PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

  • राजपालाई शंकर पोखरेलको आग्रहः कांग्रेससँग होइन, एमालेसँग हिमचिम बढाउनुस्

    राजपालाई शंकर पोखरेलको आग्रहः कांग्रेससँग होइन, एमालेसँग हिमचिम बढाउनुस्

    वीरगञ्जः नेकपा एमाले एमालेका स्थायी कमिटि सदस्य शंकर पोखरेलले राष्ट्रिय जनता पार्टीले एमालेसँग हिमचिम नबढाएसम्म संविधान सशोधन हुन नसक्ने बताएका छन्। एमाले बारा जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणको लागि बारा आएका नेता पोखरेलले पहिलो पोस्टसँगकुरा गर्दै राजपाले मधेसका समस्या समाधान चाहेको भए कांग्रेससँग नभइ एमालेसँग हिमचिम बढाउनुपर्ने बताए। उनले भने,‘अहिले एमालेसँग राजपाको हिमचिम बढेको छैन, तर बढनु पर्छ, राजपा र मधेसवादी शक्तिहरुले…

    विस्तृतमा पढ्नुस्

  • पर्साका दुई युवा ९ दिनदेखि गैरन्यायिक हिरासतमा,प्रहरी भन्छ-अनुसन्धानका लागि राखेको

    पर्साका दुई युवा ९ दिनदेखि गैरन्यायिक हिरासतमा,प्रहरी भन्छ-अनुसन्धानका लागि राखेको

    वीरगञ्जः प्रहरीले पर्सामा दुई युवालाई नौ दिन देखि गैरन्यायिक हिरासतमा राखेको पाइएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्वर १९ विन्दवासिनीको बरवाका ३१ वर्षीय काजी चौरसिया र अर्का एक जनालाई प्रहरीले गैरन्यायिक हिरासतमा राखेको आफन्तले बताएका हुन्।   स्थानीय भरोसी साह कानुको हत्या आरोपमा प्रहरीले दुवै जनालाई साउन ४ गते पक्राउ गरेकोमा आजसम्म कुनै मुद्धा र म्यादसमेत नथपी हिरासतमा राखेको आफन्तको भनाइ…

    विस्तृतमा पढ्नुस्

  • भारतीय प्रहरीले नेपाली नागरिक पक्राउ गरेको विरोधमा गाउँलेले घेरे प्रहरी चौकी

    भारतीय प्रहरीले नेपाली नागरिक पक्राउ गरेको विरोधमा गाउँलेले घेरे प्रहरी चौकी

    वीरगञ्जः भारतीय सुरक्षाकर्मी नेपालमा प्रवेश गरी पर्साका एक नेपाली नागरिकलाई पक्राउ गरेपछि गाउँलेले प्रहरी चौकी प्रसौनी घेराउ गरेका छन्। गाउलेले विहान ६ बजेदेखि नै टायर बालेर प्रदर्शन गर्दै प्रहरी चौकी घेराउ गरेका हुन्। नेपाली प्रहरीले भारतीय प्रहरीलाई सघाएको आरोप लगाउँदै गाउँलेहरु आक्रोशित बनेका छन्।  प्रसौनी गाउँ छोटी भन्सारको सीमा नाका हो । प्रसौनीबाट २५ वर्षीय भाष्कर पाण्डेलाई भारतीय प्रहरीले समातेर लगेपछि…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडाबाट डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ

    हेटौंडाबाट डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ

    वीरगञ्जः मकवानपुर प्रहरीले काठमाडौबाट वीरगञ्ज ल्याउँदै गरेको डेढ किलोसुनसहित एक जना भारतीयलाई पक्राउ गरेको छ। प्रहरीले भारत बिहारथाना रक्सौल पूर्वी चम्पारणका ३५ वर्षीय सुमन कुमारलाई डेढ किलो सुनसहित पक्राउ गरेको हो। बिहीबार साँझ ईलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले हेटौडा–१५ रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट उनलाई सुनसहित पक्राउ गरेको हो । काठमाडौंबाट वीरगञ्ज आइरहेको ना.१.ज. ४०२९ को टाटा सुमोबाट एक किलो ५१६ ग्राम…

    विस्तृतमा पढ्नुस्

  • पर्साको बहुदरमाई गाउँपालिकाका वडा सचिव घुससहित पक्राउ

    पर्साको बहुदरमाई गाउँपालिकाका वडा सचिव घुससहित पक्राउ

    वीरगञ्जः पर्साको एक गाउँपालिकाका  वडा सचिव घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाबाट खटिएको टोलीले पर्साको बहुदरमाई गाउँपालिका वडा नम्वर ६ का सचिव दीपक खनाललाई घुस रकमसहित पक्राउ गरेको हो। खनालले बालविकास कोषको ९२ हजार रुपैयाँ निकासा गर्नका लागि  सतार मियाँसँग ३० हजार रुपैयाँ मागेका थिए। मियाँले रकम दिइरहेको अवस्था अख्तियारको टोलीले खनाललाई वीरगञ्जको तेजारथस्थित उनकै…

    विस्तृतमा पढ्नुस्

  • रक्सौल गोलीकाण्डका एक अरोपी पक्राउ

    रक्सौल गोलीकाण्डका एक अरोपी पक्राउ

    वीरगञ्जः वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलको कैम्ब्रिज पब्लिक स्कूलमा सोमवार भएको गोलीकाण्डका आरोपी मध्ये रक्सौल प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा रक्सौल नागा रोडका कोचिङ्ग सञ्चालक बिटु सिंह भन्ने गौरव सुमन छन्। रक्सौल थानाका डिएसपी राकेश कुमारले पक्राउ परेका गौरवलाई आवश्यक कारवाहीकन लागि मोतिहारी जेल पठाइएको बताए।   घटनामा गौरवले सुराकीको काम गरेको अनुसन्धानले देखाएको प्रहरीले बताएको…

    विस्तृतमा पढ्नुस्

  • किन छन् भोजपुरी सुपरस्टार दिनेशलाल यादव नेपालमा?

    किन छन् भोजपुरी सुपरस्टार दिनेशलाल यादव नेपालमा?

    वीरगञ्ज: भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव निरहुआ हाल नेपालमा छन्। भोजपुरी फिल्म ‘निरहुआ चलल लन्दन’को छायांकनको लागि उनी दुई साता नेपालमा बस्दैछन्। पश्चिम नेपालको पोखरा, कागबेनी, बागलुङ लगायत स्थानमा छायांकन सक्काएर हाल फिल्म निर्माण युनिट बाराको सिमरा पुगेको छ। वीरगञ्जका अभिनेता परदेशी साहले दिनेशलाल यादब सहित फिल्म युनिट बारे जानकारी दिएका हुन्। उनले दिएको जानकारी अनुसार फिल्म युनिट सिमराको इच्छा…

    विस्तृतमा पढ्नुस्

  • भारतमा करसम्बन्धि नयाँ कानुन, नेपालमा महँगी बढ्छ कि घट्छ?

    भारतमा करसम्बन्धि नयाँ कानुन, नेपालमा महँगी बढ्छ कि घट्छ?

    वीरगञ्ज : भारतले शनिबारदेखि मालसामान तथा सेवा व्यवसाय कर जिएसटी कार्यान्वयनमा ल्याएको छ। भारतमा राज्य तथा केन्द्र सरकारबीच लिइने करिब पाँच सय विभिन्न कर हटाएर भारतभरि लागू गरिएको एकीकृत कर जिएसटीले विदेशमा समेत चर्चा पाइरहेको छ।   भारतभित्रै जिएसटी शुभारम्भ गर्ने दिन प्रतिपक्ष दल कांग्रेस आर्इले भने संसद बहिष्कार गरेको छ। जिएसटी लागू गर्ने विषयमा विमति नभए पनि समय नदिर्इ…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा ६ महिनामा १६ मानवअधिकार उलङ्घनका घटना

    पर्सामा ६ महिनामा १६ मानवअधिकार उलङ्घनका घटना

    वीरगञ्ज: पर्सा जिल्लामा पछिल्लो ६ महिनामा १६ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन्। वीरगञ्जमा सम्पन्न नेपाल मानवअधिकार बर्ष पुस्तक २०१८ अर्ध बार्षिक पूर्व समीक्षामा यस्तो तथ्याङ्क पेस गरिएको हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्सा प्रतिनिधि केसी लामिछानेले सन् २०१७ को जनवरीदेखि अहिलेसम्म पर्सामा बलात्कारका ५, बलात्कार प्रयासका ३, हत्याका ४, मानव बेचविखन र बहुविवाहका २÷२ तथा अपहरण तथा शरीर बन्धकको…

    विस्तृतमा पढ्नुस्

  • 'पैसामा मेयर पद साटेको' भन्दै एमालेका प्रस्तावित मेयरले छाडे पार्टी

    'पैसामा मेयर पद साटेको' भन्दै एमालेका प्रस्तावित मेयरले छाडे पार्टी

    वीरगञ्ज : वीरगञ्ज महानगरपालिकामा मेयरका लागि नेकपा एमालेबाट प्रस्तावित सुन्दर कुर्मीले पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने घोषणा गरेका छन्। वीरगञ्जमा पत्रकार सम्मेलन गरी एमालेको भातृ संगठन लोकतान्त्रिक मधेशी संगठनको पर्सा जिल्ला अध्यक्ष समेत रहेका कुर्मीले आजैका दिनदेखि एमालेको साधारण सदस्यता समेत परित्याग गरी फोरम नेपाल प्रवेश गर्ने घोषणा गरेका हुन्। स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयरका…

    विस्तृतमा पढ्नुस्

  • अरुतिर उम्मेदवार दर्ता २ नम्बरमा भने बन्द

    अरुतिर उम्मेदवार दर्ता २ नम्बरमा भने बन्द

    वीरगञ्ज : राष्ट्रिय जनता पार्टी नेपालले आज आह्वान गरेको बन्दका कारण प्रदेश नम्बर २ को जनजीवन प्रभावित बनेको छ। सिरहा, सप्तरी, पर्सा, बारा लगायतका जिल्लाहरु बन्द छन्।  शनिबार नवलपरासीमा भएको घटनालाई लिएर राजपा  कार्यकर्ताहरुले शनिवार गृह मन्त्रीको पुत्ला दहन समेत गरेका छन्।  संविधान सशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बढाउन, राजनीतिक मुद्दा फिर्ता, आन्दोलनमा घाइतेको क्षतिपुर्ति, भाषा, नागरिकताको सम्बन्धमा विभिन्न माग…

    विस्तृतमा पढ्नुस्

  • २ नम्बर बन्द : फोटोमा हेर्नुस् वीरगञ्जको हाल

    २ नम्बर बन्द : फोटोमा हेर्नुस् वीरगञ्जको हाल

    दोस्रो चरणमा स्थानीय तहको निर्वाचनका लागि मुलुकका बाँकी भागमा आज मनोनयन दर्ता भइरहँदा २ नम्बर प्रदेश भने बन्दको मार खेपिरहेको छ। व्यावसायिक केन्द्र वीरगञ्ज सबैभन्दा धेरै प्रभावित भएको छ। हेर्नुस् फोटा:

    विस्तृतमा पढ्नुस्

  • राजपाको आन्दोलनलाई नेपाल संघीय समाजवादीको साथ

    राजपाको आन्दोलनलाई नेपाल संघीय समाजवादीको साथ

    वीरगञ्ज: निर्वाचनविरुद्ध आन्दोलन गरिरहेको राष्ट्रिय जनता पार्टीलाई रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले साथ दिएको छ। राजपाको आन्दोलन जायज भएको भन्दै नेपाल संघीय समाजवादीले आन्दोदनमा साथ दिने निर्णय गरेको अध्यक्ष अन्सारीले बताए। एमालेबाट अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा गएका अन्सारीले राई र उपेन्द्र यादवले पार्टी एकता गरेपछि नयाँ पार्टी गठन गरेका थिए। बिहीबार बिहान पार्टीको निर्णय सार्वजनिक गर्दै अन्सारीले…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्र यादव केपी ओलीका पुत्र : राजेन्द्र महतो

    उपेन्द्र यादव केपी ओलीका पुत्र : राजेन्द्र महतो

    वीरगञ्ज : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले वीरगञ्ज पुगेर उपेन्द्र यादवलाई ओली पुत्र बताएका छन्।  स्थानीय तहको निर्वाचन बिथोल्ने उद्देश्यले मंगलवारदेखि राजपाले अह्वान गरेको चार दिने आन्दोलनलाई थप अक्रामक बनाउन दोस्रो दिन आज वीरगञ्जको घण्टाघरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो अभिव्यक्ति दिएका हुन्। महतोले पत्रकार सम्मेलनमा उपेन्द्र यादवको मानसिक सन्तुलन ठीक नभएको बताए। विगतदेखि नै यादवले…

    विस्तृतमा पढ्नुस्

  • वीरगञ्जमा रोकी राखेको बसमा आगलागी

    वीरगञ्जमा रोकी राखेको बसमा आगलागी

    वीरगञ्जः वीरगञ्जको नगवास्थित माइधिया पोखरी छेउमा रोकेर राखेको बसमा आज दिउँसो आगलागी भएको छ। पोखरी छेउमा रोकी राखेको ना ४ ख ६८०४ नम्बरको बसमा दिउसो साढे दुई बजे अचानक लागेको थियो। वीरगञ्ज महानगरपालिकाको वारुण, स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा आएपनि बसमा भने पूर्णरुपमा क्षति पुगेको छ । आगलागीको कारण भने नखुलेको प्रहरीले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • लेखापाल उमेश घिमिरे अख्तियारको नियन्त्रणमा

    वीरगञ्ज : जिल्ला समन्वय समिति बाराका लेखा अधिकृत उमेश घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। आयोगको टोलीले बारा प्रहरीको सहयोगमा आज दिउँसो १ बजे उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।  ‘उनीमाथि अख्तियारमा उजुरी परेको थियो, अख्तियारले पठाएको पत्रको आधारमा पक्राउ गरी हेटौडा पठाएको हौं,’ बारा प्रहरीका प्रवक्ता डिएसपी राजेन्द्रबाबु रेग्मीले भने। घिमिरे ८ महिना अगाडि जिल्ला हुलाका कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • अपहरण मुद्दाका फरार दुई अभियुक्त पक्राउ

    अपहरण मुद्दाका फरार दुई अभियुक्त पक्राउ

    वीरगञ्जः पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरीले अपहरण मुद्दाका फरार अभियुक्त पर्साको पोखरिया नगरपालिका ३ मुडलीका ४२ वर्षीय शिवशम्भु पण्डित र ६५ वर्षीय शिवराज साह तेलीलाई पक्राउ गरेको हो। उनीहरुलाई आफनै घरबाट मंगलवार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। पण्डित र तेली गतवर्ष…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार तिवारीमाथि दुर्व्यवहार

    पत्रकार तिवारीमाथि दुर्व्यवहार

    वीरगञ्ज : नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारीमाथि दुर्व्यवहार भएको छ। सोमबार साँझ वीरगञ्ज मालपोत कार्यालय नजिकै खाजा खाएर बसिरहेका तिवारीमाथि ८ जनाको समूहमा आएका व्यक्तिहरुले कालोमोसो दलेका हुन्।  समाचार लेखेको विषयलाई लिएर दुर्व्यवहार भएको हो। राजनीतिक दलको आडमा सुजित गिरी, कृष्ण चौरसिया र एजाज बाबु रक्कीले आफूलाई कालोमोसो दलेको भन्दै तिवारीले प्रहरीमा उजुरी दिएका छन्।  तिवारी रेडियो विरगञ्ज…

    विस्तृतमा पढ्नुस्

  • वीरगञ्जमा को बन्दैछन् मेयर र उपमेयरका उम्मेदवार?

    वीरगञ्जमा को बन्दैछन् मेयर र  उपमेयरका उम्मेदवार?

    वीरगंज : नेपालकै प्रमुख आर्थिक नगरी वीरगंजमा चुनावी सरगर्मी एक सातायता ह्वात्तै बढेको छ। मुख्य दलका नेताहरुले चिया पसल, टोल तथा ग्रामिण भेगमा प्रचारप्रसार र चुनावी अभियानलाई तीब्र पारेका छन्। दुई नम्बर प्रदेशको प्रमुख शहर वीरगंजको चुनावी गतिविधि कुन रुपमा अघि बढ्दै छ, को-को उठ्दैछन्, कसले जित्ला, कसले हार्छ भन्ने प्रश्न सबैतिर सुनिन्छ। स्थानीय तहको निर्वाचनमा दोस्रो इनिङमा वीरगंजको मेयर तथा…

    विस्तृतमा पढ्नुस्

  • वीरगञ्जमा राजपाको लाठी जुलुस

    वीरगञ्जमा राजपाको लाठी जुलुस

    वीरगंज : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पर्साले आज वीरगंजमा लाठी जुलुस निकालेको छ। राजपाले घोषणा गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत हिजो मशाल जुलुश गरिएको थियो भने आज अपरान्ह ४ बजेदेखि लाठी जुलुस निकालिएको हो। राजपा पर्साका संयोजक पुरुषोत्तमलाल झाको नेतृत्वमा निकालिएको जुलुस घण्टाघरबाट विर्ता चोक हुँदै दुई नम्वर रोड भएर पुन घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो। कोण सभामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell