PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

  • उच्चस्तरीय जाँचबुझ आयोगले तीन महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने

    उच्चस्तरीय जाँचबुझ आयोगले तीन महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने

    वीरगञ्जः थरुहट–मधेस आन्दोलनका क्रममा भएका हत्या हिंसाका घटनाको छानविनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले तीन महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। घटनाकाबारेमा जानकारी लिन वीरगञ्ज पुगेको आयोगको टोलीले तीन महिनाभित्र प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको जानकारी दिएको हो। १८ मध्ये १३ जिल्लाको अनुगमन भइसकेको र बाँकी पाँच जिल्लाको पनि छिट्टै काम सक्ने आयोगले जनाएको छ। आयोगका अध्यक्ष गिरिशचन्द्र लालले…

    विस्तृतमा पढ्नुस्

  • किन सीमापारी थन्किए ५ हजार गाडी ?

    किन सीमापारी थन्किए ५ हजार गाडी ?

    वीरगञ्ज : राष्ट्र बैंकले ‘अटो लोन’मा ‘डाउन पेमेन्ट’ सीमा बढाएसँगै घटेको सवारी साधन आयातको प्रत्यक्ष असर राजश्वमा देखिन थालेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत् सवारी साधन कर्जामा न्युनतम ५० प्रतिशत डाउन पेमेन्ट गर्नैपर्ने बाध्यात्मक प्रावधान लागु गरेको थियो। सोही कारण फागुन देखि भारत लगायत तेस्रो मुलुकबाट आयात गरिएका गाडी नेपाल-भारत सीमा क्षेत्रमा नै होल्ड हुँदै आएका छन्। …

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहमा संख्या थप: पर्सामा कतै दीपावली कतै विरोध

    स्थानीय तहमा संख्या थप: पर्सामा कतै दीपावली कतै विरोध

    वीरगंज : स्थानीय तह थपघटको पर्सामा मिश्रित प्रतिक्रिया आएको छ। संख्या थपघटमा कतै दिपावली गरिएको छ। भने, कतै विरोध प्रदर्शन भएको छ। वीरगन्ज उपमहानगरबाट महानगर घोषणा भएपछि सरकारको निर्णयको स्वागत भएको छ। ग्रामीण भेगमा भने निर्णयको विरोध भएको छ। स्वर्णपुर गाउँपालिकाबाट ठोरी गाउँपालिका नामाकरण भएपछि स्थानीय खुसी भएका छन्। नयाँ संरचना अनुसार ठोरी गाउँपालिका ठोरी, निर्मलबस्ती, स्वर्णपुर र महादेवपटी गरी साविकका…

    विस्तृतमा पढ्नुस्

  • महानगर घोषणा भएकोमा वीरगञ्जमा दीपावली

    महानगर घोषणा भएकोमा वीरगञ्जमा  दीपावली

    वीरगञ्ज : सरकारले वीरगञ्जलाई उपमहानगरपालिकाबाट महानगरपालिकामा स्तरोन्नती गरेपछि वीरगञ्जवासी खुशी भएका छन्। महानगरवासी भएकोमा खुशी हुँदै आफूहरुलाई सरकारको निर्णयले गर्व अनुभव भएको बताएका छन्।  प्रदीप जैसवाल –शिक्षक सरकारको निर्णय एकदमै सराहनीय छ। राज्यले साँच्चै नै आज आएर न्याय गरेको महसुस गर्दैछु। यो खुशीको कुरा हो। अब हामी पनि गर्वका साथ भन्न सक्छौं कि वीरगञ्ज महानगरवासी हौ हामी। राजकुमार गुप्ता – सांसद…

    विस्तृतमा पढ्नुस्

  • पर्साका जिल्ला शिक्षा अधिकारी ५० हजार घुससहित अख्तियारको नियन्त्रणमा

    पर्साका जिल्ला शिक्षा अधिकारी ५० हजार घुससहित अख्तियारको नियन्त्रणमा

    वीरगञ्जः पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इन्जिनियर नवलकिशोर देव घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले जिल्ला शिक्षा अधिकारी तिवारीलाई पचास हजार र इन्जिनियर देवलाई वीस हजार रुपैयाँ घुस लिंदै गरेको बेला पक्राउ गरेको हो । पकहामैनपुर गाउँपालिकामा रहेको नेरा प्राथमिक विद्यालयको भवनको वजेट पास गर्न उनीहरुले घुस मागका थिए।  घुस मागेपछि विद्यालय व्यवस्थपान समितिले हेटौंडास्थित…

    विस्तृतमा पढ्नुस्

  • वीरगन्जमा लोडसेडिङ बढ्यो, दैनिक ४ बाट ८ घण्टा पुग्नुमा यस्ता छन् कारण

    वीरगन्जमा लोडसेडिङ बढ्यो, दैनिक ४ बाट ८ घण्टा पुग्नुमा यस्ता छन् कारण

    वीरगन्ज : केही सातादेखि वीरगन्ज आसपासमा पुनः लोडसेडिङ बढ्न थालेको छ। औद्योगिक फिडरमा दैनिक ८/१० घण्टा र ग्रामीण फिडरमा ४ घण्टा लोडसेडिङ हुन थालेको पर्सा–बाराका उपभोक्ताहरुले गुनासो गरेका छन्। एक महिना अघिसम्म ग्रामीण भेगमा लोडसेडिङ हटेको थियो। औद्योगिक क्षेत्रमा हुने दैनिक १३ घन्टे लोडसेडिङ ४ घण्टामा झरेको थियो। तर, पुनः नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगन्जबाट प्रवाह हुने विद्युत सेवा…

    विस्तृतमा पढ्नुस्

  • नेपालबाट पक्राउ परेका कुख्यात अपराधी बब्लुको भारतीय अदालत गेटमै गोली हानी हत्या

    नेपालबाट पक्राउ परेका कुख्यात अपराधी बब्लुको भारतीय अदालत गेटमै गोली हानी हत्या

    वीरगञ्ज  : भारतीय कुख्यात अपराधी बब्लु दुबेको बिहार,पश्चिम चम्पारण बेतिया सहरमा गोली प्रहार गरी हत्या गरिएको छ।   मुद्दाको पेसीका लागि पुलिसको भ्यानबाट अदालतमा झर्दै गर्दा उनीमाथि गेटमै गोली प्रहार भएको हो। पटना जेलबाट बिहान सवा ११ बजे भ्यानमा राखेर उनलाई बेतिया कोर्ट पुर्‍याइएको थियो।  मोटरसाइकलमा हतियारसहित आएका दुई नकाबधारीले तीन राउन्ड गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको बेतिया प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • पूर्वसभासद् शिवचन्द्र कुशवाहा पक्राउ, प्रहरी चौकीमै स्थानीय कुटेको आरोप

    पूर्वसभासद् शिवचन्द्र कुशवाहा पक्राउ, प्रहरी चौकीमै स्थानीय कुटेको आरोप

    वीरगंज : तत्कालीन एकीकृत नेकपा माओवादीका तर्फबाट पहिलो संविधानसभामा सभासद् रहेका शिवचन्द्र कुशवाहालाई बारा प्रहरीले पक्राउ गरेको छ।  आफनै गाउँका एक व्यक्तिलाई प्रहरी चौकीमै निर्घात कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। पूर्वसभासद्  कुशवाहाले महागढीमाई नगरपालिका वडा नं १ बरियारपुरका जामुनप्रसाद बरैलाई प्रहरी चौकीमै कुटपिट आरोप छ।  कुशवाहा र बरैबीच विगत लामो समयदेखि जग्गाको विषयमा विवाद हुँदै आएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • विश्व साइकलयात्री कार्मेन वीरगन्जमा, प्रदूषणमुक्त सहर बनाउन साइकलयात्रा

    वीरगन्ज : विश्व साइकलयात्री कार्मेन मिक्ली र नेपाली फोटो पत्रकार उषा तितिक्षुको वीरगन्जमा भव्य स्वागत गरिएको छ।  ग्रीन सिटी वीरगन्जद्वारा आयोजना गरिएको स्वागत समारोहपछि वीरगन्ज नगरमा जनचेतना फैलाउन सामुहिक साइकल यात्रा पनि गरिएको छ। वीरगन्जलाई प्रदूषणमुक्त बनाउन र स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन साइकल यात्रा निकालिएको हो।  यात्रामा कार्मेन, तितिक्षु, ग्रीन सिटी वीरगन्जका अध्यक्ष जयप्रकाश खेतान, समाजिक अभियन्ता प्रकाश थारु, विभिन्न स्कूलका विद्यार्थीहरुले साइकल…

    विस्तृतमा पढ्नुस्

  • रौतहटको एभरेस्ट डिस्टीलरीमा भीषण आगलागी, एक करोड बराबरको क्षति

    रौतहटको एभरेस्ट डिस्टीलरीमा भीषण आगलागी, एक करोड बराबरको क्षति

    वीरगंजः रौतहटको एभरेस्ट डिस्टीलरीमा मंगलवार साँझ भीषण आगलागी भएको छ। दुर्गा भगवती गाउँपालिकाको पिपरा बजारस्थित मदिरा उत्पादन गर्ने उद्योगमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। गोदाममा राखिएको स्प्रिट र अल्कोहलमा आगलागी भएकोले केही बेरमै उद्योगको सबै कच्चा पदार्थ जलेर नष्ट भएको छ। गौरबाट पुगेको वरुण यन्त्र, सुरक्षाकर्मी तथा स्थानीयबासीको सहयोगमा करिब तीन घण्टापछि आगालागी…

    विस्तृतमा पढ्नुस्

  • सिमरामा बन्यो ५० शैयाको अल्पाइन अस्पताल, एक सातापछि सञ्चालनमा आउने

    सिमरामा बन्यो ५० शैयाको अल्पाइन अस्पताल, एक सातापछि सञ्चालनमा आउने

    वीरगंजः बाराको सिमरामा एक सातापछि ५० शैयाको निजी अस्पताल सञ्चालनमा आउने भएको छ। अस्पतालमा सिमराका व्यावसायी शिवकुमार शर्माको लगानी रहेको छ। उनले अस्पताल सञ्चालनका लागि करिब १५ करोड रुपैयाँ लगानी गरेको बताए। बाराको जितपुर, सिमरा, पथलैया, निजगढ, अमलेखगञ्ज क्षेत्रका बासिन्दाका लागि सिमरा आसपासमा कुनै स्तरीय अस्पताल नभएकाले आफूले सेवामूलक व्यावसायमा लगानी गरेको उनले बताए। तीन तले  भवनमा सञ्चालनमा आउन लागेको…

    विस्तृतमा पढ्नुस्

  • पर्साका सरकारी विद्यालय बन्द भएपछि विद्यार्थी मर्कामा

    पर्साका सरकारी विद्यालय बन्द भएपछि विद्यार्थी मर्कामा

    वीरगञ्ज : आन्तरिक प्रतिर्स्पधात्मक विज्ञापनको खारेजीको माग गर्दै अस्थायी शिक्षक संघर्ष समितिले आज पर्साका सम्पूर्ण सरकारी विद्यालयहरु बन्द गरेका छन्। बुधबार पनि विद्यालय बन्द गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ।  शिक्षक पदपूर्तीका लागि शिक्षक सेवा आयोगले एक महिनाअघि गरेको आन्तरिक प्रतिर्स्पधात्मक विज्ञापनको खारेजीको माग गर्दै देशव्यापी रुपमा अस्थायी शिक्षकहरु आन्दोलित भएका हुन्। यसै क्रममा पर्साका विद्यालयहरु पनि बन्द गराइएको अस्थायी शिक्षक संघर्ष समिति पर्सा अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा आगलागी, ६ वटा घर जल्दा २० लाखको क्षति

    पर्सामा आगलागी, ६ वटा घर जल्दा २० लाखको क्षति

    वीरगञ्ज : पर्साको प्रसौनीभाठामा हिजो राति आगलागी हुँदा ६ वटा फुसको घरगोठ जलेर नष्ट भएका छन्।  आगलागी परी सुखल गद्दीको ३ वटा, दिनानाथ बैठाको दुई वटा र विनोद बैठाको एउटा घर जलेर नष्ट भएको स्थानीय शिक्षक बब्लु गद्दीले जानकारी गराए। आगलागीबाट सबैभन्दा बढी क्षति सुखद् गद्दीको भएको उनले बताए। घरमा रहेको अन्न, भाँडाकुडा, लत्ताकपडा, काठ, गरगहना गरी अन्दाजी २० लाख…

    विस्तृतमा पढ्नुस्

  • दर्ता नै नभएका पुस्तक पढाउँदै पर्साका निजी विद्यालय

    दर्ता नै नभएका पुस्तक पढाउँदै पर्साका निजी विद्यालय

    वीरगन्ज : प्याब्सन पर्सामा आबद्ध केही निजी विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रमा दर्ता नभएका पुस्तकहरू पनि अध्यापनको लागि लागू गरेका छन्।  प्याब्सनसँग आबद्ध रहेका गौतम, मनकामना, विद्यासदन, माउन्ट हर्मन, सनराइज, मास्कोटलगायत १३ वटा स्कूलहरुले यस्तो शिक्षा नीति विपरीत कार्य गरिरहेका हुन्। पाठ्य विकास केन्द्रमा दर्ता नभएका भारतीय प्रकाशनका पुस्तकहरु लागु गरेर अभिभावक तथा विद्यार्थी माथि थप भार थपेको अभिभावकहरु उपदेश मेहताले गुनासो…

    विस्तृतमा पढ्नुस्

  • विशाल मेमोरियल गोल्डकपको उपाधी आर्मीलाई

    विशाल मेमोरियल गोल्डकपको उपाधी आर्मीलाई

    वीरगन्ज : विभागीय टोली नेपाल आर्मीले प्रथम विशाल मेमोरियल गोल्डकपको उपाधि जितेको छ।  विशाल मेमोरियल फाउन्डेशन वीरगन्जद्वारा आयोजित प्रतियोगिताको शनिबार सम्मपन्न फाइनलमा सिएमजी क्लब संकटालाई २-० ले पराजित गर्दै आर्मीले वर्षको पहिलो नकआउट उपाधि जितेको हो। गत वर्ष आर्मी संकटासँग तीनपटक फाइनलमा पराजित भएको थियो। नारायणी रंगशालामा भएको खेलमा आर्मीलाई च्याम्पियन बनाउन प्रिन्स कार्कीले दुवै गोल गरे। प्रिन्स कार्की फाइनल…

    विस्तृतमा पढ्नुस्

  • बारामा प्रहरी र स्थानीय बासिन्दा बीच झडप, तीन राउन्ड हवाई फायर

    बारामा प्रहरी र स्थानीय बासिन्दा बीच झडप, तीन राउन्ड हवाई फायर

    वीरगञ्ज : बाराको कचोर्वा गाउँमा प्रहरी र स्थानीय वासिन्दा बीच झडप भएको छ। शुक्रवार दिउँसो भएको झडप नियन्त्रण लिन प्रहरीले तीन राउन्ड हवाई फायर समेत गरेको थियो। झडपमा एक डिएसपी राजेन्द्रबाबु रेग्मी सहित दुई प्रहरी जवानसमेत घाइते भएका छन्। बाराको दक्षिणी पूर्वी कचोर्वा गाउँमा स्थानीय व्यापारी विश्वनाथ साह र पशुपति जैसवालको घरमा अवैध रुपमा भारतबाट तस्करी गरी ठूलो परिमाणमा कपडा…

    विस्तृतमा पढ्नुस्

  • वीरगन्जको गाछीटोलमा भीषण आगलागी, २१ घर जलेर नष्ट

    वीरगन्जको गाछीटोलमा भीषण आगलागी, २१ घर जलेर नष्ट

    काठमाडौं : वीरगञ्जको पटेलनगर वडा नम्वर २१ को गाछीटोलमा भीषण आगलागी भएको छ। वीरगन्ज भन्दा ७ किलोमिटर उतर र परवानीपुर भन्दा २ किलोमिटर पशि्चममा रहेको पटेलनगर टोलमा १२ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन।  आगलागीबाट अहिलेसम्म २१ वटा घर जलेर पुर्णरुपमा नष्ट भएको छ। बिहान जादो राउत कुर्मीको घरबाट सल्लेको आगो गाँउभर फैलिएको हो।  राउतले लामखुट्टे मार्न बालेको धुपबाट…

    विस्तृतमा पढ्नुस्

  • वीरगन्जको गाछीटोलमा लागेको आगलागी नियन्त्रण, २१ घर जल्दा ६० लाखको क्षति

    वीरगन्जको गाछीटोलमा लागेको आगलागी नियन्त्रण, २१ घर जल्दा ६० लाखको क्षति

    वीरगन्ज : वीरगन्ज–२१ पटेलनगरको गाछीटोलमा बुधबार मध्यान्ह १२ बजेदेखि लागेको आगलागी करिब ४ घण्टापछि नियन्त्रणमा आएको छ। स्थानिय, सुरक्षाकर्मी, वरुणयन्त्रकर्मीको कडा मेहिनेतपछि आगलागी नियन्त्रणमा आएको हो। आगलागीमा परी करिब ६० लाखको क्षति भएको पर्सा प्रहरीको अनुमान छ। लामखुटेलाई धपाउन स्थानिय जादोराउत कुर्मीको घरमा बालिएको घुरबाट आगो सल्किएर आगलागी भएको थियो। आगालागी भएको ठाउँ आसपास पानीको सुविधा पर्याप्त मात्रामा नभएको र…

    विस्तृतमा पढ्नुस्

  • एकीकरण लगत्तै पर्सामा राष्ट्रिय जनता पार्टीका नेताबीच पद बाँडफाँटमा विवाद

    एकीकरण लगत्तै पर्सामा राष्ट्रिय जनता पार्टीका नेताबीच पद बाँडफाँटमा विवाद

    वीरगन्ज :  ६ वटा मधेसकेन्द्रित दलबीच एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टीका जिल्ला स्तरका नेतामा पद बाँडफाँटको विषयलाई लिएर अहिलेदेखि नै विवाद शुरु भएको छ।  पर्सा जिल्लामा राष्ट्रिय जनता पार्टीका एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका तत्कालीन केन्द्रीय प्रवक्ता विमल श्रीवास्तवले पत्रकार सम्मेलन गरी आफू नै नवगठित पार्टीको पनि केन्द्रीय प्रवक्ता तथा तमलोपा पार्टीकै पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले आफू…

    विस्तृतमा पढ्नुस्

  • चुनावलाई सहयोग गरेको भन्दै बारामा चीनको विरोध 

    चुनावलाई सहयोग गरेको भन्दै बारामा चीनको विरोध 

    वीरगन्ज :  वैशाख ३१ गते तोकिएको निर्वाचनमा चीन सरकारले सहयोग गरेको भन्दै मधेस जनविद्रोह समिति, बाराले विरोध जनाएको छ।  कलैया उपमहानगरपालिका वडा नं २५ पर्ने सिंसहनिया टोलको वडा समितिले कार्यक्रम आयोजना गरी विरोध जनाएको हो। गाउँमा वडा संयोजक अम्बिका पटेलको संयोजकत्वमा निकालिएको र्यावलीले चीन, सरकार, मधेसी मोर्चाको विरोधमा नारा लगाए।  चीन सरकारले आगामी चुनावको लागि १४ करोड ४० लाख बराबरको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell