PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

  • स्थानीय निर्वाचनः औद्योगिक नगरी वीरगन्जकाे कस्ले समाल्ला कमाण्ड?

    स्थानीय निर्वाचनः औद्योगिक नगरी वीरगन्जकाे कस्ले समाल्ला कमाण्ड?

    वीरगञ्ज : औद्योगिक नगरी, वीरगञ्जको पुरानो परिचय। प्रदेश २ को एकमात्र महानगर भारतको नाकाबन्दीपछि आर्थिक रुपमा केही सुस्ताएको। तर, २० वर्षपछिको स्थानीय चुनावका कारण वीरगञ्जको माहोल यतिबेला गरम छ। २०७२ असोज ३ गते संविधान जारी हुनुभन्दा अघिदेखि आन्दोलनमा होमिएका स्थानीय यतिबेला चुनावमा होमिएका छन्। राजनीतिक दल मतदाताको घरदैलोमा छ।  काठमाडौंको लाइफलाइन आर्थिक नगरी वीरगन्ज धनीहरुको गरीब शहरको रुपमा परिणत भइरहेको छ। मतदाता वीरगञ्जको ‘बेडा’…

    विस्तृतमा पढ्नुस्

  • वीरगञ्जमा राजपाबाट मेयरको टिकट राजेशमानलाई, विमल फोरम लोकतान्त्रिकतिर

    वीरगञ्जमा राजपाबाट मेयरको टिकट राजेशमानलाई, विमल फोरम लोकतान्त्रिकतिर

    वीरगञ्ज : राष्ट्रिय जनता पार्टी नेपालले अगामी असोज २ को स्थानीय तह निर्वाचनका लागि वीरगञ्जको मेयरमा राजेशमान सिंहलाई टिकट दिएको छ। पार्टी उच्च स्रोतका अनुसार राजेशमान सिंहलाई टिकट दिइएको हो। वीरगञ्जका राजपाका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरुले राजेशमान सिंहले टिकट पाउँदा सामाजिक सञ्जालमा शुभकामना तथा बधाई दिइरहेका छन्।  उता, राजपामा विवाद नभएको र पार्टीले गर्ने निर्णय नै अन्तिम निर्णय हुने भन्दै…

    विस्तृतमा पढ्नुस्

  • को-को बने विरगञ्जका 'स्कूल प्रिन्स एण्ड प्रिन्सेस'?

    को-को बने विरगञ्जका 'स्कूल प्रिन्स एण्ड प्रिन्सेस'?

    वीरगञ्ज: स्कूल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगिताको दोस्रो संस्करण शनिबार वीरगञ्जमा सम्पन्न भएको छ। जुनियर र सिनियर विधामा भएको प्रतियोगिताको अन्तिम चरणमा जुनियर प्रिन्सेसतर्फ एनी सिंहले उपाधी हात पारिन् भने सिनियरतर्फ सज्जा चौलागाई विजेता भइन्। त्यस्तै जुनियर प्रिन्सतर्फ कोसिस लामा शिर्ष विजेता ठहरिए र आशुतोष सुद सिनियर विधाको विजेता भए। गत वर्षदेखि वीरगञ्जको क्यानन बेल इन्टरटेनमेन्टले आयोजना गर्दै आएको प्रतियागिताको जुनियर…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको सचिवालय बैठक वीरगञ्जमा सुरु, प्रदेश नं २ को चुनावमा केन्द्रीत

    माओवादी केन्द्रको सचिवालय बैठक वीरगञ्जमा सुरु, प्रदेश नं २ को चुनावमा केन्द्रीत

    वीरगञ्जः नेकपा माओवादी केन्द्रको सचिवालय बैठक वीरगञ्जमा सुरु भएको छ। होटल भिस्वामा सुरु भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’,  कृष्णबहादुर महरा, जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ ,वर्षमान पुन, प्रभु साह, रामकुमार शर्मा, हितमान शाक्यलगायतका नेता सहभागी भएका प्रेस सेन्टर पर्साका अध्यक्ष नीरज पिठाकोटेले बताए। असोज दुई गते दुई नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनको रणनीति बनाउने विषयमा बैठक केन्द्रीत…

    विस्तृतमा पढ्नुस्

  • टिकट वितरणलाई लिएर पर्सामा राजपाभित्र विवाद, टिकटका लागि होटल घेराउ

    टिकट वितरणलाई लिएर पर्सामा राजपाभित्र विवाद, टिकटका लागि होटल घेराउ

    वीरगञ्जः पर्सामा स्थानीय तह निर्वाचनकाे टिकट वितरणलाई लिएर राष्ट्रिय जनता पार्टीभित्र विवाद सुरु भएको छ। बुधबार होटल सम्झनामा बैठक चल्दै गर्दा साझ ६ बजेदेखि राति ११ बजेसम्म राजपाका कार्यकर्ताहरु आफना उम्मेदवारको समर्थनमा नाराबाजी गर्दै टिकटको लागि दबाब सृजना गरे। जसका कारण राजपाले वीरगंजमा मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाउन सकेको छैन। केही दिनअघि पार्टीले लिंकरोडस्थित होटल कुमु प्यालेसमा डाकेको बैठकको…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्र यादवको पार्टीका ६ जिल्लामा ३६ जना ‘यादव’ उम्मेदवार

    उपेन्द्र यादवको पार्टीका ६ जिल्लामा ३६ जना ‘यादव’ उम्मेदवार

    वीरगञ्ज : उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले दुई नम्बर प्रदेशको असोज २ को निर्वाचनको लागि ८ जिल्ला मध्ये ६ जिल्लामा करिब ९० प्रतिशत उम्मेदवार घोषणा गरेको छ।  स्थानीय तहको नगरपालिका र गाउँपालिकाको लागि पार्टीले मंगलबार अबेर राति ६ जिल्लाका उम्मदेवारहरुको नामावली सार्वजनिक गरेको हो। काठमाडौँमा हिजो बसेको कार्य सम्पादन समितिले उम्मेदवारको नामावली सार्वजनिक गरेको हो। फोरम नेपालले सर्लाही,…

    विस्तृतमा पढ्नुस्

  • टिकट वितरणलाई लिएर पर्सामा राजपाभित्र विवाद, टिकटका लागि होटल घेराउ

    टिकट वितरणलाई लिएर पर्सामा राजपाभित्र विवाद, टिकटका लागि होटल घेराउ

    वीरगञ्जः पर्सामा स्थानीय तह निर्वाचनकाे टिकट वितरणलाई लिएर राष्ट्रिय जनता पार्टीभित्र विवाद सुरु भएको छ। बुधबार होटल सम्झनामा बैठक चल्दै गर्दा साझ ६ बजेदेखि राति ११ बजेसम्म राजपाका कार्यकर्ताहरु आफना उम्मेदवारको समर्थनमा नाराबाजी गर्दै टिकटको लागि दबाब सृजना गरे। जसका कारण राजपाले वीरगंजमा मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाउन सकेको छैन। केही दिनअघि पार्टीले लिंकरोडस्थित होटल कुमु प्यालेसमा डाकेको बैठकको समयमा…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षाको माग गर्दै वीरगञ्जका स्वास्थ्यकर्मी आन्दोलनमा,  अस्पतालका सबै सेवा ठप्प

    सुरक्षाको माग गर्दै वीरगञ्जका स्वास्थ्यकर्मी आन्दोलनमा,  अस्पतालका सबै सेवा ठप्प

    वीरगञ्जः  सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीले आज वीरगञ्जका सबै अस्पतालमा सेवा ठप्प पारेका छन्। स्वास्थ्यकर्मीको आन्दोलनका कारण नारायणी उपक्षेत्रीय अस्पतालको आकस्मिकबाहेक अन्य सबै अस्पतालमा सेवा ठप्प छन्। स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलार्इ कारवाही र सुरक्षाको प्रत्याभूतिको माग गरेका छन्। दुई महिनाको अवधिमा दुई अस्पतालका दुई चिकित्सक कुटिएपछि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन्। एक महिना अघि नारायणी उपक्षेत्रीय अस्पतालका डा. चाँदनी पाण्डेलगायत नर्समाथि वीरगञ्ज छपकैयाको एउटा परिवारले कुटपिट गरेको…

    विस्तृतमा पढ्नुस्

  • एमालेको झण्डा जलाउने पाँच जना पक्राउ

    एमालेको झण्डा जलाउने पाँच जना पक्राउ

    वीरगंज : पर्सा प्रहरीले एमालेको झण्डा जलाउने मधेसी जनअधिकार फोरम मधेसका पाँच जना कार्यकर्तालाई आज साँझ ६ बजे घण्टाघरबाट पक्राउ गरेको छ। प्रहरीले वीरगंज– १९ का सतोष कुमार साह, छिपहरमाई गाउँपालिका वडा २ का अजय साह, वीरगंज –१६ का जीतेन्द्रकुमार साह, वीरगंज– १० का पंडित यज्ञदेव आचार्य र वीरगंज –१० कै गणेश साहलाई हिरासतमा लिई अनुसन्धान गरिरहेको छ। पर्साका प्रहरी प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • एमालेका शीर्ष नेताहरु वीरगञ्जमा, प्रदेश नम्बर २ को निर्वाचनको रणनीति बनाउँदै

    एमालेका शीर्ष नेताहरु वीरगञ्जमा, प्रदेश नम्बर २ को निर्वाचनको रणनीति बनाउँदै

    वीरगञ्ज : आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय तहको  निर्वाचनका लागि पार्टीको रणनीति बनाउन नेकपा एमालेका शीर्ष नेताहरु वीरगञ्जमा छन्। नेकपा एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपालसहितको शीर्ष नेताहरु सम्मिलित टोलीले पार्टीको २ नम्बर प्रदेशको चुनावी रणनीति तय गरिरहेको छ। नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, प्रदेश न…

    विस्तृतमा पढ्नुस्

  • ठगी आरोपमा पूर्वराजदूत हमिद अन्सारीका छोरा वीरगञ्जमा पक्राउ

    ठगी आरोपमा पूर्वराजदूत हमिद अन्सारीका छोरा वीरगञ्जमा पक्राउ

    वीरगञ्जः साउदी अरबका लागि नेपाली पूर्वराजदूत  हमिद अन्सारीका छोरा ठगी अभियोगमा पक्राउ परेका छन्।  प्रहरीले शुक्रवार दिउसो अन्सारीका छोरा जौवाद अन्सारीलाई वीरगञ्ज–१५ मुर्लीबाट पक्राउ गरेको हो।  अन्सारीले चिकित्सा शास्त्रको एमडी कोर्समा आफ्नो सेटिङ भएको र  भनसुन गरी छात्रवृत्ति मिलाइदिने भन्दै लाखौ रुपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पर्सा प्रहरीको सहयोगमा अन्सारीलाई पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • ठगी आरोपमा पूर्वराजदूत हमिद अन्सारीका छोरा वीरगञ्जमा पक्राउ

    ठगी आरोपमा पूर्वराजदूत हमिद अन्सारीका छोरा वीरगञ्जमा पक्राउ

    वीरगञ्जः साउदी अरबका लागि नेपाली पूर्वराजदूत  हमिद अन्सारीका छोरा ठगी अभियोगमा पक्राउ परेका छन्।  प्रहरीले शुक्रवार दिउसो अन्सारीका छोरा जौवाद अन्सारीलाई वीरगञ्ज–१५ मुर्लीबाट पक्राउ गरेको हो।  अन्सारीले चिकित्सा शास्त्रको एमडी कोर्समा आफ्नो सेटिङ भएको र  भनसुन गरी छात्रवृत्ति मिलाइदिने भन्दै लाखौ रुपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पर्सा प्रहरीको सहयोगमा अन्सारीलाई पक्राउ गरेको…

    विस्तृतमा पढ्नुस्

  • पूर्व युवराज्ञी हिमानी छोराछोरीसहित पर्सामा, बाढीपीडितलाई राहत बाँडिन्

    पूर्व युवराज्ञी हिमानी छोराछोरीसहित पर्सामा, बाढीपीडितलाई राहत बाँडिन्

    काठमाडौँ : पूर्व युवराज्ञी हिमानी शाह बाढीपीडितलाई राहत बाँड्न आज पर्सा आएकी छन्।  आफ्नै नामबाट खोलिएको सामाजिक संस्था हिमानी ट्रस्टले पर्साको पोखरिया बजारमा आयोजना गरेको राहत वितरण कार्यक्रममा २५० जना बाढीपीडितलाई चामल, दाल, चिउरा, नुन, तेल, त्रिपाल र बिस्कुटलगायत सामानको छुट्टाछुट्टै प्याकेट वितरण गरिएको थियो।  पूर्व युवराज्ञी हिमानीसँगै छोरी कृतिका शाह र छोरा हृदयेन्द्र शाहको हातबाट पनि राहत वितरण गरिएको…

    विस्तृतमा पढ्नुस्

  • वीरगञ्जमा एक नक्कली परीक्षार्थी प्रहरीको फन्दामा 

    वीरगञ्जमा एक नक्कली परीक्षार्थी प्रहरीको फन्दामा 

    वीरगञ्जः प्रहरीले वीरगञ्जबाट एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। हेल्थ असिष्टेन्ट(एचए) प्रथम वर्षको परीक्षा दिइरहेका बेला  सर्लाहीको मलगंवा नगरपालिका वडा नम्बर चार घर भई वीरगञ्ज विर्ता बस्ने अर्जुन यादवलाई प्रहरीले पक्राउ गरेको हो। वीरगञ्जको इन्ष्टिच्यूट अफ टेकनोलोजी कलेजबाट अर्काको नाममा परीक्षा दिइरहेका बेला उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। यादवलाई रौतहटका नविनप्रसाद पटेलको नाममा परीक्षा दिइरहेका बेला पक्राउ गरिएको…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा हात्तीको आक्रमणबाट ११ वर्षीय बालकको मृत्यु

    पर्सामा हात्तीको आक्रमणबाट ११ वर्षीय बालकको मृत्यु

    वीरगञ्जः हात्तीको आक्रमणबाट पर्साको सुवर्णपुर गाउँपालिका वडा नम्बर २ इच्छानगरका जुठे प्रजाका ११ वर्षीय छोरा रिजन प्रजाको मृत्यु भएको छ।  चितवन राष्ट्रिय निकुञ्जबाट राति गाउँ पसेको हात्तीको बथानले प्रजालाई आक्रमण गरेको थियो।  घरदेखि दुई सय मिटर पर बारीमा प्रजा हात्तीको आक्रमणबाट मारिएको अवस्थामा फेला परेका ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिए। हात्तीको आक्रमणबाट यस क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • तराईमा आज रक्षाबन्धन, २० लाखको राखी बिक्री

    तराईमा आज रक्षाबन्धन, २० लाखको राखी बिक्री

    वीरगन्जः प्रेम स्नेहको पर्वको रुपमा चिनिने रक्षाबन्धन आज तराईमा मनाइँदैछ। दिदी–बहिनीले दाजुभाईलाई रक्षाको सुत्र बाधेर आशिष लिई पर्व मनाउने गरिन्छ। हिमाली र पहाडी भू–भागमा भने यो वर्ष नागपञ्चमीका दिन नै रक्षाबन्धन गरिएको छ। रक्षाबन्धनका दिन चन्द्रग्रहण लाग्ने भएपछि नागपञ्चमीमा नै जनै फेर्ने र रक्षाबन्धन गरिएको थियो।  तर, तराई मधेसमा मंगलवार नै रक्षाबन्धन मनाइएको हो। मंगलवार बिहान १० बजेदेदि देखि दिउँसो…

    विस्तृतमा पढ्नुस्

  • खाल्डोमा डुबेर बालिका मृत्यु प्रकरण: शव सडकमा राखेर परिवार विरोध प्रदर्शनमा

    खाल्डोमा डुबेर बालिका मृत्यु प्रकरण: शव सडकमा राखेर परिवार विरोध प्रदर्शनमा

    रौतहटः सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर मृत्यु भएका बालिकाहरुका आफन्तले आइतबार बिहानदेखि नै प्रर्दशन सुरु गरेका छन्। मृतकका आफन्त, परिवार र स्थानीयले बिहानदेखि नै रौतहट गरुडा नगरपालिकास्थित इलाका प्रहरी कार्यालय अगाडि शव सडकमा राखेर सडक क्षेत्र अवरुद्ध गरेका छन्। शनिबार खाल्डोमा परेर चार बालिकाको मृत्यु भएको थियो। पीडित परिवारले सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको लापरबाहीको कारण बालिकाहरुको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • रौतहटमा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर चार बालबालिकाको मृत्यु

    रौतहटमा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर चार बालबालिकाको मृत्यु

    रौतहटः  रौतहटमा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर चार जनाको मृत्यु भएको छ।  घाँस काटेर फर्किने क्रममा गर्मी भएकाले खाल्डोमा नुहाउन जाँदा डुबेर उनीहरुको मृत्यु भएको हो।  गरुडा नगरपालिका–४ स्थित सडकको खाल्डोमा डुबेर स्थानीय राम एकवाल साहकी दुई छोरी १२ वर्षीया सुनिता साह र  ९ वर्षीया संगीता साह तथा प्रेम साहकी ९ वर्षीया छोरी सुस्मिता साह र योगेन्द्र साहकी ९…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर कुटिएको विरोधमा नारायणी अस्पतालको ओपिडी सेवा बन्द

    डाक्टर कुटिएको विरोधमा नारायणी अस्पतालको ओपिडी सेवा बन्द

    वीरगञ्ज : वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ओपिडी सेवा बन्द भएको छ। चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात भएको घटनाको विरोधमा ओपिडी सेवा ठप्प पारेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन्। सेवा ठप्प पारेर विरोधमा उत्रिएका आन्दोलनकारीले कुटपिटमा संलग्नलाई कारवाहीको माग गरेका छन्। गत आइतवार नारायणी उपक्षेत्रीय अस्पतालको गाईनो वार्डमा कार्यरत डाक्टर चादनी पाण्डे, स्टाफ नर्स ज्योति चौधरी र सुरक्षा गार्ड अफताब देवान…

    विस्तृतमा पढ्नुस्

  • विष्णु पौडेलको ठोकुवाः तेस्रो चरणको निर्वाचनमा राजपाले भाग लिन्छ

    विष्णु पौडेलको ठोकुवाः तेस्रो चरणको निर्वाचनमा राजपाले भाग लिन्छ

    वीरगञ्जः नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रदेश नम्बर दुईमा असोज २ गते हुने निर्वाचनमा राष्ट्रिय जनता पार्टीले भाग लिने ठोकुवा गरेका छन्। बारा एमाले प्रचार विभागद्वारा सिमरामा आयोजित पत्रकार सम्मेलनमा पौडेलले दुई चरणको निर्वाचन बहिष्कार गर्ने राजपा आफैं बहिष्करणमा परेकाले तेस्रो चरणको निर्वाचनमा उसले भाग लिने ठोकुवा गरे। उनले एकै चरणमा सम्पन्न हुने निर्वाचनलाई सत्तापक्षले तीन चरणमा गराएर हास्यास्पद काम…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell