर्मतको काम करिब अन्तिम चरणमा पुगेको छ। एक सातादेखि भारी वर्षा भएकोले साउन १२ गतेसम्म सम्पन्न हुनुपर्ने काम केही दिन ढिलाइ भएको उनले बताए। करिब १० करोडको ठेक्कामा सप्तकोशी जलाधार निर्माण सेवा काठमाडौंले रनवे ओभर-लेको काम गरिरहेको छ। मर्मतको कामले हाल…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता आह्वान, साउन ३१ गतेसम्मको समय

    प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता आह्वान, साउन ३१ गतेसम्मको समय

    काठमाडौंः निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। हाल दर्ता कायम रहेका दलहरुलाई चुनावमा भाग लिने प्रयोजनका लागि साउन २२ गतेदेखि साउन ३१ गतेसम्म दर्ता गर्न आयोगले आह्वान गरेको हो। अहिले ११३ दल दर्ता छन्।  आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै निवेदन आह्वान गरेका हुन्।  दल दर्ता निवेदन दिँदा दलको विवरण, केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • नवौँ राष्ट्रिय खेलकुदको मिति सार्न नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीको माग

    नवौँ राष्ट्रिय खेलकुदको मिति सार्न नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीको माग

    काठमाडौं : नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्न माग गरेको छ। विभिन्न उपसमिति समेत गठन गरेर सरकार प्रतियोगिताको तयारीमा जुटिसक्दा कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघले सो माग गरेको हो। पोखरामा शुक्रवार पत्रकार सम्मेलनमा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले आफूहरुलाई अपनत्वसमेत नदिइएको र दशैँ-तिहारको बेलामा खेलकुद प्रतियोगिता उपयुक्त नहुने भएकोले मिति परिमार्जन…

    विस्तृतमा पढ्नुस्

  • सत्तारुढ गठबन्धनले देशलाई दुर्गतिमा डुबाए : ओली

    सत्तारुढ गठबन्धनले देशलाई दुर्गतिमा डुबाए : ओली

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन र यसका नेताहरुले देशलाई दुर्गतिमा डुबाएको बताएका छन्। पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले शुक्रवार भक्तपुरको बोडेमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले दुर्गतिबाट देशलाई जोगाउन पनि आफूहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी हुनुको विकल्प नभएको दोहोर्‍याए। उनले सत्तारुढ गठबन्धनका आवद्ध नेताहरुले आ-आफ्ना स्वार्थका लागि देशविरुद्ध जस्तासुकै कुकर्म…

    विस्तृतमा पढ्नुस्

  • मेलिनाले तोडिन् सञ्जीवसँगको इन्गेजमेन्ट : हाम्रो विचार मेल खान सकेन

    मेलिनाले तोडिन् सञ्जीवसँगको इन्गेजमेन्ट : हाम्रो विचार मेल खान सकेन

    गायिका मेलिना राईले प्रेमी संगीतकार सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडेकी छिन्। गत वैशाखमा प्रेमी बराइलीसँग इन्गेजमेन्ट गरेकी मेलिनाले फेसबुकमार्फत इन्गेजमेन्ट तोडेको जानकारी दिएकी हुन्। आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय लिन बाध्य भएको मेलिनाको भनाई छ। सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुनेसमेत मेलिनाले उल्लेख गरेकी छिन्। ‘एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको…

    विस्तृतमा पढ्नुस्

  • ताइवान मामिलामा प्रचण्डको चासो : चीनको एकतामा बाधा हुने गतिविधिप्रति हाम्रो विरोध रहन्छ

    ताइवान मामिलामा प्रचण्डको चासो : चीनको एकतामा बाधा हुने गतिविधिप्रति हाम्रो विरोध रहन्छ

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताइवानमा विकसित घटनाक्रमबारे चासो व्यक्त गरेका छन्। चीनको विरोधका बावजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि चर्किएको चीन अमेरिकी तनावको विषयमा प्रचण्डले चासो व्यक्त गरेका हुन्।  ताइवान मामलामा नेपालस्थित चिनियाँ दूतावासले नेपालको साथ खोजेको थियो। यही प्रसंगमा प्रचण्डको सचिवालयले एक वक्तव्य जारी गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएको छ। पूर्व प्रधानमन्त्रीसमेत…

    विस्तृतमा पढ्नुस्

  • राजनीति गर्न सजिलो छैन : माधव नेपाल

    राजनीति गर्न सजिलो छैन : माधव नेपाल

    काठमाडौं : नेपाल कम्युष्निट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन्। शुक्रवार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताए। अध्यक्ष नेपालले अझै पनि राजनीति सजिलो रुपमा गर्न सम्भव…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन थपिए ९ सय १२ कोरोना संक्रमित, १ जनाको मृत्यु

    एकै दिन थपिए ९ सय १२ कोरोना संक्रमित, १ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ९ सय १२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ४९१ जनामा परीक्षण गर्दा ९ सय १२ जनामा संक्रमण देखिएको हो। २ हजार ९४१ पीसीआर परीक्षण गरिएकोमध्ये ५२९ जनामा र ३ हजार ५५० एन्टीजेन परीक्षण गरिएकोमा ३८३ जनामा संक्रमण देखिएको हो। संक्रमणदर १५ प्रतिशत पुगेको छ।…

    विस्तृतमा पढ्नुस्

  • जापान सरकारबाट ऋण लिन वार्ता टोली गठन गर्ने, यस्ता छन् सरकारका निर्णय

    जापान सरकारबाट ऋण लिन वार्ता टोली गठन गर्ने, यस्ता छन् सरकारका निर्णय

    काठमाडौं : सरकारले शहरी विद्युत प्रशारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख करिब १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने भएको छ। साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रिपरिषद्का निर्णय सुनाउँदै शुक्रवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा फेरि उकालो लाग्दै कोरोना सङ्क्रमण, साढे ५ महिनापछि एक सङ्क्रमितको मृत्यु

    सुदूरपश्चिममा फेरि उकालो लाग्दै कोरोना सङ्क्रमण, साढे ५ महिनापछि एक सङ्क्रमितको मृत्यु

    कैलाली : सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणको ग्राफ फेरि उकालो लाग्न थालेको छ। भारतबाट नेपाल आउनेहरुमा पछिल्लो समय संक्रमण देखिन थालेपछि प्रदेशमा कोरोनाको ग्राफ उकालो लागेको हो। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हाल प्रदेशमा सक्रिय संक्रमितको सङ्ख्या ७५ पुगेको छ। असार मसान्तसम्म यो सङ्ख्या एक अङ्कमा सीमित थियो। अहिले भारतबाट आउनेमा संक्रमण बढेसँगै समुदायमा पनि संक्रमण देखिन थालेका हो। साउन दोस्रो साताबाट…

    विस्तृतमा पढ्नुस्

  • न्यान्सीको ताइवान भ्रमणपछि आक्रामक बन्यो चीन, अमेरिकी सभामुख पेलोसीमाथि प्रतिबन्ध घोषणा

    न्यान्सीको ताइवान भ्रमणपछि आक्रामक बन्यो चीन, अमेरिकी सभामुख पेलोसीमाथि प्रतिबन्ध घोषणा

    चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीमाथि प्रतिबन्ध घोषणा गरेको छ। चीनको विरोध बाबजुद ताइवान पुगेकी पेलोसीमाथि प्रतिबन्ध लगाएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। चीनले पेलोसीसँगै उनको परिवारमाथि पनि प्रतिबन्ध लगाएको छ। ‘पेलोसीको भ्रमणले चीनको आन्तरिक मामिलामाथि प्रत्यक्ष हस्तक्षेप गरेको छ। यसले चीनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई चोट पुर्‍याएको छ। यो एक चीन नीतिविरुद्ध छ र यसले ताइवानको शान्ति र स्थायित्व खतरा…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनविरुद्ध खनिए भीम रावल : विपरित सिद्धान्त हुँदाहुँदै आगामी निर्वाचनमा तालमेल गर्नु संविधानविपरीत

    गठबन्धनविरुद्ध खनिए भीम रावल : विपरित सिद्धान्त हुँदाहुँदै आगामी निर्वाचनमा तालमेल गर्नु संविधानविपरीत

    काठमाडौं : नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा सदस्य डा भीम रावलले विपरित सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधानविपरीत भएको बताएका छन्। शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा नेता रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहरुको आ-आफ्नो सिद्धान्त भएको बताए। उनले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधानविपरीत हुने बताए। जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले…

    विस्तृतमा पढ्नुस्

  • गाईजात्रामा राजापाक्षे बनेर देश डुबाउने काइदा पेस गर्दैछन् गजुरेल, जनार्दनको 'कमब्याक' माथि पनि व्यङ्ग्य

    गाईजात्रामा राजापाक्षे बनेर देश डुबाउने काइदा पेस गर्दैछन् गजुरेल, जनार्दनको 'कमब्याक' माथि पनि व्यङ्ग्य

    काठमाडौं : आगामी साउन २७ गते गाईजात्रा मनाइँदैछ। सांस्कृतिक रुपमा मनाइने यो अवसरलाई पछिल्लो समय हास्यव्यङ्ग्य गरेर पनि मनाइने गर्छ। गाईजात्रा महोत्सवमा राजनीतिकदेखि सामाजिक विकृतिविरुद्ध कलाकारहरुले व्यङ्ग्य गर्ने गर्छन्। हरेक वर्ष मनोज गजुरेलले पनि गाईजात्रामा प्रहसन प्रस्तुत गर्छन्। हरेक वर्ष फरकफरक भूमिकामा देखिने गजुरेल यसपटक पनि गाईजात्राको अवसरमा केही विशेष ल्याउँदैछन्। यसपटकको गाईजात्रा प्रहसनमा गजुरेलले अर्थमन्त्री जनार्दन शर्माको भूमिकामा देखिँदैछन्। यस्तै, श्रीलंकाको राजापाक्ष परिवार र ‘सुनको…

    विस्तृतमा पढ्नुस्

  • ताइवान मामिलालाई नजिकबाट नियाल्दै नेपाल, परराष्ट्रले भन्यो : सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध छौं‍

    ताइवान मामिलालाई नजिकबाट नियाल्दै नेपाल, परराष्ट्रले भन्यो : सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध छौं‍

    काठमाडौं : अमेरिकी सभामुख न्यान्सी पेलोसीले केहीदिन अघि ताइवानको भ्रमण गरिन्। चीनको विरोध बाबजुद ताइपेइ पुगेकी पेलोसीले चीनको आलोचना गर्दै ताइवानलाई एक्लै नछाड्ने बताइन्। पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले अहिले टापु वरिपरि सैन्य अभ्यास गरिरहेको छ।  यस्तो अवस्थामा चीनले आफ्ना छिमेकी राष्ट्रबाट 'एक चीन नीति' प्रति प्रतिबद्धता खोजिरहेको छ। जसमा नेपाल पनि पर्छ। केहीदिन अघिमात्रै नेपालस्थित चिनियाँ राजदूतावासले नेपाल एक चीन…

    विस्तृतमा पढ्नुस्

  • एसपीपीलाई पठाएको पत्र सार्वजनिक गर्न मिल्दैन : परराष्ट्र मन्त्रालय

    एसपीपीलाई पठाएको पत्र सार्वजनिक गर्न मिल्दैन : परराष्ट्र मन्त्रालय

    काठमाडौं : परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरशीप प्रोगाम (एसपीपी)लाई अगाडि नबढाउने जानकारीसहित अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न नमिल्ने स्पष्टीकरण दिएको छ। मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले ‘कुटनीतिक संवेदनशीलता’का कारण पत्र सार्वजनिक गर्न नमिल्ने स्पष्टीकरण दिएकी हुन्। केही नेताहरुले एसपीपीसँग सम्बन्धित पत्र सार्वजनिक गर्नुपर्ने माग गरिरहेका छन्। यसबिच परराष्ट्र मन्त्रालयले भने एसपीपीको पत्र सार्वजनिक गर्न नमिल्ने…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्रमन्त्री खड्का अर्को साता चीन जाने

    परराष्ट्रमन्त्री खड्का अर्को साता चीन जाने

    काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का चीनको औपचारिक भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। उनले अगस्ट ९ देखि ११ (साउन २४ देखि २६)सम्म चीनको भ्रमण गर्ने बताइएको छ। दुई मन्त्रीहरूबिच १० अगस्टमा चीनको छिङदाओमा आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। विदेशमन्त्री वाङ यीले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell